Wednesday 26 May 2010

नेपाली बाजा र संगीत

नेपाली बाजा र संगीत


मादलको धिन्तान् धिन्तान्,सारँङ्गीको र्याईँ
बाँसुरीको माधुरीमा-नाचौँ दिदि-भाई!
धिमे गर्ज्यो,नर्सिङले गर्छ च्याइँ च्याइँ
पञ्चे बाजा एकै चोटी,झ्याली झ्याईँ-झ्याईँ !


दमाहा र ढ्यांङ्रो ठोकी, डम्फू बजाउँला
शंख, घण्ट, डमरुमा भक्ति जमाउँला!
छाती ढक्क! ढोलकको आबाजले काहिँ!
कर्नालको तीखो स्वर,ट्याम्को छ्याँइ-छ्याँइ!

शेर्पा,बाहुन,गुरुङ,मगर,तामाङ्,नेवार
लिम्बु,थारु,गन्धर्व र धामी,सुनुवार!
मुर्चुङगा र मिर्दूङ्गाको मीठो आबाजले
स्वर्ग सरी हाम्रो देश, रिति-रिवाजले!


नगरा र धीमे ढ्याम्ढ्याम्, मुटु छुने डर
एकतारे टिङ्टिङ गर्छे, मुरलीको स्वर,
गीत-संगीत,स्वर मीठो,पाखा-भाका-गाउँ
साँच्ची छैन नेपाल झैँ, संसारमै ठाँउ!


- अनन्तगोपाल रिसाल (May 03,2010)

No comments:

Post a Comment