Friday 31 December 2010

नयाँ बर्षको नयाँ उपहार!



नव वर्ष उमंगमा उही, नयाँ साथी     
परिवार समाजको उन्नतिले माथि
आकाशमा उडुँ मीठा कल्पनाको-पार्क  
निन्द्राबाट ब्युउँझिएर प्रगतिको मार्ग!

संघ-संस्था मिले भने निक्कै काम हुन्छ
मनोनित निर्वाचित सम्मानित को छ?
खोजी गर लूकी बस्छन् बोलाउन,खै न!
काम गर्ने को छ हेर, जात-थर हैन!
   
चौतारीको छहारीमा सेवा फल चाख
सोच जाति,काम दामी,साथ राम्रो राख!
देख्ने सब्ले लेख्न सके,लेख्ने जे जे देखे!
पारदर्शी जनतन्त्र है न किन खेदे?
राम्रा राख्छ समाजले,नराम्रा चैँ फाल्छ!   
देशै शान्ति पर्यटन्ले स्वर्ग बनी हाल्छ
  
ल्होसार हो भिंतुना यो बैशाखको मेला
सधैँ नयाँ वर्ष आवोस् रमाइला भेला
दशैँ दसक् गर्मी बिते तुसारोको पाटो
हिउँ, जाडो, घरै भित्र, सीरकको तातो!

प्रवासिने सबै खोज्छन् खोज्ने ठाउँ बेग्लै
कोहि उडी बेसी झर्छन्, उपत्यका खोज्दै
गाँउ-घर आँगनमा बेवारिसे डोको !
देशै छाडी लाग्यौँ हामी सिर्जनाको धोको!

जन्म जन्म पाइँ-रहुँ नेपालीको नाता!
गाउँ घर साथी-भाई गाईँरहुँ गाथा !
पुराना ती संझु, बिर्सुँ के के गर्ने भोली?
आज चाँही नाचुँ,गाउँ मन दिल खोली

- अनन्तगोपाल रिसाल [31st Dec 2010 ]

Wednesday 22 December 2010

दुधको दुध:पानीको पानी !

पानी मिसिएको या नमिसिएको दुध फाटेपछी मात्र छेना भनिन्छ! दुधमा ८०% भन्दा पानी भएकै हुनु पर्छ नत्र दुधको प्रोटिन-पौष्त्टिक गुणलाई पुश्टी गर्न सकिन्न! अब शुद्ध दुधमा कति प्रतिशत पानी हुनु पर्छ त भन्ने कुरा शुद्ध दुध खानेले मात्रै थाहा पाउँछ, या प्राणी अनुसारको बैज्ञानिक दुग्ध-प्रसोधित-प्रामाणिक यन्त्रको आविस्कार भएको छ भने मात्र थाहा हुन्छ!  ! गाँउघरमा दुध दोएपछी छान्ने र ठेकिमा लागेको दुधलाई धोएर मिसाउने चलन छ! 'मौरीमा लागेको नौनी पनि निकाल्नु पर्छ'-भन्ने लोक किंवदन्ती पनि त छ नी! 'शुद्ध दुध खान त-बाच्छो भएर जन्मनु पर्छ' - भन्ने कुराहरु कति हाम्रै सहरहरुमा सुनिन्छन्! कहिँ दुधलाई जानी जानी फटाएरै अन्य मीठा मीठा परिकान्न बन्दछन्!  दुध घरको धाइ-आमाको, आफ्नै-आमाको हो की, पहाडमा गाईको, हिमालमा चौरीको हो की तराईमा भैँसीको र त्यसको बिभिन्न उद्देश्य र प्रयोजनको बारेमा पनि कुरा गर्नु पर्ने हुन्छ! दुधको क्रय-विक्रयबाट बचेको पैसाले घाँस पराल कुँडो किन्ने हो कि? बुढाबुढीको, केटाकेटी र रोगीहरुको स्वास्थका लागि प्रयोग गरिने हो कि?    
विदेशी भूमी, कानून र समाज सेवा    
माथिका सबै रह्यो नेपालको कुरा! अमेरिकामा दुधको सुद्धताको प्रश्न र कुरा नै हुँदैन भन्ने होईन किन भने यहाँ किसान, गोठाला र दुधका ब्यापारी र व्यबसायमा परीमार्जित,संशोधित मूल्याकन [FDA] सरकारले गरिसकेको छ! सरकारको नियम र कानूनलाई यथासक्य सँरक्षण गर्न-खाना तथा औषधी व्यवस्थापन समितिले नै गुण स्तर निर्धारण गर्ने भएकाले यहाँको विवाद ब्यगै नै छ! त्यसका लागि यहाँका सुधरिएको गाईको कुरा गर्नु पर्ने हुन्छ! राष्ट्रिय अर्थ व्यवस्थाको निकै प्रतिसत दुधसंग संवन्ध भएकाले यहाँको दुध दुने, गाई जन्माउने, स्याहार्ने, ख्वाउने र तीनको काम सकिए पछि जीवन समाप्त पार्ने - आफ्नै प्रक्रिया र पद्धति छ! हो, हामीलाई ती संम्पूर्ण कुराहरु कता कता खल्लो - नमीठो र स्वार्थी लाग्दछ! हामी प्रवासी नेपालीहरु थोरै भएपनि पारमार्थिक संस्कार लिएर आएका हुनाले अलि अस्वाभाविक लाग्नु लोक-दर्शनको आधार र विश्वासका कारण युक्ति-संगत छ!

क्षमा दान दया प्रेम सौहार्दता अतिथी सत्कार अनि उदारपनको स्वागत!
भनिन्छ - 'बलेको आगो त जो पनि ताप्न खोज्छ'! आथिती सेवाभावले दाउरा खोज्नु, स्याउला बटुलेर आगो बाल्नु, आँखा भरी धुँवै-धुवाँ लिएर, ढुँग्रो बनाएर, फोक्सो दुख्ने गरी फुक्नु र अन्त्यमा न्यानो आगोमा वरिपरि बसेर पारिवारिक कुराकारी, गीत संगित, साथी-भाइको खेलखाल, दिदि-बहिनी-दाजु-भाइको भेटघाट र मीठा खाना पकाएर मीठो तातो सुद्ध दुध खान-ख्वाउन पाउनु - के सजिलो छ र ? हाम्रो नेपाली संस्कारले त्यहि सिकाएको होईन र?  यहाँको मानसिकता, निर्धारण शैली, मान्यता, मूल्यता र संस्कारमा फरक छ! यहाँ गाईलाई (हुन त सबैजसो प्राणीलाई प्रसोधित गरेर)-उपभोग्य बस्तु बनाइन्छन्!  यहाँ आर्थिक सम्ब्रिद्धीलाई नै परमधेय मान्ने ब्यक्ति देखि लिएर - हैन हामीले कसरी, कस्तो हालतमा गाईलाई दु:खमा या सुखले - उस्को खुशीले दुध दोएका छौँ त?- भन्ने प्रश्न उठाउने धेरै जैविक, ईस्वरीय भाव, आत्म-जागरण भएका नागरिकहरु पनि छन्! 'गाईलाई रुवाएर, मारेर, कुटेर, लूटेर लिईएको दुध हामी खाँदैनौ! बरु अली बढी पैसा तिरेर राम्ररी सफा गरिएको, बाछ्छोको भाग कटाएर स्वेच्छाले दिने भए सम्मानले दोइएको दुध मात्र पिउँछौ!'

न्याय के हो त?
दुध फाटेको छ की फटाइएको छ, कति पानी मिसिएको छ की मिसाइएको छ - यो बैज्ञानिक युगमा त्यसका गुणस्तर यन्त्रहरु बन्दै या बनिसकेका छन्! यो विबादको निर्णायक न त गोठाला, न त दुध धनी, न गौशाला, न हाट बजार,न सँचार-साधन नै हुन्! ग्राहकहरुको मनसाय, राय या गोठ-संचालय पदाधिकारिका उत्तरदायित्वमा प्रश्न गर्ने अधिकार - खाना विशेषज्ञ या न्यायाधिशलाई मात्र छ!  पाठकले यति चाँडै निर्णय गरेर- आफ्ना मन नपर्ने गाई, गौशाला, गोठालाको बदख्याईँ गरेर, लेखेर दंग पर्नु - दिवास्वप्न र तन्द्राबाट उठ्न नचाहनु हो! छिमेकीको झगडामा पूराना रीशको आगो ताप्नु हो ! अर्थात् अरु गोठाला नाइकेले पनि के सिक्नु पर्ने छ भने - यो विवादबाट सिक्ने, जान्ने, बैज्ञानिक प्रविधिको उपयोग गरेर सकेसम्म सजिलो संग गुणस्तरीय, स्वस्थकर, रस-पोशण-यूक्त दुधको उत्पादन गर्ने!

प्रवासी जीवनमा पनि फोहोर छ्याप्ने संस्कार!
बिद्वानहरु खोजीको, प्रमाण र उपायको कुराहरु समाजमा सबैलाई सम्मान गर्ने प्रकारले अनुसन्धान गर्छन् अनी विचार पुर्याएर, निस्पक्ष रुपले आफ्ना राय भन्छन्! ब्वक्तिगत रीस वा क्षूद्रताले संस्कारित गरेको आफ्नो अहंकारलाई दुईकौडीका पत्रकार, लेखक या साहित्यिक भनाउँदाहरु प्राय:जसो $१०० सदस्यताका आस्वासनकै भरमा समाजलाई भाँडने नमीठा फोहोर छ्यापी दिन्छन्! अगुआ, मार्ग-दर्शकहरु मूक-दर्शक हुनु हुन्न नत्र त्यसको गुण-दोष समाजमा सबै तिर फैलिन्छ! सके निश्पक्षताको आवाजको गुँजन हुनु पर्छ तर अन्याय, अपारदर्सी, अलोकतान्त्रिक या अल्पसंख्यकको अपमान त अवश्य हुन दिनु हुँदैन! नत्र त हतियार नबोक्ने गाईलाई जीवन भरसम्म अमृतै दिए पनि दुध दुहुन्जेल लुटछन्, दुध दुनसकेपछी - दुष्ट साहु र पासविक पूंजीवादीहरुले 'बर्गर भित्र ' राखेर नबेचून् ! सभ्य-समाजले ईछ्या-मरणको सम्मान गर्नु पर्छ! प्रकितीमा पनि असाधारण चन्द्र-खग्रास लाग्न ३७२ बर्ष कुर्नु पर्दो रैछ! समय प्रविधि अनुसारको व्यवस्थापन हुन सकेमा अवश्य पनि हामी सबैले गाई, गोठाला, गोशाला, घाँस, पानी, वातावरण र प्रसोधित केन्द्रमा, दुग्ध दुग्ध निर्धारित केन्द्र कर्ममा सत प्रतिशत शुद्धताको कामना गरौँ! नत्र त 'गाई मारी गधा पोस्नु' मात्रै भयो !

यूगको गतिमा चन्द्र-खग्रास !

सधैँ नै घाम लाग्दैन, पानी पर्छ कुनै दिन
दु:खले चिन्तना थप्छ, तिरिन्छ धैर्यले ऋण !
शरीर स्वस्थ होस् यन्त्र यात्रामा शुद्धता गरे
नखावौँ अंमीलो पीरो पेट पोल्छ भने-भरे !

विजुली-पानी हो आर्को,औषधीको स्वरुप छ!            
मात्रा,पात्र,मिलाउँदा-भिन्न भिन्न त रुप छ!
यो मौषम्, धर्तीमा हेर हुन्न खग्रास भूलमा!  
चन्द्रमा पनि ती लुक्छिन्,कालो-कालको-यूगमा!  

-अनन्तगोपाल रिसाल [22 Dec, 2010]

Monday 20 December 2010

प्रवासीएको जीवन



संघबद्ध प्रवासी बनौँ तर अनाधिकारिक अनुत्तरदायी अलोकतान्त्रिक अपारदर्सी गैर नबनौँ है?

हामी सबैको आ-आफ्नै प्रकारको उद्देश्य या विवशता छ - नेपाल छोडेर विदेशी भूमिमा समाहित हुनु या शरण लिनुमा! कतिले हाम्रा पिता-पूर्खाको पेसागत विवशतामा बनारस, भूटान, अम्रिका या संसारमा कतै पनि छरिएर रहनुको मौलिक/पारिवारिक कारणहरुलाई ह्रिदयत स्वीकार गर्न सकेका छौँ त? संसारका कुनै पनि कुनामा नेपाली पनबाट पलायन भएका छौँ त? पढन, सिक्न, कमाउन, कमाएको जोगाउन, अरुको अगाडी फूर्ती लाउन, आफ्नो प्रतिभाले पून: संसारको सेवा गर्न, नेपालमा फर्केर जानेका कुरा सिकाउन आदि इत्यादी - निकै अरु कारणहरु होलान् हाम्रा प्रवासी जीवनको पनि! कथा, ब्यथा र बेईमानी प्रकरणहरु होलान् - भित्रै भित्र उकुस्मुकुश भएर रहेका बेदनाहरुको!
कहीले काहिँ हामी बाध्य हुन्छौँ कसैको या कुनै संस्थाको, पद्धतिको परिपाटीको पक्ष लिन! तर कतै पून: स्विकार्छोँ की अब त हद भयो-यो भन्दा सहन सकिन्न!  हाम्रो मानसिकता र प्रव्रित्तीको कुरालाई लिँदा यस्तो लाग्छ - हामी सोच्छोँ की अब हामी संस्थामा चुनियेर आएपछी हाम्रो शक्तिमा अनायाश चमत्कारले द्वि-गुणा हुन्छ! जे गर्दा पनि हुन्छ, मलाइ हेर्ने - चेतावनी दिने मानिस वरपर छैनन्! एक दुई चोटि शायद हामी फुत्कन्छौँ पनि होला तर सत्य लुकेर रहन्छ र एकदिन अबश्य सतहमा आइहाल्छ ! जुन हिसाबले संस्था, गतिविधी र तिनका संरक्षकत्व प्राप्त गर्दछ - त्यसरी नै त्यसको दीर्घताको योजना सोच्नु दूरदर्सिता हो! किन संस्थाहरु पलायन हुन्छन् भन्दा यिनै कारणले गर्दा हो !   

त्यस भित्र भएका नियम-कानूनमा संसोधन हुनु, राम्रा-लोकतान्त्रिक, पारदर्सीतालाई प्रत्साहन दिने खालका परिवर्तन हुनु अत्यन्त जरुरी छ!  यस्मा बहस हुनु पनि जरुरी छ नै! जसरी लोकतान्त्रीक मूल्यताहरुमा मूक भएर रहेमा सभ्यतानै लूप्त हुन्छ-त्यसरी नै परिमार्जित नगरिएको सँघ-संस्था, नबग्ने नदी झैँ फोहोरी भएर संशोधित नभएको समाज झैँ सूकेर जान्छ! जन्मनु गाह्रो छैन तर जोगिएर बाँच्नु गाह्रो छ! ईज्जत कमाउन सजिलो भएझैँ जोगाउन मूश्किल छ! हेर्नोस हिमालमा हिँउ पर्न गाह्रो छैन, पानी पग्लिएर बग्न गाह्रो छैन तर पहाड बस्ती हुँदै धारामा सफा रहेर आइपुग्न कति गाह्रो छ! आजको समुन्द्र हिजोको हिमालबाट पग्लियेको हिँउ हो! आजका विश्वका नेपालीहरु हिजोको मेहनत, बफादारिता र सँस्कारित धर्म र संस्क्रितिको उपज हुन्!

काम,दाम र माम खोज्दा खोज्दै मूसा दौडमा हराएको हामी हाम्रो आफ्नै गुँड र सभ्यता भित्र कसरी पस्ने होला? गैर कार्य,गोली र चाकडीबाट तर्सिएर भागेका हामी गैर प्रवासी बनी कसरी बस्ने होला? नयाँ संविधानको आस्वाशनमा मात्रै जीवन लीलामा पवित्रता फ्याँकेर किन पो फस्ने होला?


अगुवा, ठगुवा,भगुवा र हगुवा-
यस्ता चरीत्रको विश्लेषण गरौँ ! तपाईँको छिमेक, गाउँ, पार्टी, संघ संस्थामा यस्ता व्यक्ति कति छन् त? भगुवाको कुरै नगरौँ! जो गल्ती गर्न डराएर समाजका लागि केही गर्दैनन् ती हुतियारा भगुवा हुन्! जो आफ्ना र अरुको गल्ती छोप्न दशौँ झूठ र पून: गल्ती दोहोराउँछन् र अरुलाई पनि ती ब्यबधान र दूर्गन्धको नराम्रो अपारदर्सी, अलोकतान्त्रिक, असहयोग र गैर असर छोडेर जान्छन् ती समाजका संब्रिद्धीका लागि खतरनाक सिद्ध छन्! आफ्ना फोहर अरुलाई सोर्न लाउने हगुवालाई न लाज र शरम हुन्छ न की उत्तरदायित्वको बोध! तिनीहरु आफ्नो आडँबरको पूजा सेवामूखी, संस्था भक्ति र राष्ट्रभक्तिमा ल्याएर खनाउँछन् र २-४ दिन मिडियामा चर्चित हुन्छन्! अगुवाले सबैलाई साथ लिएर जान्छ, थोरै र विरोधीको पनि सम्मान गर्छ र अग्रगमन र गति देखाउँछ! गल्ती गर्छ तर शुद्धतामा बढी समय खर्चिन्छ, आफूलाई शुद्धिकरण गर्छ! रक्सीको मातमा टल्पिलियेर, हातमा बन्दूक बोकेर, जाति जनहरुलाई भाँडी जनजातिको आगो दन्काएर शान्ति र देशभक्तिका प्रचार गर्ने किताणुहरुलाई समाजले कालो मोसो र टाउको मूडेर डाँडा कटाउँछन्! सत्यताको पर्दा खोलिएपछी लाजले पानी पानी अनि डरले त्राही त्राही हुन्छन्! लोभ, क्रोध र आडम्बरी शक्तिले अक्कासिएको अहँकार अब पून: पारदर्सी, लोकतान्त्रिक,सेवामूखी जीवनको शरणमा उत्रिन्छन्!


प्रवासीएको जीवन !

जन्मेको माटो हिमाल नदी,ती पनि द्यौतै हुन्
बाहिर भित्र जाँ बसे पनि मन्दिर यौटै हुन् !
हिउँका पानी पग्लेर आज समून्द्र गहिरो
अमृत धारा आमाको दुध पियेको संझियो!

बुद्धको शान्ति शिवको शान्ति छैन क्यै फरक
त्यै धर्ती स्वर्ग मिलेर बन्छ नमिल्दा नरक
उर्लेर आवोस् भावना मीठा विश्वका नेपाली
बाँडेर खावौँ मिलेर साचौँ सभ्यता हिमाली!          

फूलका थूँगा ईश्वर पुग्छ मालाको सुगन्ध  
बिचार हामी उज्यालो गर्दै नबसौँ छ अन्ध?
सर्व-जनको हितमा खुशी,विश्वनै कुटुम्ब!
हृदय खुल्ला परम दर्शन्,नेपाल अचम्म    

- अनन्तगोपाल रिसाल [20th Dec 2010]

Sunday 28 November 2010

धन्यवाद कस्कस्लाई?


धन्यबाद दिवस् लाई धन्यवाद दिन्छु
नचाहिने सामान्हरु सस्तो पारी किन्छु
फर्सि-पाई, खाँदा लाखोँ टर्किहरु मर्-छन्?  
पार्टि,गोष्ठी, म्यारिइजमा साथी नयाँ बन्छन्

ईश्वर्लाई धन्यवाद पहिलो र अन्त
आमाबाबु पित्रीहरु बंश कति छन् त?
भूमी जन्मी-हुर्कीएको ज्ञान, गाउँ, देश
प्रवासी यो जीवनी भो, आफ्नै परिवेश!

गुरुहरु साथी-संगी केटाकेटी दिन
मीठा गीत संगितले रंगिएको छिन
छिमेकी र गल्ली गल्ली घुमिएको बाटो
धन्यवाद सबैलाई गाँसिएको नातो

जीवनमा साथदिने संगीनीको प्यार
सुख-दुख: आपतमा ठट्टा गर्ने यार
दाजु दिदि बैनी भाई छोरा छोरी सारा
कति कहाँ पुगे होलान् नजिक् कोहि टाढा

नदेख्दामा को हो को हो, भेट्यो भट्टी भोज
सबैलाई सलाम् मेरो, हराएमा खोज
छिमेकको विश्वाशमा,खुल्ला वार-पार
प्रेम गढ्छ मोह बढ्छ, न्यानो परिवार
    
जिल्ला अँचल् नाता बस्छ बोली बानी मिले
शरीरको संबन्धलाई जित्छ मन दिल-ले!    
जरुरत्मा पराईले निक्कै साथ दिन्छन्
आफ्नै भन्ने मान्छे पनि टाढा टाढा हुन्छन्

चिन्तन र संगतले उजागर ध्येय       
बुद्धी बढ्छ आदरले श्रेय मन प्रेय
मामा भान्जा भतीजी र साहित्यिक कवी
बेला मिल्दा भेट्नु पर्छ,समाजका सेवी

कति साथी संघ संस्था बने प्रवाशमा
नाच्यौँ गायौँ कुराकानी कतै निवाशमा
पार्क बाटा शिक्षालय काम वरपर
धन्यवाद दिनै पर्छ विदेशको घर

फोर-लान्छ ट्रकआई घरैबाट टाढा
हाइवे छिर सफा सुख छैन कहिँ काँढा         
बिजुली र फोन पानी इन्टर्नेट टिवी  
धन्यवाद देशलाई दियौ चिट्ठा डिभी

ज्वाईँ जेठान् भाउजु र मेक्सिकानी, काली
ठूली आमा, सानो बाबा,शशुरा र शाली
बिराएका बखतमा दिनु भयो गाली    
धन्यवाद कस्कस्लाई दिउँ यसपाली?

-अनन्तगोपाल रिसाल [26th Nov 2010]
This poem was recited on 27th Nov, 2010, the Poetry event organized by Nepal Center of North Carolina (NCNC) at the NC State University.

Friday 19 November 2010

काम चलाऊ देवताको फुर्सतै छैन!


[ठूला सपना देखेर,जनतन्त्र बोकेर, निद्राबाट ब्युँझिएका, शहर-गाउँबाट जोस्सिएका, देश-विदेशबाट शिक्षा बोकेर फर्किएका निक्कै निराशाबादी जनतामा आर्को क्रान्तिको शुरुआत देखिएको छ! त्यो अबको राजनैतिक पहल मात्र होईन; प्राविधिक, आर्थिक या मात्र साँस्क्रितिक आरोहण होईन-अबको क्रान्ति त केवल आध्यत्मिक उद्वोधनको हो! हो, हामीले धेरै देवताहरुलाई संकल्प चढायौँ! धेरै बली र आरतीमा रगत र होश गुमायौँ! सूरा र सुन्दरीको लालचमा, चाकडी र देव-नेता सेवामा अमूल्य जीवन अर्पियौँ! बाँकी रहेको अबको जीवन भगवान बुद्धको आत्म-सात, सदा शिवको ईश्वरीय ताण्डव न्रित्यबाट चमत्कारमा उत्सर्ग लिनु छ! साँसारीक भोग वाशना, विलासितताबाट निक्कै माथि उक्लनु छ! यो जीवनलाई फूर्सत या काम-चलाउ प्रवित्तीले नहेरौँ, आ-आफ्नो दायित्वको वोध लिएर यौटा संव्रिद्धशाली रचनात्मक जीवन-समुदायको भविश्योद्घाटन गरौँ! ]

दिने कम्-छन् माग्ने धेरै,छैन सन्तुलन्
दिनै पिच्छे जात्रा यात्रा,यस्तै छ चलन् !
कति मन्दिर् बन्दै छ रे, कतै बन्दै छ
ब्यापार र लगानीमा, अर्थ मन्दै छ !  

माग्नेहरु मागेका छन् बाहिर्-भित्रै नि
गरीवले जुत्ता हेर्छ? राख्ने छन् धनी
भित्र माग्छ यौटा जाति, अर्को बाहिर
कुनै बोल्न जान्दैनन् रे! कोही माहिर !      

जंगल र झाडी बन-देउता लूकेछ!  
नदी नाला बग्दै खोला सागर् पुगेछ
पूजा होम आरतीले छैन फूर्सत
समय यो बेमानी छ,कैले कुर्छ त?

गहिरो र पहिरोमा बाटो सुसायो
आँधी-ब्याधी रोग बढे मन्त्र चढायो  
बाथ पित्त दम कफ कस्को हुँदैन?
स्नायु वायु फूक-फ्याँक धेरै बस्तैन!

फरक् फरक् देव-देवी धर्म संस्क्रिति
देश काल अवस्थाका क्रिया-पद्धति
पानी माटो आगो हावा आकाशको के?
आफ्नो-आफ्नो स्वभावको ईष्ट-मित्र रे!

दिँदा दिँदा बाँकी छैन?के के बनायौ?  
घर बाटो पानी पौवा,निकै खनायौ?
लोभ बढ्यो?काम क्रोध, खूबै गनायौ?
विद्वानको कुरा गरी, ठूलै भनायौ?

फूर्सत् छैन कसैलाई, सुन्ने को छ र?
भन्ने,नारा-लाउने लाई कस्ले गन्छ र?   
काम गर सेवा गर, मन बसाउ
देव-तन्त्र आईहाल्छ, मन्त्र बचाउ!

बस्ने वाश समाज यो मन्दिर् बन्दछ
देवताको फूर्सतले देशै रम्दछ!
मन्दिर् हैन देवताको घर बनाउ
घर भित्र-बाहिर लौ सफा गराउ

गुम्बा चर्च मस्जितमा माग्नेहरु झन्?
बाहिर के?भित्र हेर-सुकिला पो छन्
माग्ने बानी समस्याले पिल्सिएको जन्!   
देवताको फूर्सत् छैन जाने-कता मन्?

तामस र राजसमा सत्व फैलाउ
गाड काट बाल फाल आत्मा हल्लाउ?
मरेपछी देव पित्री दुबै मार्ग छन्
स्वर्ग मिल्छ राम्रो गरे दुख:नरक् झन्   

मरिजाने शरीर यो,रै छ निश्चित
दिने कुरा बाँकि छैन?के छ तिम्सित?
तेत्तीस् कोटी जीवनमा कति रमेनौ?
स्वर्ग-धर्ती आउने-जाने कठै थाकेनौ?

जन्म-म्रित्यु तिम्रा पनि ढिलो चाँडो छ
स्वर्गबाट धर्ती भोली तिम्ले झर्नु छ!  
मन्दिरमा भेटी बली छोड भन्दैनौ?       
ईश्वरले दिने कुरा दिन सक्तैनौ ?

जन्मिँदाका मर्दा पर्दा ब्रतबन्ध बिहे
पूजा अर्थ भजन् वास्तु लौन छाना चुहे
देवता छन् रंगी चँगी माने खुसाउँछन्
चाकडी जो ठूलाठालु,हैन, रिसाउँछन्

आफ्नै आफ्ना भन्छन् सबै, उस्तै देवता
सोची गए, मिल्छ त्यहाँ, फर्केर उता
के के ईक्षा खोजी गर्छौ? जे जे माग, छ        
पैले अलि चढायौ त? मिल्छ, भाग छ!

देवताका यथा-स्थान बाँड, चखाउ
गुणबाट माथि-उठी केही नखाउ
अमृतको आशा कतै?स्वर्ग नजाउ  
काम क्रोध लोभ छाडी, ज्ञान समाउ
सम्मानको बोली बोल त्राश हटाउ  
देवताको फूर्सतमा नाच नचाउ

शिला, रंग, रोगनका, कला, कृतिले
संगित र गीत, गान, शास्त्र-स्‍मृतिले
भोली बाँकी हुन्न जे जो, देखीयो आज
ज्ञान-अर्थ भक्ति माग सभ्य समाज

भाषण र नारा मात्र थूक्क राज-नेता
आफू मात्रै ठूलो ठान्ने, काना लाटा अन्धा   
यताबाट उता लाग्यो छैन केही चैन
काम चलाऊ देवताको कुनै मूल्य छैन

पाखण्डी झैँ स्वामी गुरु पण्डितको कुरा
काम थाल्यौ ईश्वरको,गर्दैनौ क्यै पूरा?
छोडी जाउ धर्ती जन कठै डरेछन्?
फूर्सतमा मनुस्यले निकै गरेछन्!

यता पनि उता पनि छक्का दाउ हान्यो
चौका सत्र के के पर्छ, आफ्नालाई छान्यो
झुण्डिएका हारीएका हिजडाले जान्यो !
सानो पाटो लुछाचुँडी रोपनीमा तान्यो

द्रिढ बन समाजमा मार्ग सफा राखे
कमजोर मुटुलाई तर्साउँछन् लाखे
देव्तै देव्ता कति चाह्यौ? आत्म-सम जान
कर्म सेवा मन शुद्ध भावना हो जान

चाकडी र घुसखोरी नातावाद छोड
लोभ काम क्रोध रैछ गति रोक मोड
काम चलाउ जीवनको ध्येय हुनु हुन्न
देवताको फूर्सत् छैन, पुग्यो? माग्न-रुन?  

-अनन्तगोपाल रिसाल [19th Nov, 2010]
*Disclaimer: Images of deities referenced in this poem are from the Google Images*

Wednesday 17 November 2010

We are Company we keep!

[Today is the International Unfriend Day. Let us remove all the people whom we really do not know from our friend’s list. We are what we are because of our friends and company we keep & share. There are opportunists around us who may use us to gain their selfish motive. We never know who really our friends are if we allow everyone to intrude into our life. We become what we choose and we choose what we are. The nature of friends we associate tells us back what nature we have. Let all the friendship in the world start from a selfless, a generous motive and with a good heart, energy and spirit. ]

Surround in progress - a special kind
Grow with a light from small & blind,
Quietly feel the breadth we greet
Friendly affection frequently meet !

Neighbor relations, we play and grow
Closer acquaintance the more we know.
Hearts are shared, when open our thought
Drop in a ocean or a value of a dot.

Feel the rocks, wind, animals, tree
Open your eyes wide, wisdom to see


Who am I and meaning of we?
Divine yet complete to set us free.

Respect, conduct - while we admire
Strength of our will to ignite the fire!
Virtues from sorrows, depressing sin
We trust and build to arise within !

Dedication, discipline learnt from the love
Affection, emotion that we’re passionate of  
We build our height & climb together
Rise & fall but float of a feather!

A quest in a seeker, path of a doer
Devotion, a star, seen in a fewer
Thinker I am, so is my friend,
Universal truth, what a new trend.

Jiggle & giggle makes us alive
Together exists, to cuddle our hive
Rely on firm & comforting bath
Journey to take-up a lonely path

We meet the group, whom we are
Socially, consciously, near & far!
Desires are shallow, tend to cheat
We are, what we think, we eat !



We spring & fall, winter we hide
Summer is warm, we show our pride

Life is beautiful & so is you
No favors to pay, none are due!

Friends are those who help you grow
Not all same but whom you know.
Follow your heart where-ever you go
Count on true. while high and low.

Path of the evils & good are cared
Attitude, morals, actions shared !
Multiply potential, speech, embrace
Likable are those, do not digress!



Connecting words, sentences we think,
Flow of the rivers, inhale, we blink !
Higher we grow and  perceive we deep
Friends are forever, company we keep !

-Ananta Risal [17th Nov 2010 International Unfriend Day]