Saturday 10 August 2013

श्री नाग-देव, नम: देव देव !

श्री नाग-देव, नम: देव देव !



मेरै आधारमा ईश, सृष्टी संसार रच्दछ
कला,रक्षा,ब्यवस्थामा, चन्द्र-सूर्यादि भर्दछ!
म नाग भित्रको नाग, ईश भित्रको शेष हूँ
निर्देश, मित्र-आदेश, धैर्य-धर्म सन्देश हूँ !
    
शेषबाटै शुरू हुन्छु, शेषमै शेष हुन्छु म
जीव आत्म बनी छिर्छु, पूर्ण-आत्म छु हर्दम
शरीर भित्र छिन् गङ्गा, आत्म-गुफा म लुक्द्छु
सुरुङ्ग छ सृष्टीको माझ, भित्र बाहीर गर्द्छु !

बाहिरी रुपले म्रित्यु, भव-सन्सार सागर
भित्र बस्छु म लूकेर, महिमामय को छ र?
मर्दिन कहिले नाग, शिव-शङ्कर रक्षित
धर्म व्यापक ब्रह्माण्ड, सत्य,शुद्ध परिक्षित

शीला छ्न् शेष झैं काहिँ, ओडार झन् अजंगको
खुम्चन्छन् कालले कैले, फैलन्छन् कैं, अनन्तको!



समुद्र मन्थनै गर्छु, शक्ति-प्राकृत वास्तव,
सबैका हितका लागि, देव,मानव,दानव!
निस्कञ्छ्न् मणि, रत्नादि, जुहारात र अमृत
विवेक बुद्धि जो माग, धर्म-कर्म छ मिश्रित !

अनन्त, बासुकी, शेष, पद्भनाभ र कम्बल,
शंख-पल, धृतराष्ट्र ,निकाल भव-कस्मल!
विशेष कृष्णका प्यारा, नाग, कालीय, तक्षक,
श्री नाग देवका देव, सबैका स्तुत्य, रक्षक ! 





No comments:

Post a Comment