Monday 30 September 2013

संबिधान - समस्या पूर्ति गरौँ !

संबिधान - समस्या पूर्ति गरौँ !



न्यायी, धर्म र दण्डको विवमा, कानून आधा-र हुन्  
मीठो-मग्मग, संबिधान सबको, स्वीकार सब्ले गरुन्  
आस्था सत्य-सुधा,अ-पूर्विय-कला,संसारले 'वा'! भनुन्
ल्याई वैदिक,ख्याती धम्म-पदको,शान्ति यिनैमा चरुन्!1|  

यस्तो काव्य बनुन्, प्रसन्न गरने, यो विश्वमै फैलिउन्
ढोका मन्दिर झैं,सभक्ति झरने, भग्वान बासै गरुन्
'ओहो!भव्य!' भनुन्, निशब्द जनता, श्रद्दा जगाई पढून्
आँशु तप्त,तृप्त हुन् हृदय ती,स्वर्गीय गङ्गा बगुन् ! |2|

यिन्मा कर्म र ज्ञानका टलकिने, सन्मार्ग- बैराग हुन्-
आस्था, भाव र संकृति मिलीजुली, सम्मान सब्को गरुन्
हिन्दू, बौद्द र जैन सिख्ख सबको, मुस्लिम, अंग्रेज कुन्?
जाती, धन्य कला, असंख्य नदी झैं, सम्पूर्ण उल्लेख हुन् !|3|

ज्ञानी ज्ञान सिकुन्, अतृप्त जनले यै तीर्थ मानी पढुन्
शूरी-वीर र धन्य क्षत्रीय-कला, आधार मानी लडुन्
ब्यापारी अब व्यस्त भै तलब ती, बाँडेर, पेशा, धन,
गौमाता, मन शाम्य-शूरभि कला, लागोस् त्यहि चिन्तन|4|

हज्जारौं पनि वर्ष सम्म पुगने यस्ता सिमाना कुदौं
खेती, प्रेम र बन्य-जन्तु-सबमा, आत्मियताले भरौं
शिक्षा दर्शनको, छ योग-धरती, यिन्कै गरौँ पालन
सेवा-मूल बनुन् असंख्य जनमा सम्बृद्धि संचालन !|5|

सँस्था-यो सबको बनोस् समयमै हामी सबै सांसद
हाम्रो निम्ति छ यो, अपूर्व गहना, तिमी, म, के को मद?
साम्राज्यै नव राज यो महलको, छ मन्त्र यो सारको
गङ्गाको त सिरानी हो हिमनदी, त्यै ईश आधार हो !|6|

मेलापात भनी जसै जन-उठी , दिन्-रातको कीर्तन
ज्योती-शक्ति छ भीरका नहरमा, ताजा मिठा व्यंजन
घोटी चन्दन झैँ, छ मग्मग दिने, विद्धूत निस्कन्छ रे !
गुम्बा मन्दिर आज झल्मल बनी, बास्ना त फैलिन्छ रे !|7|

बाठो भै अब गर्ज विश्व भर लौ, शान्ती निकाशा गरौँ,
साझा, गर्व र सत्-विधान सबको लेखेर आशा भरौं  
चूनावी किन हो?अमानवियता साथै मिलेमा हुने,
यौटा दर्शन यो, अहा! गजबको को छन् यहाँ? खै, दुने?|8|

"गाँजा, भाङ्ग र दारू खै"- सहज छन्? झिंगा सरी भन्किने-
'राम्रा बुद्धि लगाउ है' भन तिमी, जंगे- सरी रन्किने
खाना शुद्द रह्यो भने त, मनको बैचारमा सुद्धता-
गाडी चल्दछ? चालकै सडकमा? लौ जाउँ, ठाउँ कता?|9|  

थाङना झैँ मत देख्छु खै शहरमा भोगेर यी थन्किने
के गर्छन् यिनले? बयान नगरुँ, पापी नरक्-मै थुने !
नारी, बालक, बृद्द खै सजनको, रक्षा त गर्नु पर्यो !
सीधा सज्जनको जमात बलियो, राखेर हिंडनु पर्यो ! |10|

भ्रस्टाचार, दसै-दसा, नगरको पार्नेछ निर्मूल जो,
कस्तो दण्ड दिएर पाप हरने? सन्चो हुने शूल यो     
न्यायी छैन कुनै, पुग्यो-निडर छौ?खै को कता,को कता ?
पार्ने सक्षम हुन्छ यो-समयमा, बन्ने छ त्यो देवता |11|  

'एक्से चालिस' छन् यहाँ दलहरु दाह्रा सबैका उही-
पूर्वी-पश्चिमका, अतृप्त जन छन्, नेता म हुन्छू त्यहिँ
ढोंगी, भोग र आशमै लुटपुटी, क्वै भन्छ? खै, त्यागले  
'सेवा गर्छु म सेवकै स्वजनको, झुक्दिन  है रागले' |12|  

देख्ने योग्य जवानले सरलता, शिक्षा नयाँ खोज्दछ
प्रेमी देख्छ समानता, सहजता आफूसरी गर्दछ !
दृष्‍टि स्वच्छ भए समाज बलियो सेवा गरी रम्दछ
रक्षा शान्ति निकाशले झलमली सम्मानले जम्दछ!|13|

ईच्छ्या छैन फजूलका विषयमा आँटेर गर्छु भन
यौटै ध्येय रहोस् विधा-नियमका, साझा प्रजा पालन!
धेरै सैनीक चाहना नगर है? विद्या छ ठूलो कसी
बाडौँ जंगलमा,समाज घरमा, दर्बारमा है पसी ! |14|

बिर्यौँ हा! कसरी?अपार धनको नेपाल यौटै घर
ढीलो छैन अझै,उठौँ समयमै,उद्धार आफ्नो गर!
मौका एक,विवेकले मिलिजुली साथै बसौँला भन
आस्था यो परिवारको विशमता,फाटो नहोस् आँगन! |15|




मसजसततगु
SSS-IIS-ISI-IIS-SSI-SSI-S

No comments:

Post a Comment