Monday 13 September 2010

तिज पर्व मिली अब गर्व गर



तिज पर्व मिली अब धर्म गर
सम-आदरमा मिल मर्म छर
मनमोहक जीवन विश्व घर
अबकाश लिई भर ईश पर

सुन गीत र नाच हरी लहरी
ममता समता अब होस गरी
नगरी नव-ग्राम भरेर अहो
जन-योजनले अझ देश उभोँ

बनभोज कतै रसिलो दिन यो
सुख बाँड अरु सबको सकियो?

छ समाज सधैँ कति मिल्नु छ रे
शुभ प्यार उजागर हुन्छ भरे

शिव-सुन्दर भारत-भूमिभरी
अलकापुर शान्ति छ यो नगरी

कति तीर्थ र चाड यहाँ भरिलो?
शुर वीर कडा शमता दरिलो

उठ सत्य जहाँ मन आउँछ रे
जनको दिन एक उदाउँछ रे
तप प्रेम पुग्यो?गर धर्म सखी
सहयोग मिलाएर जाउ अघि

तर प्रेम जती दिलका बहनु
जित संयमले मन ईन्द्रधनु
गहना,तिलरी घर बर्तन छन्?
बल-जोस छ?बर्त,न के तन छन्?

मनमन्दिरको अझ झल्झलमा
जग-स्वर्ग र भूतल तल्तलमा

सज पर्वतकी नमुना अपुरा
नव रंगि र चंगि चुरा छ कुरा



सम-आदरमा मिल मर्म छर  
तिज पर्व मिली अब गर्व गर
तोटक छन्द (४ सगण,१२ अक्षर-३,३ मा  यति)

- अनन्तगोपाल रिसाल [10th Sept, 2010]
*Disclaimer- All the images referenced are from Google Images

No comments:

Post a Comment