Thursday 2 September 2010

गाइजात्रा



मरेकाको श्रद्धा गर्न गाइजात्रा आयो
शान्ति-स्वस्ति,पूजा-पाठ,आत्मा सुख पायो?

जिउँदैमा सम्मान् गर, सभ्य समाज हो
भोलि भन्न सकिँदैन, को को कहाँ गयो?

गाइजात्रा यो,'गे'-जात्रा भो,अधिकार लेउ
पशुलाई सम्मान छ,हाम्लाई पनि देउ

गाईलाई अघिलाई,स्वर्ग-द्वार खोल
ब्यङ्ग्य-हान यमराज,लूगा,तीखा बोल     
पाइला पाइला लिई राख,पालो कैले आउँछ?
आत्मा खोजी संगै राख,भोलि आउँछ-जान्छ!

क्रिष्ण तिम्रा गोपी गाथा,सँधैभरी ताजा
सजाएर मन भित्र,राखी हेरौँ साझा!

मेहनत ब्यापारमा शिक्षा साक्षरता
दक्ष सीप साधौँ अब, सोचौँ अमरता

गाइजात्रे देश बन्यो, नेता लाखे ताल
राजनिति कुटनिति किन यो छ हाल?

बिवशता,राजकता,नियम छ दण्ड?
मँहगीले काम छैन? किन देश बन्द?

यौटाको छ लामो दारी,अर्को जुँगा छैन
हतियार बेची बेची,शान्ति आउने हैन!

गाई छैन देशै भरी मान्छे गाई बन्छन्
बिदेशको ब्यापारीले,‘ पाउडर्’-खाउ भन्छन्
काम छैन भन्छौ जन? कस्ले सुन्छ, दुन्छ?
गाई पाल मल जल खेती राम्रो हुन्छ

जैबिकी र बातावरण् शुध्द स्वस्थ खाना
नेपालको जडिबुटी,सँगित र गाना
गाउँ टोल बस्ती भरी सीप जात्रा गर
खेती राम्रो खोला नाला,कृषि भर पर

रंङी-चङगी वरिपरि,बिर्स शोक यात्रा
खित्का छाडी हाँस अब, हेरी गाइजात्रा



- अनन्तगोपाल रिसाल [2nd Sept, 2010]

1 comment: