Friday 31 December 2010

नयाँ बर्षको नयाँ उपहार!



नव वर्ष उमंगमा उही, नयाँ साथी     
परिवार समाजको उन्नतिले माथि
आकाशमा उडुँ मीठा कल्पनाको-पार्क  
निन्द्राबाट ब्युउँझिएर प्रगतिको मार्ग!

संघ-संस्था मिले भने निक्कै काम हुन्छ
मनोनित निर्वाचित सम्मानित को छ?
खोजी गर लूकी बस्छन् बोलाउन,खै न!
काम गर्ने को छ हेर, जात-थर हैन!
   
चौतारीको छहारीमा सेवा फल चाख
सोच जाति,काम दामी,साथ राम्रो राख!
देख्ने सब्ले लेख्न सके,लेख्ने जे जे देखे!
पारदर्शी जनतन्त्र है न किन खेदे?
राम्रा राख्छ समाजले,नराम्रा चैँ फाल्छ!   
देशै शान्ति पर्यटन्ले स्वर्ग बनी हाल्छ
  
ल्होसार हो भिंतुना यो बैशाखको मेला
सधैँ नयाँ वर्ष आवोस् रमाइला भेला
दशैँ दसक् गर्मी बिते तुसारोको पाटो
हिउँ, जाडो, घरै भित्र, सीरकको तातो!

प्रवासिने सबै खोज्छन् खोज्ने ठाउँ बेग्लै
कोहि उडी बेसी झर्छन्, उपत्यका खोज्दै
गाँउ-घर आँगनमा बेवारिसे डोको !
देशै छाडी लाग्यौँ हामी सिर्जनाको धोको!

जन्म जन्म पाइँ-रहुँ नेपालीको नाता!
गाउँ घर साथी-भाई गाईँरहुँ गाथा !
पुराना ती संझु, बिर्सुँ के के गर्ने भोली?
आज चाँही नाचुँ,गाउँ मन दिल खोली

- अनन्तगोपाल रिसाल [31st Dec 2010 ]

No comments:

Post a Comment