Friday 29 August 2014

श्री गणेशाय नमः

श्री गणेशाय नमः

Photo: श्री गणेशाय नमः

मँगल गर हे ! गणका देव,
ज्ञान-धर्मका अगणित श्रेय !
पाश छ अंकुश परशु शस्त्र,
मूषक वाहन तरपनि व्यस्त!

रिद्धि र सिद्धि सेवा गर्छिन्,
शारदा-लक्ष्मी नजिकै बस्छिन्,
मँगलदायी छन् तिम्रा रूप,
शिव-उमाका आत्म स्वरूप !

दानी मनका भक्त विशेष,
छैन विना तिमी,जे छ निशेष,
ताण्डव ज्ञानी वेद मुखरित,
पशु-पति प्यारा सब-जग सित !

शरीर ब्येग्लै शिरका ज्योति,
मँगलदायी दिलका मोती,
आत्मा यौटै रहने रै छ,
शिवका प्यारा तिमी सरी क्यै छ?

गण-ईश मँगल दृष्टि गर्छन्,
आदि, शुभ यो सृष्टि छर्छन् ।
गजानन-का कथा विचित्र,
गणपति बस्छन् हृदयै भित्र!

-अनन्तगोपाल रिसाल 
मँगल गर हे ! गणका देव,
ज्ञान-धर्मका अगणित श्रेय !
पाश छ अंकुश परशु शस्त्र,
मूषक वाहन तरपनि व्यस्त!

रिद्धि र सिद्धि सेवा गर्छिन्,
शारदा-लक्ष्मी नजिकै बस्छिन्,
मँगलदायी छन् तिम्रा रूप,
शिव-उमाका आत्म स्वरूप !

दानी मनका भक्त विशेष,
छैन विना तिमी,जे छ निशेष,
ताण्डव ज्ञानी वेद मुखरित,
पशु-पति प्यारा सब-जग सित !

शरीर ब्येग्लै शिरका ज्योति,
मँगलदायी दिलका मोती,
आत्मा यौटै रहने रै छ,
शिवका प्यारा तिमी सरी क्यै छ?

गण-ईश मँगल दृष्टि गर्छन्,
आदि, शुभ यो सृष्टि छर्छन् ।
गजानन-का कथा विचित्र,
गणपति बस्छन् हृदयै भित्र!

-अनन्तगोपाल रिसाल

No comments:

Post a Comment