Sunday 31 October 2010

ख्याकै ख्याक्को डर,भेष ! ख्यालै ख्याल्को देश


[समाजका दुष्टहरुलाई कसरी तर्साउने र डाँडा कटाउने? सबैले सोचूँ, घरका कालो मोसो दलुँ, माकुराको जालो र राता खुर्सानीले, हरीयो दाँत बनाएर ६०१ नेतामद्धे छानी छानी तिन्को  सातो लिनु पर्छ! गुहार गुहार गरायेर टुँडिखेल्मा राँके भूतको मलामी ल्याउँनु पर्छ ! संसारमा तर्साउने र तर्सिने को कमी रहेन छ! उज्यालोले अध्याँरोलाई कति नराम्रै तर्साउँछ! मकुन्डो र जादु,चटकले होस् या आफ्ना मीठा स्वरले मागेर होस्! विशेष गरेर यो बाली भित्राउने मौषममा आफ्नो भाग खोज्न आउने चलन सायद सबै तिर उही होला! यो काल-पंचकमा यमराज, काग, कुक्कुर, गोरु र कालो रात्री ओँसीको महत्व त्यसैले बढेको होला! देवतालाई बोलाएर श्री-वचनहरु घर-घरमा दिँदै जाने परंपरा पनि त्यसरी नै शुरु भयो होला दुबै गोलार्धमा! क्याण्डी या सेल रोटी, मास्क या मकुण्डो र टोपीमा देशान्तरको फरक हुनसक्ला तर केटाकेटीमा पार्न सक्ने काल्पनिक डर या जुध्न सक्ने शक्तिको प्रोत्साहन भने उस्तै हुन्छ! हर पल हर क्षण जीवनमा सत्व प्रदान बनेर बितोस् भन्दै - सबैमा देवश्री (देउसी रे) र दीपावलीको शुभ कामना!]




यती, झाँक्री, बन-द्यौता, ख्याकै ख्याक्को घर
लाखे, ईन्द्र, चारै दिशा छैन केही डर?
महाकाली, मन्जुश्री र मछेन्द्रको रथ
पञ्च बुद्ध, रक्त गणेश्, तन्त्र-मन्त्र पथ



घन्टा-कर्ण बेतालले लुकामारी खेल्छन्
गठे-मङ्गल् कालो निलो लगाएर बाल्छन्
औँठीलाए शक्ति मिल्छ डराएर भाग्छ
आठै दिशा नकबन्दी नत्र भाग माग्छ

आदर यो गर्न सिक प्रेत-आत्मालाई
पूनर्जन्म सद्गतिमा बन्छन् साथी भाई
आज पूण्य मिलिहाल्छ भोली थाहा छैन
धर्ती स्वर्ग नरक्-बाश मिल्ने होकी हैन?

आफ्नैवरि परी पनि डर दिने हुन्छन्
कीरा साँग्ला छेपारा ती घरैभित्रै लुक्छन्
नजिकका शत्रुहरू तर देखिँदैन
जंगलका बाघभालु खान आउने हैन

सत्व रज तम मिले मनुस्यको जूनी  
सत्य शुद्ध देवता छन्,दानवी तम्, खूनी
मिल्न सक्ने शक्ति जस्को बस्छन् मिलिमिली    
ईश्वरको चमत्कार हेर्नोस् झिलिमिली

दुष्ट नेताहरुलाई कसरी तर्साउने?

यस्तो लाउ,
सातो-खाउ, दुष्ठहरु कापुँन्   
आवाज र नन्ग्रा तीखा,डरै-डर्मा भागुन्
पिशाचको ख्याक डर्ले कट्टु भरी मुतुन्
कैले गल्ती नगर्ने भै थोरै मात्रै सुतुन्

आँट गर घर पस परिवार छान  
छोड तिन्का लालाबाला,फटाफट बान
तर्साएर आउ अब जिन्दकीको भूल
नबिर्सिउन् नेताहरु,जन,निति-मूल!

तन्त्र मन्त्र को धनी नेपाल
मकुन्डो-हाम्रो, रहेछ धनी, हिमाल पहाड
तराई गाउँ, नेवार गुरुङ, मगर चाहाड
थारुको राम्रो क्या बाँकी कला,सिनित्त मिलेको  
उज्याला राम्रा,धामी र झाँक्री,जादुले खुलेको

सेता र काला,राता पिरा-हा,चारै दिशा लागे     
तराई हिमाल् मधेशी गाउँ, उपत्यका-लाखे
ख्यालै है ख्याल्मा,डर त्यो बस्यो,साँच्ची कै देख्या छौ?  
सेता ती दाह्रा,आँखामा रंग, अँध्यारो कोठा छौ?
तीन करोड् मान्छे, छन् अझ कति? होलान् नि देवता?
मरेँका-बाचेँ, धर्म र पाप, छुट्टाउने एउटा

गाईजात्रा संझाउँछ मरेकाको धर्म
समाजमा समादर साक्षी पूण्य कर्म
श्राद्ध पिण्ड तिल-चामल् पितृ तृप्त हुन्छन्?
जिउँदैमा सेवा गर्दा कति धन्य बन्छन्

मृत्‍यु नै देव-दानवको निर्णायक हो?
जाति मान्छे मरे भने द्योता स्वर्ग जान्छन्
पापी मरे भूत-प्रेत मसानमै खान्छन्!

धर्मराज यमराज दुईटा देव छैनन्
धर्म-पाप सुखी-दुखी सबै हुँदा रैछन्
जन्मलिने मरिहाल्छ, मरे जन्म लिन्छ
पैले आफू कोहो जान,कस्ले कस्लाई चिन्छ?

आफैँ शत्रु आफै मित्र मनै तर्साउँछ
तीन-गुण बुझीहाल आफैँ हसाउँछ
धर्मबाट नजिक् बस पापबाट टाढा
ईश्वरको भर पर भक्ति हुन्छ गाढा

कालो काग कुक्कुर गोरू कालै गाई भाई

औँसी रात देउसी भैली घरै घर गई


रुख हल्यौ? हावा चल्यो? सूस्त रात पर्‍यो
झाँक्री, बन पाखा घुम्दा आवाज् निक्कै गर्‍यो
कुनै भूत कुक्कुर् जस्ता कुनै स्याल राँगो
चिल बनी दु:ख दिन्छन् सुसाउँछन् हाँगो



भूत-प्रेत किचकन्नी भकुन्डे र राँके
डल्ला-बारी गोडिदिन्छ? मल-पानी राखे?

तीन घण्टे तर्साउँछ घर वर पर
राती राती न-हिँड्नु रे! आउँछ-दिन्छ डर!

ज्यापुनीको धिमे नाच देवी दैत्य लडे
ईतिहास रहिरह्यो भित्रै-भित्र गडे    
कंकाल र मुर्कुट्टाले दु:ख दिन थाल्यो?
बोका राङा कुखुराले बली फिर्ता माग्यो?

बाँदर र मूसल् लडे, मकुन्डोको खेल
डर लाग्छ दानव र देव घुल-मेल
रहस्यको शक्ति मिल्छ सिद्द बलवान
कोहि बन्छ रावण त कोही हनुमान

महाकाली महालक्ष्मी कुमारीको रीश
एक्लै साँझ नहिँड्नु है,झुसे झिसमिस
हातभरी राँको लिई भुतहरु आउँछन्
मन्दिरका रकती र हाड-मासु खान्छन्

वीर बोक्सी चण्डी कुर्ले साशै गाह्रो हुन्छ
जति मद्दत् मागे पनि, कस्ले?कहिँ सुन्छ?
राक्षस्लाई हराएर शांति स्थिर हुन्छन्  
दोबाटोमा कुरी कुरी प्रेत हरु रुन्छन्

हिमालमा कति मरे,तराइ र गाउँ
वरिपरी तलमाथी जता सुकै जाउँ
सरापले भूत बने,बस्छन् बँगलामा
लुकी छिपी बस्छन् टाढा,सिद्ध सेर्पा लामा

कसरी दु:ख दिन्छन्? 



आँखा रातो, पेट, टाउको  कैले दुख्छ, बन्छ
घाँटी छाती मुटु चस्स गाँड-हाँडे आउँछ
घनघोर अन्धकार जनावर्को बल्मा
लाखेहरु मान्छे खान्छन् जिउँदो जँगलमा

सकिँदैन सोच्न ठिक तर्साउँछ ज्यादा  
मनमनै ईश्वरको नाम लिउ सादा  
को को के के बने होलान् राजा महाराजा?      
पहिलेको ईतिहास ऐले छैन ताजा

ईश्वरीय खेल-गुण-मत भेद  
जन्मिनेको मृत्‍यु निश्चित्, मर्ने जन्म लिन्छ
ईश्वरको भर परे, छुटकारा दिन्छ
जीव-जन्तु साँझ परे बाश खोज्दै हिँड्छन् सुनौला ती बिहानीमा जीवन् शुरु गर्छन्
ईश्वरको माया कस्तो?ठूलो प्रेम खानी
नियमले सँझाउँछ युँगौ युग तानी
गोडमेल मल-पानी आफैँ गर्नु पर्छ?
लुकाउँछ देखाउँछ समयमा फूल्छ
गुण भित्र फस्छौँ हामी,तल माथि जाने
ईश्वरीय आश्चर्यता! ख्यालै-ख्याल ठाने
उन्कै मति,उन्कै गति ढीलो-चाँडो हुन्छ
विश्वाशमा रोग,मृत्‍यु,डर हटाई दिन्छ!

निराकरण गर्न के गर्नु पर्छ?
मान्छे मरे अंत्येष्टीमा गीद्धलाई ख्वाउँ?  
जल्छन् कहिँ,खरानी भै,भजन पो गाउँ  
काला छायाँ देखिन्छन रे!बर्षौँ वर्ष अघि  
हुरी चल्छ मुटु-ढुक्क,साँझ परे पछि

बाँकी कोहि बगाउँछन् प्रवाह गँगामा
हावा खुल्ला धुवाँ सरी आकाशे चँगामा

बत्ती बाली ईष्ट देव देवी पूजा गर्छन्  
खाना शुद्धतामा पिण्ड सँवृद्धिले भर्छन् 

कोत पर्व, दर्वारको शान्ति स्वस्ति भयो?
पन्द्र हज्जार जन-ताँ-ती, खै त कहाँ गयो?
धामी झाँक्री संसारमा सबै तिर हुन्छन्
‘ह्यालो-विन्’-को मौका छोपी अम्रिकामा घुम्छन्

सफा राक्न सक्यौँ देश उज्यालोले आहा!
पैले जस्तो देखिँदैन, भूत भागे काँहा?

धर्म होईन पाप रैछ मसानको कालो
सत्य शुद्द विचारमा तामसको जालो
राम्रो गरे राम्रो सोचे, राम्रै परिबेश    
ख्याकै ख्याक्को डर, भेष, ख्यालै ख्यालको देश!


-अनन्तगोपाल रिसाल [31st Oct, 2010- have a scary Haloween’s Day]
Disclaimer: All the images referenced in this poem are from Google Images

Thursday 21 October 2010

मन्दिर्बाट पशुबली, निषेध होस् - जावोस्


संविधान लेखियोस् वा बिर्सिएर जावोस्
मन्दिरमा शान्ति शुद्ध संस्कार यो आवोस्
किन रह्यो विकृति यो? सँस्कृतिमा लाज
पशु जस्तै बन्यौँ हामी जंगलको राज

ढुँगा तिमी ढुँगै बन्छ्यौ मन्त्र झिकिदिन्छौँ
खोलाबाट उठाएको,त्यहिँ फ्याकीँ दिन्छौँ   
धर्म-बिना विदेशीको हात बेचिदिन्छौँ   
रकमले मन्दिरमा विद्यालय खोल्छौँ

तामसले मन बुद्धी ज्ञानलाई लुट्यो  
राक्षसको स्वभावले राष्ट्रियता गुम्यो  
निष्ठुरता दयाहीन सही के नै रह्यो?
मन्दिरका पूजारी हो-सोच ढिलो भयो
तिर्थ-स्थल देवताको रक्षा गर्नु पर्छ
अनि मात्र स्वर्गबाट हाम्रो रक्षा हुन्छ

निःसन्तान सन्तान्,रोग निको विश्वासमा?
कंकालिनी कलँकिनी बन्यौ नेपालमा
छिन्नमस्ता छिन्यौ? रेट्यौ?खड्ग खडेश्वरी
गढिमाइ गढ्यौ किन? रगत् लडिबूडी?   

अविश्वाश अनिष्टले देशै डुबेश्वरी
विधी रिती लाजै मर्नु,लाग्छ कुरी कुरी
मन्त्र फरक् हुनुहुन्न अर्थ बुझ्नु पर्छ
धर्म परिभाषा राम्रो, गर्नु, सुन्नु पर्छ
विवेकी र शिक्षित भै सोध खोज गर्नु
प्रज्ञा प्रवोधमा उठी रिवाजमा छर्नु

सकर्पुरा राजदेवी खायौ राज,निति
शोभा दिन्न शान्त-बन शोभा-भगवती
विरोध छ परम्परा जैन,बुद्ध लिपी
कस्को आड?प्रहरी हो?किन लिन्छौ ढिपी

काली काल लाने हैन,दिने बन देवी
हारीसके भागिसके विवश् चेलीबेटी   
दु:ख दर्द व्यबहार,काम जोती जोती
शक्तिशाली बन नारी हिमालको ज्योति

धर्मको आफ्नै परिभाषा छ
मलाइ हिन्दू नभन है - काट्ने परँपरा  
बिभत्सता देखावटी रह्यो जरै-जरा
बरु मेरो धर्मै छैन, सम-भाव लिउँ
मान्छे, पशु-पँक्षीलाई रक्षा, घर दिउँ

काट्नु हुन्न ब्राह्मणले बर्ण व्यबहार   
सात्विकको जीवनमा शान्त सदाचार
चौ-गुनाको दोष लाग्छ,मन्दिर् सताउँछ
समयमा थाहा हुन्छ पाप कराउँछ

पञ्च-बली राज-गुरु लूते लोभी पापी
जनताको होली खेले रगत् छ्यापी छ्यापी
समादर समाजमा सिकाएनन् कैले
सोच अझै समय छ, सुध्रिनेछ ऐले

गुरुहरु डलर् भन्दै विदेशमा लागे   
मन्दिरका सोझा-साझा,पण्डितजी भागे                        
राक्षसको पूजा आज समाजले गर्छ
जन-पसिना र रगत् भकारीमा भर्छ

धर्म-निहुँ शामँतीले काटामार गरे
विकृति यो बिध्वँसता सबै-घर-सरे
मन्दिर यो घरै जस्तो राख शुद्ध सफा
घर तिम्रो मन्दिर हो, छ शान्ति अहिँसा?   

पूराना कुरितीहरु कसरी हराए त?  
बाल-बिहे, विधवाको सति जाने प्रथा   
हटी हाले,दाश मुक्त,खै त के छ व्यथा?     
समाजको विकृतले आज देख्नु पर्‍यो
पूजा गर्ने मन पनि देख्दै रुनु पर्‍यो

धूम्र-पान निषेध भो हाम्रै जवानामा
दाँत पनि फूस्किसके भन्छन् काका मामा!
‘बेला यही केही गर्ने’- सुनी हाल्छन् जन
पग्लिएला विवशमा उन्को पनि मन  

शामन्तीले लादिएको बली बाँकी रह्यो   
राज्नीतिको दूर्दसामा किन वोझेल् पर्‍यो!   
सात्विकको विचारमा तामसले घेर्यो
विभत्सको परँपरा किन रहिरह्यो?

स्वाभिमानी आज्ञाकारी शाहसी हे धीर
धोका दर्द कुनै वीर चढ्यो तिम्रो शिर?
कस्तो शिक्षा, धर्म दिने? साना बालकमा?
बुद्धी किन सुध्रीदैँन हाम्रा चाकलमा?
  
मन्दिर कस्तो हुनु पर्छ?   
हरियाली खुसीयाली मृगहरु चरुन्
खोला नाला रुखै रुख चराहरु उडुन्
हाँस माछा उफ्री हेरुन् मयुरको नाच      
डाँफे मुनाल् गाए,कम्मर् बकुल्लाले भाँच   

सीप प्रदर्शनी क्षेत्र रामायण गाथा
भग्वतीको भक्ति बिना,सुन्नु के छ माता
देवालय मंडपमा प्रार्थनाको शूत्र
भजन र उपासना विन्ती स्तोत्र मन्त्र

तीर्थ स्थल भजन होस् संगित र कला
मार-हान्नु भक्ति हैन मीठा स्वर गला
नाच गान रमाइलो ध्यान शक्ति योग
भण्डारा र सेवा गर गरिवीको लोप

गाई बाख्रा कुखुरोले,खेती गर्छन् भोका
किरा,गोड्ने काम गर्छ भाले,गोरु,बोका
अज्ञान यो पर्सिएर चल्न दिनु पर्छ
बुद्धि ज्ञान सजाएर ढल्न दिनु पर्छे!

जँगलका बगैँचामा गोडमेल गरौँ
मन्दिरका वरिपरि फलफूल भरौँ
धर्म-पूण्य नाटकमा स्वाद जमाउछौँ                        
चाड पर्व गर्व गरी मिली सजाउछौँ  

राँगा गोरु जोत्न सिक गरा धरा खेत
काम लाउ आंगनमा बत्ती बाल्ने श्रोत
पानी तान तलबाट हिमालको माथी  
घर-द्वार सुरक्षा छ मिलिराखे साथी

मन्दिर यो पाठशाला सीप सिकाउनु
बाटो राम्रो खेत हाम्रो बारी सघाउनु
त्याग दान दया धर्म मन्दिरमा बढ्छ
न्यास योग भजनमा जप पाठ पढ्छ

नदी-नाला तिलहरी हिमालको माथ
सर्व-धर्म सम्मान र समाजमा साथ
गहना हो गौरी तिम्रा हरीया र सेता
राता फुल पहेँला झन् भरिएका खेत

अध्यात्म नै पेवा हैन,सेवा बनाउनु
मन्दिरमा पूजा पाठ बिदा मनाउनु
गरीवको पेट भर्नु लूगा फेराउनु
बाल वृद्ध असहाय प्रेम बढाउनु
बनभोज लाख बत्ती ज्योत जगाउनु
भूत-प्रेत पिचासको सातो कटाउनु

अज्ञानको बली गर्न सिकौँ   
स्वस्थ सफा मन्दिरमा पूजा-ज्ञान ल्याई
कानूनले बन्द गरौँ बली प्रथालाई
लूट-पाप महँगीले चोरी बढेको छ
नेपालीको संस्कारमा हिँसा गढेको छ

कोजाग्रत पुर्णिमाको झलमल्ल जून
मन्दिरका आँगनमा नबगियोस् खून
मानवले गर्ने गुण पशु-पँक्षीलाई
प्रेम सेवा आपसमा आश्रय रमाई

कुमारीको पूजा-पाठ सँसारमा लेख
यौटै देवी मात्र हैन, देवी-कन्या देख
पूजा हिँसा कसरी यो संगै हुन सक्छ?
पशुपति भोले लौ न? उठ, गर्ने मन् छ?

मिलिजुली सहयोग योगी परँपरा   
वैदिकी या बुद्धलाई राख साथै घर
हिँसा लोभ पापलाई बुझी त्याग गर
शरीरले, मन-मनै, स्वस्थ बन तर

वैज्ञानिक अपहेलना
महामारी रोग फैल्यो, शरीरमा व्यथा
आफ्नै शुद्ध विचार यो, कता गयो कता?
समाजका मूर्ख-बिच आफू त्यस्तै हुने?
संगतको फल रैछ दुखै-दु:ख दिने

खाना बिग्र्यो रोगाणुले झूठ पाप दँगा
गह्नाउने मन्दिरमा फोहोर र झिँगा
पानी छैन गाँउघर मन्दिरको सुक्यो
मदिरा र सुकुटीले देव-देवी लुक्यो

स्वर्ग भन्ने के नै रैछ?नजानेमा नरक्  
शरीर यो स्वस्थ नदी हावा पानी फरक्
जस्तो खायो त्यस्तै मन शुद्ध सदाचार
चित्त बुद्धी ज्ञान बन्छ स्वच्छ व्यबहार

सौभाग्य र समृद्धिले सफलता पावोस्
श्री-संपत्ती सुरक्षित कुशलता छावोस्
देशै भित्र शान्ति शुद्ध संस्कार यो आवोस्
मन्दिर्बाट पशुबली निषेध होस्, जावोस्!

- अनन्तगोपाल रिसाल [22 Oct 2010, कोजाग्रत पुर्णिमा]
Disclaimer: All the images referenced in this poem are from Google Images