Thursday, 5 December 2013

सीता राम विवाह पंचमी



कन्या लक्षिनकी, अपूर्व, जगकी, आलोककी सुन्दरी
त्यागी, धर्म र भक्ति-भाव धनकी, सम्पूर्ण संस्कारकी   
रामै, झन् जनकी, सखी, दशरथी योद्धा अयोध्या सही
धर्तीबाट उठ्यौ सिते जनकका साम्राज्य, सौभाग्य ली  

ज्ञानमा पूर्ण छिन् त्यागकी रुप यी व्योमकी सुन्दरी प्रेमकी कूप यी भूमिकी धूप यी पूर्णता आत्मजा सिद्ध योगी सती दोष निर्मूलता


दूला-दुलै भब्य सिंगारले सजे प्रेमी प्रशंसा प्रिती विश्वले गरे
धर्ती मिठो गन्ध दिएर पो गइन्
मंसीरको शुक्ल  पंचमी परिन्


मिथिला-पूत्री हौ प्यारी पूर्ण बत्तीस लक्षण पवित्र साहसी आत्मा बलिदान समर्पण साधु आरण्यकी सेवी धन्य लक्ष्मी नरा-यण श्रद्धा विश्वाशकी माता आत्मा-राम-परायण

निरसी ऋषि सेविका ब्रह्म एकात्मकी गुणी मन शुद्ध गरी चित्त बुद्धि विवेकले बुझी करोडौ आत्म सम्मान आशुँ झारी निकालिद्यौ अविषयी तिमी साध्वी संयमी सात्विकी बन्यौ

जग्गे अग्नि र यज्ञले नगरमा खुसी गरायो मन
शाश्वत् देश छ यो अहा मिलनको सौभाग्य हो सज्जन  
आज्ञा-पालन देव-की सजनकी स्वर्गीय गंगा सरी
शादी यो सज, वार्षिकी दिवसमा आस्था भरौं हर्घड़ी !

Tuesday, 12 November 2013

मानव सेवा आश्रम

मानव सेवा आश्रम-

सुन हे दाज्यू सुन हे बैनी, गरीबीको ईछ्या जानी
फुटकर खुद्रा छानी छानी, राखिदेउ है धर्म यो मानी
तुलसी पिपल आँगन राम्रो,मानव सेवा आश्रम हाम्रो

रोगी बच्चा नारीहरुको,बृद्द र लूला लाटा जनको  
हसिंला हुन्छन् बालक नानी, दैवले दिन्छन् घाम र पानी
माया मीठा मिल्दछ राम्रो, मानव सेवा आश्रम हाम्रो



खाना लुगा घरको छानो, मन मन्दिरमा बस्दछ सानो
ईश्वरको माया पाए, कोहो मेरो कोहो बिरानो?
मिलीजुली बस्छौं यौटै घरमा, सानो परिवार यौटै थरमा

के हो बताउ मानव दर्शन? मरिरहेछौँ हरपल हर क्षण
लाने छैनौं धन कहीं बोकी, हेर हेर ती - गरीबी रोगी
खर्च समस्या कति छन् हाम्रो, मानव सेवा आश्रम राम्रो  

 
कस्ती थिएँ म आउँदा द्वार, प्रभु सेवा अपरम्पार
सडक-बौलाई पागल भन्थे,पाएँ यैले गाजल् स्यार
दुखी नरहून् कोही शहरमा, बसिरहे छौं तिम्रै भरमा
आई एक चोटी हेर्नु हाम्रो, मानव सेवा आश्रम राम्रो
गाई-गोठका ताजा दुधले, थरिथरिका मौसम फलले
जय होस् दाता, धन्य विधाता मङ्गल जय होस् हाम्रो नाता कति छन् बाँकी धर्मको खाता? घाम पानीमा शितल छाता
शरीर स्वस्थ बन्दछ राम्रो, मानव सेवा आश्रम हाम्रो

 

हेर हेर यिन्का आँखा कान,मनले सुन्दर दैव महान
सहयोगको आशा दान, यही हो सच्चा ईश्वर गान


पार्टी-भोट तिमी नै लानु दान दक्षिणा मागी खानु गरीबीको रेखा कोरी शरीर छोडी नरक न-जानु
औषधी दिन्छन् दाता राम,शिव-चिकित्सा राधा श्याम
मन-भए पुग्छ धन भए राम्रो, मानव सेवा आश्रम हाम्रो
जीवन यौटा शाश्वत चिन्तन,सर्वोत्कृष्ट नव-अभियान         
गरीवहरुको प्रेम र ध्यान,छोडी हाम्रा मद अभिमान
लेख्न पढ्न कैले सकिन,छन्द कबिता के हो कालो? पागल जस्तै घुम्छु मस्ती, दैवले दिन्छन् मेरो पालो
नुहाइदिञ्छन् दिदी भाई, ईश्वरको नाता लाई
आत्मा बोल्दछ सुखले हाम्रो, मानव सेवा आश्रम राम्रो

स्थान:मानवसेवा आश्रम,हेटौंडा-२, सम्पर्क फोन: श्रीरामजी अधिकारी (०५७-५२७३९४)

Monday, 11 November 2013

हरि-बोधनी-एकादशी



क्षिर सागरमा महिनौं बसने
रस प्यार मिलाएर भक्त दिने
दुख छैन कतै जब काल छिने
बुझि बुद्धि पुराएर ईश चिने
तप त्याग जहाँ बस मुक्ति मिल्यो
दमले शमले जड चित्त गल्यो
जन कृष्ण जनार्दन शेष कहीं
भव विष्णु र केशव नाम सही

रुप सुन्दर स्वच्छ छ मंगल रे
भज-ब्रह्म मुकुन्द अनन्त हरे
युग-पालक रक्षक बन्धन के?
बन मोक्ष स्वतन्त्र छ यो मनले  


अझ सोधन भो मन बोधन यो
हरिले हरिदे गुण तामसको
झलमल्ल बली अलमल्ल गयो
सुख मस्त मिलि अब बोध भयो


बस कार्तिकको नव शुल्क तिथि
ग्रह सूर्य मिलाएर आऊ मिति
तुलसी बधु शूभ-बिवाह गरी
सब पाप हरेर हटाइ लगी


कणमा अणुमा गणमा गरिमा
कसरी म चढाउँ कती महिमा?
प्रिय आऊ उठी अब यो जगमा
लग दोष सबै मद छैन म मा

Thursday, 7 November 2013

गौमाताको महिमा अपरम्पार



 


गौमाताको महिमा अपरम्पार


गौमाता जय होस् अगाध-धनकी सद-चित् ध्वनी पावनी
योगी-पोषणी धारणी वरद छ्यौ सद्धर्म संस्थापनी
धातृ हौ धरणी महान जननी आस्था रहोस् हर्दिन
अम्बे दृष्टि मिले अवश्य रहने जन्मिन्छु कैं मर्दिन

हिन्दू धर्म बच्यो बिधान गर लौ श्रीकृष्ण सेवा गरे
आत्मा हौ बस ब्रह्म जीवनी सदा साक्षात देवी हरे
गोबर्धन् मनिषी छ सूर्य सरिता ती चन्द्र शुक्रै शनि
‘आमा’-भन्दछ बालकै अझ युवा नारी र बृद्धै पनि

पञ्चै-गव्य सहायती सहमती रक्षार्थ संयोजनी
खेती टिक्दछ नत्र हा फसल ती मिल्दैन खोजे पनि
धर्तीकी लग बोझ पाप समता दातृ कहाँ खोजुं म
रोगी मानव स्वस्थ बन्छ सजिलै सेवा गरे हर्दम

ऋचा वेदहरु छ मन्त्र भवको विद्या कृषक्-पूर्ण ती
आयुर्वेद र वृष्टि बादल कला विज्ञान सम्पूर्णकी
धेनू धन्य धरा बिचित्र रुपकी लच्छीनकी सूरभी
सन्तुष्टी दिन अन्नपूर्ण रसिली साझा सबैकी सखी

हे माता सरला अनन्त गुणकी सौन्दर्यकी शिक्षिका
मौनी जंगल साधना पर-धि-का सद्-ज्ञानकी दिक्षिका
शान्ती मंगल दायिनी सरस्वती पूजा कथा बन्दना
जे खोजे पनि मिल्छ रे सफल यो सद्-पूण्य आराधना

ब्रह्मा विष्णु महेश साथ रहने गङ्गा र लक्ष्मी प्रिता
यी भू-मण्डलकी जयी विजयकी साक्षात राधा-सिता
बाँकी छन् अझ देवता शरिरमा?जान्छु म लान्छौ कता?
माता च्यापन साथमा नजिक है मै बस्छु राख्छौ जता

दिपा-बली


काती धागो सहज-सुत ली योजना भाव बुन्छु
न्यानो पाई शितल दिपमा छुन्छु डुब्छु नुहुन्छु
बत्ती गाँसी झलल बलने सत्य सान्भी प्रकाश
साक्षी प्याला अडिग-रहु आ-धार छन् योग-पाश

हावा हूरी चमक गुम भै लाग्न सक्ला बतास
छोपी धैर्यी सहनशिल भै संयमी तेज पास
जल्दा बाँकी तरल मद गै छैन केही नि-शेष:
चिम्ली आँखा सघन म बलूँ भक्ति-भावै विशेष

हेर्ने दृष्टी फरक नव भो ज्ञानमा स्पष्ट सुन्छु
जल्दो-मार्गै लिइकन म ता तापमा नष्ट हुन्छु
हीरा मोती निरस चमकुन् दियो उम्दो जवानी
आत्मा जानी झलमल बल्यो दिव्य ज्योती कहानी

बुझ्नै पर्ने असल छ कुरा स्थिति कुन् हेर्नु कर्-छ
कस्तो मीठो चलन छ-हरी पाँच यो जोड्नु पर्छ
चाहेको त्यो परम सुख खै? बाल बल्दैन निभ्छ
ज्वाला पानी अमर गरदै धर्ती आकाश मिल्छ

तारा हुन्छन् नव-ग्रह कयौं खै त?आफू उज्यालो
राती यौटै झलमल गरी चाँदनी सूर्य ल्यायो-
गूणी त्यो हो सरल मंनको सोचदै झट्ट गर्छ
सानो बत्ती तर छ नजिकै अन्धमा चट्ट बल्छ

Tuesday, 5 November 2013

भाई-टीका लाउन लव-कुश लिएर सीता माइती घर आइन्

सीता, माइती घर नछोड !


भाई- 
अयोध्या मै छौ की ? जनक-पुरमा पुग्दछु लिन-
र आत्मा नाता यो हिम-नगरको शैशव दिन
छ कान्ला बारी है नव-नविन-रंगी सब फुले
सयौंपत्री झूल्छन् भनन कसरी सम्झी नभुले

कतै झुल्छन् राता,निल र हरिया सुन्दर वन
अहा प्यारी धर्ती खुस मखमली 
स्तब्ध छ मन
अथाहा आमाका ह्रदय अझ पग्लीकन बगे
नदी पाहाडैमा खबर झरनाले कति लगे


कहाँ छन् ज्ञानी ती बिमल निधिका बाल्मिकि गुरु?
कठै प्यारी सीते हिंडन अब आजै जाऊँन बरू
उतै आस्था राखी जप त तपमा आश्रय पूर
दिदी लान्छू आऊ जनकपुर त्यो छैन नि दूर

सु-बोधी योगी झैं, लव र कुशको मातृ-भुमिमा
बिताउन् केही दिन् स्वरग-जननी दर्शन भू-मा
हँसाऊ साथी छन् घर मित छिमेकी अरु जति
लगाऊँ टीका त्याँ अमर-कबिता छन् भन कति

दिदी- 
कतै गाह्रो छैनन् बन-कुसुममा हुर्किए भने
गुरु ज्ञानी जस्तै असल गति संस्कार रहने
"न,खै आमा हाम्रो किन त छ र मामा घर?"भनी
मलाई सोध्छन् यी,नयन-जल-ली ती घरि-घरि
ल लान्छु भोली नै समिर-पथमा सोम्य-खबर
सुनाइद्द्यो भाई, मुनि शरदमा माइतिघर

म ल्याएँ भाई खै? दिपक-जलने मंगल घडी
दिदी सीता भन्छ्यौ तिलक मिलने पुष्प-पगरी
म धर्तीकी छोरी कलश-जल अग्नी बिलिन भो
सधैं दाज्यू-बैनी नगर-घरले पूजन गर्यो
म छू भाग्यैमानी जनकपुरमा जन्मिन पुगें 
हिमाली नेपाली जन-रस-भुमी मै रंगीन सकें

भाई-

कती माया दिन्थ्यौ दिन भर घुमेथ्यौं बालक छँदा
कठैं सम्झी रुन्थ्यौं नगर हँसिलो सून्य नहुँदा

ति भान्जा-राजामा, लव र कुशमा प्यार छ दिनोस्
अझै माया बर्सोस् अमर शुभ-भक्ति आशिक मिलोस्
कहाँ छन् ती भेना?कुशल मन प्यारा राम नगरी?
कि छन् त्यागी बन् मै?अमर-पदमा खोज-न-गरी


महर्षी दाताराम् प्रकृति ऋषि छन् चौध-भवमा
धरातल् यी धर्ती भुवन धरणी छिन् स्थलमहाँ
भु-लोकी पृथ्वी-माँ स्वरूप हरिकी लोक दिपिका
महादेवी सीता सद र चितकी भव्य-मिटिका

हे सिते सम्झना यो दिदी भाइको

दाजुबैनी सबै धर्तिकी माइको
राम आराम छन् गैसके धाममा?
आउ है माइती पूत्रका साथमा 

म भाई तिम्रै हुँ अडिक दिलको लक्ष्मण तर
नजाऊ छाडी है बस न बस यो मा-इति-घर


http://www.youtube.com/watch?v=ucAs7M4agEQ

Monday, 4 November 2013

घरकी साक्षात लक्ष्मीकी आरती

घरकी साक्षात लक्ष्मीकी आरती


घरकी लक्ष्मी कतै नजाउ 
हृदय घरमै स्थिर गर पाउ 

आमा घरकी खुसी आधार
श्रेय कर्मकी ज्ञानकी द्वार
सृष्टी जगकी श्रद्दा प्यार
संयम मनकी उज्वल हार
कर्म र भक्ति खुरुखुरु आउ
आँगन बीच छ ज्ञान समाउ
पला पलामा दीप जलाउ 
काम लोभ ती रीस-सब खाउ 
कालो त्रास र काल हटाउ 
अन्धकारमा पूर्ण जगाउ

सधैं हसिंला मन बिचार 
त्याग तपस्या बारम्बार 
स्वस्थ मीठा छन् ती परिकार
प्यार मिलेका घर परिवार 
घरका ढोका शान्ति द्वार
अनगिन्ती छन् प्यार-अपार  
आश्रय आश्रम धर्म आधार 
देऊ सिकाऊ मिथ्या सार
बन्धन मोक्ष छ कारागार
निवास मिल्दछ सात्क्षात्कार
झ्याल ती ईन्द्रिय लग उस्पार
माथी गजूरमा स्वर्गीय तार

घर हो मन्दिर घर आधार
मिलन एउटा साझा द्वार


दिदि बैनी घरकी खम्बा
दूर्गा भवानी बीणा अम्बा
सुभद्रा या जान्हवी गङ्गा
ईन्दिरा हुन् मनकी चङ्गा
प्रभा पुण्या बिमला साध्वी
प्रमिला सरला लक्ष्मी दात्री
शिव बिष्णुकी मोहिनी मन्त्रा

रत्ना श्री यी दर्शन द्रष्टा
प्रज्ञा देवी मनकी ज्ञानी
बुद्धि देउ है छानी छानी
पद्म पत्र छन् अङ्कुश पाश
छैनन कोहि तिमरै आश
मंगल दृस्टी हरपल ज्योति
हीरा पन्ना झलमल मोति
तिम्रा मग्मग शितल साथ
दया धर्मकी संगीत गाथ

जीवन प्यारी माली साथी  

क्षमा-दानकी दीपक माथी
गल्ती भएमा माग्दछु माफी 
छैनन् कैं क्यै ना-इन्साफी  
आध्यात्मिका च्यापी काखी 
मन्त्रमुग्द छु संचय राखी
गर्छु प्रतिज्ञा ईश्वर भाकी  
प्रतीक तिम्रा दिलमा चाखी
सुरभी पद्मा सुधा धन्या 
हिरण्यमयीकी माया कन्या 
नित्या अनघा विभा कान्ता 
अमृता पुष्टा दीपा माता 
करुणा पद्मिनी पुनम चन्दा    
चंद्रस्वरुपा सुजया स्निग्धा 
प्रिया पुष्टि नम्रता सत्या

शान्ता भास्करी हरीणी दित्या
सिद्धि ऋद्धि शौम्या आर्या
सुशाना शौर्या पूज्या भार्या
जया हेमा आत्मिका काली
शिवा रेणु मेघा-शाली

सुन्दर प्रेमी घर रखवाली 
श्री-मति हुन् मदु-रस प्याली 
खूस छिन् त जगतै थाली
कै हातले बज्दछ ताली
फुल्छ बगैंचा सृष्टि माली
सहने कसरी बर्षा गाली 
धप्प बलेकी गोरी-काली
दूर्जन शंका झलमल बाली
नराखिद्दौ संगत जाली
उच्च स्वर यो नबसोस् लाली
द्वन्द मोह मद गरीद्द्यो खाली 

मन बस मेरा साक्षी धाम 

मिल्दछ केवल ऎस आराम  
करका घरका कतिहुन् काम
मेला-पात झन् शहरी ग्राम
क्रमले ईश्वर वंशज थाम  
सेवा दर्शन मूल्य छ दाम? 
नभनी गर्दछौ पानी-घाम
बस्दछ मनमा सीताराम 
घर हो मन्दिर पूजा ठाम
'भजन हो प्यारे शुभ औ शाम'

बोली मीठा आँखा कान 
मुक्त कण्ठले गर्छु बयान
सुन्दर नृत्य संगीत गान 
ईश्वर गर्दछु मन रस-पान 
मन्थन भवको तानातान
यौटै मिल्दछ रत्न यो जान   
आशिर्बाद यो ईशको मान  
पाउँ कहाँ म जगमा छान
अभयी मुद्रा धनको दान 
पुष्प कलश छन् हात्ती बाहान 
हृदय बसने मानी यान 
सत र चितको आत्मा-ज्ञान 

छोरी प्यारी मनकी रानी 
कन्या नानी सुखकी खानी
मीठा तिम्रा बाणी बानी
आरामी या स्वप्न सिरानी  
सुखकी निशा मस्त बिहानी
दमन-शम की खोजी खानी 
हरपल उज्ज्वल ज्ञान बिहानी   
योग-भोग यी स्वर्गै ठानी 
रंगी विरंगी छानी छानी 
चट्ट मिलेका जानी जानी 
महाशोखकी मनमोज रानी

आस्तिक मातृ स्मृतिकी साक्षी 
प्रबल बल या यशकी राक्षी 
पुण्य कर्ममा मन यो राखी
धर्म र योग शमले चाखी
सखी ईश्वरकी धनकी दातृ
ह्दय परा मण्डलकी मातृ 
रस-ऐश्यर्य दानकी पात्री
अन्धकारकी पुर्णीमा रात्री

पीपल तुलसी घरका मित्र  
फूल-फल छन् धन्य बिचित्र
आँगन बारी बस अझ भित्र 
श्रद्दा जलले कोरीकन चित्र
वाणी छ कीर्ति दर्शन श्री-मा
मेधावी छिन् सबमा क्षमा
स्मृति म गर्दछु हेर्दछु बिम्ब
धृति-धर्मकी यी प्रतिबिम्ब

रावण हुन्छन् बनका आग

शुम्भ निशुम्भ ती दूषण बा
महिषासुर ती भागाभाग सन्देश राम्रा ल्याऊँछन् काग
रक्तवीज छन् दूर्जन, जाग
चण्ड-मुण्डका गरिद्यौ खाग
स्वार्थी क्वै छन् खोज्छन् भाग
सज्जन-जन किन लिन्छन् दाग?
शरण हरिमा हरिकै याद
बस्दछ ईच्क्षा प्रभुकै पाद
भुल्दछु माया मस्तको माद
छैन कुनै अब वाद-विवाद

घरकी लक्ष्मी अन्त नजाउ 

हृदय-घरमै स्थिर गर पाउ

Saturday, 2 November 2013

भैरबका बाहन कुकुर

कुक्कुर मानव जातीको धेरै पुरानो साथी हो ! हज्जारौं बर्ष देखि यस देखाएको ईमान्दारीले गर्दा मानिसको घर भित्रिएको छ! कुकुरले शिवका विभत्स रूप (भैरब) देवताको बाहनको पद पनि पाएको छ ! जंगली जनावरका रुपमा ब्वासों, फ्याउरो जे भएर बसेपनि मानव सभ्यताको संगतले घर बाहिर अमंगल, फोहोरी, गंदगी, भुस्याहा - भने पनि धेरैका घरमा प्रवित्र स्थान पनि पाएको छ! धर्मराजको रुपमा आएर कुकुरले पाण्डवलाई जिउंदै स्वर्ग जानेक्रममा पथ-दर्शक भएको कथा हामीले केटाकेटी छँदै पढेका थियौं !युथिस्ठिरका धर्म पालनको प्रसङ्ग संग, त्यो बेला (द्वापर युग) देखि नै कुकुर संग हाम्रो नाता देखिन्छ! युग-पुरुष महात्मा अबतार अबधुत दत्तात्रयका चार कुकुरलाई चार वेदको संज्ञा दिइएको छ! सनातन धर्ममा योद्धाहरुको महिमा, निष्ठा, आज्ञाकारीताका सम्मान कुकुरसंग पनि गरिएको छ! हिन्दू शास्त्रमा निष्काम कर्म, भक्ति, ईश्वरीय मार्ग नलिनेहरुलाई जंगली कुकुर वा (कुकुर खाने जात) चाण्डाल पनि भनिएको छ !



काक चेष्टा, बको ध्यानं, श्वान निद्रा तेथैव्चा अल्पहारी, गृहत्यागी विद्यार्थी पञ्च लक्षणं दृढ बिद्यार्थीको राम्रो लक्षण मद्धे - कागको जस्तो चेष्टा, चलाख; बकुल्लाको जस्तो कार्य सिद्धिका लागि ध्यान; कुकुरको जस्तो चनाखो निन्द्रा, सधैं सतर्क र अल्छी नहुनु; ठिक्कको थोरै खाना र घर-ब्यबहारबाट टाढा वा त्याग हुन्!

ईमान्दारिता: ईश्वर, मानव र कुकुर

अघोर तन्त्र-मन्त्रको अशूभ भैरबी कला
अमंगलै नि गर्दछन् यी दक्ष ग्राम देवता
जो पालना र स्नेहले छ भक्त जीव अक्षय
प्रतीक सत्य प्यारको अखण्ड आश आश्रय



विनाश काल दुख्खका अभाव कल्प कल्पमा
म मोडमा रहें भने नराख है विकल्पमा
बतासमा हतासमा अकासमा उडें कतै
अभद्र कैं गरें भने तिमी रहू सदाशिवै   
   

विराग ज्ञान दानमा सशक्ति भाव योगले
निखार है विकार यो र पालना प्रयोगले  
विशुद्ध त्याग प्रार्थना प्रसिद्ध छन् पुकारले
हटाऊ माद मन्दता निकाल ती त्रिशूलले  



छ अप्शकून सूचकै पवित्र तिम्रो बाहक-
सताब्दियौं बसे मिली घरेलु पाल्तु चालक
परम्परा समानता पशू प्रिए प्रतीक हो
सु-रक्षकै भनुँ भने छ कुक्कुरै नजीक यो !




हजार बर्ष जंगलै बसेर योग्य नायक
म बुद्ध भिक्षु झैँ हिडें कठै छु ज्ञान लायक
पुगे सम्हाल दूर्गती, कती पिडा सहन्छु खै
कती लडाँइ लड्दछौ? म साथ स्वर्ग लान्छु है?