Thursday 21 October 2010

मन्दिर्बाट पशुबली, निषेध होस् - जावोस्


संविधान लेखियोस् वा बिर्सिएर जावोस्
मन्दिरमा शान्ति शुद्ध संस्कार यो आवोस्
किन रह्यो विकृति यो? सँस्कृतिमा लाज
पशु जस्तै बन्यौँ हामी जंगलको राज

ढुँगा तिमी ढुँगै बन्छ्यौ मन्त्र झिकिदिन्छौँ
खोलाबाट उठाएको,त्यहिँ फ्याकीँ दिन्छौँ   
धर्म-बिना विदेशीको हात बेचिदिन्छौँ   
रकमले मन्दिरमा विद्यालय खोल्छौँ

तामसले मन बुद्धी ज्ञानलाई लुट्यो  
राक्षसको स्वभावले राष्ट्रियता गुम्यो  
निष्ठुरता दयाहीन सही के नै रह्यो?
मन्दिरका पूजारी हो-सोच ढिलो भयो
तिर्थ-स्थल देवताको रक्षा गर्नु पर्छ
अनि मात्र स्वर्गबाट हाम्रो रक्षा हुन्छ

निःसन्तान सन्तान्,रोग निको विश्वासमा?
कंकालिनी कलँकिनी बन्यौ नेपालमा
छिन्नमस्ता छिन्यौ? रेट्यौ?खड्ग खडेश्वरी
गढिमाइ गढ्यौ किन? रगत् लडिबूडी?   

अविश्वाश अनिष्टले देशै डुबेश्वरी
विधी रिती लाजै मर्नु,लाग्छ कुरी कुरी
मन्त्र फरक् हुनुहुन्न अर्थ बुझ्नु पर्छ
धर्म परिभाषा राम्रो, गर्नु, सुन्नु पर्छ
विवेकी र शिक्षित भै सोध खोज गर्नु
प्रज्ञा प्रवोधमा उठी रिवाजमा छर्नु

सकर्पुरा राजदेवी खायौ राज,निति
शोभा दिन्न शान्त-बन शोभा-भगवती
विरोध छ परम्परा जैन,बुद्ध लिपी
कस्को आड?प्रहरी हो?किन लिन्छौ ढिपी

काली काल लाने हैन,दिने बन देवी
हारीसके भागिसके विवश् चेलीबेटी   
दु:ख दर्द व्यबहार,काम जोती जोती
शक्तिशाली बन नारी हिमालको ज्योति

धर्मको आफ्नै परिभाषा छ
मलाइ हिन्दू नभन है - काट्ने परँपरा  
बिभत्सता देखावटी रह्यो जरै-जरा
बरु मेरो धर्मै छैन, सम-भाव लिउँ
मान्छे, पशु-पँक्षीलाई रक्षा, घर दिउँ

काट्नु हुन्न ब्राह्मणले बर्ण व्यबहार   
सात्विकको जीवनमा शान्त सदाचार
चौ-गुनाको दोष लाग्छ,मन्दिर् सताउँछ
समयमा थाहा हुन्छ पाप कराउँछ

पञ्च-बली राज-गुरु लूते लोभी पापी
जनताको होली खेले रगत् छ्यापी छ्यापी
समादर समाजमा सिकाएनन् कैले
सोच अझै समय छ, सुध्रिनेछ ऐले

गुरुहरु डलर् भन्दै विदेशमा लागे   
मन्दिरका सोझा-साझा,पण्डितजी भागे                        
राक्षसको पूजा आज समाजले गर्छ
जन-पसिना र रगत् भकारीमा भर्छ

धर्म-निहुँ शामँतीले काटामार गरे
विकृति यो बिध्वँसता सबै-घर-सरे
मन्दिर यो घरै जस्तो राख शुद्ध सफा
घर तिम्रो मन्दिर हो, छ शान्ति अहिँसा?   

पूराना कुरितीहरु कसरी हराए त?  
बाल-बिहे, विधवाको सति जाने प्रथा   
हटी हाले,दाश मुक्त,खै त के छ व्यथा?     
समाजको विकृतले आज देख्नु पर्‍यो
पूजा गर्ने मन पनि देख्दै रुनु पर्‍यो

धूम्र-पान निषेध भो हाम्रै जवानामा
दाँत पनि फूस्किसके भन्छन् काका मामा!
‘बेला यही केही गर्ने’- सुनी हाल्छन् जन
पग्लिएला विवशमा उन्को पनि मन  

शामन्तीले लादिएको बली बाँकी रह्यो   
राज्नीतिको दूर्दसामा किन वोझेल् पर्‍यो!   
सात्विकको विचारमा तामसले घेर्यो
विभत्सको परँपरा किन रहिरह्यो?

स्वाभिमानी आज्ञाकारी शाहसी हे धीर
धोका दर्द कुनै वीर चढ्यो तिम्रो शिर?
कस्तो शिक्षा, धर्म दिने? साना बालकमा?
बुद्धी किन सुध्रीदैँन हाम्रा चाकलमा?
  
मन्दिर कस्तो हुनु पर्छ?   
हरियाली खुसीयाली मृगहरु चरुन्
खोला नाला रुखै रुख चराहरु उडुन्
हाँस माछा उफ्री हेरुन् मयुरको नाच      
डाँफे मुनाल् गाए,कम्मर् बकुल्लाले भाँच   

सीप प्रदर्शनी क्षेत्र रामायण गाथा
भग्वतीको भक्ति बिना,सुन्नु के छ माता
देवालय मंडपमा प्रार्थनाको शूत्र
भजन र उपासना विन्ती स्तोत्र मन्त्र

तीर्थ स्थल भजन होस् संगित र कला
मार-हान्नु भक्ति हैन मीठा स्वर गला
नाच गान रमाइलो ध्यान शक्ति योग
भण्डारा र सेवा गर गरिवीको लोप

गाई बाख्रा कुखुरोले,खेती गर्छन् भोका
किरा,गोड्ने काम गर्छ भाले,गोरु,बोका
अज्ञान यो पर्सिएर चल्न दिनु पर्छ
बुद्धि ज्ञान सजाएर ढल्न दिनु पर्छे!

जँगलका बगैँचामा गोडमेल गरौँ
मन्दिरका वरिपरि फलफूल भरौँ
धर्म-पूण्य नाटकमा स्वाद जमाउछौँ                        
चाड पर्व गर्व गरी मिली सजाउछौँ  

राँगा गोरु जोत्न सिक गरा धरा खेत
काम लाउ आंगनमा बत्ती बाल्ने श्रोत
पानी तान तलबाट हिमालको माथी  
घर-द्वार सुरक्षा छ मिलिराखे साथी

मन्दिर यो पाठशाला सीप सिकाउनु
बाटो राम्रो खेत हाम्रो बारी सघाउनु
त्याग दान दया धर्म मन्दिरमा बढ्छ
न्यास योग भजनमा जप पाठ पढ्छ

नदी-नाला तिलहरी हिमालको माथ
सर्व-धर्म सम्मान र समाजमा साथ
गहना हो गौरी तिम्रा हरीया र सेता
राता फुल पहेँला झन् भरिएका खेत

अध्यात्म नै पेवा हैन,सेवा बनाउनु
मन्दिरमा पूजा पाठ बिदा मनाउनु
गरीवको पेट भर्नु लूगा फेराउनु
बाल वृद्ध असहाय प्रेम बढाउनु
बनभोज लाख बत्ती ज्योत जगाउनु
भूत-प्रेत पिचासको सातो कटाउनु

अज्ञानको बली गर्न सिकौँ   
स्वस्थ सफा मन्दिरमा पूजा-ज्ञान ल्याई
कानूनले बन्द गरौँ बली प्रथालाई
लूट-पाप महँगीले चोरी बढेको छ
नेपालीको संस्कारमा हिँसा गढेको छ

कोजाग्रत पुर्णिमाको झलमल्ल जून
मन्दिरका आँगनमा नबगियोस् खून
मानवले गर्ने गुण पशु-पँक्षीलाई
प्रेम सेवा आपसमा आश्रय रमाई

कुमारीको पूजा-पाठ सँसारमा लेख
यौटै देवी मात्र हैन, देवी-कन्या देख
पूजा हिँसा कसरी यो संगै हुन सक्छ?
पशुपति भोले लौ न? उठ, गर्ने मन् छ?

मिलिजुली सहयोग योगी परँपरा   
वैदिकी या बुद्धलाई राख साथै घर
हिँसा लोभ पापलाई बुझी त्याग गर
शरीरले, मन-मनै, स्वस्थ बन तर

वैज्ञानिक अपहेलना
महामारी रोग फैल्यो, शरीरमा व्यथा
आफ्नै शुद्ध विचार यो, कता गयो कता?
समाजका मूर्ख-बिच आफू त्यस्तै हुने?
संगतको फल रैछ दुखै-दु:ख दिने

खाना बिग्र्यो रोगाणुले झूठ पाप दँगा
गह्नाउने मन्दिरमा फोहोर र झिँगा
पानी छैन गाँउघर मन्दिरको सुक्यो
मदिरा र सुकुटीले देव-देवी लुक्यो

स्वर्ग भन्ने के नै रैछ?नजानेमा नरक्  
शरीर यो स्वस्थ नदी हावा पानी फरक्
जस्तो खायो त्यस्तै मन शुद्ध सदाचार
चित्त बुद्धी ज्ञान बन्छ स्वच्छ व्यबहार

सौभाग्य र समृद्धिले सफलता पावोस्
श्री-संपत्ती सुरक्षित कुशलता छावोस्
देशै भित्र शान्ति शुद्ध संस्कार यो आवोस्
मन्दिर्बाट पशुबली निषेध होस्, जावोस्!

- अनन्तगोपाल रिसाल [22 Oct 2010, कोजाग्रत पुर्णिमा]
Disclaimer: All the images referenced in this poem are from Google Images

No comments:

Post a Comment