गजल: जीन्दगीमा धोकै धोका!
[बिचरा एकजाना पहाडका साथीले गाँउमा सुनाएका गजडीँ, गजली र उनको अनुभव ! जीवनमा धोका खाएका रहेछन्। जंगलमा दाउरा काट्न जाँदा शुरु भएको माया प्रिती, एक वर्ष बिदामा आएका लाउरेले उनकी मायालाई सपना झैँ उडाइदिएछ! मन परेको बलिया दाउरेसंग गाँउमा बस्नु भन्दा बरु चाउरे भए पनि लाहूरे सँग आफू मुग्लान भागिछे| जानु अघि बारीका फूल टिपेर घरको दैलोमा राखेर गएकी रहिछन्! जसलाई माया गरेको हो-त्यसैले छोडेर गै ! साथीको साँझ बिहान लूटिएको रहेछ! लूटिनेलाई कसरी भाग्यले पनि एकैचोटी लूट्छन्,ल सुन्नोस्!]
धोका दियौ छाती मेरो छीयै छीया रैछ्यौ!
मुटु चिर्यौ बन्चरोले चिरै चिरा रैछ्यौ!
जिन्दगी यो लूट्यौ,लग्यौ-झूठ सहाराले
फुल दियौ गन्हाउने किरै किरा रैछ्यौ!
कागतीले मरेकालाई बिउझाउँछ भन्थे,
निबुवा र भोगटेको बियैँ बियाँ रैछ्यौ!
पोखरीमा डुँबु भन्दा लेउ झ्याउ फोहोर्
डाँडामाथी चडेँ,चिप्लेँ भीरै भीर्का रैछ्यौ!
[पछि थाहा भएछ लाहुरेले त बिहे गर्ने सूरमा उन्की प्रियसीलाई छोरो पाए पछि बेचिदिएको रहेछ! वनको यो ब्यथा कसैलाई पनि नदोहोरियोस् की भन्न-सकी-नसकी बिचरा फेरि गाउँमै वर्लिएछ! आफन्त र जीवनमा कतै साहारा नपाएर मन बहलाउन नजिकैको साहुनीलाई सँझेर होटेल्-भट्टी भित्र छिरेछ!]
होटेल् छिरेँ राम्री देखी खाना मीठो होला
मसला त बास्ना थियो,जीरै जीरा रैछ्यौ!
भट्टी भित्र साउनी सोध्छे-एकै छिन्को पासो
सितल् प्याला तानेँ तातो चियै चिया रैछ्यौ!
[जीवन-मरणको त्याग गरेर, प्रियसीलाई बचाउन बिरक्तिएर उ पनि मुङ्लान भासिएछ! करीब २ बर्ष पछि पत्ता लगाएर आफ्नी जीवनको मायालाई गाँउ-घरमा फिर्ता लेराएछ!]
घर्का लागि भारी बोक्छु,योउटै बन्चरो
सफा सुग्घर् धार लाउँला,खियै-खिया रैछ्यौ!
-अनन्तगोपाल रिसाल [May 25th 2010]
No comments:
Post a Comment