के के, कहाँ, कस्का लागि, सोचौँ किन, कैले?
कस्तो काम साँध्न सक्छौँ ? आफ्नो सीप पैले!
कस्तो काम साँध्न सक्छौँ ? आफ्नो सीप पैले!
अर्थ-मेरो भविश्य हो,सीप वर्तमान
निष्ठ तेज बाहादुर, बल-थर्कमान
पाइलट देखि इरेक्टर, डाक्टर म्यानेजर
अपरेटर टनेल-बोरिङ, ठूलो इञ्जिनियर
अपरेटर टनेल-बोरिङ, ठूलो इञ्जिनियर
सुपरभाइजर् कारखानामा सुत्ने-गोदाम!
मेसिन जस्तै काम गर्ने, भुट्ने बदाम!
मेसिन जस्तै काम गर्ने, भुट्ने बदाम!
प्राविधिक, सुरक्षामा सीप साँध्नु पर्छ
पहिरो र बाढी बच्न, बाँध बाँध्नु पर्छ!
सरलता स्वभावले विश्वलाई प्रिय
स्वर बोली वचन् मीठा, सँधै भवदीय
पानी हाम्रो अमृत हो, जल-जीवन् फल्ने
शितलता सहरमा, झलमल्ल बल्ने
नाच्ने गाउने कथा कवि गीत संगीतले
स्वतन्त्रता मन खुशी, काम जे नै गरे
प्रहरी क्वै प्रहरमा मार्ग-प्रदर्शक
प्रेस कलेज् न्यायालय,ब्यस्त-प्रबर्धक
ब्यापार र सैनिकमा,पाठ प्राध्यापन
सिक्नु पर्छ उमेरैमा,शिक्षा अध्यापन!
पोडे, च्यामे, कुचिकार बरु गर्छन् सफा
फोहोरी छ्या ! लेखक र साहित्यको सभा
डकर्मी र सिकर्मी छन् कलाकार धनी
राज्नीतिमा लाग्नेहर्को बिग्र्यो दशा-शनि?
चोरी गर्न जान्दिन म,सानो काम गर्छु
कमाई छ जसोतसो धर्म गरी भर्छु
कार्खानाको कुल्ली तर मन-घरवार
सानो तिनो झुपडीमा खुशी-परिवार
घाँस काट्ने भाँडा माझ्ने फुल लाउने माली
शँख फूक्ने ढाँङ्रो ठोक्ने धूप-बत्ती बाली
बेच उखु सुन्तलाको रस आँप मेवा
अस्पताल्मा रोगी हेर बुढाबुढी सेवा
दमाइ र सार्की-दाइ-सिँउछन् समाजको
खेती कृषि पशुपालन्, सेवा अनाजको
कपाल् काट्ने, नङ् राख्ने,कोरीबाटी-भूत्ले
कुनै पनि काम सानो हुन्न मेहेनत्ले
जता हेर्यो उतै राम्रो, छिमेकीले गर्व
मन चँगा भयो भने सधैं-भरी पर्व
दिन्भरीको थकाई त बिर्सीएछु साँझ
भाग्य-परिवार, देश जन्मिएछु आज
जडिबूटी, गाई पाल्छु दुध खुवा नौनी
बुद्धिवान बलवान मेहनती छौँ नि
हिमालको आरोहण,वर्लनुमा गाह्रो
बेला मौसम् मिल्नु पर्छ ,पुग्नु पर्छ चाँडो
खेलाडी हुँ, दूर्-दर्शन्, दर्शक म प्रेमी
जूवाघर,कसरत सिकाउने 'ट्रेनी'
हवाइ-जहाज् उडाउँछौ? कुदाउँछौ गाडी?
दिनभरी रमाएर किन-बेच साडी?
‘म त गुरु सन्यासी हुँ’, समाजको सेवी
आफ्ना छैनन् कोही-सबै भेटी, चेला-चेली
सक्छु है म, जे नि गर्न, स्वतन्त्रको जात
जन्म-कर्म ईश्वरको पूजा मेलापात
अध्यात्मका शिखर छन् अधिकार- के छ?
अद्भूत र अलौकिक, आफ्नै कला-पेशा
- अनन्तगोपाल रिसाल (Jul 21, 2010)
No comments:
Post a Comment