Saturday, 17 July 2010

गजल: समाज-सेवी-हरुको अध्यक्ष


संघ-संस्था भन्दा धेरै आफ्नै संझी रुन्छु
क्यै पो गर्न सकिन्छ की?मन मनै गुन्छु|

फोन,ईमेल् हात लाग्यो, कुन् कुन् संस्था कुन्नि?
जाने जति सबैलाई एक् एक् गरी चुन्छु |

मेरै कुरा सुन्नु पर्छ, मेरै गोरु तीखे-
नमान्ने ती अधर्मी हुन्, घरै भित्र थुन्छु |

गल्ती हुन्छन् गरेपछी,नगर्ने-को हुन्न?
दुइचार् वटा पाप लागे, काशी गई धुन्छु

बाहुन्-क्षत्री,नेवार् सेर्पा,गुरुङ् मगर् हैन?
मान्छे भन्दा भिन्नै आफू जन-जाति खुन्छु!

देख्ने आखाँ छैन मुख, मन-परी गाली
यौटा कानबाट छिर्छन्,अर्काबाट सुन्छु |

जात्रै जात्रा वरिपरी- खायो बित्यो साँझ
आफ्नो दुनो सोजाएर, महल त्यो बुन्छु

योजना र समारोह, समन्वय पत्र
थाहा छैन कुन्मा थियेँ, ऐले के मा,कुन्छु?

राजनीति,अर्थनिती गाँउका सभा-सद
गाहकी हुन् समाज यो, गाई-सरी दुन्छु

सेवक हुन् भाले सबै-सहयोग खै त?
खसी,बोका,गाई-अरु, अध्यक्ष मै हुन्छु |


- अनन्तगोपाल रिसाल (Jul 17,2010)

No comments:

Post a Comment