Monday, 15 September 2014

वेश्याको व्यथा, विवशता, धर्म र सँविधान !












वेश्याको विवशता, व्यथा, धर्म र सँविधान !

मेरो जवानी र रँग -  १

सौतेनीका दाज्यू मिली बैना सौदा गरे,
धर्म पाप बिर्सिएर - लूटीएछु भरे,
चौध बर्ष पुगेकि थेँ, बेचिएकी चेली,
किताबै पो बन्छ सुन, खण्ड-काव्य ठेली !

गाऊँ बाट लगे टाढा, खै काँ बिरानोमा,
चीसो छिँडी घाम छैन, रूँन्थे भक्कानोमा,
सडकमा उठीवास, ग्राहक हुन् डेरा,
घर्का ग्राह भन्दा भिन्दै नाता बस्यो मेरा !

मान बेच्छन् ईमान बेच्छन्, मैत्री बेचिदिन्छन्
देशै लूटी, गरीबको आस्था किनीदिन्छन्,
लूटेराले परिवार, सँस्कार् खोसीदिए,
मुटु बेच्छन्,फोक्सो बेच्छन्, मलाई बेचिदिए !

नदी खोला ताल हूँ म, ढल मिसाई दिए,
नपढेकी अल्लारेलाई लूटी फसाई दिए,
जवानी यो टिक्ने थियो, पहाडकै छेऊ,
सोच्न सक्ने बुद्धि थे न, माफी गरिदेउ !

कलिली थेँ विचारमा, विश्वास र माया,
हिमालका स्वच्छ हावा, पत्यारको छायाँ,
सुन्दरको सपनामा कुदृष्ट्रीले छोप्यो,
भर्खरकी छोरीलाई छूरै छूरा रोप्यो!

शरीर यो मासु मेरो, रक्त पिण्ड चाह ,
'ईश्वर छन् मेरा भित्र' सुनि-दिन्छन् राह !
सूर्योदय सँग पैले धूप बत्ती गर्छु,
जानी जानी होम्मिएर दिन रातै मर्छु !

नाताले नै झुक्काएर बेच्यो पसलमा,
यौटी दिदी छिमेककी रैछिन् असलमा,
सन्तानको ईच्छा रैछ, बाँझी तर भाग्य,
माया गर्थिन् मनै मन, मिजासकी योग्य!

गाली गर्छन् अरू मलाई विवशकी वेश्या,
ठाँट गाडी पठाऊछन् कति गर्छन् ईर्ष्या,
लुकाएर राखेकी छु वेवाऋषे छोरी,
'देखाउँला बाबा तिम्रा', भन्दै 'भोलि भोलि'!

अज्ञानी र व्यभिचारी, नशामा छन् व्यस्त,
बलत्कार गरी लूट्छन् जवानी भो ध्वस्त,
घरकी छाडी, 'राम्री पाएँ', धेरै कुरा गर्छन्,
जन्मन्छन् ती गल्ली भित्र कुक्कुर् सरी मर्छन्!

साँझ पर्छ अन्धकार अन्धाधून्ध आशा,
नेता पनि आऊछन् कोही फाल्तु बार्हैमासा,
लूटिएकी बेसहारा केही बाँकी छैन,
घरकी छोरी सम्झिएर कहीँ भागी गैन !

टाढा देशका आऊँदैनन्, शत्रू सरी मार्न,
कवितामा पोखीदिन्छु दुखः पीर टार्न !
हराएकी लूटीएकी, बिते वर्षौँ रोई,
स्वजन ती दर्शक हुन् खोज्ने छैन कोही,
'आशा' छोरी तिनै रैछिन् जीवनको कथा,
कति सुन्नु कति रूनु अभागीको व्यथा?
 ।।१।।

मेरा हितैषीहरू - २

हिन्दू अाउँछन् मूसल्मान ईसाई र जैन,
सँविधान सरी मेरा 'छ सय एक' ऐन,
मासू चूरोट रक्सी केही खान जान्दिन म,
छोरीलाई सम्झिएर मर्न चाँदिन म !

सीतामाता झुक्काएर, राक्षसले ताने,
राम थिए उन्को बरा! मेरो काँ छ जाने?
राम नाम लिन्छु कठै, शरीर यो पापी,
मलाई भो नछुनु है, दूर राख नापी !

टुहुरो म आमा बाबु द्वन्दले नै काट्यो,
दैवले नि टाढा राख्यो, जीवनको बाटो,
छैन मेरा साथी सँगी, ग्राहकको खोजी,
भिख माग्ने गरीबको - छैन रोटी रोजी ।

बलात्कार हटाउँदैछु, हातपात किन?
पैसा तिरी प्यास मेट, घरघर्को ऋण,
हाम्रा गुण उपकार, छैन भन्नेहरू,
भाग्यमानी रै छौ बरा,पठाईदेऊन अरू !

तिम्रै कृपा करूणामा छोरी ठूली हुन्छे,
भोलि पर्सी पढाउँदै कलेज जाने हुन्छे,
मेरो दुखबाट ऊस्लाई टाढाटाढा राख्छु,
'बचाईदेउ राक्षसबाट' यौटै भीख माग्छु !

जीऊ छिया छिया मेरा, कति टोके घाउ,
सबै दर्द पचाएर, पस्की हाउभाउ !
फसाऊँछु राक्षसझैँ, माया मोह डाली,
हँसिला ती मुहार छिन्, सम्झिन्छु म खाली !

छूवाछूत मान्दैनन् रे! शरीर् भरी चुन्छन्,
रक्तश्राव हुँदा पनि देहलाई दुन्छन् !
पशुबरू नियममा बस्छ पग्लीदैन,
राक्षस यी पापी दुष्ट, भन्न सकिँदैन !

कति घर बिग्रिसके आँशु धर धर,
रखौटी र नाठो खोज्ने ल है कठै बर
बरू आउ तिम्रा लागि म छु प्रेम भरे,
शरीर यो मर्ने रै छ , गन्हाउँछ मरे !

अन्ध बन गन्ध लग, समाज यो ध्वस्त,
एडस् तर नसरून् है सुरक्षित वस्त्र,
सँयमको पाठ पढुन् व्रत मेरो यही,
छोरीलाई थाहा दिन्न जस्तै रोई रोई!

खर्च निक्कै बढेका छन् लिप्स्टीक् पाउडरले
छाला रँग चाऊरिँदै छ, अँग भँग गर्दे !
कस्तो कथा कस्तो मर्का, त्यसै नघिनाऊ,
मान्छे बिग्रे -दूर्दसाले, सोच नबनाउ !

काम-रोग लाग्नेहरू, खर्च ज्यादा, दाम,
औषधी झैँ बनेकी छु, डाक्टरको काम!
एक दिन् त आफ्ना लागि घुम्छु आशा सँग,
मनकी मुटु आधार छ्यौ, कति खुसी दँग !
।।२।।

सुन्दर भविष्यका सपना- ४

अनुराधा दिलमाया सीतादेवी काँ छ्यौ?
मेरो हालत यो बुझ, छोरीलाई राख्छ्यौ?
भविष्य छ धन्य अब गाऊँ फर्की सकेँ,
नयाँ घर अवकाश, ऋण तिरी सकेँ !

आफ्नै जीउ छुन पनि कति घिँन मानेँ,
हुतिहारा सर्बाहारा पापी रैछु ठानेँ,
यौटै मुटु जोगाऊन आत्मालाई बेचेँ,
आफू भित्र फर्किएर बल्ल बुझेँ देखेँ !

बल्ल भयो छुटकारा, तिम्रो सेवा गर्छु,
धन्य आमा सराप यो श्रद्धा गरी मर्छु,
हिमालकी शुद्ध पानी खोलै खोला बगेँ,
धोका दियो जीन्दगीले, जत्ति सक्दो लगेँ

कसैसँग रीस छैन, रीस ऊठाऊँदिन,
अरूको वा! ऊनन्ती भो डाहा लिँदै लिन्न,
आफ्नो दोष हेर्नलाई ऐना राखेकी छु,
सेवा मेरो जीवन हो, काखी च्यापेकी छु!

सागरमा पुग्नु पर्ने शहरको अन्ध,
कताबाट ऊछिट्टिएँ, बग्न छाडेँ गन्ध,
ईश्वरले सुनिदेला पवित्र छन् कथा,
गँगा बन्ली छोरी मेरी - गनाउने व्यथा !

छोडी जाने शरीरमा हर्ष कति गर्न्ु?
प्राणी आत्मा रैछन् भने - शोक कीन भर्नु ?
साधुबाट सिक्दैनौ त वेश्याबाट सिक,
शरीर, मन् बुद्धि बाट नराम्रा छन् ? झिक !

एकएक गरी ऋण तिरेँ भागी आईन,
विदेशैमा भए पनि मागी खाईन !
'छिःटा' मेरो नामलाई सीता बनौँला,
पढाएमा छोरी बन्छन् फूल सुनौला !

यौटै प्रेमी राख्यौ तर दुख दिनु भन्दा
चारै वटी राख प्यारी कालो भित्र पर्दा !
रखौटी र नखौटीको खोट बुझ यति,
आफ्ना दर्द बोकी हिँड्छे, जान्दिन क्यै क्षति !

हाम्रा लागि कस्ले अब शास्त्र बनाऊँछन् ?
रोग लागे अस्पताल हेरचाह गर्छन्?
६०१ मात्रै हैनन्, छ हजार छ ,
एक एक लाई चिन्छु कस्ता को को र छ !

अभागीको जन्म रैछ जीवन यो चोला,
टुकुचा र नाल जस्तै गन्हाऊने खोला,
भित्र रोग कति होलान्, भत्किएको घर,
विना सर्त स्वार्थमा म छुन्न कोही तर !!

नाँगिएको पूर्व ईतिहास - ३

मेरा पनि तिमी जस्तै आमाबाबु थिए,
झगडा र यूद्धकाल, मिली बसेका थे,
भर्खरै कै थिएँ अरे, तीन मैना जति,
देशै डामाडोल थियो, दूर्दसा र क्षति!!

बाबुलाई देश द्रोही भनी कता लगे,
विचरीको सर्वनाश घर एक्लै परे,
दाई थियो आर्की आमा, दुखसुख गरी,
पाँच वर्ष सम्म बाँच्यौँ बाबा बाटो हेरी!!

सोर्ह बर्षे ऊमेरमा दाजै भारत लाग्यो,
बेला बखत् रोजी रोटी, खत् पठाउँथ्यो!
बम्बे भन्ने शहर रे! ठूला ठूला घर,
दुईचार जना चिनेका रे, छैन आफ्ना तर !!

दुनिँयाको सेवा गरिन् भोक प्यास पिऊँदै,
चूलो चाँजो भकारी र ढिकी मानो भर्दै,
जाँतो गाह्रो भारी बोकिन् दिन् रात् नभनेर,
दश बर्षे छोरीको त्यो दुख नदेखेर !

बाबु छुटी घर आए - झ्याल्खाना पो रैछन्
निर्दोषी नै ठहरिए, भगवान तै रैछन्,
परिवारै कैद बन्यौँ कति वर्ष सम्म,
टुक्र्याएको ऐनालाई सकिन्छ कि जोड्न?

वीरभद्र नाऊँ थियो, भद्र वीर थिए,
कुनै कुरा होहल्लामा कैले लाग्दैनथे,
सोझो रैछ बाहादूर नजिकैको माने,
सिपाहीँका रै छ साथी, क्यैले मावो ठाने !

सतीले नै सरापेको देश बल्ल बुझेँ,
आशुँले नै नुहाएर आशुँले नै पुछेँ,
दुखबाट सुरू भयो दर्दमा नै रूझेँ,
कस्तो लेला जीवनले गति मेरो बुझेँ !

बाबालाई नँग्याऊन यौटा हूल आयो,
अगेनाकी आमालाई, आँगनमा ल्यायो,
दश बर्षे छोरी मेरो, के हालत होला?
रूँदै रूँदै धोती च्यापी, सँझेँ शिव भोला!

कुरा गरे खुसुखुसु, आँखा भरी आँशु,
बाबा हेर्थ् कैले यता, छोरी मुटु साँचू,
छोडी दियो धम्की दियो मिलेमतो गरे,
माथीबाट आ का थिए, खोला तल झरे !

सास खुल्यो, रातैभरी आमा बाको गन्थन्,
गाऊँघर छिमेकीले को को रैछ सोध्छन् !
चूपचाप मौनीबाबा कूरा गरेनन् क्यै,
कुभलो ती नचिताई, 'थाहा छैन को खै'

कानून भन्दा माथि छु - ५

कुनै न्यायालय छैन, मेरो पक्ष दिने
तर पनि स्वतन्त्र छु, बाहिर आउने जाने
रोक्दैनन् क्यै घर थर, छैन जेल भित्र
चोर हैन, हत्यारा न, राख्दिन क्यै मित्र !

छाल हाड मासु हेर्छन् सभ्य सभ्यता यो?
दूर्भाग्य भो कठै मेरो, तिम्रो कता गयो ?
असूरको धर्म हुन्छ, नाईनास्ति छैन,
ईन्द्रीयले बलात्कार गर्यो देख्नु छैन ?

गरीबलाई नकूट है, सक्छौ मलाई लूट,
नारीलाई सम्मान द्यौ, कीन रीस, कूट?
नसक्नेलाई हातपात? अत्याचार कीन?
पैसा बोकी आऊ बरू - म छु तिम्री, चिन !

गोर्खालीको देश भन्छौ वीरताको गाथा
केटी हरू बेचिन्छन रे बुद्ध शिव सीता,
मेरा सामु नभन्नु है तिम्रा पूर्वज कुन्?
लाजै हुन्छ सँझदामै बिर्सीदेऊ झन् !

मावो वादी काँग्रेसी र एमाले र झाले
म पनि क्यै कम छैन, हैन दब्ने खाले !
हान गोली बोली सरी, दण्ड माफिक भो,
कुनै वाद भन्दा प्यारो दयालू छ प्रभो !!

तिमी जस्तो नाथे हैन, वकिल् मेरो मै हुँ
राज्यलाई पल्टाईदिन्छु, यदि मैले चाहुँ
'कलगर्ल' र 'प्रस' मेरा भिन्न भिन्न नाम,
कति बिहे, नर्तकी झैँ, रात भरीको काम !

एक्लै गर्छु वकालत,क्यै छ मुद्दा हाल्ने?
श्रीमति छे कचकचे?श्री मान छ पाल्ने!
मलाई छोई हेर,दण्ड? मैले जानेको छु
प्रमाण छ हजारौँको फोटो राखेकी छु!

न्यायाधिस प्रोफेसर नेताहरू सुन्छौ?
पुलिस या गुण्डाहरू,मलाई चिने को छौ?
मेरो पनि पहुँच छ, मान्छे दुईचार् वटा,
बैठकमा बस्यौ होला, म त भित्री कोठा !

आफ्नै मन बुद्धि तिम्रा,नाना कुरा सोच्छ
नमीठोले बोल्यौ भने तिम्लाई कति घोच्छ?
मेरो पनि हृदय छ, दुखः नदेउ है
सक्छौ भने दया गर, हेलाँ नगर है !

हिमालकी पानी हुँ म, पहाड् झरेकी छु,
मन्द मन्द सुस्त चाल नागबेली पर्छु,
भाग्यमानी धर्म साँची-सागरमा लुक्छु
गति रोके ढल बन्छु, बगे गँगा पुग्छु !

'छीटा' हूँ म टूकूचाकी, गल्ली हल्ली बग्छु,
बाँकी ढल सोहोरेर ? फोहोर ती लग्छु,
दूर्गन्ध र अव्यवस्था, स्वास्थलाई हानी,
श्रेय भन्ने धर्म बुझ, प्रेय मनमानी !

ईश्वर हे पानी पार, धोई पाप लग,
बगाई द्यौ शहर त्यो, ग्राम तीर्थ स्थल,
समुद्रको तुफान र आँधीव्याधी आवो,
नयाँ शास्त्र सँविधान नयाँ बस्ती ल्यावो !

नाच्न गाउन आउँछ मलाई,मस्ती जानेको छु,
महँगी छ व्यबहार, सस्ती धानेको छु!
सतित्व के बुझेकी छु, पति छैन मेरो,
ईश्वरमै सुम्पेकी छु, छैन मेरो तेरो !

-अनन्तगोपाल रिसाल

Friday, 5 September 2014

भज मस्त राम !

भज मस्त राम !

Photo: भज मस्त राम !

छोडेर मोह मद ती रसलाइ त्याग,
श्रीराम नै छ सबको अबसाथ लाग,
जादू गरेर तिनले, खुद देखिएँ म,
माया नशा सरि अझै? भज मस्त राम !

ती ईश्वरै सगुण नाम कथा लिएर,
लीला छ धर्ती बनमा अनि बन्छ धाम,
प्रारब्ध छैन तर पूर्ण छ दिव्य चोला,
श्रद्धा गरेर मनमा, भज मस्त राम !

गँगा पवित्र गरछिन् अझ कामधेनु,
छर्छन् विचार लग प्रेम छ रश्मि-रेणु,
ज्ञानी विशुद्ध तनका तप योग ग्राम,
सन्ताप ता अब हटुन्, भज मस्त राम !

सम्वेदना लगन है?न त भेद छन् काँ,
सम्पूर्ण खै सहज सून्य रहेछ नौका, 
सम्झीरहू नमन शाश्वत रैछ नाम,
बिर्सेर के त गरियो?भज मस्त राम !

हे मित्र हे रघुपते चरणै समाएँ,
लीला कथा सहज झैँ मनमा लगाएँ,
के रैछ? यो भनन सागरमा डुबेँ म,
लैजाउ है शरणमा, भज मस्त राम!

लाने कता लगन साथ म मोडमा छु
जानीन खै भनन है किन हाथ छोड्छु 
आधार छैन अब कोहि न रात शाम,
निश्चिन्तले निडर भै भज मस्त राम!

शँका गरी कति बिते कति जन्म चित्र,
छाडी तिमी अब कहाँ सबका सुमित्र,
साथी बनाउ नजिकै र गला लगाऊ,
आजै तिमी शहर - राम बनेर आऊ !

- अनन्तगोपाल रिसाल
 वसन्ततिलका (त भ ज ज गु गु) 
छोडेर मोह मद ती रसलाइ त्याग,
श्रीराम नै छ सबको अबसाथ लाग,
जादू गरेर तिनले, खुद देखिएँ म,
माया नशा सरि अझै? भज मस्त राम !

ती ईश्वरै सगुण नाम कथा लिएर,
लीला छ धर्ती बनमा अनि बन्छ धाम,
प्रारब्ध छैन तर पूर्ण छ दिव्य चोला,
श्रद्धा गरेर मनमा, भज मस्त राम !

गँगा पवित्र गरछिन् अझ कामधेनु,
छर्छन् विचार लग प्रेम छ रश्मि-रेणु,
ज्ञानी विशुद्ध तनका तप योग ग्राम,
सन्ताप ता अब हटुन्, भज मस्त राम !

सम्वेदना लगन है?न त भेद छन् काँ,
सम्पूर्ण खै सहज सून्य रहेछ नौका,
सम्झीरहू नमन शाश्वत रैछ नाम,
बिर्सेर के त गरियो?भज मस्त राम !

हे मित्र हे रघुपते चरणै समाएँ,
लीला कथा सहज झैँ मनमा लगाएँ,
के रैछ? यो भनन सागरमा डुबेँ म,
लैजाउ है शरणमा, भज मस्त राम!

लाने कता लगन साथ म मोडमा छु
जानीन खै भनन है किन हाथ छोड्छु
आधार छैन अब कोहि न रात शाम,
निश्चिन्तले निडर भै भज मस्त राम!


छैनन् ममा अब कुनै घटना र याद,
खै तर्कना? न छ विवाद हटे विषाद,

काटेर लोभ मद क्रोध जसै हजाम,
सोची सतर्क बनदै, भज मस्त राम!


खेती विशुद्ध जनले सब तम्तयारी,
पानी चढाऊ, मल, गोडन, खै हजारी?

आस्था गरेर अब बस्छ जसै किसान,
भू-उर्बरा बन भनी, भज मस्त राम!


सँग्राममा चतुर छन् जन वीर यौद्धा,
'साक्षी छ ईश्वर उनै'-सुन, प्रश्न सोद्धा,

बेला स-धर्म भन मौसम कुन्छ याम?
यो स्वर्ग मिल्छ सजिलै,भज मस्त राम!

 
शँका गरी कति बिते कति जन्म चित्र,
छाडी तिमी अब कहाँ सबका सुमित्र,
साथी बनाउ नजिकै र गला लगाऊ,
आजै तिमी शहर - राम बनेर आऊ !

- अनन्तगोपाल रिसाल
वसन्ततिलका (त भ ज ज गु गु)

Monday, 1 September 2014

करेसा बारी र दश फाइदाहरु

करेसा बारी र दश फाइदाहरु


यो पटकको करेसा बारी, प्रकृति र मौसमले धेरै कुरा सिकायो ! मैले अमेरिकाको आफ्नै करेसा बारी बाट सिकेका केही मार्मिक शिक्षाहरु -

१. जति किसान हुनुमा रमाईलो छ, त्यति जमिनदार हुनुमा रहेनछ ! जीवनमा कति कमाई भयो भन्दा पनि प्रकृतिमा उत्पादन कसरी, किन र कैले - भन्ने प्रश्नका उत्तर किसानलाई थाहा हुन्छ र तिनीहरुको परिश्रमको सम्मान गर्न सिकिन्छ !

२. कति बिरुवा, फूल, जडिबुटी प्रकृतिमा आफैँ उम्रिन्छन् । तिनका बारेमा अनभिज्ञ हुनु नै अज्ञान रहेछ ! हाम्रो करेसा बारीमा यौटा झार प्रसस्त आउने गर्थ्यो ! यो पटक त्यो बिरुवाको बारे निक्कै अनुसन्धान गरियो ! हुँदा हुँदा त त्यो त - साह्रै मिठो बेथेको साग पो रहेछ ! कम्तिमा पनि तीन छाक खाईयो !


३. घरका फालिएका खानेकुरा, तरकारीका बोक्रा र घर बाहिरका घाँस, पात र हाँगा हरु नै १००% - पुन प्रयोगका लागि काम लाग्दा रहेछन् ! मल, थाङ्क्रा या जाडोका लागि दाउरा बन्ने भएकाले प्रकृतिका यी उपहार हरुको उपयोग गर्न सक्नु पनि - राम्रो समयको परिचालन रहेछ !

४. फूल, तरकारी, बोट बिरुवा विउको संरक्षण गर्नु, स्याहार सुसार, मलजल, गोडनु भनेको केटाकेटीलाई स्याहारेको जत्तिकै महत्वपूर्ण रहेछ! यो पटक तुलसी सम्बन्धी रोचक कथा र प्रसङ्ग छ ! पोहोर सालको विउलाई 'अलुमुनियम tray ' मा १ महिना अघि नै पूजा गरेर घरैभित्र राखियो ! पानी हालेपनि, घाम लागेपनि समय नपुगुन्जेल सम्म केहि आएन ! पछि निर्जला एकादशीमा पो रोप्नु पर्ने थाहा पाएँ ! समय पुगेपछि हरर्र योगिनी एकादशीमा त राम्रै गरी देखियो ! प्रकृतिको समय भनेको आमाले बनाउनु भएको हातको मीठो भान्छाघर र प्रसाद रहेछ !

५. बारी या बोट सानो हुँदैमा थोरै फल्ने भन्ने होइन रहेछ ! यो पटक लालीगुँरास, हरियो पेपर, गोदावरी, मूला र त्यसको साग, भन्टा, बेथे, जिनिंयाँको फूल, सयपत्री, ५ प्रकारका जडिबुटी, ब्रोकाउली, फर्स्री, गोलभेंडा, रायोको साग, धनिंया, झन्डै १०० बोट तुलसी रोपियो, चढाइयो, खाइयो र बाँढियो पनि !

६. करकलो तीन पटक पटक गरि लगाइयो र सबै भन्दा स्यार्नका लागि सजिलो तरकारी रहेछ ! पिण्डालूको टुसाउन लागेको मुन्टो माथी फर्काएर माटो भित्र राखिदिए दिएपछि, महिना दिन भित्र भान्छा घरका लागि तयार! हेर्दा राम्रो हरियो, पात र जरा दुवै खान मिल्ने - र मीठो पनि ! हुँदा हुँदा - अमेरिकामा पहिलो पल्ट मासमा पिनेर मस्यौरा बनाएर पनि १/२ छाक खाईयो !

७. पहिले पहिले छिमेकोको रुखका पातहरुको फोहोर सोर्दा सरापिन्थ्यो, खर्च गरेर पोका किनेर गाँठो पारेर बाहिर फ्याकिन्थ्यो अब ती त आफ्नै करेसा बारीका लागि धन, सम्पत्ती पो रहेछन् ! जाडो हिउँ पर्नु अघि सोहोरेर राखिदिएपछि त आर्को बालीलाई राम्रो मल तयार !

८. बारीमा बिउ र तरकारीले माहुरी, चराहरु, बारुला, लोखर्के, 'ग्राउण्ड-हग'- ठूलो मूसा र बिरालाहरु पनि देख्न पाइयो !

९. घरमा खानलाई शुद्ध तरकारी, भगवानलाई चढाउन बारीको फूल, देख्दा रंगीचंगी हरियो राम्रो, प्यारो र सस्तोमा सस्तो डाक्टर कहाँ जान नपर्ने, किसान योग - मानसिक चिकित्सा आदिको कति हो कति फाइदा ! तर अलि अलि झिंगा र लामखुट्टेलाई कसरी पुरै निराकरण गर्ने भनेर अर्को वर्षलाई राखेको छु !

१०. यो वर्ष शौखका रुपमा भएपनि धेरै मन मिल्ने साथीहरु बने ! प्रमोद भिनाज्यू र नम्रता दिदीहरुको धेरै देखासिकीले बारीमा प्रेरणा मिल्यो ! उज्जल भट्टराईले पठाई दिएको तुलसी दलले बारीमा ढकमक्क झुल्ने मौका पायो ! जनार्दन ढुंगाना ज्यूको जडिबुटी सम्बन्धी ज्ञानले पनि धेरै जागरुकता गरायो! बिना दिज्यूले बनाउन सिकाउनु भएको करकलाले अब कति समय सम्म त्यसको मिठास झुण्डिने हो !! ल, यो प्रकियालाई गतिशीलता दिन तपाईहरुको पनि साथ चाहिन्छ है, यहाँ हरुको अनुभव पनि सामूहिक गर्नोस्, हामीलाई पनि सिक्ने' मौका दिनोस् !!     

सनातन धर्ममा ऊत्सव: तिथि योग पर्व चाड सँस्कार

सनातन धर्ममा ऊत्सव: तिथि योग पर्व चाड सँस्कार

सनातन धर्मको विषेशता भनेको यस भित्र रहेका ऊत्सव विधि, मौसम अनुसारको हर्षोल्लास, चिरकालिन महोत्सव र मँगलमय समारोिहक आध्यात्मिक योगका विभिदता हो! हरेक पललाई ईश्वरीय सँस्कारसँग जोडेर हर निमेष मँगलमय बनाऊनु, भोगमय भनि ठानिएको जगतलाई योग मय बनाउनु नै यसको मूल उद्देश्य हो ! सनातन धर्म अस्वस्थ वृक्ष हो ! यसको जरो यति वृहद छ कि यसमा सबै हाँगा अटाऊँछन् ! कुनै पनि हूरी बाढी आँधी या तूफानले हल्लाउन सक्दैन! यस मध्ये पनि यी सान्दर्भिक अनुष्ठान आदि त्योहारको व्यष्टि विशेष (१६ सँस्कारहरू गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म,
नामकरण, निष्क्रमण, अन्नप्राशन, चूड़ाकर्म विद्यारम्भ, कर्णवेध, यज्ञोपवीत, वेदारम्भ,
केशान्त, समावर्तन, पाणिग्रहण, अन्त्येष्टि) र समष्टि विशेषको प्राधान्यताका बारेमा कुरा त गर्नै पर्छ ! हरेक विशेष तिथि नै सनातन धर्मको प्रामाणिक ईश्वरसँग तादात्म्यता गर्ने विधि हुन् र तिनै परमात्मा परमेश्वरको श्री, योग र शास्वत दर्शन गराऊन हामी मानवका लागि सँस्कार र आस्थामा चिरस्थाई बनाऊन, सँझाऊन आधारशिला प्रतिकका रूपमा बिभिन्न ग्रह काल दशा र दिशा लिएर आऊँछन् ! विभिन्न देवतालाई पूजा रूपमा चढाईएको फल अन्तमा परमात्मामै जाने भएकाले सनातन सभ्यताको विशेष महिमा छ !

सनातन धर्ममा वर्ण, आश्रम, लिँगको जति वैशिश्ष्टता छ त्यति नै मन्दिर मूर्ति पूजा कर्म भजनको अधिकारी भेद अनुसार विधि, नियम, पालन र कर्तव्यको पनि ! जुनै वर्ण या वर्ण बाट बाहीर रहेर ईश्वरीय भाव सजिलै आर्जन गर्न सकिन्छ! जनै पूर्णिमा, दशैँ, लक्ष्मी पूजा, होली आदि वर्ण विशेष त्योहार हुन् भने - विभिन्न आश्रममा (विद्या,अर्थ,धर्म, मोक्ष आर्जन) रहेर या बाहिरै बसेर पनि भगवान सँग योग गर्न सहज छ । कुनै गुणद्वारा पनि प्रेमले प्रभुको पूजा गर्न सरल छ ! अझ ती गुण भन्दा पनि पर बसेर ईश्वरको अनुशासन भित्र रहेका जो सन्यासी, साधु, ऋषि, महात्मा, ज्ञानी पुरूषहरू छन् - ऊनीहरूको आचरण, लवाई खवाई, दिनचर्या कस्तो हुनु पर्छ भनेर शाष्त्रमा स्पष्ट सँग निर्देसित छ! कोहिपनि मनमानी चल्न नपाउने ट्राफिकको नियम जस्तै पारदर्शी र सबैलाई समान छ ! हैन, म नियम भन्दा बाहिर बस्छु र हृदयैमा आत्म भावले अहँकार समर्पण गर्छु भन्नेलाई त भगवान आफ्नो सबै भन्दा प्रिय दर्जा दिनुहुन्छ ।

सनातन धर्ममा मानवलाई मात्रै हैन - देवता दानव र पशु पन्छी कीरा कीताणु आदिलाई पनि यथा स्थान दिईएको छ! यौटा सानो कमिला कति टाढा बाटै सूँघ्न सक्छ भने यौटा साधारण चील सयौँ योजन सम्म देख्न सक्छ! त्यस्तै मूसा, भ्यागुतो, साँप, खरायो, मजूर, मृग, हात्ती, कुकुर, गाई जस्ता अनगिन्ती प्राणी छन् - जसलाई हामी जान्न खोजेर पनि पूर्ण रूपमा बुझ्न सक्दैनौँ र तिनको शक्ति, गति, वैशिष्ट्यताको प्रामाणिकताको खोज गर्न सक्दैनौँ!

यी व्रह्माण्डमा भएका अन्तरिक्षका देवता, ऋषिहरू - भूलोकका प्राणीहरू र अन्तरात्माका परमात्मालाई हार्दिक नमस्कार गर्ने परँपरा अनुसार सनातन धर्मले हुँदाहुँदा आकाश, वायू, अग्नि, जल र पृथ्वीका ढुँगा माटो बनस्पति सारालाई नमन र स्मरण गर्न सिकाऊँछ ! हरेक पल चाहाड र हरेक दिन तिथि हुने यस्तो धर्ममा कुनै कुराको कमि के होला त?

वैदिक धर्मले भन्छ - कुनै यस्तो स्थान छैन जहाँ प्रभू परमात्मा नरहोस्, यस्तो बस्तु छैन जहाँ परमात्माको चरण स्पर्श गर्न नसकियोस्, यस्तो रूप छैन जहाँ ईष्ट देव ईश्वरको दर्शन मिल्न नसकोस्, यस्तो भोजन छैन जुन भगवानलाई चढाएर प्रसाद बन्न नसकोस् , यस्तो बास्ना छैन जुन भगवानमा समर्पित गरेर सुगन्ध नदेवोस्, सनातन धर्म यति पावन छ कि - जहाँ यस्ता कूनै पाप गरेर तिनलाई शुद्ध र प्रायश्चित गर्न नसकियोस् ! कुनै यस्तो जप तप यज्ञ छैन जुनको प्रभावले समस्त पाप नडढोस् ! सनातन धर्मकी जय !!

-अनन्तगोपाल रिसाल

Saturday, 30 August 2014

ऋषि पँचमीको महात्म्य !!



ऋषि, मुनि, योगी, ध्यानी, सन्त, बुद्ध, सिद्ध, महात्मा, साधु, सन्यासी, कवि, त्यागी, तपस्वी, ज्ञानी आदिलाई र अझ विशेष गरेर पारमार्थिक मन्त्र द्रष्टाका ईश्वरीय-वेदध्वनिलाई लिपी वद्ध गरिदिई मानवका हितार्थ श्री गणेश गरिदिने महान् ऋषि अवतार वेद व्यासमा कोटी कोटी प्रणाम !

प्रणव या ओमकार ध्वनिको वर्णन गर्ने गायत्री माता मन्त्रको २४ अक्षरहरूमा २४ ऋषिहरू
आवद्ध छन्ं । अझ अनुसुया र अत्रि ऋषिका सन्तानका रूपमा अवतरित दत्तात्रयका २४ प्राणीरूपी गुरूहरू त कथा प्रसँगमा ऊत्तिकै प्रसिद्ध छन्! भारत वर्ष हिमवत्खण्ड नेपाल धरतीमा त अनगिन्ति महामानव,मनिषी, सद्गुरू,ज्ञानी, सिद्ध, महात्मा, विदुषी, पुण्यात्मा, र स्वयँ करोडौँ देवताहरू र भगवानले आदिले समेत जन्म भ्रमण तपस्या परिनिर्वाण स्वर्गारोहण लिएका कैयौँ कथा परिचर्चा किम्बदन्ती - हाल सम्म सभ्य राष्ट्रभक्त नागरिकमा मूखरित छदैँछ ।

सम्पूर्ण २४ ऋषिहरूमा हृदयत प्रणाम-

कपिल शौनक वत्स वेदव्यास र लोमश
कण्व पराशर अत्रि वशिष्ठ शुक्र ओजस !
भारद्वाज जमदग्नि याज्ञवल्क्य र गौतम
विश्वामित्र वामदेव अगस्त्य अति सज्जन!
कौशिक मुद्गल शान्त पुलस्त्य माण्डूकै ऋषि
दुर्वासा नारदै भक्त कश्यपादि अझै खुसी !

विभिन्न काल, स्थान र कार्य विशेषका लागि यिनै २४ मन्त्र द्रष्टा ऋषिहरूको जन्म, यिनै द्वारा जन-जीवन र मानव कल्याणका लागि काम लाग्ने प्रत्यक्ष एवँ विशिष्ट सद्विचार, सँरचना, सद्कृति, सत्प्रवृत्ति, सत्सँस्कार, ज्ञान र विज्ञान उपलब्ध गराई दिएका छन् ! यी महा-मानवहरूले प्राणी हितार्थ कस्ता कस्ता मनोभाव, गुण र जीवनोपयोगी सद्-शिक्षा दिएका छन् त ?

ऋषि-मनोभावका २४ लक्षण हरू -

श्रद्धा प्रज्ञान सद्ज्ञान शौच धर्म पराक्रम
हृदय-सत्य संस्कार संतोष स्वावलम्बन
व्यवस्था सृजन हेतु नियंत्रण उदारता
सरस साहसी ऐक्य संयम सहकारिता
आत्मीय श्रमता शील श्रेष्ठ भाव समन्वय
आस्तिक्य शीलता शान्ति निष्पक्ष सभ्य अन्वय
धृति क्षमा दम शौच विद्या निग्रह-ईन्द्रीय
धी सत्यम् अक्रोध पूर्ण अहिँसा शम निश्चय।

सबै प्राणीको कल्याण होस्, सबैको हृदयमा मँगलमय सात्विक भावको प्रस्फूरण र अँकुरित गराउने प्रेरणा प्राप्त होस् !

ऋषि पँचमी, २०१४

-अनन्तगोपाल 'ऋषाल'

Friday, 29 August 2014

श्री गणेशाय नमः

श्री गणेशाय नमः

Photo: श्री गणेशाय नमः

मँगल गर हे ! गणका देव,
ज्ञान-धर्मका अगणित श्रेय !
पाश छ अंकुश परशु शस्त्र,
मूषक वाहन तरपनि व्यस्त!

रिद्धि र सिद्धि सेवा गर्छिन्,
शारदा-लक्ष्मी नजिकै बस्छिन्,
मँगलदायी छन् तिम्रा रूप,
शिव-उमाका आत्म स्वरूप !

दानी मनका भक्त विशेष,
छैन विना तिमी,जे छ निशेष,
ताण्डव ज्ञानी वेद मुखरित,
पशु-पति प्यारा सब-जग सित !

शरीर ब्येग्लै शिरका ज्योति,
मँगलदायी दिलका मोती,
आत्मा यौटै रहने रै छ,
शिवका प्यारा तिमी सरी क्यै छ?

गण-ईश मँगल दृष्टि गर्छन्,
आदि, शुभ यो सृष्टि छर्छन् ।
गजानन-का कथा विचित्र,
गणपति बस्छन् हृदयै भित्र!

-अनन्तगोपाल रिसाल 
मँगल गर हे ! गणका देव,
ज्ञान-धर्मका अगणित श्रेय !
पाश छ अंकुश परशु शस्त्र,
मूषक वाहन तरपनि व्यस्त!

रिद्धि र सिद्धि सेवा गर्छिन्,
शारदा-लक्ष्मी नजिकै बस्छिन्,
मँगलदायी छन् तिम्रा रूप,
शिव-उमाका आत्म स्वरूप !

दानी मनका भक्त विशेष,
छैन विना तिमी,जे छ निशेष,
ताण्डव ज्ञानी वेद मुखरित,
पशु-पति प्यारा सब-जग सित !

शरीर ब्येग्लै शिरका ज्योति,
मँगलदायी दिलका मोती,
आत्मा यौटै रहने रै छ,
शिवका प्यारा तिमी सरी क्यै छ?

गण-ईश मँगल दृष्टि गर्छन्,
आदि, शुभ यो सृष्टि छर्छन् ।
गजानन-का कथा विचित्र,
गणपति बस्छन् हृदयै भित्र!

-अनन्तगोपाल रिसाल

Wednesday, 27 August 2014

सीता देवीको माईतको तीज यात्रा

सीता देवीको माईतको तीज यात्रा -

माईती घर सँझिएर दर खान आईन्,
रातो,हर्यो पैँलो सारी - चूरा पोते लाईन्,
पार्बतीको हिमालय स्वर्ग-पहरामा,
जन्मघर ऊस्तै रैछन्,धर्ती नेपाल-मा !

देवताले दिएका छन्, पूण्य धाम देश,
सुख,मिली बसेका छन्,जस्तै परिवेश,
धर्म-पूर्ण व्यवस्था छ विश्व-सृँगारमा,
धन्य नेपालकी छोरी सभ्य सँस्कारमा!

लव-कुश मामाघर हिँडदै टुकुटुकु,
वाल्मिकीका बन हुँदै लागे लुरूलुरू,
टाढासम्म पुर्याऊन गाई बाच्छा आए,
साधुसन्त समाजले जय-जै-कार गाए !

थाके भने बिसाऊँछिन्,फलफूल बन,
जनकको ज्ञान भूमि, प्रसन्न छ मन !
रामलाई अयोध्यामै राखी माता आईन्,
जन्मभूमि नेपालको गुणगान गाईन् !!

बाटाभरी सयपत्री फूली झुलेकाछन्,
प्रकृतिले झर्ना मिली अर्घ दिएका छन्,
बादलले शित-लता मीठा बास्ना ल्याए
माता, बर्षा आतिथ्यमा सूर्य मुस्कुराए !

पृथ्वीकै छोरी तिमी पार्वती र राधा,
लक्ष्मी शक्ति नारायण श्रीरामको आधा,
जताजान्छौ बस्छौ तिमी मँगलै पो हुन्छ,
नेपाल झैँ धर्म भूमि ससारैमा कुन्छ?

सौभाग्यको चिन्ह लिदैँ जगदम्बा हिँडिन्
बनका नदीनाला अझै कीनारालाई छोडिन्,
देखिन् बाटा भरी नारी लिई नाम्लो डोको,
साँझ अघि माईत पुग्नु सब्को यौटै धोको !

लालाबाला दँग परे, दर्बारको धून,
आँगनमा पुगिहालिन् टहटह जून,
रमाएको देशै अहा - धन्य आमा तीज,
चाहाड यो सौभाग्यको, सँस्कारको विज!

-अनन्तगोपाल रिसाल

Monday, 25 August 2014

जीवनको अन्तिम लडाईँ अब को सँग त?


जीवनको अन्तिम लडाईँ अब को सँग त?

भव सँसार युद्ध क्षेत्र हो, यहाँ हरेक पल पल दुख र सुखको घमासानको लडाईँ भईनै रहन्छ! मृत्यु नै सबै भन्दा ठूलो शत्रु हो र प्राणीलाई त्यसैको डरले भित्रै भित्र मारीरहेको हुन्छ र स्वचालित रूपले त्यसैसँग लडिरहेका हुन्छौँ! हामी जीवन सँग पनि प्रायः डराई डराई लडीरहेका हुन्छौँ । कहिले न्यूनतम आवश्यकताका लागि प्रयत्नशील छौँ त धेरै समय हामी विलासी शैली सँग सँघर्षशील। कतै आफ्नै स्वाभिमानका लागि लालायित हुन्छौँ त धेरै समय अरू कसैका निम्ति। हामी कस्का लागि, कुन तत्वको नेतृत्वमा, को सँग, किन, के का लागि रात दिन सँघर्षशील छौँ त? हाम्रो अन्तिम लडाईँ को सँग हुने वाला छ त ? यो हरेक व्यक्तिको नितान्त आफ्नो व्यक्तिगत प्रश्न हो! यो जीवनमा आऊनुको कारण विना ऊद्देश्य छ भन्ने माने पनि - अब छोडेर जानुको पनि कुनै उदेश्य शेष नरहने भयो ! मृत्युलाई कोही सराप्छन् त कोहि धन्यबाद दिन्छन्! हामी पहिले नमरेको भए अहिलेको यत्रो सृष्टी कहाँबाट पुनः देख्न पाईन्थ्यो र ? कोही अब नजन्मिनको लागि पनि मरिनु हुन्न भन्छन्! अनादि काल देखि, कयौँ जन्मको प्रारम्भ देखिनै हामी लडाईँ खेलेर जन्मियौँ, हुर्कियौँ र त्यस्तैमा अनन्त वर्ष सम्म, जीवनको समर्पण नगरून्जेल सम्म पनि युद्ध गरिरहेका हुन्छौँ! हरेक मानव शरीरको लौकिक तरहले नाश भईरहेको देखि रहेका छौँ, भोगी रहेका छौँ, तै पनि आशा, सपना, कल्पनाहरू सँगालेर अझ लाखौँ वर्ष सम्म बाँच्ने ईच्छ्या लागिरहन्छ । सँसारको आकर्षण झूटो हुँदाहुँदै पनि कति प्रवल र चिरस्थाई लागि रहन्छ भन्ने प्रश्न सबैका लागि उत्तिकै चासो पूर्ण पनि।

शरीर बाहीरको, शरीर भित्रको र मन भित्रको तीन शत्रुहरू सधैँ लूकेर बसेका हुन्छन्! कुनै मौका पायो की यिनीहरू आपसमा युद्ध शुरू गरिहाल्छन् ।

१, आँखाले देख्न नसक्ने सँक्रामक रोग सार्ने कीताणुहरू यति सूक्ष्म, जिवाणुका रूपमा रहेका हुन्छन् की सँक्रामक रोगका सिकार भनेको यही हो ! अन्नमय शरीर र प्राणमय शरीर नै यस्को शत्रु हो र यो कफ,बाथ र पित्तलाई असन्तुलित गराईरहन्छ ! अन्न र प्राणको अलिकतिको हेल्चेक्र्याईँले गर्दा, बेहोसीमा लापरवाहीले जीवनलीला समाप्त हुन सक्छ! पानी खाना र वायुको सरसफाई नगर्नाले, फोहोरी स्थानको भ्रमण, शरीरको चाहिँदो कसरत नपुग्नाले आदि हज्जारौँ ऊदाहरण छन् - जस्लाई हामी अपनाउन सक्छौँ, पन्छाउन सक्छौँ या जानीबुझी निम्त्याउन सक्छौँ । कफ बात पित्त सन्तुलित राख्न नसक्नु पनि शारिरीक रोगको कारण हुन पर्छ ! के खाना शरीरमा हाल्छौँ, कस्ता दैविक प्रकोप या कुन भौगोलिक धरातलमा छौँ, कस्ता गुणसँग हाम्रो सम्पर्क र सँगत छ आदि ईत्यादी पनि कहिले रोगको शुरूआत बन्न सक्छ !

२, घर परिवार, आफन्त, स्वजन, ईष्टमित्र, कुटुम्व आदि ईत्यादी नाता गोता सबै मनबाटै निस्वार्थमा शुरू हुन्छन्, चिनिन्छन् र बिस्तारै तिनीहरूको आफूसँग गरिएको सगोल व्यवहारले को कतिको नजिक र टाढा भन्ने अनुभवमा आउँदछन्। मनोमय र विज्ञानमय शरीरनै यसको ऊपज हो ! आफू नजिकै रहने मित्र साथी बन्दछन् भने टाढा रहनेलाई हामी शत्रु भन्दछौँ ! सबै भन्दा नजिकको आफ्नो आफू मात्रै हो ! आफूलाई नजिकबाट नबुझ्नाले पनि अरूबाट सहयोग, सुरक्षा र मान मर्यादाका लागि लालायित हुन्छौँ र आफ्नै लागि अरू सुखदायी प्रतित हुन्छन् ! बाहिरी साँस्कृतिक दबाब, साक्षरता वा भाषिक सँक्रमण, लैँगिक माद, आर्थिक असन्तुलन र आपसी हेपाई र मानसिक प्रभुत्व आदि सबै बाहीरका शत्रु जस्ता आभास हुन्छन् र तिनलाई हामी हाम्रा निकटतम शत्रु भन्दछौँ ! मन लागेको गर्न चाहन्छौँ तर बुद्धि विवेकले सतर्कता पनि सिकाऊँछ ! प्रेय पदार्थ, सम्पर्क, ठाउँ आदिलाई श्रेयले सचेत गराउँछ ! शस्त्र ऊठाउन मन लाग्ने दानव हृदयलाई शाष्त्र तर्फ झुकाऊँछ र उर्ध्वगामी देवता बनाईदिन्छ !

३, आध्यात्मिक अपुगता या पूर्ण चिरस्थाई शान्तिको कमिले अनगिन्ती कामना, ईच्छा र भोग तर्फको उन्मुखता नै अर्को ठूलो शत्रु हो। मानव चोला दूर्लभ छ र अस्थाई पनि ! यो अस्थाईमा उ स्थाई आनन्द खोजी रहन्छ ! आनन्दमय शरीरको आशा पनि यही हुन्छ की उ आफ्नो वास्तविक चिरस्थाई अमर अजर शरीरलाई भूलेर - आऊने जाने यिनै पाँच मृत्युमयी शरीरद्वारा अपहरण हुन्छ ! अभिमान, क्रोध, ईर्ष्या, अरूको उनन्तीमा डाहाले मानिसको सोचाईलाई निकृष्ट बनाउँदै लैजान्छ र कमजोर बनाएरै छाड्छ। अनगिन्ती भोग ईच्छा कामना अपुगता नै सबैभन्दा ठूलो शत्रु हो ! आफैँले पालेको घर भित्रको यो रोगले जति सताउँछ अरू कुनै ् सायद दुख देलान् ! विषय त्याग र विषयरसको त्याग, तपस्या, धर्मकी लागि कष्ट सहनले नै मृत्युन्जयी शरीरलाई स्वस्थ र सबल राख्दछ !

आफ्नो टाढा या नजिकैको मित्र या शत्रु चिन्न सक्नु नै ठूलो सँग्राम हो, औषधी हो र युद्धको आधा विजय - हो। बाँकी आधा त तिनीहरू सँगको लडाईँ हो! ईश्वरसँगको योग, भक्ति, पूजा, पाठ, न्यास, ध्यान, सद्कर्म, सत्य भाषण, सत्विचार, परोपकार, सात्विक एवँ यज्ञपूर्ण आहार नै जीवन र अन्तमा शत्रुरूप लिएर आऊने मृत्युको वास्तविक निराकरणका साधन हुन् !!

जय शँभो शँकर, शत्रु-वर्धन,
मँगलकर्ता, भवभय हरण,
नाग भुषण, सदा शिव अोम्
हरहर गँगे हे महादेव !

(जगतका परम पिता आराध्य देव परमेश्वर श्री पशुपतिनाथ भोले बाबामा सास्टागँ दण्डवत् प्रणाम !! )
  -अनन्तगोपाल रिसाल (Father's Day spacial)

Sunday, 17 August 2014

कृष्णँ-बन्दे-जगत्गुरुम्

कृष्णँ-बन्दे-जगत्गुरुम्

 

वाशुदेव-देवकीका प्रिय,पुत्र,प्यारा
आफ्नै सृष्टि आफ्नै रुप, ब्रह्माण्डमा सारा
अणु भन्दा पनि सूक्ष्म, परमाणु आत्मा
स्वर्ग, अन्तरिक्ष भरी, रहिरहू साथ्मा !

बर्ण, लिङ्ग भेद छैन, आश्रम न गुण
निर्गुण र निराकार, साकार-सगुण
देखिने र नदेखिने, मन बुद्धि प्राण
शिव राम बुद्ध तिमी, धन्य नारायण!
सृष्टी शुरु पालनमा शक्ति कति लायौ?
मान्छे अर्ब खर्ब पूगे,जन्तू वृक्ष पायौ

रुप धेरै, गाई सेवा,नारी गोपी प्यारा
प्रेमी स्वामी अवतार,ज्योत शान्ति नारा
यसोदाका नन्द कृष्ण, राधारानी प्रिए-
गाई,ग्वाला,नन्दी सबै,तिम्रै रुप थिए?

काले गोरे श्रेष्ठ उच्च महा-माया-सृज
धर्म-क्षेत्र, कुरुक्षेत्र, राधा-रानी वृज
द्वारका र वृन्दावन, जेल जन्म किन?
'ननिदाउ-नचिताउ'-आफूलाई चिन

ब्रह्म भित्र बाहिर छौ, जता हेर्यो त्यता
पाताल र स्वर्ग भूमि,ज्ञान विज्ञानका
आकर्षक रंग नीलो, कालै-कपाल कोरी
गुरु,ज्ञानी युद्ध गर्ने, बालक झैं चोरी-
लीला कस्तो बुझ्न गाह्रो, रत्न आभुषण
गोलोकका ग्वाल-बाल, गोमाताको गण

धर्म अर्थ काम मोक्ष सत्य ब्यवहार
कर्म गर तर फल ईश, उपकार
भजन र तपस्याको योग साधनले
अहिँसा र सद्भावको प्रेम-संयमले

हरि-हर पार तार, भव-रोग खोला
'छैन नाश-निवाश' रे!छाड्नु पर्ने चोला
सारा सृष्टी दियौ यौटा पूण्य उपहार
के के लिने दिने होला?के छ यस्को सार?
संगत र खाना पिना शुद्ध राख्नु छ छ
चोरी गर्नु हुन्न झुटो,सत्य बोल्नु पर्छ

गीता गान अमृतको पूर्ण योगी त्यागी
दर्वारका,गरीवका,सन्यासीका,रागी
कृष्ण शुद्ध बुद्ध तिमी,आत्म रूप शिव
यौटै अँश अटाउने, संसारका जीव
लीला हो की?खेल-खाल,जन्म-मृत्‍यु जानी
जगतका गुरु तिमी वेदान्तका ज्ञानी

-अनन्तगोपाल रिसाल (Krishna Asthami '14)

Wednesday, 6 August 2014

मोदिजी, नेपालमें आपने तो कमाल कर दिया !!

मोदिजी, नेपालमें आपने तो कमाल कर दिया !!

आपने अपने अन्दरको - पूरे बाहर कर दिया,
बाहर समझने वालेंको भी दिलका अन्दर कर दिया,
सूरक्षा और ट्राफिक जामको अन्त कर दिया,
नेतावोंको दिल्ली जाना बन्द कर दिया,
खर्च ज्यादा समझ कर रास्ता खुल्ला कर दिया,
आप ही आकर यात्रा अब तो सस्ता कर दिया,

देश, साम्सद और नेतावोंको निहाल कर दिया,
मोदिजी, आपने तो निसंदेह कमाल कर दिया !!

अंगुलीमाल और वाल्मीकिको ऋषि-मन कर दिया,
चोरी पापी लुटेराको भी सज्जन कर दिया,
राजा बुद्ध जनकको सम्मान कर दिया,
जीत जैसा बाहादुरोंको ऎशान कर दिया,
पूर्वाङ्ग-सुसंयोजित संविधान कर दिया,
कोनेमें छुपीहुई अधिकारको हिम्मत कर दिया,
मेहनत और ईमान्दारीको किम्मत कर दिया,
गोर्खा, वीर और उद्यमी हैं, ईज्जत कर दिया,
अञ्चल जिल्ले नगर-भर राहत कर दिया,

भारत-वर्षमें राक्षसोँको हलाल कर दिया,
मोदिजी, आपने तो निसंदेह कमाल कर दिया !!

सारें विश्वके नेपालीको एक कर दिया,
राजनेता तो थे ही आप, विश्व-शान्ति कर दिया,
गुजरात कि मिट्टीको और सुवाश कर दिया,
अध-पका और अधूराको पूरा कर दिया,
हनुमानको जडिबुटीयों से अमर कर दिया,
अनहोनी को भी प्रेमसे सहज कर दिया,
महाभारत, पुराण, ग्रंथोंको उदृत कर दिया,
अपने अधिकार ना खोनेसे निर्दित कर दिया,
सीता-राम सेतु पुन: निराला कर दिया,
कचरा अंगाराको आपने तो उज्याला कर दिया,

मोटे भाईके तरह प्रेमसे अंकमाल कर दिया,
मोदिजी, आपने तो निसंदेह कमाल कर दिया !!

बाढ़ पिडित सहयोगके शुरूआत कर दिया,
आर्थिक संकलन अभियानमें ताकात कर दिया,
पानी और जवानीको पुनर्जीवित कर दिया,
जैविक मैत्री शक्तिको फिर भी लिखित कर दिया,
पशुपतिके माथे पर शुद्ध चंदन लेपन कर दिया,
गौ-रक्षामें जीवनको बलिदान करदिया,
भारतीयों पर शंकाएं फिलहाल MODIFIED कर दिया;
लोक तान्त्रिक गणतन्त्रको JUSTIFIED कर दिया,
पहाडोमें अरोबौंके अनुदान कर दिया,
विज्ञान छात्रवृत्ती देकर प्रसन्न कर दिया,

चाय दोकान,घर विहीनोंको मालामाल कर दिया,
मोदिजी, आपने तो निसंदेह कमाल कर दिया !!

हा(आ)इवे हाइड्रो हनिमुनके क्षेत्र कर दिया,
बिछ्ड़े हुए यात्रुवोंको एकत्रित कर दिया,
शस्त्रमें खोए-हुएको शास्त्रद्वारा नियंत्रित कर दिया,
युद्धमें लगे-हुएको बुद्धके जन्म-भूमि पर आमंत्रित कर दिया,
विकाश विज्ञानसे नदीयोमें चमत्कार कर दिया,
गन्धे विष्णुमति व बाग्मतीको भी नमस्कार कर दिया,
देखावा और शिष्टाचारोंको तिरस्कार कर दिया,
भगवानमें समय लगाकर पूजा कर दिया,
नास्तिकों अधर्मीयों कि भी उर्जा कर दिया,

गरीव किसान औरतें को खयाल कर दिया,
मोदिजी, आपने तो निसंदेह कमाल कर दिया !!

-अनन्तगोपाल रिसाल

Monday, 4 August 2014

नेपाल कसरी GREAT बने छ त ?

नेपाल कसरी GREAT बने छ त ?

हाम्ले चुरोट खाँदा-खाँदा CIGARETTE बनेछ,
सुकुल चकटी बस्दा बस्दा CARPET बनेछ,
मुक्का मुक्की हान्दा हान्दा BOXING बनेछ,
हाम्ले कुश्ती खेल्दा खेल्दा WRESTLING बनेछ,
डंडी-बियो ठोक्दा ठोक्दा CRICKET बनेछ
हेर्दा हेर्दै नेपाल त GREAT बनेछ !!

दुध दिने गाई माता COW बनेछ,
लाजै लाग्ने सुकुल गुण्डे WOW बनेछ,
मुङ्गलिङ्को मीठो चिया CHAI बनेछ,
ठिटामीटा COOL LOOKING GUY बनेछ,
कठपुतलीहरु नाची PUPPET बनेछ,
हेर्दा हेर्दै नेपाल त GREAT बनेछ!!

खुल्ला राम्रा सारी अब TIGHT बनेछ,
मन्दिर र गुम्बा घुम्ने SIGHT बनेछ,
बिहानीको पूजा आजा, NIGHT बनेछ,
आकाशमा उड्ने चङ्गा, KITE बनेछ,
टिप् टिप् रेस्टुराँण्टको TIP बनेछ,
घरकी प्यारी छँदा छँदै KEEP बनेछ,
DARLING, MY DEAR, त ठेट बनेछ,
हेर्दा हेर्दै नेपाल त GREAT बनेछ!!

बेसार अब पिन्दा पिन्दा TURMERIC बनेछ,
चुने ढुङ्गा दल्दा दल्दा BORIC बनेछ,
सीता रमा पार्वती त SIERRA बनेछ,
पोल्दा लाउने घिऊ-कुमारी ALOVERA बनेछ,
गल्लीका जोगी दौडी JOGA बनेछ,
ध्यान कसरत योग अब YOGA बनेछ,
पेटभरी खानाको ५ ०० रु. PLATE बनेछ,,
हेर्दा हेर्दै नेपाल त GREAT बनेछ!!

घरका ठूला भित्ताहरु WALL बनेछ।
पसल र दोकान SHOPPING-MALL बनेछ,
गल्ली चोक बहाल ती WARD बनेछ,
सबै मेरा भगवान, OH MY GOD बनेछ,
क्यै न क्यैको गीत मेरो RAP बनेछ,
RAG नगर न तिमी CRAP बनेछ,
शिरको-ढाल, कवच त HELMET बनेछ,
हेर्दा हेर्दै नेपाल त GREAT बनेछ!!

हाम्री प्यारी आमा अब MOM बनेछ,
छोरी ब्वारी चाहिँ ITEM BOMB बनेछ,
सोझा हाम्रा बा पनि DAD बनेछ,
घरका मालिक सुखी थिए SAD बनेछ,
समयमै काम हुन्थ्यो LATE बनेछ,
हेर्दा हेर्दै नेपाल त GREAT बनेछ!!

ज्ञानेन्द्र र बिपी पनि खेल बनेछ
बाबुराम र प्रचण्ड त FAIL बनेछ,
कांग्रेस थुन्ने झ्यालखाना JAIL बनेछ,
कुरै कुरा सुन्दा सुन्दा WHIM बनेछ,
अदालतका न्यायाधिष पो PM बनेछ,
राम्रा दिन हाम्रा लागि WAIT बनेछ,
हेर्दा हेर्दै नेपाल त GREAT बनेछ !!

हिजो सम्म HOT थियो COOL बनेछ,
गल्ली भित्र अब SWIMMING POOL बनेछ,
कोदो,जौ को अब LOCAL-छ्याँन्ग बनेछ,
फलफूल खाने चौधरी त CHANG बनेछ,
मोटर-साइकल,कस्ले चढछ? CAR बनेछ,
FACEBOOK ले, नजिक साथी FAR बनेछ,
कुर्दा कुर्दा भाग्य पनि FATE बनेछ,
हेर्दा हेर्दै नेपाल त GREAT बनेछ !!

ENERGY को CRISIS रे, DAM बनेछ,
हिजो सम्म साइँला बाजे, SAM बनेछ,
भित्ते पात्रो खल्ती भित्र, APP बनेछ,
बाबु छोराको GENERATION-GAP बनेछ,
घर छाडी घुम्न जाने RESORT बनेछ,
डाँडा तल माथी गर्न AIRPORT बनेछ,
TOURIST लाई GLIDE गर्ने JET बनेछ,
हेर्दा हेर्दै नेपाल त GREAT बनेछ !!

दुब्लो लट्ठी-मरन्च्याँसे HEAVY-WEIGHT बनेछ,
ब्यापारीको घुइंचो CARGO-FREIGHT बनेछ,
जथाभावी मोल हुन्थ्यो RATE बनेछ,
'आट्यौं भने गर्न सक्छौँ '-भन्ने TRAIT बनेछ,
शहरमा ठूला-ठूला GATE बनेछ,
संगै पढ्ने खेल्ने केटी DATE बनेछ,
हिजडा र GAY मिली STRAIGHT बनेछ,
हेर्दा हेर्दै नेपाल त GREAT बनेछ !!


मोदी आएपछी नेपाल MODIFIED बनेछ, 
संसारका नेपाली झन् UNIFIED बनेछ,

विश्वनाथ काशी पुरी HOLY बनेछ,
कर्णाली र मुक्तिनाथमा TROLLEY बनेछ, 
पशुपति सीता बुद्ध HOMIE बनेछ, 
अल्छीहरु, काममा अब CRAZY बनेछ,
भारत आउनु जानु अब EASY बनेछ, 
खुट्टा तान्ने POLITICS त QUIT बनेछ, 
विज्ञानको मन्त्र विकास, HIT बनेछ 
FRIENDSHIP DAY मा रिस्ता अझै BEST बनेछ,
GREATER नेपाल छँदै थियो GREATEST बनेछ !


-अनन्तगोपाल रिसाल

Saturday, 2 August 2014

Second chance !

Second chance !

Every second is a chance,
observing time with a glance,
watching thoughts - let them prance,
not to be caught in the trance,
for whom life is a dance,
factoring worries of finance,
observing wisdom we enhance,
resulting actions to advance,
enjoying moments of romance !

-Ananta Risal

Monday, 30 June 2014

सीताको जन्म-राष्ट्र: जननी जन्मभूमिश्च !

सीताको जन्म-राष्ट्र: जननी जन्मभूमिश्च !

रावणले कर माग्न जँगलमा जान्थ्यो
ऋषि सन्त सज्जनको रगत जो तान्थ्यो
राक्षस र असूरलाई लगाईयो जिम्मा,
जम्मा गरी राखी दिन्थे सधैँ बटुकीमा !

गौचरण नासिदिए मासिदिए वीउ
हत्याराले मासु भनी जोख्नथाले जीउ
यज्ञ, कुण्ड देवताको पूजा न-पाऊँदा
ईन्द्र चन्द्र वरुणले भाग न-खाऊँदा!

श्राप दिए मुनिवरले मिले दुखी जन
'जता पुग्छ जान्छ रक्त भस्म हुने क्षण'
अत्याचार अराजक सँसारमै सर्यो,
जनकको-पुरीमा नि अनिकाल पर्यो !

असूरको माद मद लोभ रीस काम
अयोद्धामा जन्म तयार् हुँदै थिए राम
उदारको वँश थियो रघु जन सेवी
सूर्यवँश अद्भूतको जन्मे देव देवी

राजा पनि हलो लिई खेत खन्न गए,
समाजमा हाहाकार दुखै दुखी रहे,
यौटा भाँडो छुटेछ र धर्ती छोपी-वरी
लुकाएर राखिदिईन्, बालिका ती परी
कृपागरी धरतीले यौटी पुत्री दिईन्
वेवारिसे छोरी राम्री आफ्नै सीता भइन् !
सँसारकै सुन्दरलाई - हलो सीयो ताछे
जनकले गोद लिई, सीता नाम राखे

बालपन छिट्टै बित्यो, सँसारमा राम्री
शुभ-गुण ज्ञानी छोरी सौगात यी हाम्री,
सँसारमा जोडी मिल्न राम जन्म लिए
यौटी आईन् धर्ती बाट अर्का अग्नि थिए!

खीरखाई कौसल्याको गर्भ पूर्ण रह्यो
गौमाताको दुधबाट राम जन्म भयो
सीतालाई मिल्ने को छ ? अहा! राम छोडी?
चौध बर्षै नपुग्दैमा सीता-नाता जोडी

धनुषमा काण राख्ने योग्यवर पाई
राजा भन्छन् सीता मेरी दिन्छु विज्ञ लाई
विश्वामित्र शिष्य लिई पुगे ज्ञान-पुरी
सबैलाई निम्ता थियो वीर विश्व भरी

गुरूकुल पूर्ण गरी दर्बारको मान
साधारण भेषलिई राज सिँहासन
चौडा छाती दरो बाहु भव्य निधारमा
मर्यादा र आदर्शका धर्म सुधारमा

ठाँटवाँट मुकुटमा आए सँसारका
राजा वीर वरपर कुरा पुग्यो लँका
विभिन्नका रूप लिई आए वीर धनी
मै पो छु कि योग्य वर हेर्दा राम्रै छु नि

राम सीधा साधा वस्त्र गुरूकुल भेष
हेर्दै राम्रा राम पूर्ण झरेका ती केश
साथ आफ्ना गुरू सँग बसे आशनमा
थिएनन् ती कैले पनि भोग वासनामा

गुरू आज्ञा पालनमा बनैबाट आए
राजा जनकको श्रद्धा सम्मान जो पाए
बाटीकामा देखिए छिन् सुन्दरी र प्यारी
हेरिरहे सँझिरहे राम अवतारी !

सीता राम्री अलौकिक थियो आकर्षण
खिचीएर ब्रह्म पनि भए अझ पूर्ण -
सीता जहाँ रून्छिन् बरा धरा साथै रून्छिन्
प्रकृतिकी छोरी हाम्री सँसारमै पुग्छिन्

जहाँ सीता जन्म लिन्छिन् दुख हुन्छ हुन्छ
लौ भन त तिमी आफैँ - न्यायी कहाँ रून्छ ?
जगतको ऊद्धार भो पापी हरू मरे
वानरका हूल गिद्ध भालू  पनि तरे !

लाखौँ वर्ष भयो सीता-राम कम छैन
दुख हुन्छ धर्म योग अरू हुँदै हैन
तप त्याग समर्पण सौन्दर्यकी भारी
मर्यादा र आदर्शकी छोरी आमा प्यारी


बुद्ध कृष्ण शिवलाई श्रद्धा गर गान
आत्मरूपी सीता-राम लाई अझ ैमान !
दुख देख्दा वैराग्य हो लीला राम रूनु,
सासु थिईन् धर्तीमाता किन दुख हुनु?
सँसारमै प्रसिद्धी भो प्यारी सीता हेतु
दिग्विजयी राम राजा, बने राम-सेतु

हजारौँ ती वर्ष बिते अझै भेटिने छ
आकाशको मार्गबाट स्पष्ट देखिने छ!
त्यस्तो राष्ट्र देश मेरो प्राण प्यारी सीता
सँसारको मर्यादा र धर्म पूर्ण गीता
राम हाम्रा ज्वाईँ भए भिनाज्यू या काका
वैराग्यका परम् पिता चौधै भूवनका

सत्यविज सरी सीता पुनः जन्म लििन्छ्न्
गाँऊघर आँगनमा त्याग योग दिन्छिन्
गाई बाँदर कुकुर काग दिन्छन् सबै अर्ति
ईश्वरको नाता लाग्ने धन्य मेरो धर्ती

सीताका विभिन्न अवतारहरू

हजुर्आमा जानकी थिन् परापूर्व देखि
भक्तिभाव रामगीता पढ्थीन्,रामै लेखी
बडा फुपु ज्ञानी बनिन् साधु सँगतमा
ईश्वरको सेवा गरिन् गँगा गोठ भू-मा

आमा मेरी सीतासरी मस्त-राम ईष्ट
बाबु पनि शिव थिए तर राम भित्र
सीतै सीता देख्छु सारा मातृरूप लिनी
सानिमा र फुपुहरू काकी दिदी बैनी

सासु मेरी सीता जस्ती सीता जस्तै प्यारी
माईज्यू र साथी सँगी छिमेकी र साली
सतित्वको बराबरी, अरू के पो माग्छ?
आमारूप देख्यौँ भने माया,मोह भाग्छ!

शमन र दमनले चित्त चैतन्य होस्
दीर्घजीवी आयुष्मती सोभाग्यमा रहोस्
दुईदिने जीवन यो दुख छ है चोला
सीताराम सँगै नछोडनु होला

सँस्कारले सजिएकी प्रेमी छोरी ब्वारी
शुद्ध श्रद्धा आचरण सति साध्वी नारी

जो जो हेर्यो उस्तै राम्रा भान्जी भौज्यू भदै
धर्म कर्म त्याग गर्छन् आफ्ना उमेर छँदै
नाता प्रेम हराएनि पुण्य हराईँदैन
नेपाल जस्तै तीर्थ स्थान कहीँ पाईँदैन

मेरो देश पुण्यधाम सीता मेरी आत्मा
दुखैदुख भएपनि श्रीराम छन् साथ्मा
चौधै भुवनको स्वर्ग मातृभूमि गरा
सीतालाई जन्म दिने धन्य वशुन्धरा

अध्यात्मको सेवा तिम्रो बह्मवृत्ती-रूप
सीता बन्नु राम भन्नु यौटै कुल-दीप
धर्म अर्थ कर्म मोक्ष दिइ न्यानो काख
आमा तिमी सधैँ भरी नजिकमै राख-

-अनन्तगोपाल रिसाल

Saturday, 31 May 2014

सूर्य सबैका आत्मा, ईश्वर !

सूर्य सबैका आत्मा ईश्वर -

सूर्य सबैका माता पिता,
दाता धारण धर्म प्रधान
जन्मजन्मको पाप पखाली
न्यानो दिन्छन् शुभ-बिहान !

आत्मा जस्तै केही नगर्ने
सबकुछ् गर्ने सत्य महान
धर्ती मँगल चन्द्र उज्याला
रातकी ज्योति दिव्य-बिहान !

ईश्वर तिमी नै, साक्षी सबका
नाश नहुने ज्ञान सम्मान
स्वर्गै मण्डल धरधप बाली
पूर्णता भर, लग-अभिमान !


दानव देव र साधु-सन्तति
पाताल स्वर्ग अझ बलवान
रूख लहराई झुल्दछ सुखमा

प्राणी मस्तली, बन गुणगान

अहँकारको ऊष्ण निखारी
शितल गर हे दिव्य महान-
युगौँ युगको ज्योति, स्थिर जो
अचल सुक्ष्मको चेतन ज्ञान !

 
झरना दिन्छिन् अर्घ तिमीमै
हुरीले गर्छिन् दीप आह्वान,
गँगा बग्छीन् कलकल् स्वरमा

भजन गरी-मन खुसी बयान !

धर्ती मँगल बास्ना छर्छिन्
मगमग पुष्पित सब सुमधुर
ज्ञान प्रेरित गरदै सूर्य
ब्युँझी उठ्दछ पुनः नव-यूग !

Savior, Teacher, Guru and the Yogi !

Savior, Teacher, Guru and the Yogi !

You are the merciful, selflessly kind,
Sounds to a deaf, dear, eyes to a blind !
We are in the cross-roads, heavenly bright,
Grant us your wisdom,hence divinely sight!

King of the west and a prince of the God,
Savior of multitudes, Son of the Lord!
You gave up your body to resurrect from soul,
Awakened, a supreme being, peace is your goal !

Creatures have equal sense, no caste or creed,
Potentially divine yet, poor class or breed.
Your door is open and your arms are wide !
Nothing is your secret hence nothing to hide !
Not to be served, You came here to serve,
Grant us your wish, what else we deserve !
Let there be peace, Let there be light
Let there be truth, from wrong to right !

Love and compassion is your nature and name,
Away from the darkness, ego, greed and fame
Forgiving, blissful, consciously pure,
We take thy refuge, embrace us for sure ! 


- Ananta G Risal

भारत-वर्ष महान


1. भारत-वर्ष महान !!!


 भारत माता हमरी शान, सनातनकी सही पहिचान
ऊर्वर भूमी नदीयोँ गान, पवित्र घरकी प्रेम वयान
गँगा बहेती जिस धर्तीमेँ पूर्वकी सूरज उदय आसान
जागो जन हे आम तमाम, ईन्द्रियोँको खिची लगाम ।

सत्य अहिँसा बुद्ध धर्मकी शिव या कृष्ण, सीता औ-राम
महावीरकी धरती प्यारी मानव सेवा सन्त की धाम !
भरत-वँश की त्याग-महीमा जानकी यूवा आत्म सम्मान
रामको तो आज्ञा दशरथ दि थी भरतने छोडा राज्य शासन !

धर्म पूर्वक कर्म जो करेँ, भक्ति-ध्यानसे ज्ञान आसान
पडोसीयोमेँ द्वन्द नकरावे भारत-वर्ष मेँ विजयी गान !
सब घर घरमे सेवा ऊत्सव तिथी-त्योहारसे लगी रँगीन
भारत वर्षकी महिमा देखो वीर-जाति ये, गोरख-सँगीन

हिमालयोँके पूत्री हमारी पार्वतीजी है शक्ति-मान!
जागो नारी घरकी शोभा भारत-वर्ष जो दिव्य महान
स्वामी नारायण मुक्तिक्षेत्रमे, पहाडों गुहामे तपस्वी व्यास
आध्यात्मिक ये भूमी हमारी भूलके आशा मिटेगी प्यास

तपस्वी राजा जनक ज्ञानी साध्वी ममता सीता रानी
हिमखण्डकी अविरल पानी पूत्र सब हैँ स्व-अभिमानी
विषयोँ जडसे सँयम करके- विषय-रसकी कर वलिदान
गरिवी क्योँ है? मनकी दूर्गुण- माँगो ईश्वरसे अनुदान !

बहादुरोँ वो दूर क्योँ मित्रोँ? सम्मानसे ये नज्दिक प्यारे
तिरँगा है ध्वजा अपनी- चन्द्र सूर्य है सबके तारेँ
मित्रोँ सबकी शुभआशिषसे भारत वर्षमेँ वैदिक राज,
गौमाताकी हटगई लज्जा नेपाल हमारी शिरकी ताज !

- अनन्तगोपाल रिसाल

2. विना अल्लाह- निगरानी हराम !



खुदा खुसीसे खुदकर देते, योँही पलटमे काम तमाम!
हृदय हाँ जी, खीडकी जिनकी, सन्त सुरक्षा साधु ईमाम!
अल्लाह तुम हि खुद-आ सकते, स्वयँभू जैसी यशु-शिव-धाम,
औरत रोगी बुढे बच्चे लेगेँ अकवर तेरा नाम !

तमन्ना है खुस-किस्मतकी किम्मत क्या है, पुछो बात?
आसमानकी जन्नत तारेँ, चाँद है तुमारी हरपल साथ
रास्ता साफ है भजले मनुवा पढो हरपल करले नमाज,
ताज-महलकी उच्च भवनमेँ सुखी रहेगी, सभ्य समाज !

सलामत तेरी तकदीर जो भी मजबुरीमेँ ना होगी काम,
अल्लाह तेरी मददगार होगी दुआ करे हम््, हर शुभ-साम !
हुक्म तुमारी खूबसुरत प्यारी या खुदा! खुदसे कर पहिचान,
सलामत रखना साथ कबुलकर हटावो मनसे मद अभिमान !

निर्गूण-की तो सेवा कैसी? अपनी मनकी दूर्गुण त्याग,
बिना पुछे ही कुदरत देगी दुसरोँको लिए सबकुछ माँग !
बिना माता पिता यिनकी, जाती, प्राणी सब मेहमान!
खुदा करे भलाई तुम्हारा सारा यिन्हीकी तो है मेहरवान!

एक ही तेरे नाम रूप क्योँ?नही लोगे बस दस अबतार?
काफीर लोगकी चाहतेँ ज्यादा नभूलेँ वेहोसमेँ सच् खबरदार !
सिखलो बेटा समझो बेटी, बुझकर अपनी पढो कुरान,
जीवन-ही तो है, एक रहस्य सेवा करलो, शुभ और साम!
चाहुँ सब जगह तेरी तारीफ, न रूप है तुम्हारे अपने कोई,
छोडकर ईमान क्योँ घबराऊँ? हकिकत ही तो- अपनी हमारी !

सलाम करले व मालिक सबकी, काफिर बनके क्योँ घबराता?
मदहोशकी कुर्वानी कर्ले भैया, दुनिँया सबकुछ मिलकर जाता !
गावोँ घरोमे गौवोँ, बकरी-स्नेह करदो तो मिलेगी प्राण,
हरा हरीया़ली रँगमेँ अल्लाह हरबख्त ऊन्के ही करो पहीचान !

जिंदगी गुजरती,हरपल रहेती?  इंतज़ार में, तेरे ही नाम -
कुदरतकी ये तमन्ना देखो लेती देती सबमे तमाम !
छिपके छुपके और कौन देता? विना अल्लाह- निगरानी हराम !

-अनन्तगोपाल रिसाल
3. गायेँ हिरेमोती की खजाना -


 गायेँ केवल दुधके लिए प्यारी नही होती,
देखो तो आगे पिछे से मैँया निकलती हिरेमोती !
दुख दर्दमे मै क्या कहुँ, जबतक भूखी,रोती
राष्ट्रके ए भाग्य दाता कमजोर जैसी होती !

अमृत कैसे?नदीयाँ जैसे स्नान करके धोती-
मेरे बच्ची मेरी लाल मुनियाँ जैसी, पोती ।
सनातनकी सभ्य सभामे, बहस करेँ, नहीँ खोती
देखो तो आगे पिछे से मैँया निकलती हिरेमोती !

सेवा करो तो,गौ मैँयाकी, सुख सम्बृँद्धी लाती
ज्ञानकी सीमा कर्म-योगकी धन्य जो गीता गाती
प्रेम नगरकी,दिब्य दीवानी सन्ँगी हो या साथी
मंगल होगी दिन हमारी, जब देखें आती-जाती

देखो तो आगे पिछे से मैँया धन्य है यिनकी छाती
पुण्य कमाती अमृत देती प्यारी घाँस जो खाती !

-अनन्तगोपाल रिसाल

Wednesday, 12 February 2014

Will you be my Valentine?

Will you be my Valentine?


You are my space; you are my air
You are my earth; you are my share
You are the fire; you are my nature
You have all Deities; to fill your feature!
You are the blessings; in my prayer
You are so far yet; you are so nearer

You are my Krishna,you are my Radha
You are my Ganesh,you are my Buddha
You’re my Raama,you are my Seetaa
You are my ‘Maataa’,you are my ‘Pitaa’
You are my Gouri; you are my Shiva
You are my ‘Dharma’,you are my ‘Deva’
You are my sister, you are my brother
You are the best friend,among the other
You are my Karma, you are my speech
You are the nectar, you are the niche
You are my vision, you are my smell
You are my horn, you are the bell
You are the sound, you are my touch
You are the warmth, your taste is such
Because of you, you are my word
I will be there, I promise you Lord
I respect with charm, I bow my soul
Spare that wisdom, to meet my goal
You are my knowledge, you are my wealth
You are my system, you are my health
You are the bright-one, out-off-the-box
You are the chosen, wonder of lucks
You are the Vegan, you are the power
You hold us tight, abundant shower
You are the field, you are the laws
You are the manure, of worldly cause
If unknowingly hurt, forgive me, pardon
You are my farm, you are my garden
Energy enchanting, you are my light
You are my eyes, you added my sight
You are the seeds, organic source
Unity in universe, with cosmic force
You are the science, a blissful whole
Curd and milk and butter of bowl
You are the music, ding dong dung
You are my heart, with liver and lung
You are my ‘Guru’; you are my ‘Dhyana’
You are my breadth; you are my ‘Prana’
You are my mind; intellect my wisdom
You are my nation; you are my kingdom
You are my color, you are my race
You are my honor, you are my base
You are my caste, you are my rest
You are my goal, you are the best
You are my children, you are so pure
You are my medicine, you can all cure
You are my luxury, you are my resort
You are the shelter,for me to consort
You graze so playful, hay or in grass
You know your path, at dawn - alas!
Fodder you love, freedom - so we
I am in you and you are in me
You are my water, you are sun-shine
You are the jewels for demons-divine
You are my therapy, sweetest of all
I die for you dear, never let you fall
You are the 'Yagya'; you are the rain
You are the soothing, ointment in pain
You evolved from churning, beauty of thine
Flawless, a perfect, genuinely shrine
Galaxy, Universe are just your pass-time
Romantic sports of a rhythmic divine

You are the 'Ashram',earth take refuge
You are the essence of purity in use
Children or women, old age or youth
You are the 'Bhrahm',the ultimate truth

You are my story; you are my poem
You are the delightful,the sound of 'OM'
You are my senses, 'Chakras' and heart
You are the ecstatic, a blissful art
You are my temple, you are my church
How can we hurt you, violently lurch?

You, the Godly-gift,a meaningful prize
Take away the evil-eye, amen with wise

You're that awakened,you are that sleep
You are the constant state,serving so deep
You are my future, you were my past
You are my present,austere that last

You are my 'Ganga',You are my 'Gyan'
You are my 'Geeta',you are my 'Dham'
You're that 'Chetan', you are the 'Jad'
Who said you're invisible? You are the God!

You are a Muslim, You are a Jew
You are a Christian, a Hindu
You are a Baha'i,You are a Tao
A Native Pagan,soul of Zoro
You are that faith, symbol of root
Buddhist or a Sikh,a Jain bare-foot  

You are that Saint, Sadhu bovine
A pilgrim,a temple,a walking shrine
You are my Yoga, you are my cells
A blowing conch, with whistles and bells !

Teach me to fightback, teach me to rule
Peace-Bombs to out-smart,dumb and ridicule
Revered by Gandhi, sages and Kings -
Melodies of sacrifice, willingly sings
You are my luck; you are my charm
You know to love; never to harm
You are my product,project of thee
Freedom of choice; let you be me

You are my recitals,you're my beads
Spiritual wonder,variety of breeds
You're my 'laddu',you're my 'peda' 
You're my sweetheart,books of 'Veda' 

If you're hurt, we're all penalized
Form of a living earth, unless realized
Let you be happy,dreams come true
The righteous path-is everyone's due 
You are so faithful,ultimate,kind
You bring us together,morally bind

You are my symbols,you are chime
You are my flute,mantras those rhyme
You are my blood; you are my vine
Will you be me,my Valentine?