Monday 20 September 2010

विश्व शान्तिका लागि हिमाल पग्लदैँछ

[विश्व शान्ति र सेवाका लागि सेर्पा समुदायले विश्वलाई लगाएको गुण विर्सनु हुन्न! गोर्खाली वीरहरुले शान्तिसेना बनेर शान्तिका सन्देश बोकेर नेपाल आमाको लागि बगाएको रगत बिर्सनु हुन्न! शान्ति नारा लिएर दरवारीया सुख छोडेर विश्व तारा सिद्धार्थ गौतमले दिएको बैराग्यको ज्ञान कहिल्यै नबिर्सनु! सनातन बैदिक धर्म स्थापनाका लागि हरेक युग-युगान्तरमा नेपाली-हिमाली भूमीमा सृस्‍टिको बीजको संकल्प गर्ने सदाशिव शंकरलाई कहिल्यै पनि बिर्सनु हुँदैन! अब संसारलाई संझाउने बेला आइसक्यो! ढिलो भैसक्यो, अब हामी जुटेर एक मन्त्र फूक्नु छ! पुँजीबाद र विलासितता मात्रै होईन, विश्व शान्ति र समुन्नति, सेवा र अन्तरिक्ष-संरक्षणको पाठ सिकाउनु छ! हिमालको शान्ति सन्देश, बुद्धका महान वाणी र शिवका ज्ञानलाई यथासक्य प्रस्फूरण गर्ने खालका 'प्लेकार्ड','डिस्प्ले', झण्डा र मन भरीको संदेश लिएर पाल्नु होला | संयुक्त राष्ट्रसंघको भवन अगाडि शान्तिको भावना र वातावरण संरक्षणका लागि आह्वान लिएर अवश्य आउनु होला!]

नेपाल् आमा हिमालमा मुटु चर्किदैँछ
संयुक्त यो विश्वलाई अमृत् छर्कदैँछ




सृस्‍टि, पानी, रगत् दियौ शान्तिसेना कति?
विश्वलाई कामदार सस्तो प्रिय जति!

सगर्माथा हिमाल्भरी शान्ति फैलीरहोस्
जनहीत संब्रिद्धीको सुख बाँडीरहोस्
तातो हैन न्यानोपन सभ्य गुटुमुटु
हिमालको काखमुनी बसौँ लुटुपुटु

पूँजीपति देशहरु हेर हाम्रो दसा
विश्व एक शरीर् हो स्वाश नदी नशा
राम्रो पानी पिउन सके स्वस्थ हुन्छौँ हामी
हिमालको अमृतको सुरक्षाको कमी

खोजेका क्यै छैनौँ कहीँ दिने मात्रै रैछौँ
हाम्रा हात सँधै फूक्का,माग सेवा गर्छोँ
नेपाल् स्वर्ग भूमी सत्य देवताको बाश
कल्पवृक्ष कामधेनु संसारको आस

शान्ति ल्याउँछ प्रगति र समुन्नति छिटो
भित्र बाहिर् सबैतिर मिल्छ भलै भलो
शान्ति मन्त्र तन्त्र फूकौँ विश्व हित्का लागि
फर्की आउँछ सुख शान्ति तिम्रै बाटो मागी

शँकरले सृस्‍टि गरे सनातन धर्म
बिकार र बिध्ह्वँशले निराशको कर्म
कृष्ण बुद्ध संस्कारले शान्तिज्ञान पथ
विश्वलाई ब्युँझाएर ऐश्वर्यको तर्फ

समाजको श्रोत साधन् मिलिजुली भोग
समुन्नति सगोलमा शोक मुक्त रोग
वातावरण् शुद्ध भए भूमी वायु खोला
संझीदिनोस् एकै छिन जिवन् कस्तो होला?

र्याली गर्छु भन राम्रो,बहिस्कार हुन्छन्     
हड्तालमा रातो झण्डा,कालो बनी घुम्छन्   
पैले चोर थियौ? चाँडो, ऐले चोखो हुने
नेता बन्दै जन्तालाई कति धोका दिने?

सभ्यता नै पग्लीजाला सोच विश्व देश
अध्यात्मको ज्ञानशिला टुक्रिजाला शेष
संयुक्त यो जोगाउन संयुक्तमा लाग
बाहिर् मात्रै नारा हैन भित्रै भित्र जाग



साना नानी कलिला छन् माइतबाट भागे?
बम्बे लागे विश्वाशमा,किन पाखा लागे?
विलासी र पापी, भोगी किन धर्ती झर्छन्?
अनुराधा तिमी जस्ता आमा अरु काँ छन्?

शिक्षा छैन दरिद्रीले अन्धकार छायो
हिमाल् हेर्छे,विश्वलाई?आशुँ मात्रै पायो
किन सुख्खा भए भीर?बाकिँ के छ?शीत
गरीवको अधिकार छैन,प्रेम-प्रित

मुस्कुराइ हाँस्न छाडे,साना-फराकिला
सेता अब काला बने पहाडका शिला
फाटीजाला धर्ती,दरा सभ्यता नै सुक्यो
कलकल बग्ने नदी पातालमा पुग्यो
                
मान्छे, देश बग्दै छ रे!समुद्रको पारी
तलै-तल पहिरोले लग्यो खेत बारी
स्वर्गबाट नरकको मार्ग किन छान्यौ?
बिरानाको देव-देवी,नजानेरै मान्यौ?
 
हिमाल् अझ अग्लिँदैछ हामी भासिँदैछौँ
विलाशको जर्जरमा खुशी-हाँसी मै छौँ
उब्जनीको मल माटो रोक्नु पर्छ गरा
मागी खानु पर्ने छैन गोडौँ धर्ती धरा


सेवा भावनाले मन अझ अग्लिँदैछ?
दु:ख पीर असहाय दिल चर्किदैँछ?
संयुक्त यो विश्वलाई अमृत् छर्कदैँछ
नेपाल् आमा हिमालमा मुटु पग्लिँदैछ

- अनन्तगोपाल रिसाल [21st Sept, 2010]
*Disclaimer: All the images referenced in this poem are from Google Images.

No comments:

Post a Comment