Sunday 27 October 2013

मुक्त कण्ठका मुक्तकहरु

1. अनायासमा ईश्वर मिल्छ-


आस हो जिन्दगी ईशको साधना
धर्म-मीठा हटुन् जीवको वाशना
अन्ध यो जाल हो भक्तको कामना   
मोह-माया कटुन् जालमै प्रार्थना
अन्ध-लाटा उठी गर्दछन् बन्दना


हिम्मती दुर्गती नाश भो त्राशको
चिन्तना छैन क्यै गाँसको बासको   
जाल खुल्ने छ है द्वार त्यो खासको
दर्शनै मिल्न गॊ आसकी-प्यासको
आस यो पास मिल्ने अनायासको


2. नाङ्ग-यो


ए- हजूर् हेर्नु के-छोप्नु के? भन्नु भो-
नाङ्गि आयौं यहाँ लाज के देख्नु भो?
शारिरी हैन है भेष हुन् फेर्नु हो-
झूठ हुन् दृश्य यी हैन के हेर्नु यो  
झार-पात् झूस झैँ,विष् बुझी बेर्नु भो?
काव्य यी 'बिक्नि' हुन्,नग्न के लग्नु यो?


ma ra bha na ya ya ya - SSS SIS SII   III  ISS ISS ISS (श्रग्घरा)
3. सुख्ख र सुविधा -(गरीबलाई सानो तिनो सुखले पुग्छ, धनी/दरिद्र लाई सुबिधा भनेको सूरसाको मुख झैँ 'आँ' गरेर बसेकी छे - जति हाले पनि पुग्दैन! )


लाउँ खाउँ कमाउँ तर पनि कहिल्यै सुख्खले सुख्ख दिन्छ?
चाहे बेच्नै न सक्छौँ सुख पनि त हरे, सोखले दुख्ख किन्छ-
आँ-आँ गर्दै छि: रे नी-रस विष मुख काँ-निल्छे,थाक्दैन खान्छे
सूर्सा जस्तै दरीद्री अझ बुझ सुविधा हो यही माग्छ मान्छे !


4. एक्लो-सुख-मोह
मै हो नेता अगाडी घुस पिठ दरिलो आफू एक्लो बहाली
छ्या: के भिज्ने?ओबानो,अरु सब नतरुन्,चोरी-कोशी-कहाली
आफ्नै प्यारी लताकै परम सुख भुली मोहका भट्टी छिर्छु
एक्लै खाएं अघाएं दिनभर नभनी, रातमा लट्ठी-दिन्छु


5.अन्धा गुरुजी बहिरा चेला


जब जब बुद्धि उल्टो माग्छ, विवेकीको सद्गुण भाग्छ
विषयी रङ्गले रजले तात्छ, नरक बनाई तमले छाद्छ !
खोतल खोतल भन्दा बुझ्छ, 'बोतल बोतल' खै त्यो काँ छ?
अमृत दिन्छिन् गङ्गा पानी, त्यै पानीमै रम रम खानी?

6. आँपको मौसम
[यो द्रुत विलम्वित छन्द,।न,भ,भ,र गण हुन् ।

मधुरता महका रसका मिठा,
शहरमा जनमानस छन् ठिटा,
अमर स्वाद नसा भर आँपमा,
रहरले हरि, बृद्द-जवानमा !

कसर छैन कतै फलफूलमा,
नजर स्वच्छ रहोस हजूरमा-
रस खया-ल, अझै म पसी घुसी
अकल देउ,चुस्दछु, बसीबसी!

नजर त्यो नहटोस् वटवृक्षमा
दिन र रात बितोस्,पुग लक्छ्यमा,
शशि र सूर्य मिले दिन बन्दछन्
सहज छन्द नवै रस बन्दछन्

अनुपमा, उपमा छ र कैँ कुनै?
किन छ लालच? स्वर्ण-सरी,सुनै ?
फलविचार गरेर जवाफको,
समिर साथ लिकन विदा भयो

6. भक्ति-रस
कमलमा मल, कल्मस, काल यो   
कुमुद-कुन्दन - मौसमले गल्यो
मजुर, राज सुगा फल पल्कियो
सजग भै जनको मति फर्कियो
कबिता भन ता,जन दङ्ग त्यता-
बस ईश रमी, किन जान्छ कता?
तनमा धनमा जनमानसमा-
सम भै कन बस्दछ जान,समा !

रस भक्ति क्षमा यसमा छ सुने
रुप नाम मिली परमात्म हुने
बस एक बनी जग वस्त्र बुने
सुख दुख्ख हटी-ल रुने ? न रुने

7. आमा
ति मेरी आमा हुन् शरिर मनकी सुन्दर प्रिया-
विधाता सृस्टीका गगन रहने पूर्वीय-कृपा
हरे छोडें धर्ती गहन गतिलो ज्ञान गरीमा
कहीं मिल्ला त्यस्ता-धरम धरति विश्व भरीमा?

बिनासी नै रैछन् मल-मल शरीर् यो जगतमा
कठै आत्मा मेरा- अचल त्यहीं छन् झैँ फगतमा
छ माया जादू यो निरस-भवको विस्मृत-पीडा
पिता माता मेरा स्वजन सब छन्त्यै हिम-शीला

8. तामस
अंगद् त्यो बनको, बयान बलियो, खुट्टा दरिलो गरी
रावण् झैँ अझ कुम्भकर्ण खदिंलो, थाकेर रित्तो सरी
पावै पर्दछ त्यो अधर्म मूलको, के ब्रह्म-राक्षस् चरी?
राम्को याद गरे अबश्य पुगने, जाने नरक् घर्घरी?

यौटा राम-रमाउने छ बनमा, सब्का मनै पग्लने
साधू-संगतले,सबै-विष-भनी,सत्मार्गमा पन्छिने,
द्द्यौता झैँ, नर-बानरै, सबमिली प्राणी सुरक्षा गरे
फाँडे जङ्गल-राजको बिवशता,प्रेमी-सबैमा छरे!

छोप्यो तामसले,अचम्म सुनियो,खै वेद मन्त्रै गुम्यो?
संस्कारी पन खै,छ लोभ अझ त्यो?लौ बासनामै डुब्यो
पानी पर्सिइ त्यो-अबोध पशुको, रेटेर खाने सुख?
यस्तै हालतको दरिद्र दुनियाँ,यस्तै छ हाम्रो सुख!

खसी राँगा खायौ? सिङ्ग-पुछर ती ठस्ठसी कनी
कठै मर्ने बेला अ-मृत पदको याद नहुनी !
नदी बग्छन् कल्कल रगत जीवका धर्धरी कती
कहाँ गङ्गा जल् का असल जलधारा स्वर्ग-धरती?

न ती कैं मारिन्छन्? अज: भन यहाँ को छ रहने ?
'म खाएँ' भन्छन् क्वै, मरण-मदले स्वाद ली रुने ?   
मकुण्डो मान्छे कै तर पनि पशु झैं सोच छ किन ?
दशैं आयो, देवी भजन गरि त्यो ईश्वर चिन

9. धर्ममय जिन्दगी
चारु-वाक पनि भन्छन्, तिमी ऋण तिरी मर,
संसार सत्य मानेर, जे जस्तो मस्ती नै गर
जति भोग र उन्माद, अहं त्यो लूट बैभव
भूमि पाताल हो भोग, पापमा छैन रौरव
अज्ञान तमले छोप्यो, बादल् खै नहटे पछि  
के हो त्यो जन्म रे पूर्व? परजन्म मरे पछि?

सुन्दा त भब्य नै लाग्छन्,मीठा मिजासिला कुरा  
पछि काट्छन् बिषै जस्ता,कामना ती तीखा छुरा
खाउ-पिउ जीउ बाबु, सकिदैं नसके पनि
जत्ति नै सक्दछौ ठेल, पेट त्यो भरिए पनि  
कहाँ हुन्छ र त्यो स्वर्ग? परी छन् है वरिपरी
आसुरी-बुद्धु भै जोवन्,के लानु छ र धत्तेरी!

अग्नि झैँ भोगको माद, जति हाल्यो उति कम
कि लाग योगको मार्ग, नमर्न भज हर्दम
किन हाम्फाल्छ खाल्डोमा? उम्कने मार्ग छन् कति
छ भक्ति ज्ञानको मार्ग, बर्सन्छन् धन सम्पती
तिमी शान्त सुखी मान्छे, बासना छ यो मासिने
मर्नै पर्दैन रे बाबु, आत्माको रुप त्यो चिने

10. द श  रा

करुणा पात्र आमाको कृपाले देख्छु सिर्जना    
मातृ शक्ति पूजा भाव,व्यक्त छन् स्वच्छ बन्दना
चिरायु जमरा दिन्छौ टीकाले शान्ति भावना
बर्षियोस् प्यारको दिगो दसैंको शुभ-कामना


Monday 21 October 2013

यहाँ र वहाँ

यहाँ (नेपाल, अमेरीका या कुनै पनि प्रान्त, समाज, रास्ट्र या महाद्वीप बुझिदिनु होला, यस धरतीमा या भोगभूमि स्वर्ग वा शोक दुख पूर्ण नरकमा भनी बुझ्दा पनि हुन्छ) र वहाँ (ईश्वरको दरबारमा, आत्यन्तिक सुख, सत्य-दर्शन र सुन्दर-आनन्दको समागममा भनि बुझिदिनु होला)

यहाँ

रस छैन यहाँ जस छैन यहाँ
डस सर्प कतै डर बस्छ यहाँ
सब लूट-न यार तयार यहाँ
धन मान घिसार हतार यहाँ

छ विदेस र देस करार यहाँ
चिन-भार-त भूल विचार यहाँ
छ पहाड हिमाल दरार यहाँ
तर-आइ कठै घरबार कहाँ?

नव शोषक शोषण भार यहाँ
किन दूर्गुण सज्जन मार यहाँ?
हिंड, ठेस लगाउन खोज्छ भने
म भनूँ कसरी अझ दौड यहाँ

बल हिम्मत मिल्छ र चैन कहाँ
किन जान्छ युवा बस खै-न यहाँ
नतमस्तक भै म त मस्त यहाँ
कम काम गरीकन व्यस्त यहाँ

नव जोस भए जन खोस यहाँ
सरदार र चोरको दोस कहाँ?
मद-घोस गरी घर पोस यहाँ
रज तामस राज छ, होस कहाँ?

छ असूर विकार कसूर जतै
न कि न्याय चुनाव गनिन्छ मतै
किन दूर्जन छन् त जताततै
मन दर्दर हुन्छ र रुन्छ कतै


सहयोग गरौँ भनि खोज गर्यो
कुन सज्जन संकट माझ पर्यो
खन ढाँटन खेत ल साँझ पर्यो
बस खै कसको अब कोट भर्यो?

वहाँ

रिस छैन वहाँ कर छैन वहाँ
डस सर्प कतै डर छैन वहाँ
पिर छैन वहाँ, मद खै मनमा  
भर एक उनै प्रभुका घरमा

सब प्यार छ जीत र शोक कहाँ?
धन मान र मोह हटेछ वहाँ
न छ राग र ईख सुखी-पुरमा
अलमस्त छ संगित स्वर् सुरमा

पस द्वार छ सत्य सही जनमा
शिव सुन्दर शान्त उषा-थलमा
भज सूर्य सती गणकाधिपति
बुझ बुद्ध र कृष्ण छ है सुगति  
हिमका शिखरै पगलिन्छ कहाँ?
जल मार्ग लिएर बहन्छ नयाँ
अब दुष्ट र स्वार्थ छ क्वै दुनियाँ?
अझ खोज न पुष्प छ मग्मग याँ

सुनका दिन भब्य सुनिन्छ अरे!
शुभ-आशिक बर्सिन पर्छ हरे !
तम स्वप्न ति भङ्ग भएर भुले
जनमानस मन्दिर दङ्ग खुले

बन राज अहो अनुमान थियो
जन-बानर यो हनुमान भयो
सत-संगतले बलबान भई
सब द्वार खूले भगवान कहीं

मल कल्मष क्यै अपराध कुनै
रहु सज्जन सद्गुणका पुरमै
नव आश सबै अवकाश भयो
जग त्राश बिनाश निवाश छ यो

गुण सात्विक मार्मिक धार्मिक भो
म त नाश कहाँ, रछ पार्थिव यो
सुखमा दुखमा अब धर्म कहाँ
ल त पुग्नुछ ईश्वर लान्छ जहाँ


Friday 18 October 2013

कोजाग्रत पूर्णिमा






देखिन्न चन्द्रज्योत्स्नादि औंसीका मध्य रातमा
देखिन्न जसरी आत्मा आफ्नै शरीर साथमा
पूर्णिमा लाग्नु है पर्छ सम्पूर्ण चन्द्र देखन
चित्त शुद्द हुनैपर्छ आत्माको स्पष्ट दर्शन


जूनको ज्योतिले मान्छे भूमिमा हिंड्न पाउँछ
ज्योति त्यो सूर्यकै पाई चन्द्रमा जग्मगाउँछ
मनै छ चन्द्रमा जस्तो ऐनाको काम गर्दछ
बुद्धिमा केन्द्र मानेर टिलिक्क टलकाउँछ


'अहं' त्यो चल्न सक्तैन शान्त भै बस्न पाउँछ
आत्माको रुप देखेर आफैंमा उ रमाउँछ
ब्रह्मका तेजले पूर्ण सूर्य फेरि उदाउँछ
जान्दै यो ब्रह्मको रूप ब्रह्मैमा ऊ हराउँछ


तलाउ शान्त भै बस्छ, चल्दैन स्वच्छ यो जल
गङ्गा झैँ चित्त यो झर्छ पृथिवी-तलमा तल
उब्जन्छन् अन्नमा सृष्टि,वृष्टिकै पूण्य धर्मले    
यज्ञले वृष्टि बर्सन्छ, यज्ञ चल्दछ कर्मले  




धर्ती हो बुद्धिको रुप कैले बिग्रन्छ आउँछे  
कामना बासना ईक्षा ईन्द्रियैमा भुलाउँछे
सूर्य ईश्वर मानेर घुम्छे, चन्द्र घुमाउँछे
खेल मौसम यो भन्दै स्वर्ग सम्म पुर्याउँछे  


भोग ती सकिए फेरि धर्ती मै उ बोलाउँछे
देव दानवको युद्ध समुद्रैमा घोलाउँछे  
दश द्वार शरिरैको पहरा-दारी गर्दछे
विषयी रसले भर्दै खोक्रो टम्म गराउँछे


राग द्वेष खडा गर्दै दिन रात सताउँछे
बुद्धि माया गरी जादू छैन है यो बताउँछे   
शास्त्र ज्ञान स्मृति वेद द्वारा पाप घटाउँछे     
सात्विकी राजसी तामस् गुण भेद हटाउँछे
कामना लोभले क्रोध, क्रोधले मति बिभ्रम
नासियो बासना बल्ल, बल्झ्यो-मै हो अहं म म


क्षमा दान दया धर्म पूर्णता नै सिकाउँछे
आत्मा नासिन्न रे यौटा देह-भेद देखाउँछे
माया ईश्वरको ठाने जादू कै अलमल्ल छ
आमा यो बुद्धि हो जाने शक्ति अद्वैत मिल्दछ


जागौं न जनता प्यारा के सुत्नु पूर्णिमा भरी
शरद् उत्सवको रास गोपी नाच वरिपरी
सत्संग ईशको चर्चा धर्मको गुण मन्जरी
मौका यो बिरलै पायौं कहाँ मिल्छ घरी घरी

Thursday 10 October 2013

पार्वतीका दैनन्दिनी-(शिव दर्शन खण्ड)

पार्वतीका दैनन्दिनी - (शिव दर्शन खण्ड)


पार्वती
म बाह्र बर्षकी थिएँ, मलाइ स्पष्ट भान भो
किशोर दिव्य छन् कहीं,पिता मलाई ज्ञान भो!
कठै विषाद बढ्दछन्, नरोक हे-निदान झन्
ल,झट्ट त्यैइं पुर्याउने, ससल्ल कैं विमान छन्?
    
दया गरेर हे जनक्, दिखाईद्दयौन है-म-ता?
ल, हेर्न जान मन् थियो, मलाइ ईश-देवता
कसोगरी, कहाँ गए,त्रिलोक-नाथ भेट्दछु?
बिचार रङ्ग खारने, म दंग, साथ मेट्दछु  !  


कृपा, तड्प नदेउ है,म सुन्दरी- हिमालय !
म खोज्छु कैं कता छ कुन्? कहाँ छ त्यो सदा-शिव?


हिमालय -  
सु-पुण्य,धर्म-पार्वती सु-स्वर्गमा त जन्म भो
अपूर्व सम्झना थियो र पूर्वजन्म-धन्य हो
अगी सती भएर नै त पार्वती पछी भईन्
सुरम्य योगकी धनी,यी आज सौम्य,धन्य छिन्!
     
सभक्ति-भाव-संस्कृति, सनातनी परम्परा
अखण्ड व्योममा बसी,रचे मिठा, हराभरा  
नदी बहन्छ बेगले, प्रफुल्ल भै, समुज्वल-
छ-छल्ल,चम्कने गरी,हिरासरी,तँ, रत्न ल!


म लग्छु त्यो उचाइमा, जहाँ बिराग बस्दछन्
छ पूर्ण आत्म ज्योतमा, रमाइ व्यस्त मस्तछन्
हिमाल-बन्द,राज-काज,आज साँझ भन्दछु!   
पुजा र प्रार्थना त्यहीं गरौँ, सुनाउ बन्द छु !


छ सत्य-सुन्दरी तिमी, प्रसिद्ध, गर्दछ्यौ पुरा
प्रबोध बालिके ल बन्, अनात्मको त के कुरा?
म बुझ्छु क्वै अरु कतै, महल्, मुमा र साथमा-          
तयार है गरीवरी बसे, बिहानको प्रभातमा

परिवार सहित शिवालय प्रस्थान


हिमालयै मिनावती, तयार भै ति पार्वती
सुरम्य, रत्न, सोढसी,अपूर्व, चांद,उर्वसी
ति पावनी मुहारमा,छ सौर्य धप्धपी बली
अपार दृश्य योजना सुगन्ध मन्द मग्मगी


कुबेर बेर गर्दिए, ढिला ति नाग राजले
मुसुक्क हाँस्दछिन् तिनी,अनर्घ सर्म लाजले


मुमा बसिन् त साथमा, रथी बने कुनै जन
घडा र दीप स्थापना,पला छ पुण्य पावन
सवार घोडको गयो, उदिप्त छन् हिमाल यो  
कतै त लस्करै गए, अरण्य भोज झैं भयो !



पार्वती (शिवको बाह्य-दर्शन)
जगाइ ज्ञानको धुनी,गुफा नजीक बस्दछन्
छ आशुतोष शंकरै, बिना गुणी विशुद्ध छन्
र छैन मोह मन्दता, न कर्म, लोभ, क्रोधता  
छ,दृष्टि दिव्यता अहो! छ बन्द मै त दिव्यता


स्वछन्दता मनोरता स्वतन्त्रता अखण्डता
अनादि भाव पूर्णता, छ शीतता अनन्तता   
म हेर्छु, लाजले कहीं, कतै छ दाग?नङ्ग छन्
शरीर भस्म भूतले, असङ्ग पुस्ठ अङ्ग छन् !      


म सत्यता, पवित्र छु, रजस्-स्व-लाभ गर्दछु
तमस् म हैन छैन है, गुणातितै म बन्दछु


म शैल-पूत्रि ताण्डवी,सुयोग ब्रह्मचारिणी  
स्वछन्द-चन्द्र-घन्टकी, सुहाग भग्वती मणी
म सत् र चित्, बिकारमा,मयूर बाहनी सती,  
अखण्ड ज्ञान दीपकी, गिरीस-सुन्दरी,मती


अनन्य ब्रह्मरूपकी,म मस्तकी महामुनी
असङ्ग-द्वैतमा सदा, अगम्य, गम्य-योगकी!
प्रसन्न रत्न छन् गला,अभिन्न सूर्य-चन्द्रमा
प्रफूल्ल देख्दछू सबै,गुफा नजिक् भूमा उमा


न तीन ताप क्यै म मा, सबै छ स्पष्ट पेटमा
सबै म लिन्छु दुख्ख ती, चढाउ प्रेम भेटमा
कतै छ ब्रह्म-अण्ड झैं,म भित्र लुक्छ सोखमा
सुटुक्क सुम्सुमाएर, पवित्र पूर्ण कोखमा !


कहीं सु-स्वप्न नींदमा, सुषुप्त झैं मिले-भए
सनत्कुमार-स्कन्द ती, म बाट जन्म ली गए
सुदृष्टि वेद मन्त्रमा, सुपूज्य छ्यौ समाहित
सुकार्य सिद्धिमा सधैं,रहोस है प्रभावित


महर्षि-धर्म कर्मका, विशिष्ट त्यै प्रभावले
म जन्म लिन्छु यै धरा, विभिन्न यूग-योगले    
विशेष सत्य रात्रमा, विनाश लूप्त कालको
अदृश्य छन् कतै क्षमा कृपा अन्याय राष्ट्रको        
        
सुवर्ण पूर्ण उज्जल विशुद्ध श्वेत चाँदको
छ स्वच्छता महानता, सशंख-घोष नादको  
सहश्र-रूप सून्यता हजार नाम छन् समा  
म सिद्ध मोक्षकी धनी सुपुष्प दक्षकी रमा   


पार्वती देवीको (पहिलो शिव स्व-स्वरुपको अन्तर दर्शन)   


न छन् शङ्का केही,न त मन महा शोक पनि क्यै
न मेरा ईछ्या ती, अब किन गए? खोज गरुँ के?  


उकुस मुकुस लाग्छन् खुल्दुली लाज लाग्ने
शिव छ सरल नङ्गा, खै म पोके छ माङ्ग्ने ?
भनन स्वजन प्यारा, शर्मले निहुरिन्छु
मन छ कमल मेरा - पुष्प यो पाउ दिन्छु


गहन लगन लाग्यो छैन केही विषाद
मगन भजन गर्ने शान्त छन् चित्त याद
नगर सब उज्यालो चन्द्र-सूर्यादि आज
बिधि रिति पल साक्षी धन्य छन् ती रिवाज


कवच तन लगाई प्रेममा मस्त-मग्न
सुमधुर बन सारा लाग्दछन् क्या अचम्म
बस मन बिच आई देख्न सक्तिन भिन्न
हृदय तल जमाई आई बस्नोस् अभिन्न



शिव स्तुति ध्यान नमस्कार
गङ्गा माथमहाँ सधैं लडिबुडि,लुक्छिन् जहाँ चन्द्रमा
नन्दी भाव र भक्तिले शरणमा,बोक्छन् प्रभो पीठमा
जस्को याद गरे, दया हुन गए लाटो मिठो बोल्दछ
त्यस्ता पूर्ण अखण्ड ब्रह्म शिवमा मेरो नमस्कार छ !


माला सुन्दर सर्प नागहरुका नाडी गला शोभिने
नीलो कण्ठ बनाउने विष पिई योगी सदा लोभिने
ज्ञानी मस्त समाधिको रसलिने,वैरागको सार छ
जस्को दर्शन दुर्लभै छ शिव हे! मेरो नमस्कार छ !


नेपाली जन-भक्ति भाव ऋजुता सेता हिमाली जटा
पग्लिन्छन् जड-पत्थरै पनि हरे प्यारा पहाडी बुटा
जस्को त्याग र ज्ञानले शिखरमा कत्रो चमत्कार छ
शम्भो शाश्वत आशुतोष भगवन् मेरो नमस्कार छ


हात्ती भालु र ब्याघ्र चर्म शिवका ओड्ने र ओछ्याउने
तेश्रो नेत्र खुलाउने सहज नै नेपाल ब्युँझाउने
नौलो शृष्टि हिमाल बाट शिवको रुद्राक्षको हार छ
श्रस्टा नित्य अवर्णनीय भगवन् मेरो नमस्कार छ


गौरी-शंकरको सुदृष्टि छ यता प्राचीनको संस्कृति
नागा, वैष्णव, शाक्तका रचयिता लीला कलाका कृति
ज्योतिर्लिङ्ग अहा विचित्र रचना निर्लिप्त साकार छ
एकै गम्य अनेक मार्ग जनका शम्भो नमस्कार छ !