Friday 1 November 2013

कागको संदेश

[यम पन्चक शुरु भयो ! आज पहिलो दिन काग तिहार ! कागको महिमा अनगिन्ती छन् ! सूर्यका श्रीमती छायाका छोरा यमराज र शनि देवता हुन् ! सूर्यको पृथ्वीले वर्षमा १ चोटी फन्को मारे झैं, शनिग्रहले चाहिं ३० बर्षमा एक चोटी फन्को लगाउँछन् ! शनिको बाहन काग निकै बाठो चरा मद्धेमा पर्दछ! समाजको फोहोर, गन्ध, कुरूपता, आलस, लालच, ईर्ष्या, क्रोध, कपट, लोभ र वासनालाई अन्त्य गर्ने ठूलो उपकार गर्दछ! जसरी (यम)धर्मराजले मृत्यु पश्चात हाम्रा यहाँ गरिएका धर्म पापको लेखाजोखा गर्छन् त्यसरी नै यो पृथ्वीमा हाम्रो ग्रह, दशाको स्थिति र परिचालन शनि देवताले गर्छन् ! शनि देवताका बाहन कागले उत्तरकाण्ड रामायणमा बालक श्रीरामसंग गरेको भागदौड भक्ति र काक-भूशुण्डीले पुराणमा विष्णु बाहन पंछीराज गरुणलाई सुनाएको भक्ति-योग-ज्ञान प्रसिद्ध छ! ] - म र भ न य य य (श्रग्घरा), ७ ,७ मा यति


कागको संदेश-

जाऊ गाउँ(ऊ) सजाऊ अब पनि कुरने?योजना भव्य ल्याऊ
रोटी ढीडों छ गुन्द्रुक्? सुमन सुख छ यो आज चाखेर खाऊ
भोली भन्दै नकुर्नू - अमर पथहरु कोर्नु त्यो पर्छ भाई  
आयो संदेश बाँडी नगर जग भरी, कागले गुन्गुनाई


सोझा साझा नचोरी सरल सजनको जो भलो देख्छ त्यागी
पूण्यात्मा सोच बुझ्ने समय शनि दशा धर्मको त्यो छ भागी
काला पापी न माया नरक सहजमा काल छामेर जान्छु
पिस्दै मिस्दै म हेर्दै सजग गगनमा लान्छु मारेर खान्छु




हे भाई राज-पंछी गरुड सरल बुझ् प्रेम लीला अकेला-
न्यायी त्यागी महात्मा सुमन बन पसी मस्त माया भुलेका
सारा सृष्टी जगत्का अविरल मुनि ती ज्ञान यस्ता खुलेका
श्रीरामै रुप देख्दा सजल नयनका धप्प प्यारा बलेका



मर्यादा ज्ञान कस्तो त्रिभुवन-भवमा भक्ति या कर्मयोग- भिन्दा भिन्दै छ लाग्ने, तर सत बुझ है शिव नै राम एक यौटै छन् शान्त हेर्दा सरल छ नबुझे देख्न गाह्रो भयो की? बुद्धी आस्था तिखारी कुशल तरहले बुझ्छ प्यारो विवेकी

ऐश्वर्यै नित्य श्रष्टा परम पुरुष हौ स्वर्ग आकाश ग्राम जन्मिन्छौ साथ ली स-विषय गुण ती लिन्छ आधार धाम बैरागी ज्ञानका यी शुभ-निधि-करका सत्सुरक्षा छ काम साधा त्यागी विधाता मनुष जिव बनी बस्छ आराम राम

No comments:

Post a Comment