सीता, माइती घर नछोड !
अयोध्या मै छौ की ? जनक-पुरमा पुग्दछु लिन-
र आत्मा नाता यो हिम-नगरको शैशव दिन
छ कान्ला बारी है नव-नविन-रंगी सब फुले
सयौंपत्री झूल्छन् भनन कसरी सम्झी नभुले
कतै झुल्छन् राता,निल र हरिया सुन्दर वन
अहा प्यारी धर्ती खुस मखमली स्तब्ध छ मन
अथाहा आमाका ह्रदय अझ पग्लीकन बगे
नदी पाहाडैमा खबर झरनाले कति लगे
कहाँ छन् ज्ञानी ती बिमल निधिका बाल्मिकि गुरु?
कठै प्यारी सीते हिंडन अब आजै जाऊँन बरू
उतै आस्था राखी जप त तपमा आश्रय पूर
दिदी लान्छू आऊ जनकपुर त्यो छैन नि दूर
सु-बोधी योगी झैं, लव र कुशको मातृ-भुमिमा
बिताउन् केही दिन् स्वरग-जननी दर्शन भू-मा
हँसाऊ साथी छन् घर मित छिमेकी अरु जति
लगाऊँ टीका त्याँ अमर-कबिता छन् भन कति
दिदी-
कतै गाह्रो छैनन् बन-कुसुममा हुर्किए भने
गुरु ज्ञानी जस्तै असल गति संस्कार रहने
"न,खै आमा हाम्रो किन त छ र मामा घर?"भनी
मलाई सोध्छन् यी,नयन-जल-ली ती घरि-घरि
ल लान्छु भोली नै समिर-पथमा सोम्य-खबर
सुनाइद्द्यो भाई, मुनि शरदमा माइतिघर
म ल्याएँ भाई खै? दिपक-जलने मंगल घडी
दिदी सीता भन्छ्यौ तिलक मिलने पुष्प-पगरी
म धर्तीकी छोरी कलश-जल अग्नी बिलिन भो
सधैं दाज्यू-बैनी नगर-घरले पूजन गर्यो
म छू भाग्यैमानी जनकपुरमा जन्मिन पुगें
हिमाली नेपाली जन-रस-भुमी मै रंगीन सकें
भाई-
कती माया दिन्थ्यौ दिन भर घुमेथ्यौं बालक छँदा
कठैं सम्झी रुन्थ्यौं नगर हँसिलो सून्य नहुँदा
ति भान्जा-राजामा, लव र कुशमा प्यार छ दिनोस्
अझै माया बर्सोस् अमर शुभ-भक्ति आशिक मिलोस्
कहाँ छन् ती भेना?कुशल मन प्यारा राम नगरी?
कि छन् त्यागी बन् मै?अमर-पदमा खोज-न-गरी
महर्षी दाताराम् प्रकृति ऋषि छन् चौध-भवमा
धरातल् यी धर्ती भुवन धरणी छिन् स्थलमहाँ
भु-लोकी पृथ्वी-माँ स्वरूप हरिकी लोक दिपिका
महादेवी सीता सद र चितकी भव्य-मिटिका
हे सिते सम्झना यो दिदी भाइको
दाजुबैनी सबै धर्तिकी माइको
राम आराम छन् गैसके धाममा?
आउ है माइती पूत्रका साथमा
म भाई तिम्रै हुँ अडिक दिलको लक्ष्मण तर
नजाऊ छाडी है बस न बस यो मा-इति-घर
http://www.youtube.com/watch?v=ucAs7M4agEQ
No comments:
Post a Comment