अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र अमेरिकी प्रान्तीय उपाधक्षको नेतृत्वका लागि
स्वतन्त्र उमेदवारीको घोषणा
जन्मभूमि स्वदेशको माया मुटु र छाती-भरी लिएर परदेशिएका हामी नेपालीहरुले विदेश-कर्म-भूमिमा बस्दा जहाँ बसेका छौँ त्यो देशलाई उत्तिकै माया गर्नु पर्छ र गर्छौँ पनि! त्यही देशको आवश्यक नीति र नियमलाई पालना गर्नु पर्दछ, सधैँ विदेसिनुको आत्मग्लानिमा दुखी पनि बन्नु हुंदैन! बरु त्यहाँको द्वि-भाषालाई सहस्र स्विकारेर नेपाली पनको उद्घोस र सनातन साँस्क्रितिक विधाको नेतृत्व लिनु जरुरी छ! सामाजिक संघ संस्था भनेका 'सीमा रहितको देश' हो! आज नेपाल हिमालयले उँचिएको भौगोलिक परिधीमा मात्र सिमीत छैन! नेपालीहरुको सामान्य र संकुचित मानसिकता नेपाल बाहिर गएपछी धेरै नै परिवर्तन भएको देखिएको छ - उदार, संयोजित र परिपक्व पनि! हामीले संसारलाई नै कर्म-भूमि बनाइसकेका छौँ! हामी विश्व-स्तरीय रुपले सामाजिक, साँस्क्रितिक, धार्मिक, आध्यात्मिक, आर्थिक र प्राविधिक हरेक विधामा पोख्त हुँदैछौँ!
हामी प्रवासिएका नेपालीहरुले हाम्रै भाषालाई आभुषण बनाएका छौँ, हाम्रै संस्कारलाई गहना बनाएर शिरमा राख्छौँ! अझ सम्म यथाकथिक सोझा, निमुखा, गरीव, ईमानदार नेपालीहरुलाई संसारमा यातना, हमला गरिएको घटना सुनिन्छ-हामीलाई नमिठो लाग्नु स्वाभाविकै हो! त्यही जन्म-भूमीको पारिवारिक नाताले गर्दा हामी संवेदनशील हुन्छौँ! हाम्रा भाषा, बोली, सभ्यता, संस्क्रीति, भेष-भूषा, गाजा-बजाना, नाच-गान-संगित, खाना-पिना आदि सबैले हामी को हौँ र हाम्रो अस्तित्व अब संसारमा के हो भन्ने दर्साउँछ!
अहिले अमेरिकाको धेरै शहरहरुमा बन्न लागेका मन्दिर, नेपाली भवनहरुमा झाँकी दर्शिने, नेपाली अध्यात्मताको ज्योति फैलिने, बिभिन्न नेपाली भाषाका पुस्तकहरुको संरक्षण होस्, पुस्तकालय बनोस्! तिन्मा बन्ने संग्रहालयको पूर्ण समर्थन गर्दछु! हामीले पहिले नेपाली भाव जोगाउन प्रयत्न गर्नु पर्छ-अनि भाषाहरु त स्वत: जगेर्ना भईहाल्छ! भाव छैन भने भाषाले मात्र केही गर्न सक्दैन! नेपाली भाव भनेको आपसी प्रेम, सम्मान र देश प्रतिको समर्पण हो! सबैलाई समेट्ने संविधान बनोस्, नियम र प्रेमले सँसारमा अटाउन सक्ने नयाँ नेपाली जनशक्तिलाई अब पुन: नेपालमा बोलाउने सजग, सरीक, संयुक्त र सम्मिलित प्रयास गरियोस्! श्रष्टाहरु तिनै सिर्जनात्मक क्रियाशिलतामा जुटुन्| राज-नेता, लेखक र पत्रकारहरुलाई भगवान बुद्धले सत्य र अहिंसाका पक्षपाती बन्न सद्-बुद्धी दिउन्! भाषा संरक्षण कुनै राजनीति वा पारिवारिक परिधी भित्रको संस्था होईन! यो विशुद्ध सेवा हो! मलाई यो सम्मानित 'अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज'-का केन्द्रिय कार्य-कारिणी र बिशेष गरेर अमेरिकाको बिभिन्न नेपाली भाषाको क्षेत्रमा एक रुपताको जगेर्ना गर्ने मौका दिनोस्!
यो मेरो अमेरिकी-उपाध्यक्ष पदका लागि स्वतन्त्र उमेदवारी रहनेछ! मेरा आगामी दिनहरुमा 'अनेसास'-को माद्यम लिएर गर्न सक्ने योजनाहरु निम्न छन्!
१. नेपाली भावलाई, बिचार क्षमता र सँस्कारलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्याउनु हामी सबैको दायित्व त छँदै छ, अझ अनेसासले त्यसका लागि नयाँ नेतृत्व विशेष पहल गर्नेछ भन्ने आशा लिएको छु! अमेरिकामा रहेका विभिन्न देशका नागरिकहरु-सँग मिलेर हाम्रो पूर्ण प्रस्तुती गर्ने बेला आएको छ! साहित्यिक प्रतिभा, हाँस्य-रस तथा बिभिन्न नाटकीय प्रस्तुती, अनुकरणात्मक योग्यता र समालोचनात्मक कौशलताको विशेष प्रदर्शनी गर्ने यूग आएको छ! आजको गैर-आवासीय समाजमा हाम्रा आफ्नै मौलिक सँगितमा 'आर्केस्ट्रा'-को जैविक मसालादार जडिबूटी घोट्नुको सान्दर्भिकताको भान स्पष्टिएको छ! खै? हाम्रा बुद्धका विश्व-सन्देश र दर्शनहरुको चर्चा? शैव,शाक्त र तन्त्र-मन्त्रका प्रभावलाई साँध्न त कति समुन्द्र मन्थन गर्नै बाँकी छ!
२. मौसम र भूगोल अनुसारको नयाँ बोट-विरुवामा पानी हाल्नु र गोड्मेलको जसरी महत्व छ, त्यसरी नै परदेशमा हुर्किएका हाम्रा केटा-केटी, साना नानीलाई राम्रो नेपाली संस्कार दिनु उत्तिकै जरुरी छ! आज हामी आर्थिक रुपले सम्पन्न नदेखिएता पनि हाम्रो राष्ट्रियता र अखण्डता पवित्र छ! विदेशमा हुर्किएका विद्यार्थीहरुले संपत्ती कमाउने शिक्षा त जहाँ पनि सिक्छन् तर हामीले दिने बौधिक अनावरणले, तर्कशील, उदार अनि समृद्ध-कलामा निपुणता प्राप्त गर्न सकुन् ! राष्ट्र सम्मानका लागि यस्ता योजनाले ठूलो भूमिका खेल्ने छ! कतै कतै शुरु भैसकेको उत्तर-अमेरिकाका मूख्य प्रान्त र अरु देशहरुमा पनि सजिलो प्रकारको नेपाली भावनाको प्रसार गर्ने-'समर-क्याम्पको' आयोजना गर्नु मेरा लागि प्रार्थमिकका बिषय हुन्!
३. आजको प्राविधिक सरलीकरणले विदेशमै बसेर पनि नेपाली भाषामा लेख्न र आफ्ना भावना पोखिन सक्दछन्! मेरो विनम्र अनुरोध पनि छ की राम्रा संस्कारलाई जिवन्त राखौँ र राख्ने संघ-सँस्थालाई सहयोग गरौँ! समयको र विश्वको असीमित मागले अब नेपालको अलौकिकतालाई नेपाली झण्डा र हिमालयको आँखाले मात्र हेर्नु हुँदैन! कार्यक्षेत्र दोहोराइने प्रब्रीत्तीको बिरोध गर्दछु! अत्याधुनिक प्रविधीको सदुपयोग गरी 'फेस-बूक,स्काइप'-द्वारा नेपाल र परदेशी नेपाली नानीहरुलाई एउटै धरातलमा संगठित गर्न सक्यौँ भने मात्र पनि हाम्रो ठूलो विजय हुने छ! हाल अमेरिका र संसार मै सिर्जनात्मक संघ संस्थाको योउटा राम्रो संयन्त्र बनोस् भन्दै यहाँहरुको सद्भाव र सहमतीमा 'अमेरिकी प्रान्तीय उपाधक्षको नेतृत्व' चयनका लागि विनम्र अनुरोध र सहयोगको अपील गर्दछु!
- अनन्तगोपाल रिसाल (सँस्थापक अद्ध्यक्ष, न्यूजर्सी च्याप्टर, उत्तर-अमेरिका)
शिक्षा-विद्या विशेषज्ञ (Knowledge Management & Computer Engineering)
प्रकासित पुस्तक- १. अद्ध्यात्म-यात्रा (नेपाल-दर्शन) २. सामाजिक यात्रा (विश्व-दर्शन)-प्रकासोन्मूख
केही रचनाहरु (लेख, गजल,छन्दका कविता) कोरी बामे सरेको छु, समालोचना-विश्लेषण गरिदिनुहोला, हौसला दिनुहोला!
No comments:
Post a Comment