Tuesday 10 March 2009

श्री-यात्रा

चौध वर्ष पनि भो बनवाशी
शान्ति-शोषण कठै जन-दाशी
बन्छ यो नरक द्वार विलासी
नाइकै त नगरुन् बदमाशी!

जन्म यो मरण के?र छ त्राशै?
देश-नाश र हुने छ विनाशै!
तन्त्रमा अब त छैन निकाशा
ईशकै भजनमा गर आशा!

योजना अब जटील छैन नी!
सम्झना गर मिठाश जीवनी!
माहुरी दश दिशा अझ घुम्छे
गोलमा-मह निकालन पुग्छे!

बुद्ध जन्म नगरी बन-पारी!
राम त्याग तपमा दरवारी!
मुक्त भै जनकजी बन राजा
शँकरै अब झरे,घर साझा!
ज्ञान-तर्क घरमा बलवान् को?
न्याय छर्क सबमा भगवान् हो!

जान्न हा!अब कतै,घर बस्थेँ
मोक्ष-द्वार भवको बन पस्थेँ
देवता नगरमा अब खोजी
प्रेमले सरल यूवक रोजी!

चेतना जब उजागर हुन्छे
सत्य सुन्दर सरोबर खुल्छे!
खोज देशभर के छ कहानी?
चन्द्र-सूर्य मिल साँझ बिहानी!

ओखती सबल जान छ मंगल
यो खती,सब ल जान छ जंगल!
कालकै छ अनिकाल छ खल्बल
दोश ती अब निकालन, अम्मल!

जान्न जान्न नर दाश बनेर
न्याय छैन,नबसौँ न सहेर!
प्रेमले जतिगरे पनि पुग्छ
साथ हो,मुलुकले अब सुन्छ!

जीन्दगी सजग भै तप साँधी
राज-रंक नियमले अब बाँधी!
अन्धकार तर नासिनु पर्छन्
स्वार्थका कसर मासिनु पर्छन्!

एक एक गर मानव धर्मै
पोख्नु पर्छ अब आंगन कर्मै!
छालको लहर पर्खनु पर्ला
होसियार बन,फर्कनु पर्ला!
प्यार ली सफल भो अब जाउ
गाउँफर्क घरवार सजाउ !

जन्मियौँ हिम-शिला छहरामा
मातृभूमि वरदान धरामा!
खोज खोज नहराउ स्वतन्त्रै
'होस-जोस-समता'-भज मन्त्रै!

त्याग,आदर मिलेर समान
प्रेमले बन दयालु महान!
सूर्य-चन्द्र सबको छ नछेक!
देश-शान्त-नगरीकन के छ ?

आउ सज्जन सबै पहरामा
योजना नव गरेर धरामा !
ज्ञानले शहर-ग्राम सजाउँ
पर्खिने दिन गयो,अब जाउँ!

छन्द: स्वागता, गण:र न भ गु गु, ७ मा यति