Monday 30 September 2013

संबिधान - समस्या पूर्ति गरौँ !

संबिधान - समस्या पूर्ति गरौँ !



न्यायी, धर्म र दण्डको विवमा, कानून आधा-र हुन्  
मीठो-मग्मग, संबिधान सबको, स्वीकार सब्ले गरुन्  
आस्था सत्य-सुधा,अ-पूर्विय-कला,संसारले 'वा'! भनुन्
ल्याई वैदिक,ख्याती धम्म-पदको,शान्ति यिनैमा चरुन्!1|  

यस्तो काव्य बनुन्, प्रसन्न गरने, यो विश्वमै फैलिउन्
ढोका मन्दिर झैं,सभक्ति झरने, भग्वान बासै गरुन्
'ओहो!भव्य!' भनुन्, निशब्द जनता, श्रद्दा जगाई पढून्
आँशु तप्त,तृप्त हुन् हृदय ती,स्वर्गीय गङ्गा बगुन् ! |2|

यिन्मा कर्म र ज्ञानका टलकिने, सन्मार्ग- बैराग हुन्-
आस्था, भाव र संकृति मिलीजुली, सम्मान सब्को गरुन्
हिन्दू, बौद्द र जैन सिख्ख सबको, मुस्लिम, अंग्रेज कुन्?
जाती, धन्य कला, असंख्य नदी झैं, सम्पूर्ण उल्लेख हुन् !|3|

ज्ञानी ज्ञान सिकुन्, अतृप्त जनले यै तीर्थ मानी पढुन्
शूरी-वीर र धन्य क्षत्रीय-कला, आधार मानी लडुन्
ब्यापारी अब व्यस्त भै तलब ती, बाँडेर, पेशा, धन,
गौमाता, मन शाम्य-शूरभि कला, लागोस् त्यहि चिन्तन|4|

हज्जारौं पनि वर्ष सम्म पुगने यस्ता सिमाना कुदौं
खेती, प्रेम र बन्य-जन्तु-सबमा, आत्मियताले भरौं
शिक्षा दर्शनको, छ योग-धरती, यिन्कै गरौँ पालन
सेवा-मूल बनुन् असंख्य जनमा सम्बृद्धि संचालन !|5|

सँस्था-यो सबको बनोस् समयमै हामी सबै सांसद
हाम्रो निम्ति छ यो, अपूर्व गहना, तिमी, म, के को मद?
साम्राज्यै नव राज यो महलको, छ मन्त्र यो सारको
गङ्गाको त सिरानी हो हिमनदी, त्यै ईश आधार हो !|6|

मेलापात भनी जसै जन-उठी , दिन्-रातको कीर्तन
ज्योती-शक्ति छ भीरका नहरमा, ताजा मिठा व्यंजन
घोटी चन्दन झैँ, छ मग्मग दिने, विद्धूत निस्कन्छ रे !
गुम्बा मन्दिर आज झल्मल बनी, बास्ना त फैलिन्छ रे !|7|

बाठो भै अब गर्ज विश्व भर लौ, शान्ती निकाशा गरौँ,
साझा, गर्व र सत्-विधान सबको लेखेर आशा भरौं  
चूनावी किन हो?अमानवियता साथै मिलेमा हुने,
यौटा दर्शन यो, अहा! गजबको को छन् यहाँ? खै, दुने?|8|

"गाँजा, भाङ्ग र दारू खै"- सहज छन्? झिंगा सरी भन्किने-
'राम्रा बुद्धि लगाउ है' भन तिमी, जंगे- सरी रन्किने
खाना शुद्द रह्यो भने त, मनको बैचारमा सुद्धता-
गाडी चल्दछ? चालकै सडकमा? लौ जाउँ, ठाउँ कता?|9|  

थाङना झैँ मत देख्छु खै शहरमा भोगेर यी थन्किने
के गर्छन् यिनले? बयान नगरुँ, पापी नरक्-मै थुने !
नारी, बालक, बृद्द खै सजनको, रक्षा त गर्नु पर्यो !
सीधा सज्जनको जमात बलियो, राखेर हिंडनु पर्यो ! |10|

भ्रस्टाचार, दसै-दसा, नगरको पार्नेछ निर्मूल जो,
कस्तो दण्ड दिएर पाप हरने? सन्चो हुने शूल यो     
न्यायी छैन कुनै, पुग्यो-निडर छौ?खै को कता,को कता ?
पार्ने सक्षम हुन्छ यो-समयमा, बन्ने छ त्यो देवता |11|  

'एक्से चालिस' छन् यहाँ दलहरु दाह्रा सबैका उही-
पूर्वी-पश्चिमका, अतृप्त जन छन्, नेता म हुन्छू त्यहिँ
ढोंगी, भोग र आशमै लुटपुटी, क्वै भन्छ? खै, त्यागले  
'सेवा गर्छु म सेवकै स्वजनको, झुक्दिन  है रागले' |12|  

देख्ने योग्य जवानले सरलता, शिक्षा नयाँ खोज्दछ
प्रेमी देख्छ समानता, सहजता आफूसरी गर्दछ !
दृष्‍टि स्वच्छ भए समाज बलियो सेवा गरी रम्दछ
रक्षा शान्ति निकाशले झलमली सम्मानले जम्दछ!|13|

ईच्छ्या छैन फजूलका विषयमा आँटेर गर्छु भन
यौटै ध्येय रहोस् विधा-नियमका, साझा प्रजा पालन!
धेरै सैनीक चाहना नगर है? विद्या छ ठूलो कसी
बाडौँ जंगलमा,समाज घरमा, दर्बारमा है पसी ! |14|

बिर्यौँ हा! कसरी?अपार धनको नेपाल यौटै घर
ढीलो छैन अझै,उठौँ समयमै,उद्धार आफ्नो गर!
मौका एक,विवेकले मिलिजुली साथै बसौँला भन
आस्था यो परिवारको विशमता,फाटो नहोस् आँगन! |15|




मसजसततगु
SSS-IIS-ISI-IIS-SSI-SSI-S

Monday 23 September 2013

के गर्नु? अस्तित्व बिना केहि हुन्न !

के गर्नु? अस्तित्व बिना केहि हुन्न !

धर्ती बिना अन्न हुन्न, अन्न बिना जाँड हुन्न,
जाँड बिना पार्टी हुन्न, पार्टी बिना सरकार हुन्न,
बिना सरकार राष्ट्र हुन्न, बिना राष्ट्र अस्तित्व हुन्न !

बिना वर्षा खाद्द्य हुन्न, खाद्द्य बिना पशु हुन्न,
मांस बिना पूजा हुन्न? पूजा बिना मन्दिर हुन्न,
मन्दिर बिना संस्कृति हुन्न, संस्कृति बिना अस्तित्व हुन्न !

चुनावी चयन बिना चरित्र हुन्न, बिना चारित्रिक-विशिष्टता संबिधान हुन्न,
संबिधान बिना कानून हुन्न,कानून दण्ड बिना नियन्त्रण हुन्न,
बिना नियन्त्रण लक्ष्य-सीमा हुन्न,सीमा बिना राष्ट्र हुन्न,
राष्ट्र बिना स्वराज-अस्तित्व हुन्न !

जन सभ्य-साधु भए जनता नै हुन्न, जनतामा भांड-भैलो बिना राजनीति हुन्न,
राजनीति बिना सम्पदा,साधनको महत्व नै हुन्न, महत्व,सामर्थ्य बिना परतन्त्र हुन्न,
परतन्त्र बिना, आफू पर-संचालित हुन्न, आफैंलाई नबुझ्नाले राष्ट्रियता हुन्न,
बिना स्वार्थ राष्ट्रियता, अस्तित्वनै हुन्न !

बिना ढुङ्गा मूर्ति हुन्न, बिना मूर्ति दर्शन हुन्न,
बिना दर्शन ध्यान हुन्न, ध्यान बिना भक्ति हुन्न,
भक्ति बिना संयम, संयम बिना त्याग हुन्न
त्याग बिना शान्ति हुन्न, शान्ति बिना अस्तित्व हुन्न !

त्याग बिना सम्मति हुन्न, सम्मति बिना परिवार हुन्न,
बिना परिवार  संवृद्धि हुन्न, संवृद्धि बिना सभ्यता हुन्न,
सभ्यता बिना लोक-न्याय हुन्न, बिना न्याय अस्तित्व हुन्न!

जंगल ध्वस्त भए बिना सहर हुन्न, सहर बिना बाटा हुन्न, बाटो बिना कृषि हुन्न,
बिना कृषि समाज हुन्न, समाज बिना आश्रम हुन्न,
आश्रम बिना संरक्षण जंगल हुन्न, बिना जंगल प्रकृति हुन्न,
बिना प्रकृति शहर हुन्न !

शुद्ध धर्ती-कृषक बिना, शुद्ध अनाज हुन्न,
शुद्ध अनाज बिना व्यंजन मिठास हुन्न,शुद्ध भोजन बिना, शुद्ध बिचार-भजन हुन्न,
भजन-भक्ति बिना ज्ञान हुन्न, ज्ञान बिना स्पष्टता हुन्न,
स्पष्टता बिना अस्तित्व हुन्न!
 
वीर शाहसी बिना संरक्षण हुन्न,बिना संरक्षण स्वतन्त्रता हुन्न,
बिना स्वतन्त्रता सृजनता हुन्न,सृजनता बिना कल्पना हुन्न,  
बिना कल्पना अनन्त-अस्तित्व हुन्न !

बिना कलम इच्छा-भाव हुन्न, बिना भाव शोख हुन्न,
बिना शोख कबिता-रचना हुन्न, रचना बिना शत्रु-मित्रु हुन्न,
साथ बिना गति हुन्न, बिना गति सागर हुन्न,
सागर बिना मन्थन हुन्न,मन्थन बिना रत्न हुन्न,
रत्न बिना आकर्षण हुन्न, बिना आकर्षण अलौकिक जीवनको अस्तित्व हुन्न!

भोग बिना ईन्द्रिय हुन्न, इन्द्रीय बिना मन हुन्न,
मन बिना बुद्धि हुन्न, बुद्धि बिना धर्म हुन्न,
धर्म बिना आत्मा हुन्न, आत्मा बिना ईस्वर हुन्न,
ईस्वर बिना केहि हुन्न, अस्तित्व हुन्न !!

संस्कार बिना शिक्षा हुन्न, बिद्द्यार्थी बिना बिद्द्यालय हुन्न,
विद्वता बिना बुद्धि हुन्न, बुद्धिमान बिना व्यवस्था हुन्न,
बिना व्यवस्था बुद्ध हुन्न, बुद्ध बिना नेपाल हुन्न,
बिना नेपाल भारत हुन्न, भारत बिना विश्वमा अध्यात्म हुन्न,  
अध्यात्म बिना विश्वको अस्तित्व हुन्न !

बिना कलाकार कला हुन्न, कला संगीत बिना गला-यन्त्र हुन्न,
यन्त्र बिना भाव हुन्न, बिना भाव-गित काब्य हुन्न,
काब्य बिना त्यहाँ प्रश्न-उत्तर हुन्न,बिना समस्या समाधान हुन्न,
समाधान बिना सह-अस्तित्व हुन्न !

प्यार-प्रेम बिना दायित्व हुन्न, बिना दायित्व सम्मान हुन्न,
सम्मान बिना श्रद्धा हुन्न, बिना श्रद्धा कर्म हुन्न,
कर्म-योग बिना गति-स्थिति हुन्न, स्व-स्थिति बिना आत्म भाव हुन्न,      
आत्म भाव बिना समत्व भाव हुन्न ,
विश्व भाव बिना ज्ञान हुन्न, ज्ञान बिना अस्तित्व हुन्न!

बिना ज्ञान बिज्ञान हुन्न, बिना बिज्ञान विश्लेषण हुन्न,
विश्लेषण बिना तथ्य हुन्न, तथ्य बिना जानकारी हुन्न,
जानकारी बिना समझदारी हुन्न, 
समझदारी नै नभए पछि जीवनको अस्तित्व हुन्न!

Sunday 22 September 2013

'वेदान्त वाटिका' आध्यात्मिक महाकाव्य - प्रा श्री शिवगोपाल रिसाल



आध्यात्मिक गुरु प्रा श्री शिवगोपाल रिसालज्यू द्वारा लिखित  'वेदान्त वाटिका' आध्यात्मिक महाकाव्य भर्खरै पढ्ने मौका पाएँ! नेपाल हिमालयहरुले आभूषित शिखरै शिखरको राष्ट्र त विश्वले भौतिक तरहले, यात्रुहरुले बयान गरेझैँ विशिष्ट ताज रुपमा छंदैछ!  नेपालमा यस्ता दैविक र आध्यात्मिक अलौकिकता, उत्कर्षताहरु पनि छन् जसले साँच्चि नै ब्रह्माण्डमा अद्वितीय भूमिका खेल्दछ! यहाँका पहाड,नदी,शालिग्राम,रुद्राक्ष, अनि लाखौँ जडिबुटी प्रसिद्द छन् नै, अझ चिनिनै बाँकी छन् ! घर-घरमा,तलाव र डाँडामा फूल्ने फूलहरुको त स्वर्गीय स्वभाव छ! यिनै बगैंचामा फूल्ने दैवी र आध्यात्मिक फूलहरुको समन्वय यसै महाकाव्य द्वारा ब्यक्त गर्न खोजिएको छ! नेपाललाई नै भगवान शिवको शिवभूमि भने पनि, विदेहराज ज्ञानी जनकको तपोभूमी भने पनि, मर्यादा पुरुषोत्तम राजारामको शशुराली अथवा श्री सितामहारानीको माईती भूमि भने पनि, सिद्दार्थ गौतमको जन्म भूमि, भगवान बुद्धको धाम, संघ या कर्म भूमि जे भने पनि - यो भूमि पावन भूमि हो! यहाँ गरीएका धर्म जसरी दुइ गुनाले फल बर्द्धक हुन्छ भने यस पावन पवित्र स्थानमा गरिएको पाप पनि दुगुनाले भोग्नु पर्ने हुन्छ!


सयपत्री, पारिजात, गोदावरी, चमेली, बेली, मखमली, लालीगुँरास र कमल नेपालका बास्नादार घर मन्दिरमा चढाईने पुष्पहरु हुन् !  काव्यमा हरेक खण्डहरु तिनै शान्त रसलाई लिएर गङ्गा सरी बगेका छन्, नक्षत्र सरी झल्केका छन्, चन्द्र-सूर्य सरी फूलेका पनि ! काव्यको रस अक्षर अक्षरमा, लेखाइ शब्द शब्दमा र लेखन शैली छन्द छन्दबाट प्रस्फूटित छ! जीव बाट आत्मा,आत्माबाट ईश्वर र ईश्वरबाट ब्रह्म हुने उपाय त हाम्रा घर-आँगनका षट-सम्पती हुन् ! यस काव्यमा बैदिक परम्परा, वर्ण, आश्रम, गुण, अबस्था, युग, र जीवनको अन्तिम लक्ष साहित्यिक लयद्वारा गाइएको छ! हिन्दू सनातन धर्मको सार मूखरित छ! शाँख्य, योग, न्याय ,बैसेशिक,मिमांषा र वेदान्त यो काब्य-बृक्षको विभिन्न हाँगा हुन् ! कर्मयोग, भक्ति ज्ञान योग मूल जरा हुन् - जसमा यो बाटिका अटेका छन् ! यो अश्वस्थ बृक्ष भएर पनि कल्प-वृक्ष बनेको छ ! यसमा करीब सहस्र पातहरु छन् जस्मा आफ्नै प्रकारको सुवाश छ,मिठास छ !


बुझ्नेको क्रम हुन्छ! पहिले राम भक्त हनुमानलाई बुझ्न सक्यो भने जप नाम भक्तिद्वारा राम बुझ्न सजिलो हुन्छ! हनुमानले गरेको तीब्र तपस्या,बाटिकाको उपद्र र राम-सेवा ब्रह्माण्ड प्रसिद्ध छ! त्यस पछि मर्यादा पुरुषोत्तम रामको ईश्वरज्ञान र शिव अस्तित्व बुझ्न सजिलो हुन्छ ! सगुण साकार शिवद्वारा निर्गूण निराकार शिव बुझिन्छ! कल्याणकारी शिवले स्वयम्भू बुद्ध तत्वको रहस्य बताई दिन्छ! बुद्धमा कृष्ण तत्व  स्पष्ट झल्किन्छ र सिद्ध गराउँछ! शिवको आत्मरूप, कृष्णको विश्वरुपले र बुद्धको ईश्वर रुपले - ब्रह्म चिनाई दिन्छ! जसले शून्य समाधिमा अबस्थित बुद्ध चिन्तन गर्न सिकाउँछ र अन्तमा स्थित-प्राग्यताको बैज्ञानिक साक्षात्कार पनि! सम्पूर्ण पक्षको उद्बोधन र जीवनको रहस्योद्घाटन गराउँछ!


रिसालजी बाटिकामा नाङ्गो या शूक्ष्म भएर लुक्नु भएको जस्तो देखिनु भएता पनि उहाँका उद्गारमा हरेक श्लोकमा ज्ञानका अभिव्यक्ति र ब्रह्मका शास्त्रीय शूत्रहरु लुकेका छैनन्! मैले पनि वेदान्त बाटिकाबाट तिनै पुष्पको सुगन्ध लिएँ र तिन बाटै केहि पुन: साना पुष्पहरु रोप्ने,गोडमेल गर्ने धृष्टता गरेको छु ! 

चन्द्राकार हँसिया (बैराग्य)


वेदान्त बाटिका खाली, पुष्प फूल्दैन चोटमा
असङ्ग शस्त्रले हान्यौ? के नै उम्रन्छ बोटमा?
नफांड पुष्पका वृक्ष, क्षेत्र -क्षेत्रज्ञ हौ तिमी
आमाको हृदय जान,पितृ ईश्वरको भूमि !
ब्रह्म हो शास्त्रको भव्य,पात्र-पारेर सुम्पनु
वेद यो मंत्र हो, पत्र, भक्ति-ईश्वरको लिनु !


क्षेत्र-क्षेत्रज्ञको सनातन अस्तित्व


कल्पवृक्ष म हुँ ब्रह्म, पानी माटो छ गोड्दिने
मार्न पर्दैन संसार, मायाजाल यो झाँगिने -
चलायौ चित्त, चैतन्य? किन छौ द्वेतमा, रुने ?
आनन्द, सत्यमा ईश, ब्रह्म, अद्वैतमा छूने !


योग-क्षेमको सनातन अस्तित्व
[जसरी चन्द्रमामा सूर्यको ज्योतिले ऐनाको काम गर्दछ त्यसरी नै बुद्धिले शास्त्रीय ज्ञान बैराग्य अनुभव द्वारा आत्माको आभास मनमा गर्दछ! ]
म जादूबाट जन्मिन्छु, माया ईशले गर्नु भो
ज्ञान-बैराग्यले प्रेम, अन्धकार निखर्नु भो
नभएको छँदै छैन,तर देखिन्छ टल्कने
कला यो ईशको धन्य,मनै भित्र छ,पग्लने !


[गीता-ज्ञानको दोस्रो अध्यायबाट नै सिद्धार्थ - बुद्धमार्गी बन्नु भो ! भगवान प्राप्तिको मार्गमा लाग्नु भो ! शाक्यमुनी सिद्दार्थ ,शाङ्ख्य दर्शन - ज्ञान योगको मार्गतिर लाग्नु भयो, अर्जुन कर्मयोग तिर लागे ! ]
संयमी, बुद्धिमान्, ज्ञानी, बुद्धमार्गी बने बन !
बुद्धको चित्र या मूर्ति, ल्याई संस्कारमा मन
अज्ञानी, बुद्धु बन्लाउ, बुद्धिजीवी पसी बन
तिमी बद्ध हुदैँ हैनौ, स्वतन्त्र, मुक्त है बन !


बाटिका भित्रको शिव-मन्दिर
समाधिमा शंकर बस्नु हुन्छ
शरीर छानी कन पस्नु हुन्छ
हे! ब्रह्मचारी, मन-द्वार भित्र
ल्याएर राखौँ, शिवको छ चित्र?


शक्तिरुपा माया
तिमी बाटिकाका फलफूल माली
हजारी छ पानी दिए, झार फाली
सुसारी मुसारी ढकमक्क फूल्छन्
चढाउँ सबै ती,लटरम्म झूल्छन् !


शिव-शक्ति, प्रकृति पुरुष समन्वय
बारीका मलिलो माटो, वीज ईश्वरले दिए
मन बुद्धि लगाएर, मौसम् छानेर गोड्दिए-
अहंकार छ? के गर्छौ ? वेद छन् सब भन्दिने
आमा-धर्ती,कृपा-वृष्टि,धन-धान्य छ भर्दिने !


शिव-मन्दिर भित्रको ज्योतिर्लिङ्ग
अणु अणुमा शिव-नाट्यशाला
चढ्छन् चरणमा, गुथीं, बाग-माला
यो नाटकी बन्द गरी,उघार!
जादू हटाई झलमल्ल पार


बिना भक्ति र शमर्पण ज्ञान असम्भव  
भक्तका भित्र जो बस्छन्, प्रेमले मुटु भित्र नि
राम बन्नु अघि सोच, हनुमान बन्यौ तिमी?
‘नजान्दै जान्दछु’-भन्छन्, संसारी जन बड्बडी -      
राम हुन् धर्मका मूर्ति, मर्यादा-ईशको मणि !


ब्रह्मको प्रज्ञा-वाद बाट होसियार
हावा रैछ त्यो ब्रह्म ता फूसकिने, बेलुन् सरी फुक्दछौ?
ढल्पल-ढल्पल गर्दथ्यो गगनमा, झर्छन् भनी ढुक्दछौ?
धागो राखन शूत्र झैं नटुटने, चाहे ‘म’ तान्छु भन,
ती ब्रह्मा-शिव-कृष्ण मिल्छ सहजै, बुद्धि चढाउ मन !

Wednesday 18 September 2013

लोक-तन्त्रमा, ईन्द्रजात्रा हट्नै पर्छ ?

लोक-तन्त्रमा, ईन्द्रजात्रा हट्नै पर्छ ?


स्वर्ग-राजा मानिँदैछ, आजभोलि पनि
ईन्द्र दिन्नन् गाईबस्तु? बरुणले पानी?
रुढिबादी परम्परा, जनजाति गीत -
बलि दिने तामसको, किन यस्मा प्रित?

बुद्ध जन्मे यिन्कै लागि, पूरेतमा प्रश्न
चारपाटे मुड्नु पर्छ, डोरी पाता कस्न-
मन्दिरमा तम घुस्यो, मद्द-मांस माते
भुस्याहा ती कुक्कुर झैँ, लोभी-कामी-खाते!



अब 'क्राइस्ट' जन्मिदैं छन्, गाउंघर भरी
बर्ण, जात किन चाहियो? डलर थरी थरी!
संस्कृतिले के नै दियो? दियो निभाउन -
धर्म अब चहिन्न रे! पाप जिताउन ?

जीवन यो जात्रा भयो, रथ तान्ने हामी
नेतालाई बोका चढाउ? तिनै बोक्सी-धामी?
लुट्नु सम्म लुटे-देश, बलात्कार बढ्यो
राजनीति कम्जोर भो, विदेशीले लग्यो !   


उठौं ! जागौं ! साथी भाई, संसारका भरी
हिमाल हाम्रा देवता हुन्, पाहाड थरी थरी
डाँडा भरी पानी जमोस्, वर्षा घाम छायाँ
मिलिजुली बसौं अब, बढोस् हाम्रो मायाँ


नदीबेली जडिबुटि, घरै भित्र रमुन्
फलफूल तरकारी, अन्नपात छरुन् !     
गाईबस्तु, मेलापात, हाम्रै घरमा छ
स्वर्ग-सरी मन्दिर यो, संसारमा काँ छ?  


धर्म-अर्थ-कर्म-ज्ञान, यज्ञ ईश्वरको
ईछ्या शक्ति दरो राखे, मिल्छ चिताएको
प्रकृतिले दिएकिछन्, अन्नपूर्णा खानी
घरदैलो पधेंरी छन्, बिर्स्यौं जानी जानी !


छली ईन्द्र किन पुज्छौ? रथ काखी च्यापी?
त्यस्तो पनि धर्म हुन्छ? रगत् छ्यापी छ्यापी?
मन्दिरमा बली गर्ने, नरकको पापी -
बालकमा बाँड बरू, किताब र कापी !


ईन्द्रलाई हैन अब, गोबर्धन पूजौं  
गाउंघर जाऊँ, छिटै, जैबिकी के? बुझौं !
रथ-यात्रा गणेशजी, होस्टे-हैंस्टे भेट,  
सीता हाम्रै धर्तीमा छिन्, गोडी हेर खेत !  


ईन्द्रलाई बांध्नैपर्छ, मन चोरी गर्छ-
घुसखोरी, लोभीलाई दण्ड दिनै पर्छ!
डोरी-बाँधी, लोक शिक्षा, पाता कस्नै पर्छ
बाताबरण शुद्ध, नदी, सफा राख्नै पर्छ!


राणा र शाह,मिलेर लुटे, मुण्डन गराए
दुइचार दशक्, कांग्रेसी मिली,सिनित्त सकाए
बन्दूक बोकी, मावोले लडे, तमासा सकियो ?
शान्ति त आयो, सधैलाई पुग्ने?हो हल्ला, होकी यो?

गाउँघरलाई, बोक्सीले खान्न जाँड र रक्सीले
भूत र प्रेत, डरले खायो, चूरोट, ह्विस्किले !
खै के पो आयो? हज्जारौं मरे, नयाँ के भएछन् ?
लूट र पीट,भ्रष्ट झन् नेता, जस्ताका तस्तै छन् !


तम बाट उठ रज, रजबाट सत्य-
अज्ञानले लुकेको छ, खोज गर तथ्य !
शिव-बुद्ध-कृष्ण कहाँ? धर्म त्याग चिन !  
राजालाई फाली सक्यौ, ईन्द्र मोह किन?