Monday 23 August 2010

जनै-पुर्णिमा


श्रावणको पुर्णिमालाई जनै-पुर्णे भन्छन्
ब्राह्मण र पण्डित्हरु पूजा पाठ गर्छन्   
नदि-नाला फोहोर छन् नाक मूख थुनी
दुइचार चोटि डुबुल्किले सफा हुने होकी?

गोबर र रातोमाटो सफा जल ढुकी       
बिहानको मन्दिरमा तन्त्र-मन्त्र फूकी
हात्मा डोरो टूपी लामो सफा मन्त्र जल
जनैलाई शिखा शूत्र तीर्थ दल-बल

बर्ष दिन भरी बाँधे रक्षा-बन्धनले
यौटै देश धर्तीलाई,आत्म-सज्जनले
मन्त्र पूर्ण शूत्र लायौ? बाणी,मन, तप
शरीरको शुद्दतामा योग,ध्यान,जप

क्वाटिँ खाने दिन हो यो,नयाँ मौशमको
राखी लाउँछन् दिदि-भाइ नाता जीवनको    
चना केरौ मूङ मास राज्मा सिमी बोडी
नेपालीको खानै मीठो तरकारीको जोडी

नव-रग्ङी केराउ र दाल चना बोडी
सास्त्विकको भोझनले मन तन जोडी
शुभ लाभ जीवनमा अम्रित छ पिउ  
दारी जुँगा खौरी सफा कपालमा घिउ

पशुपति कुम्भेश्वर शिवजीको स्थल
भक्त श्रद्दालुको भिँड, मन्दिर् खलबल
तीर्थ ताल गोसांइकुण्ड-लेक माथि पुग्छन्
बाटो यौटै पुग्ने ठाउँ निकै साथी बन्छन्

झाँक्री धामी हेलम्बुका हिमालका योगी
धर्म गर्ने निहुँ हिँडे सँसारका भोगी
सँस्कारमा परिवर्तन् सफा स्वस्थ खाना
हिमालको दर्शन र ओत गूफा छाना


माला हो यो बिग्रिदैँन,भगवान्को यन्त्र
सबैलाई बाँध्ने शूत्र बुद्ध तन्त्र-मन्त्र

बाल बुढा तन्नेरीको चाहाड यो हेर
रहरमा जन-जाती यौटा जनै फेर



-अनन्तगोपाल रिसाल [22 August, 2010]
Disclaimer: All the photos referenced in this poem are from the Google Images

Monday 16 August 2010

शान्त पुस्कर ! शान्ति - पुरस्कार !


साइकलेले, पुश्करले के नै गर्न सक्छ?
सडक् देखि हिमाल्सम्म विश्व झण्डा बोक्छ?
पार्टी-झण्डा बोक्नेहरु सिक बुझ जान
पढी जान्ने?परी जान्ने? सडकको ज्ञान






साथ पहल् सहयोग गरे चढी आउँछु
शान्ति हाम्रो अघि पछि,पाइला छाडी जान्छु
जीवन यो उपयोग शान्ति एक धेय
सुविधा छ जन प्रेय,शान्ति सुख श्रेय







जिउँदो-शहिद् घोषित रे! अदभुत् छ खेल
शान्ति छर्ने,खेती गर्ने संसारमा मेल



फर्की आफ्नै गाउँ अब,बालखमा शिक्षा
संसारमा घुम्छु माग्छु सहयोग भिक्षा
विश्वाशको जिन्दगीमा विश्वलाई हेरेँ
साइकलको जन्जीरले धेरै पल्ट घेरेँ


मेरो शान्ति राष्ट्रपति, प्रधान्मन्त्री को हुन ?
साहित्यिक, चक्षू, दर्शन् , सृस्टी मन रोजुन्

शान्ति सम्मान् हुन्छ हुन्छ हेर्दै जाऊ, आँट
तिम्रै आँखा सामु अब पुस्करको ठाँट


पार्टी भन्दा ठूलो देश, विश्व जन हित
शान्ति भन्नु के नै हो र, हाँस्यो मन गीत
यौटा खाते नहुनेले विश्व चिनाइ दियो
नेपालीको शानलाई विश्व चिनो दियो

‘नेपाली भै बाँच्न सिँके थियो मेरो धोको’
सगर्माथा सिर्को टोपी वीरताको डोको
धन, काम, सीप शान्ति , आफ्नै आंगनमा
मन शान्ति घर शान्ति , शान्ति  साइकल-मा

गरीबले गरे, भने, सुन्ने कोही छ र ?
जीवनी छ दुखै-दु:ख, ईश भर पर
पुस्करको आमासंग धर्म नाता मेरो
रगतले हैन बरा! नेपालीको छोरो
 
पुग्नु पर्ने स्थान पुग्यौ- बाड्यौ शान्ति धाम   
शान्ति स्तम्भ गाड्दै जाऊ, हिमालको घाम


भन्ने सुन्ने भए भने काम चाँडो हुन्छ
घाम पानी हिँउ खाँदा कठै मन रुन्छ
‘स्वार्थै स्वार्थ संसारको आफ्नै ठूलो नाम
एस्लाई गर्दा यती मिल्छ, यस्को यती दाम’



विश्व शान्ति नारा हाम्रो, आँउछ नेपालमा
शिव बुद्ध जनक् सिता गाउँछिन् हिमालमा
संसारमा घुमिसके , शान्ति पुरस्कार
सगर्माथा चढ्ने साथी, हाम्रै हुन् पुस्कर

आफ्नो मान्छे आफ्नै हुन्छ, सुख-दुख के मा?
हाम्री आमा एक्ली छन् है, गाउँका पाखामा
कती गोलि, बोली खायोउ कती रात चिसो ?
अन्याय र अविश्वाश,गाह्रो थिचो मिचो


दोलखाको भैरव र कालिन्चोक देवी
कर्णाली कि सेती, भेरी, दाङ रापतीकी


‘तिम्रो भग्वान कस्तो’ भन ? भन्छु मेरो धर्म
पेशा, ईछ्या योउटै बाँकि, शान्ति मेरो कर्म

संसार्लाई हेरी सकेँ आफ्नै साइकल्बाट
जिल्ला,टोल,सातै-द्विप, तराई र फाँट


धर्म नाम हिँसा किन ? काले गोरे फर्क
हिमालको पानी ल्याइ, अमृत झैँ छर्क


कुदेँ, हिडेँ ,उडेँ ,गुडेँ आफ्नै रफ्तारमा
एघार ती वर्षा बिते कठै हतारमा
कहाँ पुग्न बाँकी छ र ? चन्द्रमा र जून
सोझो,प्यारो,आँखा-नानी, बफादारी खून

जनतन्त्र ल्याउँदा गोली खायोउ पाखुरामा
विश्व यात्रा परिक्रमा, झण्डा टाकुरामा
आशिकले हिडेँ आमा धन्य धन्य धरा
सँसारमा विजयी भै, फर्केँ आफ्नै घर

विश्व भरी घुम्ने अब छैन घर ठाँउ
फर्की स्वर्ग-भूमी आफ्नै बाँडी माया गाउँ
धन्य कतै भीर खसेँ, पैरो बगरमा
ट्रक कुल्ची हान्न खोज्थे ठक्कर् मटरमा

अम्रिकीको हरियाली साइकलको र्याली
स्वतन्त्रको आतँकमा झण्डै त्यसपाली
 
अघिल्लो दिन् सहरमा मेयरको भेट
न्यूयोर्कको हालतले मन पोल्छ पेट


कैले केही भएन खै, ज्वरो आएन
सुन्तलाको बोक्रा खाएँ, पानी पाएन
छोरा, आमा, प्रिय, छोडी एक्लो बनवाश
‘विश्व शान्ति धर्म मन्त्र , यही मेरो आश’

बाह्र बर्षा भैसकेछ, यात्रा सडकको
घर जीर्ण उस्तै देख्छु, देश फरक हो ?

आँगनको छोरो मेरो ठूलो भैसकेछ
शान्तिलाई दैलोबाट बिहानीमा हेर्छ    

कति रात बिते होलान् ,सोधे आमालाई   
साथी भाइ, रोइन् प्रिये,कैले आउछ दाइ ?    


डर्ने होइन म त वीर, लाहुरेको-मोरो   
शान्ति रक्षा सुरक्षामा विश्वप्रिय छोरो

तीर्थ के हो ?मीठो बोली, मार्ग सफा ठूलो
मन दिल खुले सानो, बूढो,तन्नेरी को ?

माहात्माका गान्धी यिनी 'मार्टिन् लूथर'-का
साधु सन्त सेर्पा थारु तराइ हिमालका  

जन्मे होलान् लक्ष्मी प्रसाद् ,पृथिवी र भानु
अमर र भक्ती-थापा, छैन यिन्को सामु


नोबेल्-शान्ति पुरस्कार मिल्छ भविस्यमा
यस्तै यस्ता अद्भुतका शान्ति सन्देशमा

- अनन्तगोपाल रिसाल [16th August, 2010]

Friday 6 August 2010

डोको


बोकी कैले थाक्ने छैन, पधेँराको पानी
जन्मिन्छु म गाँउघर, जन्मे भित्रै नानी
बाल, वृद्ध,सुत्केरीको सहयोगी साथी
झर्छु,  पुग्छु बेसी सहर् कैले तल माथि

उपत्यका घुम बन्छु, हिमालमा मीत
सेवा गर्ने मन मेरो,माया तिमी सित
लेक बेसी बाजा-बजे, नाचुँ-लाग्ने गीत
संसारले बिर्से-पनि नेपालीको प्रित!

माछा मार्ने, दाउरा बोक्ने,छोप्लान् कुखुरा
घाम-पानी रुझेको छु, म दु:खी टुहुरा
पैरो जाँदा धेरै चोटि भीर खसेको छु
गरीव छु, धर्म-कर्म पीर बोकेको छु

डोको हाम्रो संपत्ती हो, पूरानाको ब्यथा
प्राचीनको, सभ्यताको,ज्युँदो-सीप, कथा
लोक-गाँउ, तराईको, पहाडको भारी  
जंगलमा बिते रात,सुनकोसे झाडी

कति टाढा मैदानमा तराईको बोको
खसी,बाख्रा,पाठा बोकेँ पटुकीले डोको
घाँस बारी परालले, कठै गाह्रो भो कि?  
गोबर र गुँईठाले भिजे राम्रा धोती?

छोरी जन्मे मेरै काख, सारेँ आमा सरी
बोकेँ रोईन् छोरी बाबा, आमा साह्रै परी
नून घोट्ने सिलौटो र धान पिन्ने जाँतो
ढिकि बोकेँ आँगनको, खाजा न्यानो तातो

स्याउला,  झार, साल्को पात, टिपेँ टाकुरा गै
गोर्खालीको सिर्को शान, भिर्छु गहना झैँ
कोईला र सुर्की, धान बोकेँ टम्म बाँधी    
दुध-दही,पानी अमृत् ,पहिरो र आँधी

हतियार मतियार, कति बोकेँ मैँले
सेवक हुँ देश मेरो,गाह्रो भयो ऐले
परिवार घरवार, देखेँ, होलान् मेरै
माटो, ढुँगा, पानी बोक्छु,आँखा रछन् धेरै

हाट, बजार् , घाट, तीर्थ, निकै घुमेको छु
तल्ला घरे काका बाजे,सब्लाई चिनेको छु
दु:ख पर्दा सँझिन्छन् क्वै,मर्दा बोकीदिन्छु       
'टुरिष्ट'ले हिमाल चड्दा,बाटै रोकिदिन्छु  

कैले काँही साथ दिन्छन् गाई-याक चौँरी
हाँसिदिन्छिन् मुसुक्कले हिमालकी  गौरी
डोकै सरी मेरी छोरी,प्यारी गोरी मोरी
कोरी-बाटी चिटिक्ककी, सीधा, छैनौ फोरी

गाईको सेवा दाम्लो गर्छ, डोको-नाम्लोले
हर्या-बारी खोला पानी,आली कान्लोले
चामल र चिनी बोकेँ, बाटो कुरी कुरी
गरेको छु नेपालीको, सेवा मूरी मूरी


- अनन्तगोपाल रिसाल [August 6th 2010]





Disclaimer: All the images used in this poem are from Google Images reference. 

Wednesday 4 August 2010

वातावरण शुद्घता - शरीर, मन र आत्म पवित्रता

[जीवन र सामाजिक ब्यवहारमा धेरै अनावश्यक कुराहरुमा कटौती, मितब्ययिता गर्न सकिन्छ| संस्था अनि ब्यक्तिगत रुपमा अलि कति होसियारी र गुण-आचारमा ध्यान दिने हो भने वाताबरण प्रदूषण गर्ने विलासी र सुविधाका सामानहरुमा पुनःनिर्माण, पुनः-मरम्मत, पुनःप्रयोग, साझेदारी, सार्वजनिक र कम-प्रयोग गर्न सकिन्छ! सनातन वैदिक रसायन, भौगोलिक, जैविक, आयुर्वेद ज्ञान र भौतिक विज्ञानका सँमिस्रणले विश्वमा जस्तो जे सुकै सँब्रिद्धी र विकाश पनि संभव छ| आद्यात्मिक आस्था र भौतिक प्रमाणमा विश्व सिद्ध गर्न सकिन्छ| आफ्नो स्वभाव, अभ्यास र व्यवहार सन्तुलन गर्न सकियो भने वातावरण पनि स्वत: संस्कारित, प्रदूषण-मूक्त र स्वच्छ हुन जान्छ| उपयुक्त एकाग्र मन्त्रोच्चारण र सद्संकल्पले संसारका प्राय: रोग निवारण,संब्रिद्धी, वाताबरणीय सन्तुलन, पारिवारिक सन्तुष्टि र सद्चरित्रता संभव छ! ]


पहाड हाम्रा, मन्दिर हुन् यी, हिमाल गजूर 
आत्मा त गूफा ह्रिदय-भरी, मनका मजूर


चन्द्रमा सूर्य हेर्ने यो आँखा, रगत हिम्-नदी 
देशमा नसा-नसा छन् निकै, मर्स्याङ्दी-दरौँदी


स्वाश है राम्रो फेर्न त सक्छौँ, आउँ न रमाउँ 
संस्क्रिती धन्य-धनी छ प्रिय,छ तीर्थ,चढाउँ

लडेर नीलकण्ठ झैँ-सरी,नेपाल भारतमा
देवादि-शिव , विषको पान, उक्लिए तिब्बत्मा

की बसुँ त्यहीँ हिमाल माथि? वर्लेर तराई? 
जाँ-सुकै जाऔँ,नबिर्सुँ तर, विश्वको भलाइ


बुद्धले-शान्ति संसार ल्याए, अध्यात्म बोलीले 
सन्त र महान् आत्माले धनी,रित्ता छन् झोलीले


व्यासले त्यहिँ, सीताले त्यहिँ, जन्मेर जनक 
महावीर् शान्ति, शिवको ध्वनी, छ स्वर्गीय-तल



दर्शन गर्न गँगाजी भनी, आउँछन् देवादि
यो पूण्य-भूमी र मातृ-भूमी, न अन्त न आदि



छ शुद्ध पानी, अमृत जल, हिमाल्को त्यैँ माथि
जैविक बूटी, माटो र वायु, खनिजै छ साथी





स्मरण गर वर्णन गर, सभ्यता खुल्दछ 
रातो र चन्द्र-सूर्यको ध्वज,बगैँचा फूल्दछ


निकै छ जात फूल ती राम्रा,बास्ना छ हरिलो 
सत्यको सेवा सुरक्षा भए,यै-देश दरिलो?


फैलिन्छ अन्न, ब्रह्माजी हुन्छन्, रस्पूर्ण विष्णु-देव् 
भोक्ता को भोग्य? भोजन के हो? योगी ती महादेव् 




भौतिक आखाँ के देख्न सक्छ? जीवन अपवाद् 
सँझना कुनै छ छैन? कयौँ जन्म छ कुनै याद?


ईश्वर भन्छ, मनन गर, द्वैत-भै डराउँछौ? 
जन्मेकै छैनौ,न पैले ऐले,कैले पो हराँउछौ?

ज्ञानको भूमी, ध्यानको भूमी, छ सत्य समागम्
वातावरण् नै, स्वच्छता राखे, स्वर्गीय यो सँगम्
  

गरेर सफा, घर र मन, चित्त र तीर्थ-ग्राम्
हिमाल, जल, हावा र घाम, देशै यो चारैधाम्

- अनन्तगोपाल रिसाल (Aug 2nd, 2010)

Disclaimer: All the images used in this poem are from Google Images reference.