Monday 5 August 2013

नेपाल झैं, पावन धर्ति काँ छ ?



विद्वान हुन्छन् सबका हितैषी,
कल्याण गर्छन् जन बर्सी बर्सी
दर्शन् सबैमा सम-भाव, रूप,
त्यै ईश,आत्मा चित-सत्स्वरूप !!

सीता-जनक्ले धन सिर्जिएकी
राता निला, चन्द्र र सूर्य बोकी,
ध्वजा उडे फर्फर टाकुरामा,
सम्मान नारी, बल-पाखुरामा !

पाहाड,नाला, मधु बग्छ पास
बुलन्द मीठा हिमको बतास,
देख्दा, मनै लठ्ठ, पगाल्छ, गाल्छ
नेपाल झैं, पावन धर्ति काँ छ ?   

त त  ज गु गु - बसन्ततिलका     
SS| SS| |S| SS

No comments:

Post a Comment