कुक्कुर मानव जातीको धेरै पुरानो साथी हो ! हज्जारौं बर्ष देखि यस देखाएको ईमान्दारीले गर्दा मानिसको घर भित्रिएको छ! कुकुरले शिवका विभत्स रूप (भैरब) देवताको बाहनको पद पनि पाएको छ ! जंगली जनावरका रुपमा ब्वासों, फ्याउरो जे भएर बसेपनि मानव सभ्यताको संगतले घर बाहिर अमंगल, फोहोरी, गंदगी, भुस्याहा - भने पनि धेरैका घरमा प्रवित्र स्थान पनि पाएको छ! धर्मराजको रुपमा आएर कुकुरले पाण्डवलाई जिउंदै स्वर्ग जानेक्रममा पथ-दर्शक भएको कथा हामीले केटाकेटी छँदै पढेका थियौं !युथिस्ठिरका धर्म पालनको प्रसङ्ग संग, त्यो बेला (द्वापर युग) देखि नै कुकुर संग हाम्रो नाता देखिन्छ! युग-पुरुष महात्मा अबतार अबधुत दत्तात्रयका चार कुकुरलाई चार वेदको संज्ञा दिइएको छ! सनातन धर्ममा योद्धाहरुको महिमा, निष्ठा, आज्ञाकारीताका सम्मान कुकुरसंग पनि गरिएको छ! हिन्दू शास्त्रमा निष्काम कर्म, भक्ति, ईश्वरीय मार्ग नलिनेहरुलाई जंगली कुकुर वा (कुकुर खाने जात) चाण्डाल पनि भनिएको छ !
काक चेष्टा, बको ध्यानं, श्वान निद्रा तेथैव्चा
अल्पहारी, गृहत्यागी विद्यार्थी पञ्च लक्षणं
दृढ बिद्यार्थीको राम्रो लक्षण मद्धे - कागको जस्तो चेष्टा, चलाख; बकुल्लाको जस्तो कार्य सिद्धिका लागि ध्यान; कुकुरको जस्तो चनाखो निन्द्रा, सधैं सतर्क र अल्छी नहुनु; ठिक्कको थोरै खाना र घर-ब्यबहारबाट टाढा वा त्याग हुन्!
ईमान्दारिता: ईश्वर, मानव र कुकुर
अघोर तन्त्र-मन्त्रको अशूभ भैरबी कला
अमंगलै नि गर्दछन् यी दक्ष ग्राम देवता
जो पालना र स्नेहले छ भक्त जीव अक्षय
प्रतीक सत्य प्यारको अखण्ड आश आश्रय
विनाश काल दुख्खका अभाव कल्प कल्पमा
म मोडमा रहें भने नराख है विकल्पमा
बतासमा हतासमा अकासमा उडें कतै
अभद्र कैं गरें भने तिमी रहू सदाशिवै
विराग ज्ञान दानमा सशक्ति भाव योगले
निखार है विकार यो र पालना प्रयोगले
विशुद्ध त्याग प्रार्थना प्रसिद्ध छन् पुकारले
हटाऊ माद मन्दता निकाल ती त्रिशूलले
छ अप्शकून सूचकै पवित्र तिम्रो बाहक-
सताब्दियौं बसे मिली घरेलु पाल्तु चालक
परम्परा समानता पशू प्रिए प्रतीक हो
सु-रक्षकै भनुँ भने छ कुक्कुरै नजीक यो !
हजार बर्ष जंगलै बसेर योग्य नायक
म बुद्ध भिक्षु झैँ हिडें कठै छु ज्ञान लायक
पुगे सम्हाल दूर्गती, कती पिडा सहन्छु खै
कती लडाँइ लड्दछौ? म साथ स्वर्ग लान्छु है?
No comments:
Post a Comment