Friday 30 July 2010

वृद्ध-सेवा सामाजिक धर्म

वृद्धलाई सेवा गर्दा धर्म-कर्म हुने
जीर्ण-दुखी प्यार दिँदा, दिल मर्म छुने!
तन्नेरी हो ! समयमा सेवा गर्न सिकौँ
तन धन लगाएर, मनलाई झिकौँ |
समाजमा बाल-बूढ़ा, हजुर्बाबा-आमा
प्राचीनका पद्धती र मन्त्र आरक्षण
माया दिनु घर भित्र,आश्रममा ज्यादा
वर-पर देख-भार,खाना मीठा सादा
ईश्वरको मनन होस् प्रेम-नियमको
आधा-माना लीटो-जाउलो,पूरा भजनको
साहचर्य साथी-बन कुरा मीठा गर
जीवनको अन्त सम्म ईश भर पर
घर राख सुरक्षित, सुविधाले सज
कुरा गर भगवान कथा रस भज
कुशल् राख नर्सहरु, सेवाभाव लिने
थोरै रक्षा बीमा गर्छ? ईश छन् है दिने
सात बर्षे बाल देव, सत्तरीमा द्यौता
कत्ति मात्र लिने लिने,अब केही देउ त!


हामी सबै निमित्त हौँ, गर्ने उनै हरि
सधैँ उन्कै नाम लिवौँ, जपौँ घरी-घरी|
योजना र नामावली, कार्यक्रम सूची
के के राम्रो लाग्छ आमा?के छ तिम्रो रुची?
तनावले कैले पनि नछुन् बाबा-माई
कुशल र प्रशिक्षित सेवा तिमीलाई
कफ बाथ पित्त तिम्रा बराबर रहुन्
शिव-राम सब मिली ज्वर सारा हरुन्
सत्सँगत पूजा-पाठ,बार्ता-परिचर्चा
भन्डारा र भोजनमा गरुँ केही खर्च

संपत्ती त के नै हो र?आयो, जान्छ भोली
संस्कारले सभ्य बनौँ, सेवा मीठा बोली|
शांति सुखी आरामको जीवन् सरलता
शिष्ट भद्र विनीतले युक्त, नरमता 

ध्यान दिनु के छ ईछ्या?के मा खुसियाली?
बालक झैँ हुन्छन् वृद्ध मनै हरियाली |
परिवार वरिपरी भोज सम्मेलन
नाती छोरा केटाकेटी आवो आलिँगन
सम्मानले आदरले सत्कारले श्रद्धा
पूजा अभिवादन होस् निर्बलकी वृद्धा


आज सम्म ठिकै हुन्छौँ, भोली थाहा छैन
हाम्रो हात्मा के नै छ र? केही हुने हैन
अलि अलि गरे जस्तो देख्दा खेरी हामी
सद्दे-बिमार् गर्छन् उनै, ईशै जान नामी  
स्वास्थ ख्याल गर्नु पर्छ,खानु पर्छ सादा
कसरत हिँड्डुल दिनौँ न की ज्यादा

छुट्टी लिइ भेट्न जावौँ बाबा-आमालाई
अलौकिक जीवन् मिल्यो, ठूलो भाग्य पाई

सामाजिक कार्य हो यो, अबकाश लिउँ
जति लियौँ समाजको, त्यति अब दिउँ










- अनन्तगोपाल रिसाल [July 29th, 2010 ]

Monday 26 July 2010

आमाहुनेलाई हर्ष-आशीर्बाद्को बर्षा !

[आमा हुनेहरु सबैलाई हाम्रो प्रशस्त सौभाग्य शुभकामना! सुख र सुविधा जीवनका दुई किनारा हुन्! ईश्वरीय सिर्जनामा समृद्ध मुलुकले मात्र सुख देख्न पाउनु भन्ने छैन! हो, सुविधामा प्रचूरता होला - तर आमा बन्ने खुशी त्यो सुविधाका आँखाले मात्रै नहेरियोस्! हरेक आमा जीवन्त ईश्वरकै प्रतिरूप, कलाकार अनि त्याग-प्रेम-मूर्ति हुन्]
उपभोक्ता:

प्याजी रँग छोरी हुने निलो रंग छोरा
काले गोरे खैरे हैन, हामी गहुँ-गोरा?

सार्है सजिलो छ यहाँ आमा हुन लाई?
आफ्नै सुत्ने कोठा स्याहार् झोल खान पाई|
हाँस्न धेरै हुन्न भन्छन् ठूलो पेट लीइ
बच्चालाई झम्झम् हुन्छ, रक्सी 'वाइन्' पीइ?

नाटकै छ अम्रिकामा,'हि ही हु हा '-फुक्ने
डाक्टर्हरु सोध्छन्-मिस्टर-'बाच्छो आँफै झिक्ने?'

दुइचार मैना तन्दुरुस्त आमा छोरी उस्तै
'जिन-टाइट-प्यान्टमा त',जिस्काउँ जिस्काउँ जस्तै|
'लमाज'ले सजिलो रे धन्य समाज
'रिहर्सल'-पैले गर, पूर्ण रियाज !
अचम्म यो लाग्छ यहाँ, हिजो ठूलो भूँडी
आमा चाहिँ काम्मा जान्छिन्, बाबु आची धुनी|

आमाहरु नाच्ने गर्छन् छोरो नाँच्दै आउँछ
वैज्ञानिक यूग आयो, बाउले छोरो पाउँछ?
सुत्केरी-को स्याहार गर्दा लोग्ने घाइते हुन्छ
काम गर्ने छैन कठै, घरै-माइते हुन्छ!

सुरक्षामा ध्यान धेरै खेल्ने खेलौना
बाँडी-चुँडी कैले खेल्ने? गाह्रो मिलाउन!
संस्कारको गुनासो र शिक्षा-विलासी
संस्क्रिती त कता कता,मात्रै धन्-रासी!
नेपाली बीराँगना:

डोको बोके भारी बोके चोतारीमा बसी
लाज किन लाग्छ कुन्नी? पेट बोके पछी ?

कान्ला बारी भीरै पाखा दाउरा काट्न जान्छिन्
नेपाली छिन् वीर-आमा, बच्चा बोकी ल्याउँछिन्|

घाम्मा लूकी लूकी तेल कल्ले लाउने होला?
'बीच'-मा जाँउ धेरै मान्छे-छैन खोला नाला
पेट ठूलो,मन ठूलो दिल सानो किन?
आधा घण्टा हिँड्नु पर्छ,आमाहरु सुन|
यसो हेर्दा भाउज्यूको आर्को हप्तासम्म-
चिउरा खाने भन्छन् किन? त्यसै पेट टम्म
राम्रै राम्रो संस्कार:

संसारमा ल्याउँदैछ्यौ नयाँ उपहार
आमा गीत-संगितकी, कवि, कलाकार|

भगवान्को स्मरण र ज्ञानगुन्को कुरा
रातो-सारी प्रसाद छ? चोली-पोते-चूरा |
धन्य धन्य आमाहरु बोकी बोकी पेट
सन्तानमा खुसियाली, साथी संगी भेट|

हेर्नु पर्छ राम्रै राम्रो, सुने राम्रो गर्छ
बच्चालाई संस्कार त, पेट्मै दिनु पर्छ|

लुगा-फाटो फाटी जान्छ, आशीर्वाद्ले घेरुन्
परिवार स्वस्थ बनुन्, ईश्वरले हेरुन् |

- अनन्तगोपाल रिसाल [July 24th, 2010 ]

दुलाहा - दुलही: तानातान-भनाभन













दुलही:
प्रिए, क्या कमाल गर्दियौ,
म त टाईट्-प्यान्ट थिँए, च्यातेर रुमाल गर्दियौ|

दुलाहा:
प्रिए, क्या चमत्कार गर्दियौ
म त होन्डा र टोयोटा थिएँ, हाँकेर बेन्ज-कार गर्दियौ |

दुलही:
प्रिए, क्या हाल गर्दियौ,
टुकुचा र खोला थिएँ, पोखरी र ताल गर्दियौ |

दुलाहा:
प्रिए, क्या निगरानी गर्दियौ,
जीवन्का सपना थिए, मरभूमीको पानी गर्दियौ

एक-दसक पछि----------------










दुलही:
प्रिए, क्या तमन्ना गर्दियौ,
बैठकको पर्दा थिएँ, सुत्ने कोठाको तन्ना गर्दियौ |

दुलाहा:
प्रिए, क्या साटासाट गर्दियौ,
गाँठ-वाल् थिएँ, खाता-खल्ती र वालेट अहीले टाट गर्दियौ |

दुलही:
प्रिए, क्या अचम्म गर्दियौ,
कस्ती दुब्ली र पातली थिएँ, अहिले टम्म गर्दियौ |

दुलाहा:
प्रिए, क्या शाबाशी गर्दियौ,
सारूक र रितिक थिएँ, आज चपराशी गर्दियौ |

- अनन्तगोपाल रिसाल (Jul 24, 2010)

Wednesday 21 July 2010

अलौकिक कला-अधिकार-पेशा

के के, कहाँ, कस्का लागि, सोचौँ किन, कैले?
कस्तो काम साँध्न सक्छौँ ? आफ्नो सीप पैले!

अर्थ-मेरो भविश्य हो,सीप वर्तमान
निष्ठ तेज बाहादुर, बल-थर्कमान


पाइलट देखि इरेक्टर, डाक्टर म्यानेजर
अपरेटर टनेल-बोरिङ, ठूलो इञ्जिनियर

सुपरभाइजर् कारखानामा सुत्ने-गोदाम!    
मेसिन जस्तै काम गर्ने, भुट्ने बदाम!


प्राविधिक, सुरक्षामा सीप साँध्नु पर्छ
पहिरो र बाढी बच्न, बाँध बाँध्नु पर्छ!

सरलता स्वभावले विश्वलाई प्रिय
स्वर बोली वचन् मीठा, सँधै भवदीय

पानी हाम्रो अमृत हो, जल-जीवन् फल्ने
शितलता सहरमा, झलमल्ल बल्ने

नाच्ने गाउने कथा कवि गीत संगीतले
स्वतन्त्रता मन खुशी, काम जे नै गरे

प्रहरी क्वै प्रहरमा मार्ग-प्रदर्शक
प्रेस कलेज् न्यायालय,ब्यस्त-प्रबर्धक

ब्यापार र सैनिकमा,पाठ प्राध्यापन
सिक्नु पर्छ उमेरैमा,शिक्षा अध्यापन!

पोडे, च्यामे, कुचिकार बरु गर्छन् सफा
फोहोरी छ्या ! लेखक र साहित्यको सभा

डकर्मी र सिकर्मी छन् कलाकार धनी
राज्नीतिमा लाग्नेहर्को बिग्र्यो दशा-शनि?

चोरी गर्न जान्दिन म,सानो काम गर्छु
कमाई छ जसोतसो धर्म गरी भर्छु

कार्खानाको कुल्ली तर मन-घरवार
सानो तिनो झुपडीमा खुशी-परिवार

घाँस काट्ने भाँडा माझ्ने फुल लाउने माली
शँख फूक्ने ढाँङ्रो ठोक्ने धूप-बत्ती बाली

बेच उखु सुन्तलाको रस आँप मेवा
अस्पताल्मा रोगी हेर बुढाबुढी सेवा

दमाइ र सार्की-दाइ-सिँउछन् समाजको
खेती कृषि पशुपालन्, सेवा अनाजको

कपाल् काट्ने, नङ् राख्ने,कोरीबाटी-भूत्ले
कुनै पनि काम सानो हुन्न मेहेनत्ले

जता हेर्यो उतै राम्रो, छिमेकीले गर्व
मन चँगा भयो भने सधैं-भरी पर्व

दिन्भरीको थकाई त बिर्सीएछु साँझ
भाग्य-परिवार, देश जन्मिएछु आज

जडिबूटी, गाई पाल्छु दुध खुवा नौनी
बुद्धिवान बलवान मेहनती छौँ नि

हिमालको आरोहण,वर्लनुमा गाह्रो
बेला मौसम् मिल्नु पर्छ ,पुग्नु पर्छ चाँडो

खेलाडी हुँ, दूर्-दर्शन्, दर्शक म प्रेमी
जूवाघर,कसरत सिकाउने 'ट्रेनी'

हवाइ-जहाज् उडाउँछौ? कुदाउँछौ गाडी?
दिनभरी रमाएर किन-बेच साडी?

‘म त गुरु सन्यासी हुँ’, समाजको सेवी
आफ्ना छैनन् कोही-सबै भेटी, चेला-चेली

सक्छु है म, जे नि गर्न, स्वतन्त्रको जात
जन्म-कर्म ईश्वरको पूजा मेलापात

अध्यात्मका शिखर छन् अधिकार- के छ?
अद्भूत र अलौकिक, आफ्नै कला-पेशा

- अनन्तगोपाल रिसाल (Jul 21, 2010)

Saturday 17 July 2010

गजल: समाज-सेवी-हरुको अध्यक्ष


संघ-संस्था भन्दा धेरै आफ्नै संझी रुन्छु
क्यै पो गर्न सकिन्छ की?मन मनै गुन्छु|

फोन,ईमेल् हात लाग्यो, कुन् कुन् संस्था कुन्नि?
जाने जति सबैलाई एक् एक् गरी चुन्छु |

मेरै कुरा सुन्नु पर्छ, मेरै गोरु तीखे-
नमान्ने ती अधर्मी हुन्, घरै भित्र थुन्छु |

गल्ती हुन्छन् गरेपछी,नगर्ने-को हुन्न?
दुइचार् वटा पाप लागे, काशी गई धुन्छु

बाहुन्-क्षत्री,नेवार् सेर्पा,गुरुङ् मगर् हैन?
मान्छे भन्दा भिन्नै आफू जन-जाति खुन्छु!

देख्ने आखाँ छैन मुख, मन-परी गाली
यौटा कानबाट छिर्छन्,अर्काबाट सुन्छु |

जात्रै जात्रा वरिपरी- खायो बित्यो साँझ
आफ्नो दुनो सोजाएर, महल त्यो बुन्छु

योजना र समारोह, समन्वय पत्र
थाहा छैन कुन्मा थियेँ, ऐले के मा,कुन्छु?

राजनीति,अर्थनिती गाँउका सभा-सद
गाहकी हुन् समाज यो, गाई-सरी दुन्छु

सेवक हुन् भाले सबै-सहयोग खै त?
खसी,बोका,गाई-अरु, अध्यक्ष मै हुन्छु |


- अनन्तगोपाल रिसाल (Jul 17,2010)

Wednesday 14 July 2010

भानुभक्तीय महिमा:राष्ट्रीय एकता

भानुभक्तीय महिमा:राष्ट्रीय एकता

घाँसीकी-गुनकेसरी, मन-हरी, छन् किर्ति-नानाथरी
छाम्दा मल्मल झैँ सलल्ल बगने गीला तकीया सरी
सुत्दामा मन शीतलै कलमले-श्रष्टा र शीरोमणी
स्वप्ना झैँ चलचित्रकै-मलम के? काब्यै छ रामायणी

भानूभक्त गयौ कहाँ? नचिनिने? खोजेर, राखौँ अब
मीठा ज्ञान अझै छ,छैन-अमिलो, चाखेर मागौँ सब
संस्था-ब्यापक बन्छ, खै? मनमिले, गाह्रो नमिल्दा कठै?
हाम्रा सभ्य समाज हे, अब उठे! छैनन् यहाँ बोझ क्यै!

हाम्रा सम्मान,सम्पत्ती, सद्भाव जन-जातमा
भाषा,धर्म,अनुष्ठान - प्रेम-बैभव साथमा
धर्मले गरियो रक्षा, पर:भाव- पदोन्नती
भाषा नै धन हो त्यस्को, जस्को भाव छ उन्नती

साहित्य कस्तो हो? शिक्षा- संपती यी किताब हुन्
भाव, संस्कार त्यो छैन, पत्रै-पत्र बेकार हुन् !
शब्द-ज्ञान भये आज, धेय-ध्यान पुर्याउने !
चिन्दै अक्षर आत्माको, परमात्मा चिनाउने

तारामा अब देखिन्छन्, नेपाली छन्द बज्दछ
मेघ गर्जन्छ ईन्द्रआदी ,भूमी नेपाल भज्दछ !!
अर्को नेपाल जन्मन्छ, हिमाली भाव खोल्दछ !
स्वर्गमा अब देवादि नेपालीबाट बोल्द्छ !

दैवी खेल रचाइ भानु-भवमा नेपाल यो स्वर्गियो
सीताको नव-जीवनी सरलता, यो विश्वमा गुन्जियो
संसारी, पथभ्रष्ठ कैँ, सु-मनली उद्दार है गर्दियौ
घाँसीका-घरको, समाज-जनको, सम्मानले भर्दियौ|

संस्क्रीती मान्यता वेद, पालीबाट बन्यो नयाँ
न-य-पाली बन्योँ हामी, चम्किन्छ्ओँ विश्व माझमा !
अनास्था, लोभ, शन्ताप, संकिर्ण किन? जालमा?
आफ्नो आधार विज्ञान, नबिर्स्यौं अनिकालमा !

खुस्कनु हुन्न है हामी, खाँसी खस् खस् भये पनि
'खस् बाट खसेकाले खसी बन्न पुग्यौँ ' भनी
परिवार थियौं हामी, परिवार रहौं सधैं
बन नेपाली संसार-जहां छौँ विश्वमा कतै

आस्था स्वच्छ सनातनी सरसता - यो वैदिकी दर्शन
किर्ती गान म मुग्ध भै कति गरुँ? मोती-सरी वर्णन?
सुन्दा धर्म, र भावना, नरमता- हिमाल पग्लिन्छ ल
कान्तीपूर्-तनहुँ छ स्वर्ग सरिता-नेपाल तीर्थ स्थल|

परिवार ठूलो हाम्रो,बिभिन्न जन-जातीय!
सम्मान सबको एक, नेपाली, बन आत्मीय।
भेष-भोजन-भाषाले,भिन्दै भाव?भयो त के?
नेपाली-मनले एक, छौँ ब्यग्लै थर,नामले!

सेर्पा,गूरुङको भाषा, तामाङ्-नेवारको पनि
थारु,मगरको आफ्नै,पहिचान फरक् छ नी!
मिल्दाजुल्दा सु-संपन्न, नत्र दिल त-दुख्छ नि?
यौटै मात्र कहाँ हुन्छ? स्वच्छ-मानवता धनी?

गाँउ-हिमाल, आस्थाकी तराई र प्रदेशकी-
आमा छिन् घरकी घर्ती-बाहुन्-राइ-मधेशकी
खावौँ बाँडी-चुँडी आज, सबैलाई छ, पुग्छ नि!
समाबेशी हुनै पर्छ, भाषा-जातियता पनि |

दार्जीलिङ् बस काँगडा नगरमा फैलेर भारत् भरी
द्यौता-झैँ घुम वाल्मिकी हिम-नदी भूटान् र बर्मा झरी
सिक्किम् उत्सव गर्वले धनगढी, आसाम, किल्ला गढी
तिम्रै मान र गानमा हिमचुली चूलिन्छ माथी चढी!

जोडी वैभवले असंख्य जनता यै सभ्यता, साधना
पोती रङ्ग अनेक छन्द-रसले न्यानो मिठो भावना
जोगायौ धन-देश यो अमरता, क्वै छन् यता, क्वै उता

बाँध्यौ काव्य र प्रेमले, नियमले-राष्ट्रीय यो एकता |

- अनन्तगोपाल रिसाल (Jul 10,2010)
म स ज स त त गु
SSS IIS ISI IIS SSI SSI S
[छन्द-शार्दूलविक्रीडित , १९ अक्षरको एक पाऊ, चार पाऊको एक श्लोक, १२ र ७ मा यति, छन्द-अनुष्टुप ८,८ मा यति]