Monday 26 May 2008

दिव्य-दर्शन

देख्ने योग्य जवानले सरलता, शिक्षा नयाँ खोज्दछ
प्रेमी देख्छ समानता, सहजता आफूसरी गर्दछ !
दृष्‍टि स्वच्छ भए समाज बलियो सेवा गरी रम्दछ
रक्षा शान्ति निकाशले झलमली सम्मानले जम्दछ!

ईच्छ्या छैन फजूलका विषयमा आँटेर गर्छु भन
यौटै ध्येय रहोस् विधा-नियमका साझा प्रजा पालन!
धेरै सैनीक चाहना नगर है? विद्या छ ठूलो कसी
बाडौँ जंगलमा,समाज घरमा, दर्बारमा है पसी !

बिर्यौँ हा! कसरी?अपार धनको नेपाल यौटै घर
ढीलो छैन अझै,उठौँ समयमै,उद्धार आफ्नो गर!
मौका एक,विवेकले मिलिजुली साथै बसौँला भन
आस्था यो परिवारको विशमता,फाटो नहोस् आँगन!