[समाजका दुष्टहरुलाई कसरी तर्साउने र डाँडा कटाउने? सबैले सोचूँ, घरका कालो मोसो दलुँ, माकुराको जालो र राता खुर्सानीले, हरीयो दाँत बनाएर ६०१ नेतामद्धे छानी छानी तिन्को सातो लिनु पर्छ! गुहार गुहार गरायेर टुँडिखेल्मा राँके भूतको मलामी ल्याउँनु पर्छ ! संसारमा तर्साउने र तर्सिने को कमी रहेन छ! उज्यालोले अध्याँरोलाई कति नराम्रै तर्साउँछ! मकुन्डो र जादु,चटकले होस् या आफ्ना मीठा स्वरले मागेर होस्! विशेष गरेर यो बाली भित्राउने मौषममा आफ्नो भाग खोज्न आउने चलन सायद सबै तिर उही होला! यो काल-पंचकमा यमराज, काग, कुक्कुर, गोरु र कालो रात्री ओँसीको महत्व त्यसैले बढेको होला! देवतालाई बोलाएर श्री-वचनहरु घर-घरमा दिँदै जाने परंपरा पनि त्यसरी नै शुरु भयो होला दुबै गोलार्धमा! क्याण्डी या सेल रोटी, मास्क या मकुण्डो र टोपीमा देशान्तरको फरक हुनसक्ला तर केटाकेटीमा पार्न सक्ने काल्पनिक डर या जुध्न सक्ने शक्तिको प्रोत्साहन भने उस्तै हुन्छ! हर पल हर क्षण जीवनमा सत्व प्रदान बनेर बितोस् भन्दै - सबैमा देवश्री (देउसी रे) र दीपावलीको शुभ कामना!]
यती, झाँक्री, बन-द्यौता, ख्याकै ख्याक्को घर
लाखे, ईन्द्र, चारै दिशा छैन केही डर?
महाकाली, मन्जुश्री र मछेन्द्रको रथ
पञ्च बुद्ध, रक्त गणेश्, तन्त्र-मन्त्र पथ
घन्टा-कर्ण बेतालले लुकामारी खेल्छन्
गठे-मङ्गल् कालो निलो लगाएर बाल्छन्
औँठीलाए शक्ति मिल्छ डराएर भाग्छ
आठै दिशा नकबन्दी नत्र भाग माग्छ
गठे-मङ्गल् कालो निलो लगाएर बाल्छन्
औँठीलाए शक्ति मिल्छ डराएर भाग्छ
आठै दिशा नकबन्दी नत्र भाग माग्छ
आदर यो गर्न सिक प्रेत-आत्मालाई
पूनर्जन्म सद्गतिमा बन्छन् साथी भाई
आज पूण्य मिलिहाल्छ भोली थाहा छैन
धर्ती स्वर्ग नरक्-बाश मिल्ने होकी हैन?
कीरा साँग्ला छेपारा ती घरैभित्रै लुक्छन्
नजिकका शत्रुहरू तर देखिँदैन
जंगलका बाघभालु खान आउने हैन
सत्व रज तम मिले मनुस्यको जूनी
सत्य शुद्ध देवता छन्,दानवी तम्, खूनी
मिल्न सक्ने शक्ति जस्को बस्छन् मिलिमिली
ईश्वरको चमत्कार हेर्नोस् झिलिमिली
दुष्ट नेताहरुलाई कसरी तर्साउने?
यस्तो लाउ, सातो-खाउ, दुष्ठहरु कापुँन्
पिशाचको ख्याक डर्ले कट्टु भरी मुतुन्
कैले गल्ती नगर्ने भै थोरै मात्रै सुतुन्
आँट गर घर पस परिवार छान
छोड तिन्का लालाबाला,फटाफट बान
तर्साएर आउ अब जिन्दकीको भूल
नबिर्सिउन् नेताहरु,जन,निति-मूल!
मकुन्डो-हाम्रो, रहेछ धनी, हिमाल पहाड
तराई गाउँ, नेवार गुरुङ, मगर चाहाड
थारुको राम्रो क्या बाँकी कला,सिनित्त मिलेको
उज्याला राम्रा,धामी र झाँक्री,जादुले खुलेको
सेता र काला,राता पिरा-हा,चारै दिशा लागे
तराई हिमाल् मधेशी गाउँ, उपत्यका-लाखे
ख्यालै है ख्याल्मा,डर त्यो बस्यो,साँच्ची कै देख्या छौ?
सेता ती दाह्रा,आँखामा रंग, अँध्यारो कोठा छौ?
तीन करोड् मान्छे, छन् अझ कति? होलान् नि देवता?
मरेँका-बाचेँ, धर्म र पाप, छुट्टाउने एउटा
गाईजात्रा संझाउँछ मरेकाको धर्म
समाजमा समादर साक्षी पूण्य कर्म
श्राद्ध पिण्ड तिल-चामल् पितृ तृप्त हुन्छन्?
जिउँदैमा सेवा गर्दा कति धन्य बन्छन्
मृत्यु नै देव-दानवको निर्णायक हो?
जाति मान्छे मरे भने द्योता स्वर्ग जान्छन्
पापी मरे भूत-प्रेत मसानमै खान्छन्!
धर्म-पाप सुखी-दुखी सबै हुँदा रैछन्
जन्मलिने मरिहाल्छ, मरे जन्म लिन्छ
पैले आफू कोहो जान,कस्ले कस्लाई चिन्छ?
आफैँ शत्रु आफै मित्र मनै तर्साउँछ
तीन-गुण बुझीहाल आफैँ हसाउँछ
धर्मबाट नजिक् बस पापबाट टाढा
ईश्वरको भर पर भक्ति हुन्छ गाढा
कालो काग कुक्कुर गोरू कालै गाई भाई
औँसी रात देउसी भैली घरै घर गई
रुख हल्यौ? हावा चल्यो? सूस्त रात पर्यो
झाँक्री, बन पाखा घुम्दा आवाज् निक्कै गर्यो
कुनै भूत कुक्कुर् जस्ता कुनै स्याल राँगो
चिल बनी दु:ख दिन्छन् सुसाउँछन् हाँगो
भूत-प्रेत किचकन्नी भकुन्डे र राँके
डल्ला-बारी गोडिदिन्छ? मल-पानी राखे?
तीन घण्टे तर्साउँछ घर वर पर
राती राती न-हिँड्नु रे! आउँछ-दिन्छ डर!
ज्यापुनीको धिमे नाच देवी दैत्य लडे
ईतिहास रहिरह्यो भित्रै-भित्र गडे
कंकाल र मुर्कुट्टाले दु:ख दिन थाल्यो?
बोका राङा कुखुराले बली फिर्ता माग्यो?
बाँदर र मूसल् लडे, मकुन्डोको खेल
डर लाग्छ दानव र देव घुल-मेल
रहस्यको शक्ति मिल्छ सिद्द बलवान
कोहि बन्छ रावण त कोही हनुमान
महाकाली महालक्ष्मी कुमारीको रीश
एक्लै साँझ नहिँड्नु है,झुसे झिसमिस
हातभरी राँको लिई भुतहरु आउँछन्
मन्दिरका रकती र हाड-मासु खान्छन्
वीर बोक्सी चण्डी कुर्ले साशै गाह्रो हुन्छ
जति मद्दत् मागे पनि, कस्ले?कहिँ सुन्छ?
राक्षस्लाई हराएर शांति स्थिर हुन्छन्
दोबाटोमा कुरी कुरी प्रेत हरु रुन्छन्
हिमालमा कति मरे,तराइ र गाउँ
वरिपरी तलमाथी जता सुकै जाउँ
सरापले भूत बने,बस्छन् बँगलामा
लुकी छिपी बस्छन् टाढा,सिद्ध सेर्पा लामा
कसरी दु:ख दिन्छन्?
आँखा रातो, पेट, टाउको कैले दुख्छ, बन्छ
घाँटी छाती मुटु चस्स गाँड-हाँडे आउँछ
घनघोर अन्धकार जनावर्को बल्मा
लाखेहरु मान्छे खान्छन् जिउँदो जँगलमा
सकिँदैन सोच्न ठिक तर्साउँछ ज्यादा
मनमनै ईश्वरको नाम लिउ सादा
को को के के बने होलान् राजा महाराजा?
पहिलेको ईतिहास ऐले छैन ताजा
ईश्वरीय खेल-गुण-मत भेद
जन्मिनेको मृत्यु निश्चित्, मर्ने जन्म लिन्छ
जन्मिनेको मृत्यु निश्चित्, मर्ने जन्म लिन्छ
ईश्वरको भर परे, छुटकारा दिन्छ
जीव-जन्तु साँझ परे बाश खोज्दै हिँड्छन्
सुनौला ती बिहानीमा जीवन् शुरु गर्छन्
ईश्वरको माया कस्तो?ठूलो प्रेम खानी
नियमले सँझाउँछ युँगौ युग तानी
गोडमेल मल-पानी आफैँ गर्नु पर्छ?
लुकाउँछ देखाउँछ समयमा फूल्छ
गुण भित्र फस्छौँ हामी,तल माथि जाने
ईश्वरीय आश्चर्यता! ख्यालै-ख्याल ठाने
उन्कै मति,उन्कै गति ढीलो-चाँडो हुन्छ
विश्वाशमा रोग,मृत्यु,डर हटाई दिन्छ!
मान्छे मरे अंत्येष्टीमा गीद्धलाई ख्वाउँ?
जल्छन् कहिँ,खरानी भै,भजन पो गाउँ
काला छायाँ देखिन्छन रे!बर्षौँ वर्ष अघि
हुरी चल्छ मुटु-ढुक्क,साँझ परे पछि
बाँकी कोहि बगाउँछन् प्रवाह गँगामा
हावा खुल्ला धुवाँ सरी आकाशे चँगामा
बत्ती बाली ईष्ट देव देवी पूजा गर्छन्
खाना शुद्धतामा पिण्ड सँवृद्धिले भर्छन्
कोत पर्व, दर्वारको शान्ति स्वस्ति भयो?
पन्द्र हज्जार जन-ताँ-ती, खै त कहाँ गयो?
धामी झाँक्री संसारमा सबै तिर हुन्छन्
‘ह्यालो-विन्’-को मौका छोपी अम्रिकामा घुम्छन्
सफा राक्न सक्यौँ देश उज्यालोले आहा!
पैले जस्तो देखिँदैन, भूत भागे काँहा?
धर्म होईन पाप रैछ मसानको कालो
सत्य शुद्द विचारमा तामसको जालो
राम्रो गरे राम्रो सोचे, राम्रै परिबेश
ख्याकै ख्याक्को डर, भेष, ख्यालै ख्यालको देश!
-अनन्तगोपाल रिसाल [31st Oct, 2010- have a scary Haloween’s Day]
Disclaimer: All the images referenced in this poem are from Google Images
No comments:
Post a Comment