Monday 3 May 2010

विविधतामा एकता:नेपालीको मौलिकता

विविधतामा एकता:नेपालीको मौलिकता

१. भेष-आभुषण !


आभुषण नारी-हाम्रा,राम्रा नाना भेष
अग्ला पहाड्-शिखर छन्-तराई-मधेश !


चुबा-बख्खु लाउँदा मिल्ने शेर्पा दाजुको
दौरा सुरुवाल् टोपी, सारी,गुन्यु भाउजुको!


चोलो लाउंदा हाम्री छोरी,सारै राम्री छे!
हसिँली र रशिली झैँ, स्वर्गै परी रे!

पूतली झैँ आकाशमा-चौडा उडुँ लाग्ने,
उपत्यका,कुण्ड,पूर नौला डुँलु लाग्ने!


भोटो,कूर्था खल्ती मिल्यो,थारु हाम्रा झन्
थकालीका दिदी-बहिनी,चाम्रा राम्रा छन्!


शेर्पा,बाहुन्,गुरुङ, मगर्, तामाङ्, नेवार
लिम्बु, थारु, गन्धर्व र धामी सुनुवार!


राता टीका चिल्ला गाला,छड्के नजर!
चिटिक्ककी,ह्रिस्ट-पूश्ठ, चिन्ता नगर!


विश्व झुक्छ तिम्रा सामु,दिव्य-दैवी माथ
प्रसन्न छन् उज्याला ती शैल-सरी दाँत!


पोते,चुरा,धागो लछ्छिन्,कोरीबाटी केश
हेर्छ्यौ टाढा, माथिबाट? हिमाल्पारी देश!


ईश्वरको नजरमा,सबैको पुकार!
मस्त काला-सेता धोती,हँसिलो मुहार!


मारुनीले नाँची,भांची-कम्मर मर्केर
देश-बिदेश लाग्नु तर आउनोस् फर्केर!


संस्कार छन् जुहारत, शिक्षा समर्पण
भ्रिकुटी र सीता-सती,मिल्छन् कण कण!

हाँसी खुशी मिलिवरी भीरका पाखामा
लजालू ती मीठा बोली,आफ्नै भाषामा!


देवी कन्या उर्बसी र रम्भा,पारिजात
शुभ-मंगल अनुकूल चोखो तिम्रो साथ!


कान्ला बारी,फुलै-फुल रङ रुप धेर,
एकतामा विभिन्नता,मिलिबसे हेर!

अतिथीको पूजा गर्ने,शिस्ठ हाम्रो मन
सुंदर र अपूर्वको सिदा-सादा पन!

छैन बाँकी कुनै अब,रीस-राग-क्लेश
आउनोस् हेर्नोस् ईश्वरको चमत्कार शेष|


दुख:सुख बाँडौ हामी,जस्तै परिबेश
स्वर्गै भाखा लेक-बेशी, तराई-मधेश!

२. बाजा, भाका र संगीत


मादलको धिन्तान् धिन्तान्,सारँङ्गीको र्याईँ
बाँसुरीको माधुरीमा-नाचौँ दिदि-भाई!
धिमे गर्ज्यो,नर्सिङले गर्छ च्याइँ च्याइँ
पञ्चे बाजा एकै चोटी,झ्याली झ्याईँ-झ्याईँ !


दमाहा र ढ्यांङ्रो ठोकी, डम्फू बजाउँला
शंख, घण्ट, डमरुमा भक्ति जमाउँला!
छाती ढक्क! ढोलकको आबाजले काहिँ!
कर्नालको तीखो स्वर,ट्याम्को छ्याँइ-छ्याँइ!

लिम्बु,थारु,गन्धर्व र धामी,सुनुवार
शेर्पा,बाहुन,गुरुङ,मगर,तामाङ्,नेवार
मुर्चुङगा र मिर्दूङ्गाको मीठो आबाजले
स्वर्ग सरी हाम्रो देश, रिति-रिवाजले!


नगरा र धीमे ढ्याम्ढ्याम्, मुटु छुने डर
एकतारे टिङ्टिङ गर्छे, मुरलीको स्वर,
गीत-संगीत,स्वर मीठो,पाखा-भाका-गाउँ
साँच्ची छैन नेपाल झैँ, संसारमै ठाँउ!


३. मेला, पर्व र उत्सव

माता तिर्थे औँसी आए,आमा ढोग्न जाँउला!
देउसी-भैली तिहारमा,सेल रोटी खाउँला!

बुद्ध हाम्रो संक्रितीको ठूलो अङ्ग जान
शिवरात्री भारतका, जोगी तानातान!

तीज-घन्टाकर्ण भरी नाँच्ने,तर्साउने!
जनै-पुर्ने,रक्षा-बन्धन् डोरो लगाउने!
गाई-जात्रा मरेकाको संझाउने गर्व
मछेन्द्र र ईन्द्र-रथ तान्ने ठूलो पर्व!
योमरीको पुन्ही काँही तमु-धीको खेती
रोदी जान्छन् हाम्रा छोरी,नाच्छन् चेली बेटी!
कुमारीको पूजालाई भावपूर्ण लेख
संसारको जिउँदो कन्या,देवी-लाई देख!
वैश्णवको कृष्णास्टमी,राम-नवमी झन्
पन्चमीमा केटाकेटी लेख्नै शुरु गर्छन्!
माघे संक्रान्तिमा जाडो, घिउ-तील खाउ
ल्होसार र मनी रिम्दु, सेर्पा-सन्त आउ!

देश सानै भए पनि,ठूलो रैछ घेरा
हिमालको-पहाडको-तराईको मेला!

सयौँ जात,धर्म हाम्रो,भिन्दा-भिन्दै कथा!
नेपालीको विश्व-मांझ,नौलो मौलिकता!

- अनन्तगोपाल रिसाल (May 03,2010)

No comments:

Post a Comment