जीवनको अन्तिम लडाईँ अब को सँग त?
भव सँसार युद्ध क्षेत्र हो, यहाँ हरेक पल पल दुख र सुखको घमासानको लडाईँ भईनै रहन्छ! मृत्यु नै सबै भन्दा ठूलो शत्रु हो र प्राणीलाई त्यसैको डरले भित्रै भित्र मारीरहेको हुन्छ र स्वचालित रूपले त्यसैसँग लडिरहेका हुन्छौँ! हामी जीवन सँग पनि प्रायः डराई डराई लडीरहेका हुन्छौँ । कहिले न्यूनतम आवश्यकताका लागि प्रयत्नशील छौँ त धेरै समय हामी विलासी शैली सँग सँघर्षशील। कतै आफ्नै स्वाभिमानका लागि लालायित हुन्छौँ त धेरै समय अरू कसैका निम्ति। हामी कस्का लागि, कुन तत्वको नेतृत्वमा, को सँग, किन, के का लागि रात दिन सँघर्षशील छौँ त? हाम्रो अन्तिम लडाईँ को सँग हुने वाला छ त ? यो हरेक व्यक्तिको नितान्त आफ्नो व्यक्तिगत प्रश्न हो! यो जीवनमा आऊनुको कारण विना ऊद्देश्य छ भन्ने माने पनि - अब छोडेर जानुको पनि कुनै उदेश्य शेष नरहने भयो ! मृत्युलाई कोही सराप्छन् त कोहि धन्यबाद दिन्छन्! हामी पहिले नमरेको भए अहिलेको यत्रो सृष्टी कहाँबाट पुनः देख्न पाईन्थ्यो र ? कोही अब नजन्मिनको लागि पनि मरिनु हुन्न भन्छन्! अनादि काल देखि, कयौँ जन्मको प्रारम्भ देखिनै हामी लडाईँ खेलेर जन्मियौँ, हुर्कियौँ र त्यस्तैमा अनन्त वर्ष सम्म, जीवनको समर्पण नगरून्जेल सम्म पनि युद्ध गरिरहेका हुन्छौँ! हरेक मानव शरीरको लौकिक तरहले नाश भईरहेको देखि रहेका छौँ, भोगी रहेका छौँ, तै पनि आशा, सपना, कल्पनाहरू सँगालेर अझ लाखौँ वर्ष सम्म बाँच्ने ईच्छ्या लागिरहन्छ । सँसारको आकर्षण झूटो हुँदाहुँदै पनि कति प्रवल र चिरस्थाई लागि रहन्छ भन्ने प्रश्न सबैका लागि उत्तिकै चासो पूर्ण पनि।
शरीर बाहीरको, शरीर भित्रको र मन भित्रको तीन शत्रुहरू सधैँ लूकेर बसेका हुन्छन्! कुनै मौका पायो की यिनीहरू आपसमा युद्ध शुरू गरिहाल्छन् ।
१, आँखाले देख्न नसक्ने सँक्रामक रोग सार्ने कीताणुहरू यति सूक्ष्म, जिवाणुका रूपमा रहेका हुन्छन् की सँक्रामक रोगका सिकार भनेको यही हो ! अन्नमय शरीर र प्राणमय शरीर नै यस्को शत्रु हो र यो कफ,बाथ र पित्तलाई असन्तुलित गराईरहन्छ ! अन्न र प्राणको अलिकतिको हेल्चेक्र्याईँले गर्दा, बेहोसीमा लापरवाहीले जीवनलीला समाप्त हुन सक्छ! पानी खाना र वायुको सरसफाई नगर्नाले, फोहोरी स्थानको भ्रमण, शरीरको चाहिँदो कसरत नपुग्नाले आदि हज्जारौँ ऊदाहरण छन् - जस्लाई हामी अपनाउन सक्छौँ, पन्छाउन सक्छौँ या जानीबुझी निम्त्याउन सक्छौँ । कफ बात पित्त सन्तुलित राख्न नसक्नु पनि शारिरीक रोगको कारण हुन पर्छ ! के खाना शरीरमा हाल्छौँ, कस्ता दैविक प्रकोप या कुन भौगोलिक धरातलमा छौँ, कस्ता गुणसँग हाम्रो सम्पर्क र सँगत छ आदि ईत्यादी पनि कहिले रोगको शुरूआत बन्न सक्छ !
२, घर परिवार, आफन्त, स्वजन, ईष्टमित्र, कुटुम्व आदि ईत्यादी नाता गोता सबै मनबाटै निस्वार्थमा शुरू हुन्छन्, चिनिन्छन् र बिस्तारै तिनीहरूको आफूसँग गरिएको सगोल व्यवहारले को कतिको नजिक र टाढा भन्ने अनुभवमा आउँदछन्। मनोमय र विज्ञानमय शरीरनै यसको ऊपज हो ! आफू नजिकै रहने मित्र साथी बन्दछन् भने टाढा रहनेलाई हामी शत्रु भन्दछौँ ! सबै भन्दा नजिकको आफ्नो आफू मात्रै हो ! आफूलाई नजिकबाट नबुझ्नाले पनि अरूबाट सहयोग, सुरक्षा र मान मर्यादाका लागि लालायित हुन्छौँ र आफ्नै लागि अरू सुखदायी प्रतित हुन्छन् ! बाहिरी साँस्कृतिक दबाब, साक्षरता वा भाषिक सँक्रमण, लैँगिक माद, आर्थिक असन्तुलन र आपसी हेपाई र मानसिक प्रभुत्व आदि सबै बाहीरका शत्रु जस्ता आभास हुन्छन् र तिनलाई हामी हाम्रा निकटतम शत्रु भन्दछौँ ! मन लागेको गर्न चाहन्छौँ तर बुद्धि विवेकले सतर्कता पनि सिकाऊँछ ! प्रेय पदार्थ, सम्पर्क, ठाउँ आदिलाई श्रेयले सचेत गराउँछ ! शस्त्र ऊठाउन मन लाग्ने दानव हृदयलाई शाष्त्र तर्फ झुकाऊँछ र उर्ध्वगामी देवता बनाईदिन्छ !
३, आध्यात्मिक अपुगता या पूर्ण चिरस्थाई शान्तिको कमिले अनगिन्ती कामना, ईच्छा र भोग तर्फको उन्मुखता नै अर्को ठूलो शत्रु हो। मानव चोला दूर्लभ छ र अस्थाई पनि ! यो अस्थाईमा उ स्थाई आनन्द खोजी रहन्छ ! आनन्दमय शरीरको आशा पनि यही हुन्छ की उ आफ्नो वास्तविक चिरस्थाई अमर अजर शरीरलाई भूलेर - आऊने जाने यिनै पाँच मृत्युमयी शरीरद्वारा अपहरण हुन्छ ! अभिमान, क्रोध, ईर्ष्या, अरूको उनन्तीमा डाहाले मानिसको सोचाईलाई निकृष्ट बनाउँदै लैजान्छ र कमजोर बनाएरै छाड्छ। अनगिन्ती भोग ईच्छा कामना अपुगता नै सबैभन्दा ठूलो शत्रु हो ! आफैँले पालेको घर भित्रको यो रोगले जति सताउँछ अरू कुनै ् सायद दुख देलान् ! विषय त्याग र विषयरसको त्याग, तपस्या, धर्मकी लागि कष्ट सहनले नै मृत्युन्जयी शरीरलाई स्वस्थ र सबल राख्दछ !
आफ्नो टाढा या नजिकैको मित्र या शत्रु चिन्न सक्नु नै ठूलो सँग्राम हो, औषधी हो र युद्धको आधा विजय - हो। बाँकी आधा त तिनीहरू सँगको लडाईँ हो! ईश्वरसँगको योग, भक्ति, पूजा, पाठ, न्यास, ध्यान, सद्कर्म, सत्य भाषण, सत्विचार, परोपकार, सात्विक एवँ यज्ञपूर्ण आहार नै जीवन र अन्तमा शत्रुरूप लिएर आऊने मृत्युको वास्तविक निराकरणका साधन हुन् !!
जय शँभो शँकर, शत्रु-वर्धन,
मँगलकर्ता, भवभय हरण,
नाग भुषण, सदा शिव अोम्
हरहर गँगे हे महादेव !
(जगतका परम पिता आराध्य देव परमेश्वर श्री पशुपतिनाथ भोले बाबामा सास्टागँ दण्डवत् प्रणाम !! )
-अनन्तगोपाल रिसाल (Father's Day spacial)
No comments:
Post a Comment