Wednesday 26 May 2010

न्यूयोर्क शहर!

[नेपालको मन्दी र बन्दीबाट भर्खर स्वतन्त्र भएका नव जोडी न्यूयोर्कमा डी-वी परेर आइपुगेछन्! दिनभरी काममा जानु पर्ने हुनाले श्रीमतीलाई घुमाउन पाइसकेका रहेनछन्! अमेरिकाको आर्थिक मन्दीले उनीहरुलाई पनि छोएको त थियो नै, त्यसमाथि पनि नयाँ भवन, संस्क्रितीले उनीहरुलाई पनि नछुने त होईन नि! ल सुन्नुहोस् उनीहरुको बार्ता! ]

श्रीमान:
नगर अलग बाटा,गाडि छीटो दगुर्छन्
नहर घर सजीला,रेल-आबाज गर्छन्!
डलर कम छ प्यारी,खर्चिली चैँ नबन्नु
पसल कति छ खानी,घुम्नु केही नकिन्नु!
श्रीमति:
छ घर गगन छुन्छन्,लाज छ्या!मस्त चुम्छन्!
उकुस-मुकुस बन्दी,झ्याल छन् बन्द हुन्छन्!
शहर कसम प्यारा क्या मजा!शोख,खाएँ!
मन भर रसिला ती सोच संसार पाएँ!

युवक-युगल जोडी चोकको आलमा झन्
किन र?बदन मुन्द्री पेटको प्वालमा छन्?
नजर लचक लूगा 'फ्यासनी'को लगाएँ
नयन चमक चँगा चाँदनी चम्चमाएँ

जति जति मन लाग्यो, लाइ खोल्दै फुकालेँ
रहर घर पुर्याएँ साँझ फर्केर आएँ
पसल कति चहारेँ भोक मोमो:उतारें      
कवि कवि भनि हाले मैले लेखी सुनाएँ 

छन्द:मालिनी,१५ अक्षरको एक पाऊ,चार पाऊको एक श्लोक,८ मा यति

-अनन्तगोपाल रिसाल [23rd May 2010]

No comments:

Post a Comment