Monday, 20 December 2010

प्रवासीएको जीवन



संघबद्ध प्रवासी बनौँ तर अनाधिकारिक अनुत्तरदायी अलोकतान्त्रिक अपारदर्सी गैर नबनौँ है?

हामी सबैको आ-आफ्नै प्रकारको उद्देश्य या विवशता छ - नेपाल छोडेर विदेशी भूमिमा समाहित हुनु या शरण लिनुमा! कतिले हाम्रा पिता-पूर्खाको पेसागत विवशतामा बनारस, भूटान, अम्रिका या संसारमा कतै पनि छरिएर रहनुको मौलिक/पारिवारिक कारणहरुलाई ह्रिदयत स्वीकार गर्न सकेका छौँ त? संसारका कुनै पनि कुनामा नेपाली पनबाट पलायन भएका छौँ त? पढन, सिक्न, कमाउन, कमाएको जोगाउन, अरुको अगाडी फूर्ती लाउन, आफ्नो प्रतिभाले पून: संसारको सेवा गर्न, नेपालमा फर्केर जानेका कुरा सिकाउन आदि इत्यादी - निकै अरु कारणहरु होलान् हाम्रा प्रवासी जीवनको पनि! कथा, ब्यथा र बेईमानी प्रकरणहरु होलान् - भित्रै भित्र उकुस्मुकुश भएर रहेका बेदनाहरुको!
कहीले काहिँ हामी बाध्य हुन्छौँ कसैको या कुनै संस्थाको, पद्धतिको परिपाटीको पक्ष लिन! तर कतै पून: स्विकार्छोँ की अब त हद भयो-यो भन्दा सहन सकिन्न!  हाम्रो मानसिकता र प्रव्रित्तीको कुरालाई लिँदा यस्तो लाग्छ - हामी सोच्छोँ की अब हामी संस्थामा चुनियेर आएपछी हाम्रो शक्तिमा अनायाश चमत्कारले द्वि-गुणा हुन्छ! जे गर्दा पनि हुन्छ, मलाइ हेर्ने - चेतावनी दिने मानिस वरपर छैनन्! एक दुई चोटि शायद हामी फुत्कन्छौँ पनि होला तर सत्य लुकेर रहन्छ र एकदिन अबश्य सतहमा आइहाल्छ ! जुन हिसाबले संस्था, गतिविधी र तिनका संरक्षकत्व प्राप्त गर्दछ - त्यसरी नै त्यसको दीर्घताको योजना सोच्नु दूरदर्सिता हो! किन संस्थाहरु पलायन हुन्छन् भन्दा यिनै कारणले गर्दा हो !   

त्यस भित्र भएका नियम-कानूनमा संसोधन हुनु, राम्रा-लोकतान्त्रिक, पारदर्सीतालाई प्रत्साहन दिने खालका परिवर्तन हुनु अत्यन्त जरुरी छ!  यस्मा बहस हुनु पनि जरुरी छ नै! जसरी लोकतान्त्रीक मूल्यताहरुमा मूक भएर रहेमा सभ्यतानै लूप्त हुन्छ-त्यसरी नै परिमार्जित नगरिएको सँघ-संस्था, नबग्ने नदी झैँ फोहोरी भएर संशोधित नभएको समाज झैँ सूकेर जान्छ! जन्मनु गाह्रो छैन तर जोगिएर बाँच्नु गाह्रो छ! ईज्जत कमाउन सजिलो भएझैँ जोगाउन मूश्किल छ! हेर्नोस हिमालमा हिँउ पर्न गाह्रो छैन, पानी पग्लिएर बग्न गाह्रो छैन तर पहाड बस्ती हुँदै धारामा सफा रहेर आइपुग्न कति गाह्रो छ! आजको समुन्द्र हिजोको हिमालबाट पग्लियेको हिँउ हो! आजका विश्वका नेपालीहरु हिजोको मेहनत, बफादारिता र सँस्कारित धर्म र संस्क्रितिको उपज हुन्!

काम,दाम र माम खोज्दा खोज्दै मूसा दौडमा हराएको हामी हाम्रो आफ्नै गुँड र सभ्यता भित्र कसरी पस्ने होला? गैर कार्य,गोली र चाकडीबाट तर्सिएर भागेका हामी गैर प्रवासी बनी कसरी बस्ने होला? नयाँ संविधानको आस्वाशनमा मात्रै जीवन लीलामा पवित्रता फ्याँकेर किन पो फस्ने होला?


अगुवा, ठगुवा,भगुवा र हगुवा-
यस्ता चरीत्रको विश्लेषण गरौँ ! तपाईँको छिमेक, गाउँ, पार्टी, संघ संस्थामा यस्ता व्यक्ति कति छन् त? भगुवाको कुरै नगरौँ! जो गल्ती गर्न डराएर समाजका लागि केही गर्दैनन् ती हुतियारा भगुवा हुन्! जो आफ्ना र अरुको गल्ती छोप्न दशौँ झूठ र पून: गल्ती दोहोराउँछन् र अरुलाई पनि ती ब्यबधान र दूर्गन्धको नराम्रो अपारदर्सी, अलोकतान्त्रिक, असहयोग र गैर असर छोडेर जान्छन् ती समाजका संब्रिद्धीका लागि खतरनाक सिद्ध छन्! आफ्ना फोहर अरुलाई सोर्न लाउने हगुवालाई न लाज र शरम हुन्छ न की उत्तरदायित्वको बोध! तिनीहरु आफ्नो आडँबरको पूजा सेवामूखी, संस्था भक्ति र राष्ट्रभक्तिमा ल्याएर खनाउँछन् र २-४ दिन मिडियामा चर्चित हुन्छन्! अगुवाले सबैलाई साथ लिएर जान्छ, थोरै र विरोधीको पनि सम्मान गर्छ र अग्रगमन र गति देखाउँछ! गल्ती गर्छ तर शुद्धतामा बढी समय खर्चिन्छ, आफूलाई शुद्धिकरण गर्छ! रक्सीको मातमा टल्पिलियेर, हातमा बन्दूक बोकेर, जाति जनहरुलाई भाँडी जनजातिको आगो दन्काएर शान्ति र देशभक्तिका प्रचार गर्ने किताणुहरुलाई समाजले कालो मोसो र टाउको मूडेर डाँडा कटाउँछन्! सत्यताको पर्दा खोलिएपछी लाजले पानी पानी अनि डरले त्राही त्राही हुन्छन्! लोभ, क्रोध र आडम्बरी शक्तिले अक्कासिएको अहँकार अब पून: पारदर्सी, लोकतान्त्रिक,सेवामूखी जीवनको शरणमा उत्रिन्छन्!


प्रवासीएको जीवन !

जन्मेको माटो हिमाल नदी,ती पनि द्यौतै हुन्
बाहिर भित्र जाँ बसे पनि मन्दिर यौटै हुन् !
हिउँका पानी पग्लेर आज समून्द्र गहिरो
अमृत धारा आमाको दुध पियेको संझियो!

बुद्धको शान्ति शिवको शान्ति छैन क्यै फरक
त्यै धर्ती स्वर्ग मिलेर बन्छ नमिल्दा नरक
उर्लेर आवोस् भावना मीठा विश्वका नेपाली
बाँडेर खावौँ मिलेर साचौँ सभ्यता हिमाली!          

फूलका थूँगा ईश्वर पुग्छ मालाको सुगन्ध  
बिचार हामी उज्यालो गर्दै नबसौँ छ अन्ध?
सर्व-जनको हितमा खुशी,विश्वनै कुटुम्ब!
हृदय खुल्ला परम दर्शन्,नेपाल अचम्म    

- अनन्तगोपाल रिसाल [20th Dec 2010]

No comments:

Post a Comment