Monday, 16 September 2013

निहुरी निहुरी किन हेर्नुभयो

[शास्त्रीय छन्द, ब्यङ्ग तथा बहुप्रतिभाशाली कवि रमेश खकुरेल द्वारा प्रस्फूटित कविताको पूर्ण लेखन]



निहुरी निहुरी किन हेर्नुभयो
भुइंमा कुन चीज खसेर गयो ?


सुनको गहना? कति - डुल्नु भयो ?
म त देख्छु गलै, हरि! भुल्नु भयो ?
सिउरी-फुल छैन त, जल्नु भयो?
खति, लोभ गरीकन - ढल्नु भयो !


निहुरी निहुरी किन हेर्नुभयो
भुइंमा कुन चीज खसेर गयो ?


मन हुन्छ दरीद्र त लाज भयो-
रिस,भोक र कल्मस आज गयो?
मन मस्ती गरी बन जंगलमा-
घरवार सजी दरवार भयो ?


निहुरी निहुरी किन हेर्नुभयो
भुइंमा कुन चीज खसेर गयो ?


धन-माद र मोह छ, घेर्नु पर्यो-
रंग-रोगनले मन फेर्नु पर्यो,
अझ क्रोध, अहम्, किन फुल्नु पर्यो ?
निहुरी निहुरी कन हेर्नु पर्यो !




नव सोच विचार गरी, नगरी
बुझ तत्व सनातन सत्, नझरी-
जन-जीवनमा, मन दुख्ख सही
छ सफा गर है, गलती नगरी!     






कवि-र-कविता

कविका कविता अझ सुन्नु पर्यो
जनले मनमा अब गुन्नु पर्यो
भए कल्मस केहि निखर्नु पर्यो
अब सज्जन हो कवि बन्नु पर्यो

रस छन्द सिकी गण झिक्नु पर्यो
अथवा स्वत: स्वच्छ वकल्नु पर्यो

नव रस कवि जान्ने हाँस्य शृङ्गार वीर
गन गन कति गर्छौ, कीन हुन्छौ अधीर?
विरहि गगन नाँच्दै सिर्जना शक्ति चूम्छे
चयन मनन मीठा अद्भूतै लाग्छ रुन्चे

भनन यो-जन यो मन पर्दछ
सुर र ताल मिली स्वर भर्दछ
छ हरियो तर खै ल हराउँछ
समय यो हरि हो लहराउँछ

No comments:

Post a Comment