Saturday, 29 May 2010

गजल:सँविधान-तिमी कस्ती होलिउ?


[सनातन धर्ममा जस्तै आधुनिक राष्ट्रियता, स्वतन्त्रता, सार्बभौमता, धर्म-जननी आदि मातृ शक्तिका रुपले चिनिन्छन् ! यिनलाई चित्र या कबिता, गजल विधामा केन्द्रिभूत गर्दा धेरै भाव छुट्न पनि सक्लान् तर पनि साहित्यिक भावले जतिसक्दो कोरेर पस्केको छु !
'जब भयो राती, अनि बूढी ताती'-भन्ने जन-धारणा र जन-मानसिकताले मत भिन्नता गरायो! पहिलो पटक भनेको समयमा सँविधान बनेन! जनताले चुनेर पठाएका जागिरदार जननेता-सेवकले मालिकले दिएको काम समय भित्र गरेनन्! राजनेता हरुले हात जोडेर माफी मागेका छन्, भत्ता र सुविधा मात्रै होइन-गल्ती नदोर्याउने प्रतिज्ञा खाएका छन्! यो दोस्रो पटक पनि जनता क्षमाशील बनेको छ, जनताले पुन: बिचार गर्दैछ! बिहे त छिनियो तर जनतन्त्रलाई बेहुली बनाएर राष्ट्रले घर भित्राउन पाइसकेको छैन! कहीले सिमाना र पहिरोले दुख: दिएको छ त कहीले बर्सात र झगडाले,विदेशी तनावले-तर यी सबै बहाना मात्रै हुन्! धेरै भएछ आफ्नै प्रियसीलाई पनि राम्ररी देखेको छैन! सबैमा उत्सुकता छ, बेहुला घुम्टी खोल्न उद्यत्त छ! 
'बाह्र बर्षमा पोई आयो मै राँडीलाई ज्वर आयो'-भने झैँ पुनर्मिलनमा उत्सुक जनता फेरि राम्रा दिनका लागि धैर्यले ज्वर नीको हुने दिन पर्खी रहेका छन्! बाक् स्वच्छन्दताको अलि अलि स्वाद पाए पनि जनताले पूरै स्वतन्त्रताको मिठास पाएका छैनन्! बारँबार पहिलो पटक लाग्ने उडान पाएपनि वराल्ने स्थान पाएका छैनन्! अझ सैधान्तिक-तार्किक धर्मरता, डर, कौतुलता, धार्मिक आस्थामा हुन सक्ने निर्मम प्रहार, संहारले स्थिती अझै सँशय पूर्ण छ! घर,परिवार अंश-वण्डा आफैँमा सजिलो अनुभव होईन तर मुद्दा मिलाउन जाने छिमेकी र आफन्त, बन्धु-वान्धबले पनि आफूलाई अंशका हकदार भनिठानेकाले पनि स्थिति यहाँ सम्म पुगेको हो! तर नेपाली वीर, उदार, जन्म-जात सरल र जाति छन्! बिश्वमा गोर्खालीहरु-लडांईको झगडाको ज्वर धेरै बोकेर हिँड्दैनन्!जाइलाग्दैनन्, जाइलाग्नेलाई छाड्दैनन्! चाँडै नै रामा दिनका पर्खाइमा छन्]

थोरै हक्मा प्रसन्न छन्,खूबै मस्ती होलिउ?
जन-तन्त्र स्वतन्त्रता,पुरै कस्ती होलिउ?
झगडा की बिउ तिमी,भर्खरैकी पिलो
अल्प दुख: भोगेँ तर,पुरै कस्ती होलिउ?

छिटा पर्दा फूलबारी फोहोरी र हिलो
बर्सातकी बाढी तिमी,पुरै कस्ती होलिउ?
पहाडमा पैरो रोक्ने कोषे-ढुँगे शिलो
यौटा साँध गाडेँ बल्ल,पुरै कस्ती होलिउ?

सिद्धान्तका विवाद रे, सिमाना र किलो
तुच्छ तर्क सुन्दा डर,पुरै कस्ती होलिउ?
हिमालको सेतो टाटो,आकाशको निलो
सप्तरंगी ईन्द्रेणीमा पुरै कस्ती होलिउ?

छोरी बैनी दिदी प्रिए नारी मिजासिलो
यौटै-रुप धन्य, आमा पुरै कस्ती होलिउ?
बिस्तारै पो हिँड्ने रैछौ,लच्की-लच्की ढिलो
यौटा पाटो देखेँ बल्ल,पुरै कस्ती होलिउ?

अर्ध-घुम्टी लजाएकी नसिली-पेचिलो
नङ्ग-अङ्ग-भङ्ग-दङ्ग,पुरै कस्ती होलिउ?
अत्तालिन्छु होश जान्छ-कतै छ अमिलो?
घुम्टी खोली हेर्दा आहा! पुरै कस्ती होलिउ?
छाम्दा नौनी खूवा जस्ती, नरम र गिलो
छस्स बल्ल स्पर्श पाएँ,पुरै कस्ती होलिउ?

-अनन्तगोपाल रिसाल [May 29th 2010 & 18 Nov'13]

1 comment:

  1. marmasprshi chha kavita! Mixed with a subtle satire and unfulfilled desire to see the face of Nepalese Constitution. The poetic imagery used by the persona is very very concrete, but at the level of connotation, it is not what is seen. As a long-waited beloved in the mind of a lover, the curiosity and dilemma are reflected in a lyrical style. The Poet knows that the unravelled countenance of constitution-lady might not be what people are anticipating. Congratulations for nice creation!

    ReplyDelete