गौतम बुद्ध र अद्यात्म निर्वाण!
[बुद्ध जयन्ती-बैसाखको पूर्णिमा नजिक आउँदैछ! विश्वलाई अद्यात्म शिक्षा र निर्वाणको रहस्य दिने, योग र ध्यानका प्रतिपादक संरक्षक र प्रबर्धक भगवान बुद्धका सिद्धान्तलाई अझ संसारमा प्रचार र प्रसार गरौँ! उहाँका दिब्य महान बाणीहरुलाई आपसमा, अंमेरिकी, विदेशी साथी-भाइहरुसंग चर्चा गरौँ! आतंक र आशंका, धमकी र अविश्वासले त्रसित संसारका लागि एउटा नैतिक राजमार्ग बनोस्! बुद्धलाई मूर्ति र मन्दिर भित्र मात्रै सिमीत नराखौँ-उहाँ त सबैको सचेतन मन मन्दिर रुचाउनु हुन्छ! दरवारको विलासी पन भन्दा गरीबको पवित्र दिल कोठरीमा रम्नु हुन्छ, उदार हृदयको स्वच्छतामा जम्नु हुन्छ| बुद्ध त हामी सबैको साझा संपत्ती हो, विद्या हो, आत्म स्वरुपको ज्ञान, ईश्वरीय अनुग्रह हो! बुद्धलाई तिब्बत र बोध-गयामा मात्र सीमित नगरौँ-कपिलवस्तु, लुम्बिनी र Disney-का आँखाले मात्र नहेरौँ! सिद्ध, लामा र भिक्षुको मात्रै अधिकार नठानौँ! बुद्ध जातीय संघठन होईन यो मानवतावादको उकृष्ट आदर्श हो! भगवान बुद्धका आशिर्वादले सबै अंगुलीमाललाई सद्-बुद्धि दिउन् र चिर-स्थाई हिंसा रहित नेपाललाई पुन: अग्रगमनका लागि मार्ग दर्शन गरुन्! सहमतीय प्रणालीले ऐक्यबद्धता पाओस्, जीवनमा चाँडै नै परिपक्क निर्णय गरिउन्! नयाँ नेपालमा लेखिने संविधानमा हिंसाको, विभाजन, विखण्डन र द्वेशको कुनै क्लेश नपरोस्!भलै बुद्धको अहिंसा मानवतावादी प्रचार र साधनामा दरबारको सुख नमिल्ला,राजनैतीक प्रतिष्ठा नहोला तर अद्यात्म बैभव र चिर-स्थाई सुख अवश्य मिल्नेछ!]

बैसाखको पूर्णिमामा जन्म,ज्ञान पायौ
जीवनको सार सिकी बुद्ध बनी छायौ
संयमी र सुद्धाचार मन बचनमा
निस्कामले कर्म गरौँ बुद्धि भजनमा
|
सिद्धार्थ हौ गौतम् बुद्ध,संसारको ज्ञानी
बैराग्यले दर्वार् छाड्यौ,संझी बुझी जानी|
अध्यात्मका गुरु,शिक्षक्-अहिँसाका दाता
स्वयंभू हौ सिद्धी पूर्ण-जागृत् नैतिक् नाता!
|
अवतरण् लिइ आयौ,प्रयोजन शिष्ट
पाप-अविश्वाश् हटे उत्साह विशिष्ट!
धर्म समाज् लौकिकता पुन:रक्षा गर्न
प्रेम-गर्छौ नियम-न छ दीन बिहिन!
|
माग्दैनौ क्यै लिने हैनौ दिने दिने मात्र
तप योग साधनामा मन दिने, पात्र !
द्वेश,ईर्ष्या आडंबर नराखेमा पुग्छ
बयान र बाणी सुन्दा हाम्रो शीर झुक्छ!
|
दण्ड दियौ दुष्टलाई मौन भाव सून्य
स्तूप गुम्बा जताततै घुमे तीर्थ पूण्य|
शाक्य राजा सुद्धोदन्का रानी महामाया
जित्यौ जीव-ईश्वरको ओहो मोह-माया!
|
राजकुमार्को विलास् जीवन,छाड्यौ दु:खमानी
यसोधरा राहुल् बने शिष्य ठूला ज्ञानी!
दुख जरा-रोग वृद्ध जीवन हो जान,
कपिल्वस्तु नगरी हो,संसारकै शान !
|
संयमता सु-धारणा सरलता राख
ईश्वरको भर पर जे जे मिल्छ चाख
विलासिता नराख है? विचारमा लाग
अन्नपूर्णा धर्तीबाट चाहेको के?माग!
|
हत्या,बली-कुरितीको मार्ग सफा फाँड्यौ
भिक्षु संत न्याय प्रेम समाजमा बाँड्यौ!
भोको प्यासा पथिक झैँ राजर्सी ब्रह्मर्षी
त्यागी,जोगी,लामा,मुनि,संन्यासी तपस्वी!
|
अहिंसाको पक्ष सधैँ अस्तित्वको खोज
दिव्य जन्म पवित्र छन् सूक्ष्म ईश-ओज!
रुढिबादी परंपरा बिरोधको माग
घमण्ड र रिस-राग,भस्म गरी खाग!
|
तप,ध्यान समाधिको,मध्यमार्ग-आधा
वैराग्य र ज्ञान,त्याग,लियौ बाटो साधा!
पिपलको बोट मुनी,मुनि आत्म-खोजी
बोध-गया मुक्ति मिल्यो आदर्श जो रोजी!
|
कसम् खायौ सत्यताको पायौ खोजी सार
आलोकले आत्मज्ञान,हट्यो जीवन्-भार!
घ्रिँणा,भ्रम,लोभलाई जिती समाजमा
धर्म,संघ खोली आज पुग्यौ संसारमा!
|
भिन्न जाती सिद्धांतका अनुशासन् भेष
गंगा बिहार् नेपालमा उत्तर्को प्रदेश
बोली पाली आर्य जस्तै लीला तिम्रो शेष
बुद्ध धर्म संघ-चर्चा - प्रवाह प्रवेश!
|
शरीरको मरण छ-आत्मा बुझी चाख
अनित्य यो जीवनमा नैतिकता राख|
परमात्मा तिमी बीच कोही देव छैन
मध्यस्थमा स्वर्ग-बीच हुने केही हैन!
|
अङ्गुलिमाल् अलाभक् धर्मान्तरित् भए
लूटेरा र चोरै पनि शिष्य बन्दै गए!
खुल्ला ढोका जात छैन चेत-संरचना!
पूजा प्रेम नियमको सजीब अर्चना!
|
भिक्षा दान सन्तुष्टीमा संयमको गर्व
जे जे मिल्छ त्यही खाए बुद्धत्वको मार्ग
निर्मल र प्रभावको दिव्य-स्पष्ट-ज्योत
प्रकाशका शुभ अंङ्ग अलौकिक श्रोत |
|
उत्कृष्टका आठै पद,चार आर्य सत्य
दुख हुन्छ हुन्छ तर जान त्यस्को तत्थ्य!
सोच बुझ बोल गर राम्रो आजीविका
दण्ड प्रयास् राम्रो मन शान्त एकाग्रता!
|
No comments:
Post a Comment