भानुभक्तीय महिमा:राष्ट्रीय एकता
घाँसीकी-गुनकेसरी, मन-हरी, छन् किर्ति-नानाथरी
छाम्दा मल्मल झैँ सलल्ल बगने गीला तकीया सरी
सुत्दामा मन शीतलै कलमले-श्रष्टा र शीरोमणी
स्वप्ना झैँ चलचित्रकै-मलम के? काब्यै छ रामायणी
भानूभक्त गयौ कहाँ? नचिनिने? खोजेर, राखौँ अब
मीठा ज्ञान अझै छ,छैन-अमिलो, चाखेर मागौँ सब
संस्था-ब्यापक बन्छ, खै? मनमिले, गाह्रो नमिल्दा कठै?
हाम्रा सभ्य समाज हे, अब उठे! छैनन् यहाँ बोझ क्यै!
हाम्रा सम्मान,सम्पत्ती, सद्भाव जन-जातमा
भाषा,धर्म,अनुष्ठान - प्रेम-बैभव साथमा
धर्मले गरियो रक्षा, पर:भाव- पदोन्नती
भाषा नै धन हो त्यस्को, जस्को भाव छ उन्नती
साहित्य कस्तो हो? शिक्षा- संपती यी किताब हुन्
भाव, संस्कार त्यो छैन, पत्रै-पत्र बेकार हुन् !
शब्द-ज्ञान भये आज, धेय-ध्यान पुर्याउने !
चिन्दै अक्षर आत्माको, परमात्मा चिनाउने
तारामा अब देखिन्छन्, नेपाली छन्द बज्दछ
मेघ गर्जन्छ ईन्द्रआदी ,भूमी नेपाल भज्दछ !!
अर्को नेपाल जन्मन्छ, हिमाली भाव खोल्दछ !
स्वर्गमा अब देवादि नेपालीबाट बोल्द्छ !
दैवी खेल रचाइ भानु-भवमा नेपाल यो स्वर्गियो
सीताको नव-जीवनी सरलता, यो विश्वमा गुन्जियो
संसारी, पथभ्रष्ठ कैँ, सु-मनली उद्दार है गर्दियौ
घाँसीका-घरको, समाज-जनको, सम्मानले भर्दियौ|
संस्क्रीती मान्यता वेद, पालीबाट बन्यो नयाँ
न-य-पाली बन्योँ हामी, चम्किन्छ्ओँ विश्व माझमा !
अनास्था, लोभ, शन्ताप, संकिर्ण किन? जालमा?
आफ्नो आधार विज्ञान, नबिर्स्यौं अनिकालमा !
खुस्कनु हुन्न है हामी, खाँसी खस् खस् भये पनि
'खस् बाट खसेकाले खसी बन्न पुग्यौँ ' भनी
परिवार थियौं हामी, परिवार रहौं सधैं
बन नेपाली संसार-जहां छौँ विश्वमा कतै
आस्था स्वच्छ सनातनी सरसता - यो वैदिकी दर्शन
किर्ती गान म मुग्ध भै कति गरुँ? मोती-सरी वर्णन?
सुन्दा धर्म, र भावना, नरमता- हिमाल पग्लिन्छ ल
कान्तीपूर्-तनहुँ छ स्वर्ग सरिता-नेपाल तीर्थ स्थल|
परिवार ठूलो हाम्रो,बिभिन्न जन-जातीय!
सम्मान सबको एक, नेपाली, बन आत्मीय।
भेष-भोजन-भाषाले,भिन्दै भाव?भयो त के?
नेपाली-मनले एक, छौँ ब्यग्लै थर,नामले!
सेर्पा,गूरुङको भाषा, तामाङ्-नेवारको पनि
थारु,मगरको आफ्नै,पहिचान फरक् छ नी!
मिल्दाजुल्दा सु-संपन्न, नत्र दिल त-दुख्छ नि?
यौटै मात्र कहाँ हुन्छ? स्वच्छ-मानवता धनी?
गाँउ-हिमाल, आस्थाकी तराई र प्रदेशकी-
आमा छिन् घरकी घर्ती-बाहुन्-राइ-मधेशकी
खावौँ बाँडी-चुँडी आज, सबैलाई छ, पुग्छ नि!
समाबेशी हुनै पर्छ, भाषा-जातियता पनि |
दार्जीलिङ् बस काँगडा नगरमा फैलेर भारत् भरी
द्यौता-झैँ घुम वाल्मिकी हिम-नदी भूटान् र बर्मा झरी
सिक्किम् उत्सव गर्वले धनगढी, आसाम, किल्ला गढी
तिम्रै मान र गानमा हिमचुली चूलिन्छ माथी चढी!
जोडी वैभवले असंख्य जनता यै सभ्यता, साधना
पोती रङ्ग अनेक छन्द-रसले न्यानो मिठो भावना
जोगायौ धन-देश यो अमरता, क्वै छन् यता, क्वै उता
बाँध्यौ काव्य र प्रेमले, नियमले-राष्ट्रीय यो एकता |
- अनन्तगोपाल रिसाल (Jul 10,2010)
म स ज स त त गु
SSS IIS ISI IIS SSI SSI S
[छन्द-शार्दूलविक्रीडित , १९ अक्षरको एक पाऊ, चार पाऊको एक श्लोक, १२ र ७ मा यति, छन्द-अनुष्टुप ८,८ मा यति]

No comments:
Post a Comment