Friday 30 April 2010

गजल: हीम-नदीका स्वतन्त्र मार्ग!

टल्कन्छ ताज तिम्रो, छन्-श्वेत बस्त्र मल्मल्
उत्साह प्रेम-गर्मी, झर्छ्यौ अथाह कल्कल्!

आवाज गर्जिए-झैँ चट्टान फोडिदिन्छु
ज्युँदो जवान मेरा,छाडा छ अँङ्ग चन्चल्!
'छोरी नजाउ काहिँ,संसार यो गजब् छ!'
'छोडेर-जान्छु'-भन्छ्यौ?उर्लन्छ अश्रु भल्भल्!
जँघार-गल्छि खोज्दै, भौँतालिदैँ म डुल्छु
संजाल ताल बाढी मैदान जम्छु चल्बल्!
लाजै बिसाइ शर्मी,नँगा बनेछ यौवन्
थाहै नपाइ वर्षौँ-बर्षात हीम जंगल्!
छाँगा-लछाँङ्ग मार्दै,बड्दो छ श्वाश हर्दम्
थाकी नदी निदाँए?छौ-श्वेत,पाऊ ढल्मल्!
सन्तान-संततिको बर्सेर वंश बढ्ने
पग्लेर बर्फ माथी,उर्लन्छ भेग छल्बल्!
लच्केर जंङ्ग-पठ्ठा, वीलासले चहारी
गाउँ शहर् बनी गो, ठूम्का लगाइ अन्चल्!
छोरी सरी बुहारी,मेला छ जानु चाँडै
बोक्नैछ अन्न अमृत्, गर्दिन धेर अल्मल्!
मिल्नेछ साथ लागुँ,संगी नछोड आवो
पुग्नै छ ध्येय-विन्दू,आफ्ना लिएर दल्बल्!
गोडेर,कर्म-लेखी संस्कार ती जगाँए
बस्ती उदार मन्ले,गर्दै विचार अड्कल्|

बाँधेर खै? नराखे,चित्तै-सरी म घुम्छु
धोका-त भट्कदाँमा,रक्षा-छ बाँध चुल्बुल्!

आत्मा छु पूर्ण यौटा,आस्था-निवाश प्यासी
लौ! साधना उघारी,पोखेर अमृतै-जल् !

बस्दीन ठाँउ रोजी,पुग्दै म ज्ञान दिन्छू
जागी सचेत त्यागी,सौजन्य पूर्ण-अक्कल्!
छोड्नै छ शैल-धर्ती,संदेश यो फिँजाई
संसारमा छ पुग्नु, पन्छाइ धेर हल्चल्!

आँटे अडीक बाटो,आस्था स्वतन्त्रताको,
यात्री समूद्र मिल्दा,गर्दिन केहि खल्बल्!
साथी सम्हाल मेरा,रक्षा गर्यौ किनारा?
बाला बनेँ म वृद्धा, काँपे नशा-लु दल्दल्!

जन्मेर शैव भज्थेँ, झूकी म बुद्ध मार्गी-
सिन्धू बढेर सागर्-गँगा छ कृष्णजी-जल्!

सम्झी नराख माया,उड्नेछ बिर्सि को हो?
जो पुग्छ स्वर्ग गँगा,चँगा खस्छु ढल्पल्|

ईछ्या उडे अकास्सी, मैदान लक्ष्य हुन्न,
खै! नष्ट त्यो नहुन्जेल्,गाढा रहन्छ झल्झल्!
घूम्दै निवाश खोज्दा,बिर्सी कहाँ म पुग्छु?
जन्मेँ बिकार झन्झट्,फर्किन्छ फेरि-तल्तल्!

उर्लेर ज्वार ठूलो, मत्थर् गराइ दिन्छु
विक्षेप तीब्र शक्ती, स्वीकार स्नान खल्खल्!
यो जन्म जन्मको खेल्,खारेर मृत्यु सैया
बाफै-बदल्-हराई, हिम्का शिखर्-म सल्बल्!
आकाश गर्भीए झैँ, चट्याङ्ग मोडिदिन्छु!
आगो बनेर धर्ती, वर्लन्छु मार्ग झल्मल्!

शीतल् पवित्र आशा, फर्क्यौ? अचाह टल्पल?
टल्कन्छ ताज तिम्रो, सौजन्य बस्त्र मल्मल्!

-अनन्तगोपाल रिसाल [30th April,2010]

Friday 23 April 2010

सामाजिक लेख:नेपालीका सीमा रहित राजमार्गहरु!

नेपालीका सीमा रहित राजमार्गहरु!
नेपालको कठीन राजनैतिक,सामाजिक अनि आध्यात्मिक कान्लाका गोरेटाहरु अब राजमार्गमा एतिहासिक तरहले फराकिँलो बन्ने तर्खरमा छन्, यसमा नेपाली अथवा गैर-नेपाली कसैलाई पनि भ्रम नहोस्! यस प्रयासलाई नकार्नु भन्दा सकारात्मक रुपले संझेर, पूराना गल्तीहरुलाई सच्याएर लानु नै हामी सबै नेपालीका (यहाँ र वहाँ) लागि हितकारक, महत्वपूर्ण र रोमान्चकारी विषय हुन पुगेको छ! यो कुरा बुझ्न सक्नु पर्छ की आजको सानो निर्णयले भोलीको संब्रिद्धिशाली नेपाललाई ठूलो योगदान पुग्नेछ! अहिले सम्मको राजनैतिक माराकाट, क्रान्ति, मत-भिन्नतामा भएका खिँचातानी-पृष्‍ठभूमीले आर्थिक, नैतिक ह्रास गराएको छ! धेरै-धेरैलाई टूहुरो,विधवा र घर-विहिन पनि! अग्रगमन भनेको के हो त? अगाडी बड्नु,सोचाइलाई अगाडी बढाउनु र सम्पूर्णरुपले उन्नत भविष्यको ब्वक्तिगत, सामाजिक, राष्ट्रिय बहु-आयामिक सुधारका परिकल्पना एवँ परियोजना गर्नु! राजनेता,सामाजिक नेता, पत्रकार, सेवी,पंणित र आध्यात्मिक गुरुहरु सबैले के सजिलो गराइदिनु पर्‍यो की साधरण भन्दा पनि साधरण जनतालाई यी बिभिन्न बिधाहरुमा सरलीकरण,लचकता अनि नैतिकता बोल्नु पर्‍यो!

सबै चुनौती सजिला हुँदैनन्,राजमार्ग त्यसै बन्दैनन्! त्यस्का लागि पूर्ण समर्पणको जरुरी हुन्छ! यो कुनै बर्गीय, जातीय, राजनैतिक मार्ग होइन की जो एकलै पूर्ण छ या पुरिन सक्ने खाडल छ! यी आधारभूत मानवीय मूल्यको जगेर्ना गर्न सबैले सधैँ प्रयत्नशील र सहभागी हुन सक्नु पर्छ! चाहे प्राविधिक होस् वा चाहे धार्मिक बिधा होस् - सबैको राजमार्ग बन्ने प्रक्रिया झन्डै उस्तै उस्तै हो| हुन त प्राय: सबै सभ्यता, संस्कृति, राष्ट्र, मान्यता, मानव-मूल्य आदिका राजमार्ग यसरी नै बन्ने हुन्! राजमार्गका लागि पूर्बाधार भनेको जन-शक्ती हो, त्यो हामी कहाँ प्रसस्त छ! गुणस्तर हो, त्यो पनि हामी सबैमा सजीलै सँग सिकाइन सकिन्छ! सम्मिलित समाधान हो, त्यसलाई अलिकती दिनु र लिनुको - नियम बुझ्नु छ! निस्कर्षमा के भन्न सकिन्छ भने - नेपालीहरु जातैले राजनीति बिधालाई मात्रै ठूलो मान्छन्-जवकी संसारमा हेर्दा अन्य मान्य बिधामा पनि उत्तिकै सरिकता हुनु पर्‍यो! हामीले एक पक्षीय राजनितिक निकाशलाई मात्र स्थान दियोँ - दिनु पर्ने महत्वपूर्ण निकायहरु निकै थिए! सँसारले सिक्न सक्छन् भने अब हामी मेहनती उदार नेपाली पनि सँसारमा पुगिसकेकाले असंम्भव छैन! हाम्रो भाग्यशाली भविश्य तपाइ र हाम्रो हातमा छ! अहीलेलाई 'तपाइँ' भन्दा संम्पूर्ण संसारमा फैलिएका गैर-आबासीय (असिमित-सीमा रहित नेपाल बाहिर बसेका) नेपाली भन्ने बुझिदिनु होला! 'हामी' भन्दा नेपाल मूल भएका; नेपाली मन, पन र नेपाल प्रति प्रेम भएका; नेपाल बाहिरका, भुटान, भारत, यूरोप, अमेरिका र अन्य जो नेपाललाई सँपन्नशाली बनाउन, देख्न चाहने बिदेशका नागरिक आदि छन्-तिनलाई पनि बुझिदिनु होला! पूर्ण समीकरणका लागि यी सबै राजमार्गहरु परिपूरक छन्! यी बिभिन्न राजमार्गका गरिनुपर्ने गति निर्धारण,चालकका लागि सन्देश,सुरक्षित यातायात नियमका बारेमा भने फेरि अर्को कलम चलाउनु पर्ला!

राजनैतिक राजमार्ग:


देशको राजनैतिक रेखाँकन,सीमा, परराष्ट्र निति, आन्तर सुरक्षा, न्यायपालिका, ब्वबस्थापन,कार्यपालिका आदि राष्ट्र सँचालनका लागि चाहिने पूर्बाधार हुन्! यी भएपछी मात्र सामाजिक मूल्यताको कदर हुन्छ र सार्बभौमसत्ताको परिकल्पना गरिन्छ! राह्दानीको सहि परिचालन, गैर-प्रवासनको सामूहिक ब्वबस्थापन गर्न सक्नु आजको आदेश,जन-अधिकार र अनिवार्यता हो! जहाँसम्म राजनैतीक दलहरु पनि किन थरि-थरिका बनेका छन् त भन्ने प्रश्नमा पनि बिस्तारै सुधारिएको प्रणालीको सिर्जना भैरहेको छ! हिजो सयौँ दलहरु अब ५-१० मा मात्र पूर्णरुपले राष्ट्रिय स्तरमा देखिने छन्! काँचुली फेरिदैँछ, नयाँ यूवाहरुको खोज, जोसलाई समायोजन गर्न नयाँ राष्ट्रिय दलहरु खोलिएलान! भोलि सायद ती पनि २ र ३ मा मात्रै देखिएलान्-जसले गर्दा जन-साधरणलाई बैचारिक बिबादमा सजिलो सँग निस्कर्शमा पुगिने स्थितीको सिर्जना हुन्छ! पूर्व-कालका सबै कुरा नराम्रा थिएनन्! राम्रा राखिनु पर्छ, नराम्रालाई निखर्नु पर्छ! यो केवल राजनीतिको मात्रै नभएर, धर्मको, मान्यताको, जन-जातीय संस्कारको पनि आंदोलन हो! दीर्घ-कालका लागि, निकै उचाईमा पुग्नका लागि पहिलो पहल हो!यिनै प्रगति र उन्नतिशील,मानसिक उत्थानका भाव अनि गतिको संचार बिभिन्न धरातलबाट भइरहेको छ!हुन त राजनितीमा सबै ब्ववस्थापन नितिहरु अन्तर्निहित हुन्छ नै तर पनि कार्य बिभाजनका हिसाबले यस लेखमा अरु राजमार्गलाई पनि व्याख्या गर्नु उपयुक्त होला!

सामाजिक राजमार्ग:
हामी पहाड,हिमाल र तराइका नेपालीहरु संसारमा - बिस्तारै अनुकूल बातावरणमा कतै बिस्तापित हुँदैछौँ त कतै सरल तरिकाले समायोजित पनि! समाजमा बसेपछी त्यहाँ भएका,रहेका सबै सामाजिक प्राणीको उत्तिकै आदर,सम्मान र ब्यवस्थापन हुनु जरुरी छ! हाम्रो भू-भाग र प्राक्रितिक बनोटले पनि यही भन्छ की हाम्रो सामाजिक विलयन अनि अनावरण भएको छ! एकातिरबाट भारत-भूमी चुँलिदै छ त अर्कातिरबाट तिब्बतीय उपत्यका पनि मैदानबाट उक्सिँदै र फैलदैँ छ! यो नेपाल र नेपालीको लागि ठूलो भाग्य र अवसरको विषय पनि हो! जसरी सनातन धर्ममा जन्म र कर्म दुबैको उत्तिकै प्रतिष्ठा छ, त्यसरी नै त्यस्ता असाधारण पूण्य-भूमीका बिचमा नेपालको जन्म हुनुमा हामी नेपालीले गर्व गर्नु पर्छ! जसरी हामी हाम्री ब्यक्तीगत आमाको प्रसंशा गर्दछौँ! नेपाली हिम-श्रीँखला-दैवी परियोजनाले मात्र यो मानचित्रमा जन्मे देखिनै पाएका छौँ!अब त्यति मात्र भएर पुग्दैन, त्यो प्रादेशिक बनोटलाई, ठूलो मौक़ा सँझेर हामी सबैले त्यसबाट मिल्न सक्ने जागरूक अर्थव्यवस्थाको संरचना गर्न सक्नु पर्दछ! विश्वका बिभिन्न राष्ट्रका नागरिक,सँस्कार र धर्मको मिलन विन्दु या धरातल बनेको छ, आजको नेपाल! आजको बैज्ञानिक यूगले अनुसन्धान गरिसकेका मानेका,बिश्वाश र पत्यारलाई हामी नेपालीहरुले जैबिक रुपले होस् या प्रसोधित जडिबूटिका रुपमा होस् बचाएका छौँ! स्वच्छ,दूर्लभ पानी विश्वलाई पिलाउन सक्छौँ! अझै सौर्य,हावा,पानी र बातावरणीय शुध्दताका बारेमा पाठ पढाउन सक्छौँ! ती सबका लागि पनि, एउटा असीमित सामाजिक नव-जागरण र अभिनंदन गरिनु जरुरी छ! आदर,सत्कार हाम्रा अर्का विशेषण हुन्! नेपालीको भेष-भुषा,खाना,चाड-पर्व,तिथी-उमँग अनि सत्कारलाई अब अर्थशास्रीय शुत्रहरुद्वारा पनि हेरिनु पर्दछ| गतिशील समाजका लागि कति संभव होला त कति बिलासितताका साधन,कारण मात्र बन्लान्!यो सबै राजमार्गका नियम,साधनका रुपमा निर्धारित गरिनु पर्दछ! संघ-सस्था भनेकै समाजमा भएका सदस्यहरु र समाजको सामुयिक सेवा र प्रयोजनका लागि बनेको बिना भित्ताको एउटा काल्पनिक भवन हो,सीमा रहितको राष्ट्र हो| उदार संस्थाको उदार कानून,नियम र सँविधान हुन्छ! व्यवस्था हुनु राम्रो खुट्किला हो तर आफैँमा त्यो परिपूर्ण हुँदैन,पालना हुनुको महत्व छ!

प्राविधिक राजमार्ग:


पूर्व पश्चीम उत्तर दक्षिण राजमार्गहरुको योजना र त्यस्मा लगानी जरुरी छ! पेशागत,व्यवसाय-संबंधी उत्थान र तिनका गुणस्तर प्रतिपादन र ब्यवस्था वितरण गरिनु पनि अत्यन्त जरुरी छ| शिक्षागत छान-बीन,आंकडा संकलन र साधन,श्रम,सीप संरक्षणका लागि पनि एउटा वास्तविक राजमार्गको परिकल्पनाको खाँचो छ|कुन प्रविधीमा कस्तो जन-प्रेरणाको आवश्यकता छ, कुन सेवाको प्रचुरता छ त्यस्का बारेमा प्रभावकारी अनुसंधान,परिचालन गरिनुको पनि उत्तिकै निर्णायक भूमिका छ! जसरी विद्या सपन्न ब्यक्तिमा बिनयता हुनु जरुरी छ त्यसरी नै प्राविधिक ज्ञानको बिभिन्न सरल प्रकारले जन-पेशागतको जगेर्ना गर्नका निम्ति त्यसको प्रसार,प्रचार गरिनु लेखा-गणना हुनु पर्दछ| ब्यापारिक, स्वास्थ संबन्धी, पत्रकारिता, न्यायिक, आर्थिक, भाषिक विद्वानहरुको समूह र संयन्त्रको बिसौँ शताब्दिमा असाधारण उपयोगिता पनि छ! प्रतिरूप प्रणालीको खन्डन गरिनु पर्छ! विषेश गरेर सामाजिक संघ-संस्था खोलिँदा जसरी नामको अन्वेषण र खोज गरिन्छ त्यसरी नै संघ-संस्थाको मूल उद्देश्यको खोज गरिनु र सरलीकरण गरिनुमा धेरै समय र साधनहरुको मितब्ययिता हुने छ! जन-साधरणलाई नीति बुझ्न,सिद्धांत समझिन र आदर्शको अनुभुति गर्न सजिलो हुन्छ! कानुनी मार्गमा बिधिको शाशन होस, दण्डहीनताको अन्त्य बनोस, मानव अधिकारको रक्षा होस, भ्रस्टाचारको सदा सदाको लागि अन्त्य होस! वातावरणीय मार्गमा जलवायु प्रदुषणको अन्त होस्, प्राक्रितिक संरक्षण होस्|गाँउ गाँउमा बिना-तारका स्वस्थ संयन्त्र र सेवाहरुको उपलब्ध होस्! गुणस्तर शिक्षामा पूर्ण लगानी वढोस्!

आर्थिक राजमार्ग:


सबै राजमार्गका धेय विन्दु नै अर्थतन्त्र हो! अर्थ बिनाको प्रगति र संस्कार र नैतिकता बिनाको मनुस्य गतिहीन र अर्थहिन हुन्छ! हाम्रै अथाह जल-राशी हामीलाई अफाप सिद्ध नबनोस्, हाम्रै जन-राशी हाम्रा उन्नतीका काँढा नबनुन्! हामी अर्थले पनि साह्रै गरीब छैनौँ, हाम्रो मानसिकतामा गरीबी पन देखिन्छ! राष्ट्रिय श्रोत साधनलाई केबल यौटा बर्गले मात्रै उपयोग गर्न पाँईदैन! स्थानीय तथा समानुपाती लगानीमा राष्ट्र र संविधानले कुनै पार्टी र समुदायको आर्थिक हित मात्रै सोच्नु हुँदैन! योजना नगरिएको आफ्नै धन-राशीले कालान्तरमा आँफैलाई उद्योग र विकाश गर्नमावाधाले नपिरोस्! पूंजीवाद र उत्कृष्ट स्थलगत हाइवे र सूपर-हाईवेको कल्पना गर्दा तिनमा हुने यातायात बोझ र नियम, नियन्त्रण सहि हुनु जरुरी छ! अर्थव्यवस्थामा नयाँ परिवर्तन ल्याउन टिकाऊ वस्तु, गुणपूर्णता, निर्माताको लगानी, पैठारी, घर-बिक्री बितरण, व्यापारिक मालको बिक्री तथा अंतर्राष्ट्रीय व्यापार, कृषि आदिको सुपरिचालन पर्दछन्! बस्तुका उत्पादन प्रणाली,वितरण जस्तै तीनको सेवा खपतको पनि अर्थव्यवस्था छ! आर्थिक समस्याको रूप र तिनका सिद्धांतको विष्लेषण पनि चित्रण गर्नु पर्छ| परिमित उत्पादित साधनबाट यो प्रमाणित गर्न सकिन्छ की कुनै पनि समाजको अर्थ ब्वबस्थापनमा बस्तुको मूल्य निर्धारण र नियन्त्रण गर्न स्थानीय रुपले सकिन्छ! आर्थिक जागरण आइसकेको छ! हामीले हाम्रो भू-भागबाट चिन र भारतको अर्थ-ब्यबस्थालाई सबै राजमार्गमा उदार पन देखाउन र आफ्नो पनलाई पनि जगेर्ना गर्न ठाँउ-ठाँउमा बहस चलाउनु जरुरी छ! विश्वका संपूर्ण नेपालीहरु मिलेर नेपाल भित्र र बाहिर पनि कसरी तिनका लागि सामाजिक ब्यापार, कारोबार र सेवा सहयोग गर्न सकिन्छ भनेर सोचनु आजको आपसी आवश्यकता र अनिवार्यता हो! न्यूनतम पाश्चत्य शिक्षामा हाम्रो कमी छैन तर निरंतरताका लागि अब केबल विश्वाश सहितको पूर्विय संस्कार र सचेत-पूंजिवादको आवश्यकता देखिन्छ! प्रशोधित जडिबूटी, जैविक खाद्द्यान्न, प्राक्रितिक शक्ति,अथाह स्वच्छ पानीका भण्डार तिनका उदाहरण हुन्!

आध्यात्मिक राजमार्ग:
हामी नेपाली अध्यात्मका जन्मसिद्ध साधक हौँ ! हामीले हाम्रो अस्तित्व, प्राक्रितिक सँस्कार २-४ दिनका लागि बिर्सिएका मात्र छौँ - नष्ट गरिसकेका छैनौँ ! अवश्य हराएका छौँ, गुमाइसकेका छैनौँ| हराएको कुरा फेरि पनि सजीलै संग पाउन सकिन्छ-ठिक ठाँउमा खोज्यौँ भने! हिजोको अज्ञान आजको बैभव हो! हिजोको भ्रमबाट हत्यारा भएका रत्नाकर आजको ब्रह्मर्षी वाल्मिकी हुन्! सँस्कारले हामी हिन्दु, मुस्लिम, क्रिस्चियन, बौद्ध-धर्मा-अबलम्बीका घरमा, रास्ट्रमा जन्मिए पनि समाजको मूल्यता, कानून र व्यबहार पनि उत्तिकै रास्ट्रका हितका लागि अपनाउनु पर्छ! जस्तो-भनौ न-हामी हिन्दूहरु मन्दिरमा बली चढाउँछौँ ! त्यो तामसी प्रब्रित्ती हो! यो सामंती, पूजिँबादीहरुले सरल,सात्विक जनता माथि लादिएको हिंसात्मक परंपरा हो! यिनै कारणले हामी, हाम्रा बालखहरु, आज हाम्रो समाज क्रूर बन्यो-सोच्नोस! वातावरण दूशित बन्यो र सँस्कारमा कमजोरी देखियो! हामी देश भक्तले अब यो सोचौँ -यसलाई राजनैतिक,वैज्ञानिक -जुन सुकै सजिलो तरिकाबाट होस्, मन्दिरबाट हटाइनु पर्‍यो!

क्षमा, दया, आत्मीय सम्मान गर्न सिकाउने बिधा,मात्र आध्यात्म हो! धर्ममा बिवाद होला तर परमात्ममा हुँदैन| नैतिकतामा बिबाद हुनु हुँदैन! यो सबै विधाबाट सम्मानित हुनु पर्दछ! यसले मनोबल दिन्छ, हौलसा र सदाचार सिकाउँछ! मानवता धर्म, पूर्ण मौलिकता र कर्तव्यपरायणता जस्ता विशेषणलाई सघाउँछ! अध्यात्मताले विश्वका कुनै पनि राष्ट्रको वास्तविक स्वरुपको दर्शन गराँउछ! अर्थ, धर्म, संक्रितिमा गरीब भएकाको सही पहिचान पनि अध्यात्मले गर्छ! अरुको विश्वाशमा अश्रद्धा नजगाँउ, आफ्नो श्रद्धालाई अझ सामन्जस्यले परिमार्जित, नैतिक र दिगो गराँउ! मन्दिरहरुमा बली प्रथाको अन्त गरौँ, धार्मिक सँगठनहरुलाई समायोजित गरी अझ संगठित गराँउ! प्राणी-प्रेम, न्याय, समानता, ईश्वरीय भावलाई कदर गराई समाजमा सद्भभावनाको पूनर्जागरण गरौँ! अध्यात्म साधकले बुद्ध र शिवमा फरक देख्नु हुँदैन! कृष्ण र क्राइश्टमा शँका गर्नु बिना तर्क र निरर्थक छ! यी सबै धर्म,संस्क्रिती र परंपराका धरातल हुन्-न की अध्यात्मका! अध्यात्मले संपूर्ण प्राणीमा सद्भाव बढाउँछ! हाम्रो भौगोलिक परिधीले हामीलाई अध्यात्म साधनामा निक्कै सजिलो गरिदिएको छ! दिव्य दैवी सति शक्ति तथा पवित्रता सिर्जेको छ! सात्विक सुंदर शिवालय दिएको छ! अपूर्व र उत्कृष्ट विवेक चुरामणी र बुद्धात्माहरु उत्पादन गरेको छ! विविधतामा एकताको वोध, अतिथी सेवा र सँस्कार सिकाएको छ! हामी यी कुरा विश्वलाई सिकाउन सक्छौँ - आफूमा विश्वाश गरौँ, हाम्रो सँपूर्णरुपले राजमार्गहरु फराकिलो हुनेछन्! अन्तमा, यी सबै राजमार्गहरुलाई व्यवहारमा ल्याउन सकियो भने समाजको विभिन्न बर्गीय असन्तुलित धरातललाई पनि सम्म गराउँने प्रयत्न अबश्य गर्न सकिन्छ!

-अनन्तगोपाल रिसाल [23rd April,2010]

Saturday 17 April 2010

एलर्जी॔को मौसम छ, सताँउछ तपाईँलाई?



एलर्जी॔को मौसम छ,कहिँ जान हुन्न
पालूवाले आँखा पोल्छ,देख्दा थाहा हुन्न!
आफैँलाई पर्यो जब बुझैँ-सकैँ भन्न
ओहो!डाहा!चिढ़-चिढाहा!गाह्रो हुन्छ सहन!


रहस्यको कुरा रै छ,एलर्जी॔को व्यथा!
पैले-पैले भन्थे याहाँ,लाग्थ्यो-'हैन कथा !',
छोरा भन्छ एलर्जी॔ छ,आमा रुन्छे बरै!
आखाँ झिकी,खाग्सी दलुँ लाग्छ,कठै कठै !


नाक-भरी सिँगान छ,छातीभरी कफ
एक्लो कुना छिरेँ म त,छैन गर्नु 'गफ'!
'टिस्सु'-पनि रित्ती सक्यो,आखाँबाट पानी
बर्षै पिछ्छे फर्किदिने,फेरि रुन्चे बानी!

छिउँ छिउँ र घ्यार्-घ्यारले,राती निन्द्रा भाग्छ!
छाती घाँटी कोरेसोले कोरुँ जस्तै लाग्छ!
आरा-चिर्दा याद आउँछ,करौँतीको चित्र!
चुनेसीको धार पारी,सिधा नाक भित्र !


'ब्लेस्स्यू-ब्लेस्स्यू'-थाकीसकेँ साथी कोठाभित्र
'एकैचोटी दिन्छु अब,दिनभरीलाई मित्र '!
औषधी नै छैन अरे,के हो यस्तो रोग?
दुबै नाक बन्द,खाना,मन छैन भोक!

आँखा कैले नमिच्नु है!पानी हाली धुनु
हात मुख धोइवरी धर भित्र पस्नु!
झ्याल-ढोका थुनिकन-घाँस कैले काँट्ने?
आज मलाई सन्चो छैन,हैन कति ढाँट्ने?
दुखीसके जीउ पनि,बिहानीमै गल्छ,
मौसमको 'पील्' खायो,पीलो जस्तो दुक्छ!
राती भन्यो,बिहानमा,दिउँसोको घाम
जता गयो उतै रैछ,एलरजीको ठाम!
नेपालकै फोहर्मा बरु,कैले रोइएन
मुखमा सेतो बाँधे तर आखाँ मिचिएन!
छ-सात बर्ष भयो,बल्ल देखेँ यसको हावी!
अमेरिकी नगरमा विकाशको दावी!

किन यस्तो हुदोँ रहेछ त?


रुखहरु यहाँ-वहाँ,जता हेर्यो त्यहाँ
पराग र पुष्प-कण,ऋतु-बसंतमा,
भाले-रुख सजिलो रे,सफागर्दा रोप्दा!
किशोरको उमेर झैँ,रुप राम्रा देख्दा!

हेर्दा देख्दा राम्रा-राम्री,भित्र-भित्र ज्वर!
रुख भन्नु मात्रैको रे! छैन केही फल!
बहु शैली,प्रतिभाले देश माथी चढोस्
जन-जाती-समानता,प्रेम-पराग बढोस्!

हामी पनि रुख जस्तै,जमी बसेका छौँ
जाडो,गर्मी,बसन्तमा झुकी झरेका छौँ!
कसैलाई झिझोँ,झन्टो नहोस् वरपर
फुल्नसक्ने खुबी छ है-बास्ना हर हर!


ढाकिदिन्छ परागको-हरीयोले गाडी
रुखबाट बिहानैमा कोठा,बारी भरी
'एसी'-भित्र बस्दा अलि सँन्चो हुन्छ,कैले
खाएँ मह औषधी रे!जानिएन पैले!

झारपात घाँसबाट-हावा सवारले
प्रजनन ईछ्या राखी उड्छन् परागले
उपाय छ केही,बच्ने? के हो लक्षण?
नाक,आखाँ,घाँटी हुँदै,फोक्सो पुग्छ कण!

शरीरले संक्रमण रक्षा परजीवी
गर्नलाई पठाउँछ अणु-सेना-जीवी!
वातावरण परागमै भूली,ठान्छ शत्रु
उपकरण बटुलिन्छ नचाहिदोँ-पत्रु!

आफ्नैलाई ठानिदिन्छ,देख्छ अर्कै रुप
संग्राम र विग्रहमा, युद्ध-जंग खूब!
संवेदनशील कोही साना-साना कुरा
बाधा,विरोध,संघर्षका,अवरोध-नारा!

यस्तै हुन्छ भन्छन् बढ्यो,एलर्जी॔को मात्रा?
लाउनेकुरा,खानेकुरा फलफुल्को जात्रा!
हिजोसम्म खाका थियौ,अब खानु हुन्न?
'कुकुर र बिरालोको नजिक बस्नु हुन्न'

एलर्जी॔ नै भई सक्यो कति झर्को,झुठा
नेपालीको भाषण र 'टाउन्-हल्'-को कुरा!
राजनीति गन्हाउने खेल खेल्थे पैले
समाज्-सेवा अब त्यस्तै भैसक्यो अहीले!

तेरो,मेरो 'कन्भेन्सन'-मा,आउनु पर्छ बाबै
प्राबिधिग्य भन्छ किन? हाम्रै, आउ आजै!
संपर्क-जन-भेला,भैसक्यो गको हप्ता
पत्रकार भन्छ हैन? हाम्रो भिन्नै बार्ता!
कुरै सुन्दा अपचको,मेरै योग्य गोरु
आगो बाल्ने कालु,बरा ! तातो चाहिँ चोरुँ!
जन-जाति,फुटाएर भाँड भैलो गर्‍यो!
रँग-लिँग-अँग-भँग-'रेड-वाइन्' फेर्यो!

भोज्-भतेर अब देखि नक़ाब लाउने गर्छु!
चुच्चो कान काटिवरी नाक-सानो पार्छु !
रुमालले छोपी वरी जनै,गाँठो,टूपी!
नाम-थर भन्दिन क्यै!हिँड्छु लूकी-लूकी!


आवरण,पर्दा लाग्यो साँचो छैन कोही!
आफ्नो स्वार्थ मिली हाल्यो,खाँचो छैन कोही!
एलर्जी॔ खै?कता गयो?छैन केही पनि!
चिन्दैनन्,सोधैनन् है,को हो 'मिस्टर' तिमी?


डाक्टर भन्छन् इन्जेक्सन र स्वास्थ हेर्नु पर्छ,
प्रतिरक्षा,मुक्ति-लिन, ठाँउ फेर्नु पर्छ!
माकुराको जालो,किरा-किन?फाल्नु हुन्न?
धूलो,कण,सड़ने कुरा घरमा पाल्नु हुन्न!

खाइसकेँ 'जर्टेक','क्लारिटन्'-'आलेग्रा'
'बेनेडल'को कुरा गर्छु,तिमी चाँही गाग्रा?
'सुडाफेड्' त उहीले सकेँ,नाकमा झोल हाल्छु
साह्रै गाह्रो भयो टाल्न-नेपाल जान थाल्छु!
जीउभरी चिलाउँछ,आँखा हुन्छ रातो
स्वाँ-स्वाँ बड्छ शरीरमा,स्वाश हुन्छ तातो!
कहीले छोडुँ जस्तो हुन्छ पार्टी,कुराकानी
छिँ:छिँ:-बुद्धी-भाकाहरु,किन खिँचातानी?

- अनन्तगोपाल रिसाल [17th April, 2010]

Monday 12 April 2010

नयाँ वर्ष २०६७!

नयाँ वर्ष २०६७!

नयाँ वर्ष उमंगमा,उत्साह नयाँ जागोस्
घर भित्र-घर बाहिर,बसन्तले छावोस् !
नेपालमा,विदेशमा शान्ति देख्दै जाउँ!
लामो यात्रा ईश्वरको आशिर्बाद पाँउ!

रक्त,हिँसा,अन्यायको मलम छ? घाऊ
संविधान,नियमको कदर गर्दै जाउँ !
हिजो सानो थियौँ अब बढ्यौँ,बुझौँ,ज्ञानी
मिलिजुली बसौँ अब बनौँ भाग्यमानी !

हामी आफू मिल्यौँ भने,कसले के नै भन्छ?
नेपालीको सम्मानले देश बन्छ बन्छ!
छोडौँ स्वार्थ बनोस् राष्ट्र,कति बाँच्नु छ र?
सम्मान गर्न सक्दैनौँ त,सद्ब्यबहार गर!

नेपाल भित्र-बाहिर हाम्रो,क्रान्ति-सँस्क्रितीको
स्वाभिमानी,आत्म-निर्भर् रक्षा प्रकृतिको !
गाउँ-गाउँ पूगोस् बत्ती,पानी,शिक्षा-घर!
बाटा बनून् फराँकिलो प्रेम-फलुन् तर!

जुनै देश चन्द्र-सूर्य उस्तै हुँदो रैछ
मन पनि खुशी हुने,दुखे रुँदो रैछ!
आपसको लगानी र हातेमालो काम
मेहनतको कमाई छ बाँडौ चारै ठाम!

हाम्रो परिवार ठूलो,भिन्न हुनुहुन्न !
भडुँवा को? चिन,बुझ भर गर्नु हुन्न!
जाति हामी धेरै-थरी,जात भिन्न भिन्न!
समानता,मिली-वरी दिनु-हुन्न छिन्न!

दाँया हेरौँ वायाँ हेरौँ, गरौँ सम्मान!
मूल-मन्त्र,नबिर्सौँ है,नेपालको गान!
पर्खाइ र फर्काइमा-खेल्यौँ लूकामारी
मिलौँ अब सबै,सधैँ उन्नतीको लागि!

जीर्ण मन्दिर भत्कदैँछन्-नयाँ थपिँदै छ!
भूइँचालोको के नै डर?हिमाल चर्कदैँछ?
स्वर्गद्वार-खुल्ने क्रम फुल बर्सदैँछ!
आशावादी जनताको विचार फर्कदैँछ!

कति गह्रौँ बोकी सक्यौँ,अझ कति भारी?
जानु पर्ने टाढा टाढा,हिमालको पारी
जाडो हुँदा-न्यानो बसौँ,मिली गुटुमुटु!
दु:ख भन्नु जीवन हो,देश हाम्रो मुटु!

तिम्रो हाम्रो जाने ठाँउ,छैन देश अर्को !
जता गए पनि आफ्नै आँउछ झझल्को
नदी बग्छे समुद्रमा,हिँउ बनी झर्छे!
गन्तब्य हो नेपाल हाम्रो,पूग्ने यौटै लक्ष!

ऐश्वर्य र सम्पदामा-सँस्कारको बास,
राम्रा राम्रा सपनाले,नाशै गरुन् त्राश!
गरीव र असहायको हात-थामी जाँउ!
नयाँ वर्ष उमंगमा नयाँ गीत गाँउ!

-अनन्तगोपाल रिसाल [12th April '2067]

आमाको मुख हेर्ने दिन कहिले आउला?


[आमाको मुख हेर्ने,वाणी सुन्ने, सेवा गर्ने दिन नजिकिँदैछ,फोनगर्न नबिर्सिनु होला है!
नबिर्सिएर, तपाँईकी नयाँ नेपाल आमासंग हामीलाई पनि चाँडै नै सेवा गर्न पाउने आशिर्बाद माँगी दिनु होला!]


आमा तिम्रो मुख हेर्ने दिन कहिले आउला
आमा तिम्रो सुख हेर्ने दिन कहिले आउला?


अस्ति भन्थ्योउ हिजो आउला,हिजो भन्थ्योउ आज!
आज पनि गईसक्यो ज्या ! भोली पर्छ साँझ !
रोग तिम्रा केही छैनन्, अजंबरी ठानी!
आमालाई आत्मा जानी,बस्यौँ मन-मानी !


सधैँभरी बाँच्ने होइनौँ,साथी-भाई आवो!
गाँउ घरकी आमा मेरी,हेरी देउन जावो!
दुई-चार दिनमा झोला बोकी आँउछु बरै! दाजु
पूग्यो विदेशको-भार,भारी बिसाई आँउछु !


दिदि-भाउजू राखी राख आमालाई हेरी!
सेवा गर्न सकिएन, काँहा जाउँ फेरि?
आमा हेर्ने रहरै भो! विचरीको आशा!
किन परेँ माया-जादु, बिदेशीको दाश?

बहिनी र छोरी मिली,सेवा तिमी गर
जननीको यौटै वाधा,तिन्कै भर पर!
बाहुन र मगरकी,यौटै रुप छायाँ!
थारु,शेर्पा,नेवारकी,गुरुङकी आमा!


मेला-पात गाँउ घर, दु:ख गरी गरी
'देश-विदेश हेर बाबू'-टिका-टालो धरी!
गर्व गर,आशिकले सँसारमा तिम्रो
'सम्पदा र सम्पत्तीको लायक भो छोरो'!


लडाँईमा जित्यौँ आमा- जनताको बल
जँगलको माराकाट स्वतन्त्रको फल!
नियम र प्यार बाँडी,अब देश बन्छ!
उठे तिम्रा सन्ततीले,छिट्टै केही गर्छ!


प्रेरणाकी तारा पुन्ज,धरतीकी हार!
स्वर्ग-तल,अजम्बरी,देवी,पुष्प-घार!
साक्षातकी पूर्ण-सिन्धु,गरौँ गुणगान!
ईश्वरीय बरदान,आमा चारै धाम!

निवास होस् बस दिल,भित्रै रमी रमी!
के नै गर्न सक्छौँ भन?सच्याई देउ कमी!
धर्ती भन्दा तिमी ठूली-परंपरा,बंश!
बुझ्नसक्ने छैन ज्ञान,हामी सानो अँश!


आखाँ,दाँत झरिसके,गलिसके जीउ
रोपांइ छ आजभोली फुलिसके बिउ!
घडेरीमा अन्नपात ल्याउँ पैले घेरी!
ढीलो होला, समयले पर्खदैँन फेरि !


धर्म-रुप,बुझी सक्नु छैन,तिम्रा गाथा
क्षमा-भाव,शान्ति-विश्वाश ईश्वरीय साथ!
पवित्रको जिंउदो के छ?माँग मन्त्र,रंग?
आमा जस्तो स्वर्गगंगा छैन ईश-संग!


सन्तानले डाँडा-काँढा अब ढाकिसके
आँगनमा श्रम-सीप देश आँटिसके!
गरीव र दुखी रिझे -आशिर्बाद दिन्छ!
आमा तिम्रो वात्सल्यले जन्मौँ जन्म मिल्छ!

आमा तिम्रो सुख हेर्ने दिन कहिले आउला?
आमा तिम्रो मुख हेर्ने दिन कहिले आउला?

-अनन्तगोपाल रिसाल [12th April 2010]