Tuesday 12 November 2013

मानव सेवा आश्रम

मानव सेवा आश्रम-

सुन हे दाज्यू सुन हे बैनी, गरीबीको ईछ्या जानी
फुटकर खुद्रा छानी छानी, राखिदेउ है धर्म यो मानी
तुलसी पिपल आँगन राम्रो,मानव सेवा आश्रम हाम्रो

रोगी बच्चा नारीहरुको,बृद्द र लूला लाटा जनको  
हसिंला हुन्छन् बालक नानी, दैवले दिन्छन् घाम र पानी
माया मीठा मिल्दछ राम्रो, मानव सेवा आश्रम हाम्रो



खाना लुगा घरको छानो, मन मन्दिरमा बस्दछ सानो
ईश्वरको माया पाए, कोहो मेरो कोहो बिरानो?
मिलीजुली बस्छौं यौटै घरमा, सानो परिवार यौटै थरमा

के हो बताउ मानव दर्शन? मरिरहेछौँ हरपल हर क्षण
लाने छैनौं धन कहीं बोकी, हेर हेर ती - गरीबी रोगी
खर्च समस्या कति छन् हाम्रो, मानव सेवा आश्रम राम्रो  

 
कस्ती थिएँ म आउँदा द्वार, प्रभु सेवा अपरम्पार
सडक-बौलाई पागल भन्थे,पाएँ यैले गाजल् स्यार
दुखी नरहून् कोही शहरमा, बसिरहे छौं तिम्रै भरमा
आई एक चोटी हेर्नु हाम्रो, मानव सेवा आश्रम राम्रो
गाई-गोठका ताजा दुधले, थरिथरिका मौसम फलले
जय होस् दाता, धन्य विधाता मङ्गल जय होस् हाम्रो नाता कति छन् बाँकी धर्मको खाता? घाम पानीमा शितल छाता
शरीर स्वस्थ बन्दछ राम्रो, मानव सेवा आश्रम हाम्रो

 

हेर हेर यिन्का आँखा कान,मनले सुन्दर दैव महान
सहयोगको आशा दान, यही हो सच्चा ईश्वर गान


पार्टी-भोट तिमी नै लानु दान दक्षिणा मागी खानु गरीबीको रेखा कोरी शरीर छोडी नरक न-जानु
औषधी दिन्छन् दाता राम,शिव-चिकित्सा राधा श्याम
मन-भए पुग्छ धन भए राम्रो, मानव सेवा आश्रम हाम्रो
जीवन यौटा शाश्वत चिन्तन,सर्वोत्कृष्ट नव-अभियान         
गरीवहरुको प्रेम र ध्यान,छोडी हाम्रा मद अभिमान
लेख्न पढ्न कैले सकिन,छन्द कबिता के हो कालो? पागल जस्तै घुम्छु मस्ती, दैवले दिन्छन् मेरो पालो
नुहाइदिञ्छन् दिदी भाई, ईश्वरको नाता लाई
आत्मा बोल्दछ सुखले हाम्रो, मानव सेवा आश्रम राम्रो

स्थान:मानवसेवा आश्रम,हेटौंडा-२, सम्पर्क फोन: श्रीरामजी अधिकारी (०५७-५२७३९४)

No comments:

Post a Comment