Friday, 28 May 2010

मित्रका चित्र-भित्रका विचित्रता



मित्र कलाकार उत्तम नेपाल र अनन्तगोपाल रिसालका सह-रचना (28th May 2010)



तिम्ले मलाई जन्म दियौ,मैले तिम्लाई दिएँ!
कसले कस्लाई पोत्यो कुन्नी?बाक्लो रँङ पिएँ,
लीला हो यो खेल हाम्रो दुई-चार दिनलाई,
कोही आउला कुनै दिन,हाम्लाई लिनलाई?


बल्ल सोच्यौ होला,हैन किन नेपालमा?

छर्की छर्की देवभूमि-बाट हिमालमा,
बोकीदियौ संजिवनी हनुमान् झैँ सारा
पोखीदियौ गँगा-ल्याई अम्रीतका धारा!



आतँकित चित्कारको बम बिस्फोटन्
चित्त चल्यो दुखै दु:ख शान्ति उद्बोधन्
बातावरण् दुसित् छ-मनै छेकियौ
विबसता कठै तिमी,किन रोकियौ?




मन बुद्धी ह्रिदयमा आत्मा सजाउ
मन्दिरमा पस कि त भित्र नजाउ!
कृष्ण आज घण्ट बजाउ गरीबको घर
समाजमा संस्कारको माला-बुन तर!




कति दु:ख बिते दिन माँगी रुँदै जिउँ?
नमरने सुख अब अमृत यो पिउँ
रित्ता भाँडा छैनन् कुनै नानीलाई हुने
आत्म-ज्योति जगाएर ह्रिदयमा छुने!


मुटु बाहिर निकालेर माथि आकाशमा
भित्रै भित्र उडी
हेर चंगा बतासमा!
दुख:छैन हिमालमा बादलको पारी
ईश्वरीय लीलालाई
हेर्छु लम्पसारी!



आयौँ,भोग गर्यौँ,रह्यौँ, अब कता? जाने भनी सोच्द्छौँ ?
हाम्रा तर्क-वितर्कले नसकिने, प्यासी बनी घुम्दछौँ |
धेरै होश गरौँ,असूर मदको बास्ना न हो झर्दछ
नाशै छैन,निवाश यो भन कता? मृत्‍यु त्यहाँ मर्दछ|


स्वर्ग-तल नझरेर आफू चिनौँ पैले
कस्ले कस्लाई के नै दिने?कस्को कर्म कैले?
निराकार चित्तमा जो उस्तै छन् स्वरूप,
मूर्त-मूर्ति के नै छ र?जीव आत्म रुप!


आशिर्वाद दिनु हवस् मलाई गुरु-जन्य
सून्य, आफैँ, एकात्मता-बोध हुन्छ धन्य!
मन ईक्षा हराए त? छैन गुरु,पार्थ-
जंगलको, जीवनको एक पुरुषार्थ !


आत्मा एक तिमीसँग बुद्ध परमात्मा
साथलाग उनीसंग समाएर हात्मा!
भर-पर उन्को सेवा बाँकी के छ-गर्ने?
आँखा चिम्ली हिँडी देउ,जहाँ पुग्नु पर्ने!


सिद्धार्थ हौ गौतम् बुद्ध,संसारको ज्ञानी
बैराग्यले दर्वार् छाड्यौ,संझी बुझी जानी|
अध्यात्मका गुरु,शिक्षक्-अहिँसाका दाता
स्वयंभू हौ सिद्धी पूर्ण-जागृत् नैतिक् नाता!



जन्म्यौ आँफै कल्पनाले,रक्षा गर्यौ साधु
संयम र निर्वाणका, प्रबुद्धका जादु!
संसारको चक्र-शुरु परिक्रमा-अन्त
छैन तिम्रो जन्म-मृत्‍यु,नियमले सन्त!


बिना जुत्ता बिना खुट्टा हिँड्नसक्ने योग
लट्ठी नँगा छैन केही कमण्डलु बोक!
नबिर्स है प्रभु आउ दुईचार बीज गोड
देख्न सक्ने आँखा, भाव,संसारमा छोड!


काम क्रोध ईर्श्या लोभ सबै भित्र हुन्छन्
संयमी भै नियन्त्रण्-ले लुकी दबी दिन्छन्!
औँसी-पूर्णे लाग्दा चित्त चल्बलाई रन्छ!
एकै छिन्मा चितायो की जगत यो बन्छ!



हशिँयाको धार तीखा काँढा-अपकार!
नियमका हात डण्डा तिम्रो उपहार!
जनताको मन कर्म धन व्यबहार!
ईश्वरको नजरमा सब बराबर!

हसिँया र लट्ठी,चक्र,हातमा छन् थाली
फुलहरु रंगी-चङी,बास्नादार माली!
कुचो पाप सफा गर्ने,नमेटिने चित्र!
आत्मा कुँद्यौ जीवनका,प्रेम मुटु-भित्र!


ईश्वरीय प्रार्थनाका-धर्तीका आधार!
ग्रह गर्छ परिक्रमा तिम्रो बारँबार,
पाइला-पाइला घुमी व्यस्त घर-दरवार!
शान्ति प्रेम,सुरक्षाका तिमी हकदार!

No comments:

Post a Comment