Friday 24 September 2010

लूप्त-प्राय: हिमालका गौ-प्राणी

[हिमालबाट भूमी पूत्र आदिबासी नेपाली जाति हराँउदै छन्, हिमाली सभ्यताको, परंपराको विलय हुँदैछ! आधुनिक पश्चिमी आकर्षणले, सरकारको लापर्वाही र असुरक्षाले वीर गोर्खाली र हिमालका मूल सेर्पाजातीहरु विश्वमा पलायन हुँदैछन्! बरु जंगलका जन्तुहरुको ब्यवस्थापन राम्ररी हुन्छ होला न की मानव जातिको! नेपाल आमा,हिमाल र गौ-प्राणी नेपाली जाति सबै संसार्का सेवा र निर्माणमा लागेका देखिन्छन-आफ्नो घरको छानो र भित्ताहरु गलिसके| ‘हामी पनि खतराको सूचीमा परिसकेका छौँ है’ भन्ने यौटा देशका लागि संदेश मात्रै नभई अनिवार्य चेतावनी संझिदिनु होला!]

नेपालको हिमालको जनताको टेवा
जन्मेदेखी मरणको विश्व-दाश सेवा
पुग्यो हामी उठौँ अब आफैँ केही गरौँ
अन्न खेती दुध भरौँ ईश भर परौँ

सेता दुध हिमालको अमृत हो जान
टाकुरामा जन्म्यौँ आमा,स्वच्छ स्तनपान
सँब्रिद्धी र उन्नतीको सूचक हो गाई
कति जन्म पर्खिने हो यौटै ज्ञानलाई?



धन भन्नु जमिन हो गाई विज अन्न
बातावरण् नमार है?बन्य-जन धन्य
बहारको उत्सवको वैदिकको ज्ञान
जप तप मन्त्र कर्म पूर्ण योग ध्यान


विश्व शान्ति संब्रिद्धीको समाजको यन्त्र
गो-रस र भरोसाको धर्म-मूल-मन्त्र
गो-मूत्र र गोबरले खेती राम्रो हुने
अमृतले बाल ब्रिद्ध रोग छैन छुने

पशु-वली निषेध होस्,मिलेर बसाऔँ
हिमाल र हिमाली ती,सभ्यता बचाऔँ
जब मान्छे मान्छेलाई सम्मान् गर्न सिक्छ
तब मात्र बली प्रथा मन्दिर्बाट हट्छ

सेर्पा तिमी सेवक हौ बाटो देखाउने
विश्वलाई सद्दर्शन औँला डोराउने
किर्तिमान बनेका छन् संसारका भाले?
नेपालीको मेहनत खाना शुश्रूषाले

धर्म रक्षा याक-चौरी गाई बन फाँट
कति झूटो बोल्ने अब,जीवनमा ढाँट
हाम्रो धर्म बाँडीचुँडी संसारमा लग
सँस्कार र संस्क्रितीले देशै जगमग

हाम्रो आस्था परिवार मिल्नु पर्छ है त?
जमीन र खेतीपाती साथै गरौँ खै त!
अन्न,फल्फुल्,दुध,खनिज्,लूगा,काठ आदि
पानी, बारी, तरकारी सादा बर्तनादी

संसारले हामीलाई बिभाजित गर्‍यो
दाइ-भाइ फुटाएर लूट्नसम्म लूट्यो
सहारा र सबल् पक्ष, आश्रय भरोसा
जीविकाका लागि हाम्रो, जीवनमा आशा

आपसमा समर्थन गर्न सिकौँ हामी
लडाँईमा मार्गदर्शक् पथ-नेता नामी
प्राण शक्ति बाहुबल गहना कपास
स्वाबलम्बी बन्न सके छैन केही त्राश

नेतृत्वको कमी रै छ जैवी मार्ग दर्शन्
पडेका रे, बुझेका रे!खै त किन अड्चन्?
आलशी र बेश्यालय वध-संहारमा
बुद्धि ब्यर्थ खर्च जूवा द्वन्द बिकारमा?

विलाशका पूँजीपति काम,लोभ,क्रोध
बाशना छ, के के कति?आफैँलाई सोध
कमजोरी छानी,छानी जालभित्र पार्यो
जित्ने मेहनती योगी सँसारमा हार्यो

तेरो देश मेरो भेश कस्को ठूलो सानो?
धर्म,आस्था परंपरा शिखरको छानो
साधा नम्र सज्जन हो मिठै हुन्छ घाँस
पाखण्ड र देखावटी गर्छ सर्वनाश

लाटो सोझो गुनिलो रे बफादारी मोरो
अनपढ प्राकृतको हिमालको छोरो
शान्त मन अशिक्षित दाश महाराजा
सिपाँही रे निष्ठावान लडाँईका साझा

गिद्ध ब्वाँसो दुम्सी गैँडा हात्ती बाघ प्यारा
मान्छेहरु छिन्न-भिन्न विदेशमा सारा
गुफा जँगलमा लुक्छन्,तिन्को आफ्नै घर
किन बेच मान्छे अरु हराउने डर

यै हो हाम्रो भ्रातृत्व र समानता त्याग?
अहिँसाको पक्ष लेउ सत्त्यतामा जाग
विनयले महानता तर्कशील बन
साधकको सम्मान र नियमको जन

बाशै उठ्ने डर लाग्यो?वन्यजीव आदि?
खतराको सूचनाले ब्यूँझिने पो हो की?
नाभी भित्र बास्ना हाम्रो,डुल्छौँ जानी जानी
संबर्धन सुरक्षा छ? हिमालका प्राणी?

- अनन्तगोपाल रिसाल [24th Sept, 2010]

Wednesday 22 September 2010

Friends Of Nepal-NJ 1980-2010

सादर अनुरोध
सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) ले व्यक्ति-व्यक्तिमा सकारात्मक सोचको विकास होस्, सृजनशीलता एवं रचनात्मकताको अभिवृध्दि होस्, सबै सँगै मिलेर बस्ने उदार र विशाल भावनाको विकास होस्, आहारअनुसार विचार र व्यवहार बन्छ त्यसैले सात्विकतालाई प्रोत्साहन गरौँ साथै  सफलता प्राप्त गर्नु मात्र जीवनको उदेश्य हुन सक्तैन त्यसैले स्वावलम्बी बनी असल तथा मन, वचन, कर्मदेखि नै हामी सर्वोत्कृष्ट बन्न सकौँ भन्ने पावन सङ्कल्पले बाल,वनिता,युवा एवं नागरिक समाजमा जीवनको रूपान्तरणको अभियान सुरु गरेको सहर्ष जानकारी गराउन पाउँदा अत्यन्त खुसी लागेको छ।


यही अभियानअन्तर्गत “विकासका लागि आफ्नो गाउँ फर्कौँ” भन्ने उत्कृष्ट विचारद्वारा ‘श्रमदान महादान’ को भावनाले अर्घाखाँचीको विभिन्न गाउँहरूमा सीपमूलक तालीम, योग, ध्यानलगायत ज्ञानहस्तान्तरणका विविध कार्यक्रमहरू सञ्चालन भइरहेको सन्दर्भमा आफूले सक्ने सहयोग तन,मन,धनले गरी यस अभियानलाई राष्ट्रिय महत्त्वको कार्यक्रम बनाउन सहयोग पु-याउन प्रत्येक नागरिकको सहयोग अपेक्षित रहेको सादर अनुरोध गर्दछु।

Monday 20 September 2010

विश्व शान्तिका लागि हिमाल पग्लदैँछ

[विश्व शान्ति र सेवाका लागि सेर्पा समुदायले विश्वलाई लगाएको गुण विर्सनु हुन्न! गोर्खाली वीरहरुले शान्तिसेना बनेर शान्तिका सन्देश बोकेर नेपाल आमाको लागि बगाएको रगत बिर्सनु हुन्न! शान्ति नारा लिएर दरवारीया सुख छोडेर विश्व तारा सिद्धार्थ गौतमले दिएको बैराग्यको ज्ञान कहिल्यै नबिर्सनु! सनातन बैदिक धर्म स्थापनाका लागि हरेक युग-युगान्तरमा नेपाली-हिमाली भूमीमा सृस्‍टिको बीजको संकल्प गर्ने सदाशिव शंकरलाई कहिल्यै पनि बिर्सनु हुँदैन! अब संसारलाई संझाउने बेला आइसक्यो! ढिलो भैसक्यो, अब हामी जुटेर एक मन्त्र फूक्नु छ! पुँजीबाद र विलासितता मात्रै होईन, विश्व शान्ति र समुन्नति, सेवा र अन्तरिक्ष-संरक्षणको पाठ सिकाउनु छ! हिमालको शान्ति सन्देश, बुद्धका महान वाणी र शिवका ज्ञानलाई यथासक्य प्रस्फूरण गर्ने खालका 'प्लेकार्ड','डिस्प्ले', झण्डा र मन भरीको संदेश लिएर पाल्नु होला | संयुक्त राष्ट्रसंघको भवन अगाडि शान्तिको भावना र वातावरण संरक्षणका लागि आह्वान लिएर अवश्य आउनु होला!]

नेपाल् आमा हिमालमा मुटु चर्किदैँछ
संयुक्त यो विश्वलाई अमृत् छर्कदैँछ




सृस्‍टि, पानी, रगत् दियौ शान्तिसेना कति?
विश्वलाई कामदार सस्तो प्रिय जति!

सगर्माथा हिमाल्भरी शान्ति फैलीरहोस्
जनहीत संब्रिद्धीको सुख बाँडीरहोस्
तातो हैन न्यानोपन सभ्य गुटुमुटु
हिमालको काखमुनी बसौँ लुटुपुटु

पूँजीपति देशहरु हेर हाम्रो दसा
विश्व एक शरीर् हो स्वाश नदी नशा
राम्रो पानी पिउन सके स्वस्थ हुन्छौँ हामी
हिमालको अमृतको सुरक्षाको कमी

खोजेका क्यै छैनौँ कहीँ दिने मात्रै रैछौँ
हाम्रा हात सँधै फूक्का,माग सेवा गर्छोँ
नेपाल् स्वर्ग भूमी सत्य देवताको बाश
कल्पवृक्ष कामधेनु संसारको आस

शान्ति ल्याउँछ प्रगति र समुन्नति छिटो
भित्र बाहिर् सबैतिर मिल्छ भलै भलो
शान्ति मन्त्र तन्त्र फूकौँ विश्व हित्का लागि
फर्की आउँछ सुख शान्ति तिम्रै बाटो मागी

शँकरले सृस्‍टि गरे सनातन धर्म
बिकार र बिध्ह्वँशले निराशको कर्म
कृष्ण बुद्ध संस्कारले शान्तिज्ञान पथ
विश्वलाई ब्युँझाएर ऐश्वर्यको तर्फ

समाजको श्रोत साधन् मिलिजुली भोग
समुन्नति सगोलमा शोक मुक्त रोग
वातावरण् शुद्ध भए भूमी वायु खोला
संझीदिनोस् एकै छिन जिवन् कस्तो होला?

र्याली गर्छु भन राम्रो,बहिस्कार हुन्छन्     
हड्तालमा रातो झण्डा,कालो बनी घुम्छन्   
पैले चोर थियौ? चाँडो, ऐले चोखो हुने
नेता बन्दै जन्तालाई कति धोका दिने?

सभ्यता नै पग्लीजाला सोच विश्व देश
अध्यात्मको ज्ञानशिला टुक्रिजाला शेष
संयुक्त यो जोगाउन संयुक्तमा लाग
बाहिर् मात्रै नारा हैन भित्रै भित्र जाग



साना नानी कलिला छन् माइतबाट भागे?
बम्बे लागे विश्वाशमा,किन पाखा लागे?
विलासी र पापी, भोगी किन धर्ती झर्छन्?
अनुराधा तिमी जस्ता आमा अरु काँ छन्?

शिक्षा छैन दरिद्रीले अन्धकार छायो
हिमाल् हेर्छे,विश्वलाई?आशुँ मात्रै पायो
किन सुख्खा भए भीर?बाकिँ के छ?शीत
गरीवको अधिकार छैन,प्रेम-प्रित

मुस्कुराइ हाँस्न छाडे,साना-फराकिला
सेता अब काला बने पहाडका शिला
फाटीजाला धर्ती,दरा सभ्यता नै सुक्यो
कलकल बग्ने नदी पातालमा पुग्यो
                
मान्छे, देश बग्दै छ रे!समुद्रको पारी
तलै-तल पहिरोले लग्यो खेत बारी
स्वर्गबाट नरकको मार्ग किन छान्यौ?
बिरानाको देव-देवी,नजानेरै मान्यौ?
 
हिमाल् अझ अग्लिँदैछ हामी भासिँदैछौँ
विलाशको जर्जरमा खुशी-हाँसी मै छौँ
उब्जनीको मल माटो रोक्नु पर्छ गरा
मागी खानु पर्ने छैन गोडौँ धर्ती धरा


सेवा भावनाले मन अझ अग्लिँदैछ?
दु:ख पीर असहाय दिल चर्किदैँछ?
संयुक्त यो विश्वलाई अमृत् छर्कदैँछ
नेपाल् आमा हिमालमा मुटु पग्लिँदैछ

- अनन्तगोपाल रिसाल [21st Sept, 2010]
*Disclaimer: All the images referenced in this poem are from Google Images.

Monday 13 September 2010

तिज पर्व मिली अब गर्व गर



तिज पर्व मिली अब धर्म गर
सम-आदरमा मिल मर्म छर
मनमोहक जीवन विश्व घर
अबकाश लिई भर ईश पर

सुन गीत र नाच हरी लहरी
ममता समता अब होस गरी
नगरी नव-ग्राम भरेर अहो
जन-योजनले अझ देश उभोँ

बनभोज कतै रसिलो दिन यो
सुख बाँड अरु सबको सकियो?

छ समाज सधैँ कति मिल्नु छ रे
शुभ प्यार उजागर हुन्छ भरे

शिव-सुन्दर भारत-भूमिभरी
अलकापुर शान्ति छ यो नगरी

कति तीर्थ र चाड यहाँ भरिलो?
शुर वीर कडा शमता दरिलो

उठ सत्य जहाँ मन आउँछ रे
जनको दिन एक उदाउँछ रे
तप प्रेम पुग्यो?गर धर्म सखी
सहयोग मिलाएर जाउ अघि

तर प्रेम जती दिलका बहनु
जित संयमले मन ईन्द्रधनु
गहना,तिलरी घर बर्तन छन्?
बल-जोस छ?बर्त,न के तन छन्?

मनमन्दिरको अझ झल्झलमा
जग-स्वर्ग र भूतल तल्तलमा

सज पर्वतकी नमुना अपुरा
नव रंगि र चंगि चुरा छ कुरा



सम-आदरमा मिल मर्म छर  
तिज पर्व मिली अब गर्व गर
तोटक छन्द (४ सगण,१२ अक्षर-३,३ मा  यति)

- अनन्तगोपाल रिसाल [10th Sept, 2010]
*Disclaimer- All the images referenced are from Google Images

Wednesday 8 September 2010

नेपालीको राष्ट्रिय-धर्म-पिता: नयाँ संविधान


[नेपालीले आफ्नै गोद लिएको धर्म-पिता बाबुको, यौटा उदार संस्कार र अग्रणीको मुख हेर्न नपाएको धेरै भैसकेछ! आफूले जन्माउन प्रयास गरेको पिताको जन्म नभई तुहिन गयो भने-आफ्नै पनि राष्ट्रिय अस्तिवको विनाश हुन सक्ने डर छ भने आधिकारिक क्षेत्रलाई दवाब दिनु भन्दा बाहेक अरु समाधान देखिँदैन! राष्ट्रको अग्रगमणको पर्खाइमा वर्षोँ बिते! आफू सचेत,जाग्रत भएर भागेदार नभएको जनतन्त्रको कुनै महत्व नहुने रहेछ! प्रणालीनै लुप्तप्राय हुन सक्ने डर र बाहिरी प्रभाव-दवाबले सधैँको लागि त्रसित गरिदिदोँ रहेछ! बर्गीय विभाजनको विषमतालाई दूर-द्रिष्टी राखेर राष्ट्रसेवा, समुन्नतिमा लगाउन सक्नु नै सच्चा जनतान्त्रिक अभ्यास हो! आफू भन्दा अरुले, आफ्नै विश्वासी प्रतिनिधिले सेवा गरिदेलान् की भनेर कुर्नु जीवनको ठूलो धोका र पश्चाताप रहेछ! संविधान हाम्रो राष्ट्रीय पिता, नियम, संरक्षक, घरका स्वामीका रुपमा देखिएको छ! प्रथमत नियम नबनी बाटा फराकिलो हुदैनन्| पाहाडको पहिरो बाट खस्ने बानी लागि सकेको नेपालीलाई संस्कार परिवर्तन गर्न सक्नु ठूलो विजय हुनेछ! हाम्रो संविधान हामीले जन्माएको साझा धर्म शास्त्र हुने छ! सयौँ बर्षका लागि मार्ग दर्शक बन्नेछ! यस्मा सामाजिक-प्रेम,अधिकार,दण्ड अनि मानविय मूल्यहरुका मान्यताहरु निश्रित हुनेछन्! नेपालीको लागि भूगोल सुँहाउदो स्वथकर जैविक प्रणालीको ब्यवस्था मिलाईने छ!]
बुवा तिम्रो मुख हेर्ने दिन कैले आउला?
संगै बसी मिजिजुली मेहनत्ले खाउँला
सयौँ बर्ष सम्म पुग्ने,मार्ग के छ?देख
नियम र कानूनको यौटै ग्रन्थ लेख
समझ्दारी शान्ति बिना विकल्प नै छैन
मिली बस्न सक्दैनौ त तिमी मान्छे हैन
मावो-काँग्रेस्-एमाले-तराइ र गाँउ
राजा-रंक राष्ट्रवादी विधान बनाउँ
आफ्ना को हुन् कता गा छन् नेताहरु खोज
बस मिल पैले लेख अनि कुर्सी रोज
क ख ग घ पढेका छौ?छ की छैन ज्ञान?
झुक्काएर जनताको नलूटन मान

दाजुभाइ दिदिबैनी सबैजना आवो
मीठा मीठा रमाइला परिकार खावो
परिवार मिलिवरी सुख-दुख बाडौँ
राजमार्ग बन्छ, बाधा-विषमता फाडौँ 

मानवता धर्म ठूलो सेवा उपकार
न्याय प्रेम देश-भरी दरो सरकार
ब्यवस्थाको श्राद्ध किन?जिउँदै नमार यो
दण्ड,न्याय,नियमको,श्रद्धा गरन हो!
जात लिङ्ग वर्ग धर्म ईश्वरको हैन?
मानवता सरलता रोज खोज,खै न

मात्रीभूमी नेपाल् आमा सधैँ सम्झने छौँ
बाबु हाम्रा जन्मे पछि हामी जन्मने छौँ
प्रेम मूर्ति संस्कार हो,नियम यो पिता
संविधान वेद हो यो,ईश्वरीय गीता
परा माता चेतनको अँश मिले जन्म
शिव-शक्ति नहुँदो हो,छैन तिमी र म!

आज भन्दा भोलि भयो जीवन् छोटिँदैछ
सबैलाई हुने खेत चाडैँ गोडिँदैछ ?
जंगलको घाँस फाँडी अन्न झराउँछौँ    
जीवनमा दैवी-जैवी फल फलाउछौँ  

नारै नारा धेरै भए विचारमा धनी
भत्काउने मात्रै बढी,काम गर्ने कमी
शिक्षा गुण बढ्नु पर्छ संस्कारमा ज्यादा
घर्घरमा उद्योग होस् खानापिना सादा

महँगीमा कटौती होस् हिँसा हटी जावोस्
दण्ड एक सबैलाई रोजगारी पावोस्
खेत उब्जनीका लागि नीति रक्षा खोजुँ
आदर्शका नेत्रित्व खै?सदाचार रोजुँ

भ्रष्ठाचार हुँदै नहोस् विष ठानी रोक
गरिबीको मुक्त गरुँ शोक,रोग,भोक
सोसित् दलित् विद्रोहमा अब देश बन्छ?
निमूखा र अपढले बाँच्न पाउनु पर्छे
कति मरे-लूटे,भागे हराएर गए
करुणाका कहानी छन्,दर्द अझै छन् हे!

भुल्नुहुन्न विचल्ली ती बेपत्ताका व्यथा      
मरे,बाँचे थाहा छैन न्याय के हो?कथा?
निराशा र कालो बादल् हटाएर जाउँ
नेतालाई सिकाएर फरक् गरौँ गाउँ

'मिडियाले'-पार्टीमात्रै लेखे पढी राख्यो
जनताको चाहनाको पाखा किन लाग्यो?
लडाईँ सक्यौ?पीर बाँकी गहभरी आशुँ
बर्ग-युद्ध आलो घाऊ,हाड छाला मासु

स्वतन्त्रता हतारमा आएको त हैन?
अहिँसाको सम्मान् खै त?मन्दिरमा छैन?
विदेशीले भन्छौ धर्म-परिवर्तन् छली
खै त सोच उस्तै देख्छु,मन्दिरमा बलि?

युद्ध माथि युद्ध थपे, भन मन दुख्छ?
समाजले हिँसा त्यागे देश शान्त हुन्छ
जुम्ला हुम्ला बाजुरामा कति बन्यो देश?
फिर्ता भयो?लुटे,कुटे!राष्ट्रियता के छ?

तराई बेसी लेक हिमाल् साथै चढी जाम्ला
बुवा तिम्रो मुख हेर्ने दिन कैले आउला?

- अनन्तगोपाल रिसाल [8th Sept, 2010-Father’s Day]
*Disclaimer: All the images used in this poem are referenced from Google Images.