नेपालको कठीन राजनैतिक,सामाजिक अनि आध्यात्मिक कान्लाका गोरेटाहरु अब राजमार्गमा एतिहासिक तरहले फराकिँलो बन्ने तर्खरमा छन्, यसमा नेपाली अथवा गैर-नेपाली कसैलाई पनि भ्रम नहोस्! यस प्रयासलाई नकार्नु भन्दा सकारात्मक रुपले संझेर, पूराना गल्तीहरुलाई सच्याएर लानु नै हामी सबै नेपालीका (यहाँ र वहाँ) लागि हितकारक, महत्वपूर्ण र रोमान्चकारी विषय हुन पुगेको छ! यो कुरा बुझ्न सक्नु पर्छ की आजको सानो निर्णयले भोलीको संब्रिद्धिशाली नेपाललाई ठूलो योगदान पुग्नेछ! अहिले सम्मको राजनैतिक माराकाट, क्रान्ति, मत-भिन्नतामा भएका खिँचातानी-पृष्ठभूमीले आर्थिक, नैतिक ह्रास गराएको छ! धेरै-धेरैलाई टूहुरो,विधवा र घर-विहिन पनि! अग्रगमन भनेको के हो त? अगाडी बड्नु,सोचाइलाई अगाडी बढाउनु र सम्पूर्णरुपले उन्नत भविष्यको ब्वक्तिगत, सामाजिक, राष्ट्रिय बहु-आयामिक सुधारका परिकल्पना एवँ परियोजना गर्नु! राजनेता,सामाजिक नेता, पत्रकार, सेवी,पंणित र आध्यात्मिक गुरुहरु सबैले के सजिलो गराइदिनु पर्यो की साधरण भन्दा पनि साधरण जनतालाई यी बिभिन्न बिधाहरुमा सरलीकरण,लचकता अनि नैतिकता बोल्नु पर्यो!
सबै चुनौती सजिला हुँदैनन्,राजमार्ग त्यसै बन्दैनन्! त्यस्का लागि पूर्ण समर्पणको जरुरी हुन्छ! यो कुनै बर्गीय, जातीय, राजनैतिक मार्ग होइन की जो एकलै पूर्ण छ या पुरिन सक्ने खाडल छ! यी आधारभूत मानवीय मूल्यको जगेर्ना गर्न सबैले सधैँ प्रयत्नशील र सहभागी हुन सक्नु पर्छ! चाहे प्राविधिक होस् वा चाहे धार्मिक बिधा होस् - सबैको राजमार्ग बन्ने प्रक्रिया झन्डै उस्तै उस्तै हो| हुन त प्राय: सबै सभ्यता, संस्कृति, राष्ट्र, मान्यता, मानव-मूल्य आदिका राजमार्ग यसरी नै बन्ने हुन्! राजमार्गका लागि पूर्बाधार भनेको जन-शक्ती हो, त्यो हामी कहाँ प्रसस्त छ! गुणस्तर हो, त्यो पनि हामी सबैमा सजीलै सँग सिकाइन सकिन्छ! सम्मिलित समाधान हो, त्यसलाई अलिकती दिनु र लिनुको - नियम बुझ्नु छ! निस्कर्षमा के भन्न सकिन्छ भने - नेपालीहरु जातैले राजनीति बिधालाई मात्रै ठूलो मान्छन्-जवकी संसारमा हेर्दा अन्य मान्य बिधामा पनि उत्तिकै सरिकता हुनु पर्यो! हामीले एक पक्षीय राजनितिक निकाशलाई मात्र स्थान दियोँ - दिनु पर्ने महत्वपूर्ण निकायहरु निकै थिए! सँसारले सिक्न सक्छन् भने अब हामी मेहनती उदार नेपाली पनि सँसारमा पुगिसकेकाले असंम्भव छैन! हाम्रो भाग्यशाली भविश्य तपाइ र हाम्रो हातमा छ! अहीलेलाई 'तपाइँ' भन्दा संम्पूर्ण संसारमा फैलिएका गैर-आबासीय (असिमित-सीमा रहित नेपाल बाहिर बसेका) नेपाली भन्ने बुझिदिनु होला! 'हामी' भन्दा नेपाल मूल भएका; नेपाली मन, पन र नेपाल प्रति प्रेम भएका; नेपाल बाहिरका, भुटान, भारत, यूरोप, अमेरिका र अन्य जो नेपाललाई सँपन्नशाली बनाउन, देख्न चाहने बिदेशका नागरिक आदि छन्-तिनलाई पनि बुझिदिनु होला! पूर्ण समीकरणका लागि यी सबै राजमार्गहरु परिपूरक छन्! यी बिभिन्न राजमार्गका गरिनुपर्ने गति निर्धारण,चालकका लागि सन्देश,सुरक्षित यातायात नियमका बारेमा भने फेरि अर्को कलम चलाउनु पर्ला!
राजनैतिक राजमार्ग:
देशको राजनैतिक रेखाँकन,सीमा, परराष्ट्र निति, आन्तर सुरक्षा, न्यायपालिका, ब्वबस्थापन,कार्यपालिका आदि राष्ट्र सँचालनका लागि चाहिने पूर्बाधार हुन्! यी भएपछी मात्र सामाजिक मूल्यताको कदर हुन्छ र सार्बभौमसत्ताको परिकल्पना गरिन्छ! राह्दानीको सहि परिचालन, गैर-प्रवासनको सामूहिक ब्वबस्थापन गर्न सक्नु आजको आदेश,जन-अधिकार र अनिवार्यता हो! जहाँसम्म राजनैतीक दलहरु पनि किन थरि-थरिका बनेका छन् त भन्ने प्रश्नमा पनि बिस्तारै सुधारिएको प्रणालीको सिर्जना भैरहेको छ! हिजो सयौँ दलहरु अब ५-१० मा मात्र पूर्णरुपले राष्ट्रिय स्तरमा देखिने छन्! काँचुली फेरिदैँछ, नयाँ यूवाहरुको खोज, जोसलाई समायोजन गर्न नयाँ राष्ट्रिय दलहरु खोलिएलान! भोलि सायद ती पनि २ र ३ मा मात्रै देखिएलान्-जसले गर्दा जन-साधरणलाई बैचारिक बिबादमा सजिलो सँग निस्कर्शमा पुगिने स्थितीको सिर्जना हुन्छ! पूर्व-कालका सबै कुरा नराम्रा थिएनन्! राम्रा राखिनु पर्छ, नराम्रालाई निखर्नु पर्छ! यो केवल राजनीतिको मात्रै नभएर, धर्मको, मान्यताको, जन-जातीय संस्कारको पनि आंदोलन हो! दीर्घ-कालका लागि, निकै उचाईमा पुग्नका लागि पहिलो पहल हो!यिनै प्रगति र उन्नतिशील,मानसिक उत्थानका भाव अनि गतिको संचार बिभिन्न धरातलबाट भइरहेको छ!हुन त राजनितीमा सबै ब्ववस्थापन नितिहरु अन्तर्निहित हुन्छ नै तर पनि कार्य बिभाजनका हिसाबले यस लेखमा अरु राजमार्गलाई पनि व्याख्या गर्नु उपयुक्त होला!
सामाजिक राजमार्ग:
हामी पहाड,हिमाल र तराइका नेपालीहरु संसारमा - बिस्तारै अनुकूल बातावरणमा कतै बिस्तापित हुँदैछौँ त कतै सरल तरिकाले समायोजित पनि! समाजमा बसेपछी त्यहाँ भएका,रहेका सबै सामाजिक प्राणीको उत्तिकै आदर,सम्मान र ब्यवस्थापन हुनु जरुरी छ! हाम्रो भू-भाग र प्राक्रितिक बनोटले पनि यही भन्छ की हाम्रो सामाजिक विलयन अनि अनावरण भएको छ! एकातिरबाट भारत-भूमी चुँलिदै छ त अर्कातिरबाट तिब्बतीय उपत्यका पनि मैदानबाट उक्सिँदै र फैलदैँ छ! यो नेपाल र नेपालीको लागि ठूलो भाग्य र अवसरको विषय पनि हो! जसरी सनातन धर्ममा जन्म र कर्म दुबैको उत्तिकै प्रतिष्ठा छ, त्यसरी नै त्यस्ता असाधारण पूण्य-भूमीका बिचमा नेपालको जन्म हुनुमा हामी नेपालीले गर्व गर्नु पर्छ! जसरी हामी हाम्री ब्यक्तीगत आमाको प्रसंशा गर्दछौँ! नेपाली हिम-श्रीँखला-दैवी परियोजनाले मात्र यो मानचित्रमा जन्मे देखिनै पाएका छौँ!अब त्यति मात्र भएर पुग्दैन, त्यो प्रादेशिक बनोटलाई, ठूलो मौक़ा सँझेर हामी सबैले त्यसबाट मिल्न सक्ने जागरूक अर्थव्यवस्थाको संरचना गर्न सक्नु पर्दछ! विश्वका बिभिन्न राष्ट्रका नागरिक,सँस्कार र धर्मको मिलन विन्दु या धरातल बनेको छ, आजको नेपाल! आजको बैज्ञानिक यूगले अनुसन्धान गरिसकेका मानेका,बिश्वाश र पत्यारलाई हामी नेपालीहरुले जैबिक रुपले होस् या प्रसोधित जडिबूटिका रुपमा होस् बचाएका छौँ! स्वच्छ,दूर्लभ पानी विश्वलाई पिलाउन सक्छौँ! अझै सौर्य,हावा,पानी र बातावरणीय शुध्दताका बारेमा पाठ पढाउन सक्छौँ! ती सबका लागि पनि, एउटा असीमित सामाजिक नव-जागरण र अभिनंदन गरिनु जरुरी छ! आदर,सत्कार हाम्रा अर्का विशेषण हुन्! नेपालीको भेष-भुषा,खाना,चाड-पर्व,तिथी-उमँग अनि सत्कारलाई अब अर्थशास्रीय शुत्रहरुद्वारा पनि हेरिनु पर्दछ| गतिशील समाजका लागि कति संभव होला त कति बिलासितताका साधन,कारण मात्र बन्लान्!यो सबै राजमार्गका नियम,साधनका रुपमा निर्धारित गरिनु पर्दछ! संघ-सस्था भनेकै समाजमा भएका सदस्यहरु र समाजको सामुयिक सेवा र प्रयोजनका लागि बनेको बिना भित्ताको एउटा काल्पनिक भवन हो,सीमा रहितको राष्ट्र हो| उदार संस्थाको उदार कानून,नियम र सँविधान हुन्छ! व्यवस्था हुनु राम्रो खुट्किला हो तर आफैँमा त्यो परिपूर्ण हुँदैन,पालना हुनुको महत्व छ!
प्राविधिक राजमार्ग:
पूर्व पश्चीम उत्तर दक्षिण राजमार्गहरुको योजना र त्यस्मा लगानी जरुरी छ! पेशागत,व्यवसाय-संबंधी उत्थान र तिनका गुणस्तर प्रतिपादन र ब्यवस्था वितरण गरिनु पनि अत्यन्त जरुरी छ| शिक्षागत छान-बीन,आंकडा संकलन र साधन,श्रम,सीप संरक्षणका लागि पनि एउटा वास्तविक राजमार्गको परिकल्पनाको खाँचो छ|कुन प्रविधीमा कस्तो जन-प्रेरणाको आवश्यकता छ, कुन सेवाको प्रचुरता छ त्यस्का बारेमा प्रभावकारी अनुसंधान,परिचालन गरिनुको पनि उत्तिकै निर्णायक भूमिका छ! जसरी विद्या सपन्न ब्यक्तिमा बिनयता हुनु जरुरी छ त्यसरी नै प्राविधिक ज्ञानको बिभिन्न सरल प्रकारले जन-पेशागतको जगेर्ना गर्नका निम्ति त्यसको प्रसार,प्रचार गरिनु लेखा-गणना हुनु पर्दछ| ब्यापारिक, स्वास्थ संबन्धी, पत्रकारिता, न्यायिक, आर्थिक, भाषिक विद्वानहरुको समूह र संयन्त्रको बिसौँ शताब्दिमा असाधारण उपयोगिता पनि छ! प्रतिरूप प्रणालीको खन्डन गरिनु पर्छ! विषेश गरेर सामाजिक संघ-संस्था खोलिँदा जसरी नामको अन्वेषण र खोज गरिन्छ त्यसरी नै संघ-संस्थाको मूल उद्देश्यको खोज गरिनु र सरलीकरण गरिनुमा धेरै समय र साधनहरुको मितब्ययिता हुने छ! जन-साधरणलाई नीति बुझ्न,सिद्धांत समझिन र आदर्शको अनुभुति गर्न सजिलो हुन्छ! कानुनी मार्गमा बिधिको शाशन होस, दण्डहीनताको अन्त्य बनोस, मानव अधिकारको रक्षा होस, भ्रस्टाचारको सदा सदाको लागि अन्त्य होस! वातावरणीय मार्गमा जलवायु प्रदुषणको अन्त होस्, प्राक्रितिक संरक्षण होस्|गाँउ गाँउमा बिना-तारका स्वस्थ संयन्त्र र सेवाहरुको उपलब्ध होस्! गुणस्तर शिक्षामा पूर्ण लगानी वढोस्!
आर्थिक राजमार्ग:
सबै राजमार्गका धेय विन्दु नै अर्थतन्त्र हो! अर्थ बिनाको प्रगति र संस्कार र नैतिकता बिनाको मनुस्य गतिहीन र अर्थहिन हुन्छ! हाम्रै अथाह जल-राशी हामीलाई अफाप सिद्ध नबनोस्, हाम्रै जन-राशी हाम्रा उन्नतीका काँढा नबनुन्! हामी अर्थले पनि साह्रै गरीब छैनौँ, हाम्रो मानसिकतामा गरीबी पन देखिन्छ! राष्ट्रिय श्रोत साधनलाई केबल यौटा बर्गले मात्रै उपयोग गर्न पाँईदैन! स्थानीय तथा समानुपाती लगानीमा राष्ट्र र संविधानले कुनै पार्टी र समुदायको आर्थिक हित मात्रै सोच्नु हुँदैन! योजना नगरिएको आफ्नै धन-राशीले कालान्तरमा आँफैलाई उद्योग र विकाश गर्नमावाधाले नपिरोस्! पूंजीवाद र उत्कृष्ट स्थलगत हाइवे र सूपर-हाईवेको कल्पना गर्दा तिनमा हुने यातायात बोझ र नियम, नियन्त्रण सहि हुनु जरुरी छ! अर्थव्यवस्थामा नयाँ परिवर्तन ल्याउन टिकाऊ वस्तु, गुणपूर्णता, निर्माताको लगानी, पैठारी, घर-बिक्री बितरण, व्यापारिक मालको बिक्री तथा अंतर्राष्ट्रीय व्यापार, कृषि आदिको सुपरिचालन पर्दछन्! बस्तुका उत्पादन प्रणाली,वितरण जस्तै तीनको सेवा खपतको पनि अर्थव्यवस्था छ! आर्थिक समस्याको रूप र तिनका सिद्धांतको विष्लेषण पनि चित्रण गर्नु पर्छ| परिमित उत्पादित साधनबाट यो प्रमाणित गर्न सकिन्छ की कुनै पनि समाजको अर्थ ब्वबस्थापनमा बस्तुको मूल्य निर्धारण र नियन्त्रण गर्न स्थानीय रुपले सकिन्छ! आर्थिक जागरण आइसकेको छ! हामीले हाम्रो भू-भागबाट चिन र भारतको अर्थ-ब्यबस्थालाई सबै राजमार्गमा उदार पन देखाउन र आफ्नो पनलाई पनि जगेर्ना गर्न ठाँउ-ठाँउमा बहस चलाउनु जरुरी छ! विश्वका संपूर्ण नेपालीहरु मिलेर नेपाल भित्र र बाहिर पनि कसरी तिनका लागि सामाजिक ब्यापार, कारोबार र सेवा सहयोग गर्न सकिन्छ भनेर सोचनु आजको आपसी आवश्यकता र अनिवार्यता हो! न्यूनतम पाश्चत्य शिक्षामा हाम्रो कमी छैन तर निरंतरताका लागि अब केबल विश्वाश सहितको पूर्विय संस्कार र सचेत-पूंजिवादको आवश्यकता देखिन्छ! प्रशोधित जडिबूटी, जैविक खाद्द्यान्न, प्राक्रितिक शक्ति,अथाह स्वच्छ पानीका भण्डार तिनका उदाहरण हुन्!
आध्यात्मिक राजमार्ग:
हामी नेपाली अध्यात्मका जन्मसिद्ध साधक हौँ ! हामीले हाम्रो अस्तित्व, प्राक्रितिक सँस्कार २-४ दिनका लागि बिर्सिएका मात्र छौँ - नष्ट गरिसकेका छैनौँ ! अवश्य हराएका छौँ, गुमाइसकेका छैनौँ| हराएको कुरा फेरि पनि सजीलै संग पाउन सकिन्छ-ठिक ठाँउमा खोज्यौँ भने! हिजोको अज्ञान आजको बैभव हो! हिजोको भ्रमबाट हत्यारा भएका रत्नाकर आजको ब्रह्मर्षी वाल्मिकी हुन्! सँस्कारले हामी हिन्दु, मुस्लिम, क्रिस्चियन, बौद्ध-धर्मा-अबलम्बीका घरमा, रास्ट्रमा जन्मिए पनि समाजको मूल्यता, कानून र व्यबहार पनि उत्तिकै रास्ट्रका हितका लागि अपनाउनु पर्छ! जस्तो-भनौ न-हामी हिन्दूहरु मन्दिरमा बली चढाउँछौँ ! त्यो तामसी प्रब्रित्ती हो! यो सामंती, पूजिँबादीहरुले सरल,सात्विक जनता माथि लादिएको हिंसात्मक परंपरा हो! यिनै कारणले हामी, हाम्रा बालखहरु, आज हाम्रो समाज क्रूर बन्यो-सोच्नोस! वातावरण दूशित बन्यो र सँस्कारमा कमजोरी देखियो! हामी देश भक्तले अब यो सोचौँ -यसलाई राजनैतिक,वैज्ञानिक -जुन सुकै सजिलो तरिकाबाट होस्, मन्दिरबाट हटाइनु पर्यो!
क्षमा, दया, आत्मीय सम्मान गर्न सिकाउने बिधा,मात्र आध्यात्म हो! धर्ममा बिवाद होला तर परमात्ममा हुँदैन| नैतिकतामा बिबाद हुनु हुँदैन! यो सबै विधाबाट सम्मानित हुनु पर्दछ! यसले मनोबल दिन्छ, हौलसा र सदाचार सिकाउँछ! मानवता धर्म, पूर्ण मौलिकता र कर्तव्यपरायणता जस्ता विशेषणलाई सघाउँछ! अध्यात्मताले विश्वका कुनै पनि राष्ट्रको वास्तविक स्वरुपको दर्शन गराँउछ! अर्थ, धर्म, संक्रितिमा गरीब भएकाको सही पहिचान पनि अध्यात्मले गर्छ! अरुको विश्वाशमा अश्रद्धा नजगाँउ, आफ्नो श्रद्धालाई अझ सामन्जस्यले परिमार्जित, नैतिक र दिगो गराँउ! मन्दिरहरुमा बली प्रथाको अन्त गरौँ, धार्मिक सँगठनहरुलाई समायोजित गरी अझ संगठित गराँउ! प्राणी-प्रेम, न्याय, समानता, ईश्वरीय भावलाई कदर गराई समाजमा सद्भभावनाको पूनर्जागरण गरौँ! अध्यात्म साधकले बुद्ध र शिवमा फरक देख्नु हुँदैन! कृष्ण र क्राइश्टमा शँका गर्नु बिना तर्क र निरर्थक छ! यी सबै धर्म,संस्क्रिती र परंपराका धरातल हुन्-न की अध्यात्मका! अध्यात्मले संपूर्ण प्राणीमा सद्भाव बढाउँछ! हाम्रो भौगोलिक परिधीले हामीलाई अध्यात्म साधनामा निक्कै सजिलो गरिदिएको छ! दिव्य दैवी सति शक्ति तथा पवित्रता सिर्जेको छ! सात्विक सुंदर शिवालय दिएको छ! अपूर्व र उत्कृष्ट विवेक चुरामणी र बुद्धात्माहरु उत्पादन गरेको छ! विविधतामा एकताको वोध, अतिथी सेवा र सँस्कार सिकाएको छ! हामी यी कुरा विश्वलाई सिकाउन सक्छौँ - आफूमा विश्वाश गरौँ, हाम्रो सँपूर्णरुपले राजमार्गहरु फराकिलो हुनेछन्! अन्तमा, यी सबै राजमार्गहरुलाई व्यवहारमा ल्याउन सकियो भने समाजको विभिन्न बर्गीय असन्तुलित धरातललाई पनि सम्म गराउँने प्रयत्न अबश्य गर्न सकिन्छ!
-अनन्तगोपाल रिसाल [23rd April,2010]
No comments:
Post a Comment