Friday 18 October 2013

कोजाग्रत पूर्णिमा






देखिन्न चन्द्रज्योत्स्नादि औंसीका मध्य रातमा
देखिन्न जसरी आत्मा आफ्नै शरीर साथमा
पूर्णिमा लाग्नु है पर्छ सम्पूर्ण चन्द्र देखन
चित्त शुद्द हुनैपर्छ आत्माको स्पष्ट दर्शन


जूनको ज्योतिले मान्छे भूमिमा हिंड्न पाउँछ
ज्योति त्यो सूर्यकै पाई चन्द्रमा जग्मगाउँछ
मनै छ चन्द्रमा जस्तो ऐनाको काम गर्दछ
बुद्धिमा केन्द्र मानेर टिलिक्क टलकाउँछ


'अहं' त्यो चल्न सक्तैन शान्त भै बस्न पाउँछ
आत्माको रुप देखेर आफैंमा उ रमाउँछ
ब्रह्मका तेजले पूर्ण सूर्य फेरि उदाउँछ
जान्दै यो ब्रह्मको रूप ब्रह्मैमा ऊ हराउँछ


तलाउ शान्त भै बस्छ, चल्दैन स्वच्छ यो जल
गङ्गा झैँ चित्त यो झर्छ पृथिवी-तलमा तल
उब्जन्छन् अन्नमा सृष्टि,वृष्टिकै पूण्य धर्मले    
यज्ञले वृष्टि बर्सन्छ, यज्ञ चल्दछ कर्मले  




धर्ती हो बुद्धिको रुप कैले बिग्रन्छ आउँछे  
कामना बासना ईक्षा ईन्द्रियैमा भुलाउँछे
सूर्य ईश्वर मानेर घुम्छे, चन्द्र घुमाउँछे
खेल मौसम यो भन्दै स्वर्ग सम्म पुर्याउँछे  


भोग ती सकिए फेरि धर्ती मै उ बोलाउँछे
देव दानवको युद्ध समुद्रैमा घोलाउँछे  
दश द्वार शरिरैको पहरा-दारी गर्दछे
विषयी रसले भर्दै खोक्रो टम्म गराउँछे


राग द्वेष खडा गर्दै दिन रात सताउँछे
बुद्धि माया गरी जादू छैन है यो बताउँछे   
शास्त्र ज्ञान स्मृति वेद द्वारा पाप घटाउँछे     
सात्विकी राजसी तामस् गुण भेद हटाउँछे
कामना लोभले क्रोध, क्रोधले मति बिभ्रम
नासियो बासना बल्ल, बल्झ्यो-मै हो अहं म म


क्षमा दान दया धर्म पूर्णता नै सिकाउँछे
आत्मा नासिन्न रे यौटा देह-भेद देखाउँछे
माया ईश्वरको ठाने जादू कै अलमल्ल छ
आमा यो बुद्धि हो जाने शक्ति अद्वैत मिल्दछ


जागौं न जनता प्यारा के सुत्नु पूर्णिमा भरी
शरद् उत्सवको रास गोपी नाच वरिपरी
सत्संग ईशको चर्चा धर्मको गुण मन्जरी
मौका यो बिरलै पायौं कहाँ मिल्छ घरी घरी

No comments:

Post a Comment