Friday, 30 April 2010

गजल: हीम-नदीका स्वतन्त्र मार्ग!

टल्कन्छ ताज तिम्रो, छन्-श्वेत बस्त्र मल्मल्
उत्साह प्रेम-गर्मी, झर्छ्यौ अथाह कल्कल्!

आवाज गर्जिए-झैँ चट्टान फोडिदिन्छु
ज्युँदो जवान मेरा,छाडा छ अँङ्ग चन्चल्!
'छोरी नजाउ काहिँ,संसार यो गजब् छ!'
'छोडेर-जान्छु'-भन्छ्यौ?उर्लन्छ अश्रु भल्भल्!
जँघार-गल्छि खोज्दै, भौँतालिदैँ म डुल्छु
संजाल ताल बाढी मैदान जम्छु चल्बल्!
लाजै बिसाइ शर्मी,नँगा बनेछ यौवन्
थाहै नपाइ वर्षौँ-बर्षात हीम जंगल्!
छाँगा-लछाँङ्ग मार्दै,बड्दो छ श्वाश हर्दम्
थाकी नदी निदाँए?छौ-श्वेत,पाऊ ढल्मल्!
सन्तान-संततिको बर्सेर वंश बढ्ने
पग्लेर बर्फ माथी,उर्लन्छ भेग छल्बल्!
लच्केर जंङ्ग-पठ्ठा, वीलासले चहारी
गाउँ शहर् बनी गो, ठूम्का लगाइ अन्चल्!
छोरी सरी बुहारी,मेला छ जानु चाँडै
बोक्नैछ अन्न अमृत्, गर्दिन धेर अल्मल्!
मिल्नेछ साथ लागुँ,संगी नछोड आवो
पुग्नै छ ध्येय-विन्दू,आफ्ना लिएर दल्बल्!
गोडेर,कर्म-लेखी संस्कार ती जगाँए
बस्ती उदार मन्ले,गर्दै विचार अड्कल्|

बाँधेर खै? नराखे,चित्तै-सरी म घुम्छु
धोका-त भट्कदाँमा,रक्षा-छ बाँध चुल्बुल्!

आत्मा छु पूर्ण यौटा,आस्था-निवाश प्यासी
लौ! साधना उघारी,पोखेर अमृतै-जल् !

बस्दीन ठाँउ रोजी,पुग्दै म ज्ञान दिन्छू
जागी सचेत त्यागी,सौजन्य पूर्ण-अक्कल्!
छोड्नै छ शैल-धर्ती,संदेश यो फिँजाई
संसारमा छ पुग्नु, पन्छाइ धेर हल्चल्!

आँटे अडीक बाटो,आस्था स्वतन्त्रताको,
यात्री समूद्र मिल्दा,गर्दिन केहि खल्बल्!
साथी सम्हाल मेरा,रक्षा गर्यौ किनारा?
बाला बनेँ म वृद्धा, काँपे नशा-लु दल्दल्!

जन्मेर शैव भज्थेँ, झूकी म बुद्ध मार्गी-
सिन्धू बढेर सागर्-गँगा छ कृष्णजी-जल्!

सम्झी नराख माया,उड्नेछ बिर्सि को हो?
जो पुग्छ स्वर्ग गँगा,चँगा खस्छु ढल्पल्|

ईछ्या उडे अकास्सी, मैदान लक्ष्य हुन्न,
खै! नष्ट त्यो नहुन्जेल्,गाढा रहन्छ झल्झल्!
घूम्दै निवाश खोज्दा,बिर्सी कहाँ म पुग्छु?
जन्मेँ बिकार झन्झट्,फर्किन्छ फेरि-तल्तल्!

उर्लेर ज्वार ठूलो, मत्थर् गराइ दिन्छु
विक्षेप तीब्र शक्ती, स्वीकार स्नान खल्खल्!
यो जन्म जन्मको खेल्,खारेर मृत्यु सैया
बाफै-बदल्-हराई, हिम्का शिखर्-म सल्बल्!
आकाश गर्भीए झैँ, चट्याङ्ग मोडिदिन्छु!
आगो बनेर धर्ती, वर्लन्छु मार्ग झल्मल्!

शीतल् पवित्र आशा, फर्क्यौ? अचाह टल्पल?
टल्कन्छ ताज तिम्रो, सौजन्य बस्त्र मल्मल्!

-अनन्तगोपाल रिसाल [30th April,2010]

No comments:

Post a Comment