[जीवन र सामाजिक ब्यवहारमा धेरै अनावश्यक कुराहरुमा कटौती, मितब्ययिता गर्न सकिन्छ| संस्था अनि ब्यक्तिगत रुपमा अलि कति होसियारी र गुण-आचारमा ध्यान दिने हो भने वाताबरण प्रदूषण गर्ने विलासी र सुविधाका सामानहरुमा पुनःनिर्माण, पुनः-मरम्मत, पुनःप्रयोग, साझेदारी, सार्वजनिक र कम-प्रयोग गर्न सकिन्छ! सनातन वैदिक रसायन, भौगोलिक, जैविक, आयुर्वेद ज्ञान र भौतिक विज्ञानका सँमिस्रणले विश्वमा जस्तो जे सुकै सँब्रिद्धी र विकाश पनि संभव छ| आद्यात्मिक आस्था र भौतिक प्रमाणमा विश्व सिद्ध गर्न सकिन्छ| आफ्नो स्वभाव, अभ्यास र व्यवहार सन्तुलन गर्न सकियो भने वातावरण पनि स्वत: संस्कारित, प्रदूषण-मूक्त र स्वच्छ हुन जान्छ| उपयुक्त एकाग्र मन्त्रोच्चारण र सद्संकल्पले संसारका प्राय: रोग निवारण,संब्रिद्धी, वाताबरणीय सन्तुलन, पारिवारिक सन्तुष्टि र सद्चरित्रता संभव छ! ]
पहाड हाम्रा, मन्दिर हुन् यी, हिमाल गजूर
आत्मा त गूफा ह्रिदय-भरी, मनका मजूर
चन्द्रमा सूर्य हेर्ने यो आँखा, रगत हिम्-नदी
देशमा नसा-नसा छन् निकै, मर्स्याङ्दी-दरौँदी
स्वाश है राम्रो फेर्न त सक्छौँ, आउँ न रमाउँ
संस्क्रिती धन्य-धनी छ प्रिय,छ तीर्थ,चढाउँ
लडेर नीलकण्ठ झैँ-सरी,नेपाल भारतमा
देवादि-शिव , विषको पान, उक्लिए तिब्बत्मा
की बसुँ त्यहीँ हिमाल माथि? वर्लेर तराई?
जाँ-सुकै जाऔँ,नबिर्सुँ तर, विश्वको भलाइ
बुद्धले-शान्ति संसार ल्याए, अध्यात्म बोलीले
सन्त र महान् आत्माले धनी,रित्ता छन् झोलीले
व्यासले त्यहिँ, सीताले त्यहिँ, जन्मेर जनक
महावीर् शान्ति, शिवको ध्वनी, छ स्वर्गीय-तल
दर्शन गर्न गँगाजी भनी, आउँछन् देवादि
यो पूण्य-भूमी र मातृ-भूमी, न अन्त न आदि
छ शुद्ध पानी, अमृत जल, हिमाल्को त्यैँ माथि
जैविक बूटी, माटो र वायु, खनिजै छ साथी
स्मरण गर वर्णन गर, सभ्यता खुल्दछ
रातो र चन्द्र-सूर्यको ध्वज,बगैँचा फूल्दछ
निकै छ जात फूल ती राम्रा,बास्ना छ हरिलो
सत्यको सेवा सुरक्षा भए,यै-देश दरिलो?
फैलिन्छ अन्न, ब्रह्माजी हुन्छन्, रस्पूर्ण विष्णु-देव्
भोक्ता को भोग्य? भोजन के हो? योगी ती महादेव्
भौतिक आखाँ के देख्न सक्छ? जीवन अपवाद्
सँझना कुनै छ छैन? कयौँ जन्म छ कुनै याद?
ईश्वर भन्छ, मनन गर, द्वैत-भै डराउँछौ?
जन्मेकै छैनौ,न पैले ऐले,कैले पो हराँउछौ?
ज्ञानको भूमी, ध्यानको भूमी, छ सत्य समागम्
वातावरण् नै, स्वच्छता राखे, स्वर्गीय यो सँगम्
गरेर सफा, घर र मन, चित्त र तीर्थ-ग्राम्
हिमाल, जल, हावा र घाम, देशै यो चारैधाम्
- अनन्तगोपाल रिसाल (Aug 2nd, 2010)
Disclaimer: All the images used in this poem are from Google Images reference.
No comments:
Post a Comment