[नेपालीले आफ्नै गोद लिएको धर्म-पिता बाबुको, यौटा उदार संस्कार र अग्रणीको मुख हेर्न नपाएको धेरै भैसकेछ! आफूले जन्माउन प्रयास गरेको पिताको जन्म नभई तुहिन गयो भने-आफ्नै पनि राष्ट्रिय अस्तिवको विनाश हुन सक्ने डर छ भने आधिकारिक क्षेत्रलाई दवाब दिनु भन्दा बाहेक अरु समाधान देखिँदैन! राष्ट्रको अग्रगमणको पर्खाइमा वर्षोँ बिते! आफू सचेत,जाग्रत भएर भागेदार नभएको जनतन्त्रको कुनै महत्व नहुने रहेछ! प्रणालीनै लुप्तप्राय हुन सक्ने डर र बाहिरी प्रभाव-दवाबले सधैँको लागि त्रसित गरिदिदोँ रहेछ! बर्गीय विभाजनको विषमतालाई दूर-द्रिष्टी राखेर राष्ट्रसेवा, समुन्नतिमा लगाउन सक्नु नै सच्चा जनतान्त्रिक अभ्यास हो! आफू भन्दा अरुले, आफ्नै विश्वासी प्रतिनिधिले सेवा गरिदेलान् की भनेर कुर्नु जीवनको ठूलो धोका र पश्चाताप रहेछ! संविधान हाम्रो राष्ट्रीय पिता, नियम, संरक्षक, घरका स्वामीका रुपमा देखिएको छ! प्रथमत नियम नबनी बाटा फराकिलो हुदैनन्| पाहाडको पहिरो बाट खस्ने बानी लागि सकेको नेपालीलाई संस्कार परिवर्तन गर्न सक्नु ठूलो विजय हुनेछ! हाम्रो संविधान हामीले जन्माएको साझा धर्म शास्त्र हुने छ! सयौँ बर्षका लागि मार्ग दर्शक बन्नेछ! यस्मा सामाजिक-प्रेम,अधिकार,दण्ड अनि मानविय मूल्यहरुका मान्यताहरु निश्रित हुनेछन्! नेपालीको लागि भूगोल सुँहाउदो स्वथकर जैविक प्रणालीको ब्यवस्था मिलाईने छ!]
बुवा तिम्रो मुख हेर्ने दिन कैले आउला?
संगै बसी मिजिजुली मेहनत्ले खाउँला
सयौँ बर्ष सम्म पुग्ने,मार्ग के छ?देख
नियम र कानूनको यौटै ग्रन्थ लेख
समझ्दारी शान्ति बिना विकल्प नै छैन
मिली बस्न सक्दैनौ त तिमी मान्छे हैन
मावो-काँग्रेस्-एमाले-तराइ र गाँउ
राजा-रंक राष्ट्रवादी विधान बनाउँ
आफ्ना को हुन् कता गा छन् नेताहरु खोज
बस मिल पैले लेख अनि कुर्सी रोज
क ख ग घ पढेका छौ?छ की छैन ज्ञान?
झुक्काएर जनताको नलूटन मान
दाजुभाइ दिदिबैनी सबैजना आवो
मीठा मीठा रमाइला परिकार खावो
परिवार मिलिवरी सुख-दुख बाडौँ
राजमार्ग बन्छ, बाधा-विषमता फाडौँ
मानवता धर्म ठूलो सेवा उपकार
न्याय प्रेम देश-भरी दरो सरकार
ब्यवस्थाको श्राद्ध किन?जिउँदै नमार यो
दण्ड,न्याय,नियमको,श्रद्धा गरन हो!
जात लिङ्ग वर्ग धर्म ईश्वरको हैन?
मानवता सरलता रोज खोज,खै न
मात्रीभूमी नेपाल् आमा सधैँ सम्झने छौँ
बाबु हाम्रा जन्मे पछि हामी जन्मने छौँ
प्रेम मूर्ति संस्कार हो,नियम यो पिता
संविधान वेद हो यो,ईश्वरीय गीता
परा माता चेतनको अँश मिले जन्म
शिव-शक्ति नहुँदो हो,छैन तिमी र म!
आज भन्दा भोलि भयो जीवन् छोटिँदैछ
सबैलाई हुने खेत चाडैँ गोडिँदैछ ?
जंगलको घाँस फाँडी अन्न झराउँछौँ
जीवनमा दैवी-जैवी फल फलाउछौँ
नारै नारा धेरै भए विचारमा धनी
भत्काउने मात्रै बढी,काम गर्ने कमी
शिक्षा गुण बढ्नु पर्छ संस्कारमा ज्यादा
घर्घरमा उद्योग होस् खानापिना सादा
महँगीमा कटौती होस् हिँसा हटी जावोस्
दण्ड एक सबैलाई रोजगारी पावोस्
खेत उब्जनीका लागि नीति रक्षा खोजुँ
आदर्शका नेत्रित्व खै?सदाचार रोजुँ
भ्रष्ठाचार हुँदै नहोस् विष ठानी रोक
गरिबीको मुक्त गरुँ शोक,रोग,भोक
सोसित् दलित् विद्रोहमा अब देश बन्छ?
निमूखा र अपढले बाँच्न पाउनु पर्छे
कति मरे-लूटे,भागे हराएर गए
करुणाका कहानी छन्,दर्द अझै छन् हे!
भुल्नुहुन्न विचल्ली ती बेपत्ताका व्यथा
मरे,बाँचे थाहा छैन न्याय के हो?कथा?
निराशा र कालो बादल् हटाएर जाउँ
नेतालाई सिकाएर फरक् गरौँ गाउँ
'मिडियाले'-पार्टीमात्रै लेखे पढी राख्यो
जनताको चाहनाको पाखा किन लाग्यो?
लडाईँ सक्यौ?पीर बाँकी गहभरी आशुँ
बर्ग-युद्ध आलो घाऊ,हाड छाला मासु
स्वतन्त्रता हतारमा आएको त हैन?
अहिँसाको सम्मान् खै त?मन्दिरमा छैन?
विदेशीले भन्छौ धर्म-परिवर्तन् छली
खै त सोच उस्तै देख्छु,मन्दिरमा बलि?
युद्ध माथि युद्ध थपे, भन मन दुख्छ?
समाजले हिँसा त्यागे देश शान्त हुन्छ
जुम्ला हुम्ला बाजुरामा कति बन्यो देश?
फिर्ता भयो?लुटे,कुटे!राष्ट्रियता के छ?
तराई बेसी लेक हिमाल् साथै चढी जाम्ला
बुवा तिम्रो मुख हेर्ने दिन कैले आउला?
- अनन्तगोपाल रिसाल [8th Sept, 2010-Father’s Day]
*Disclaimer: All the images used in this poem are referenced from Google Images.
No comments:
Post a Comment