Wednesday 26 May 2010

अद्वैत-दर्शनका श्री शंकराचार्य

अद्वैत-दर्शनका श्री शंकराचार्य


[आज वैशाख शुक्ल पञ्चमी,भारत बर्षका आधुनिक यूगका धर्म संस्थापक श्री शंकराचार्य जयन्ती हो! उहाँले प्रतिपादन गरेका अद्वैत-दर्शन, सूत्र र सिद्धान्तलाई आजको पाश्चात्य संसार र बैज्ञानिकहरुले पनि जोगाएर राखेका छन्! कालान्तरमा बुद्ध-धर्म सिद्धान्तमा पनि नास्तिक्यताको विकृती देखा परेकाले श्रीशंकराचार्यका नेपाल र हिमबत्खण्डमा गरिएका बिभिन्न महत्वपूर्ण भ्रमणहरुले नेपालको पून:स्थापित अद्यात्मदर्शन पक्षका अवधारणालाई उजागर गर्दछ! शंकराचार्यका जीवनीमा मिमाँसा एवँ अद्वैत अद्यात्मदर्शनका कट्टर रक्षक नेपाल-भारत-सीमाका मण्डन मिश्र संगका संवाद विषयहरुको उल्लेख भएको छ! हाल सम्म कायम रहेको श्रीपशुपतिनाथका पूजारीहरु भारतको केरेला र कर्णाटक राज्यहरुबाट ल्याइनुबाट पनि ऐतिहासिक दर्शन शास्त्रार्थको परँपरालाई बारम्बार पुष्टी गर्दछ!]

अबतारी शंकरले धर्म रुप चुने,
आचार्यको भेष गरी,हिम-खण्ड घुमे!
सेवा गरौँ पूण्य-भुमी,दीन असहाय!
फेरि पनि स्थापित भो,कर्म-ब्यबसाय!

पूर्ण ब्रह्म निराकार स्वयँभूको ज्ञान
नेपाल हो तीर्थ-भूमी सनातन शान!
बुद्ध भन्छन् 'संयमी हौ' धर्म-संघ खोल
ब्यबसायी आत्मपथ सत्य शुद्ध बोल!

अद्वैतका प्रसंशक-नास्तिक् बन्न थाले!
अहिँसाका अनुयायी हिँसा गर्न थाले!
बिग्री गयो संस्कार र आचार् लोप भयो
कलियूग,अनादर बढदै बढ्दै गयो!

ईश मात्र एक लक्ष,पुरुषार्थ देख्यौ
उपनिषद्,ब्रह्म-शूत्र,धेरै ग्रन्थ, लेख्यौ!
गीता वेद वेदान्तको सार झिकी बाँड्यौ
अधर्म र कुरितीको,मार्ग ठूलो-फाँड्यौ!

मठ मन्दिर् जंगलमा मंगलको ध्वनी
धर्तीलाई संरक्षण ज्ञानी ॠषि मुनि
निर्वाणको विदेह यो मुक्ति-द्वार पाउँछन्
संसारमा तिम्रा किर्ति जनहरु गाउँछन्!

निराकार आकार ली देखापर्ने लीला
निर्गुणमा सगुणको भावपूर्ण शीला |
जन्मातर संघ-संस्था नदी जस्तै बग्छ
संयम र नियमले शिखरमा पुग्छ!

अद्वैतमा शिव बुद्ध दुई हुँदै हैन
शान्त तिमी भेद-भाव,कतै छँदै छैन!
कम,धेर उमेरमा धर्म गाडी गयौ!
बेग्ला-बेग्लै रुप गोड्न,समाजमा आयौ!

व्याख्या तिम्रा सरल छन्,मीठा भाव जाग्ने
छन्द रस संगितमा सुनुँ सुनुँ लाग्ने!
सिद्धान्त र तर्कशाली सनातन आदि
पन्च-देव-भूत-ईन्द्र ब्रह्म ईश्वरादि !

शैव-शाक्त-सौर्य-वैष्णव्-गणेश् छन् आधार
भारतका दिग्विजयी धर्म बराबर
शक्तिकुंज 'पूर्णमा छन् पूर्ण' संरक्षिका
श्रीशंकर-आचार्य हुन्-अद्वैत्-दर्शनका!

- अनन्तगोपाल रिसाल [18th May 2010]

1 comment:

  1. I like your aptitude in eastern philosophy, dharma and mahapurush.

    ReplyDelete