Wednesday 27 August 2014

सीता देवीको माईतको तीज यात्रा

सीता देवीको माईतको तीज यात्रा -

माईती घर सँझिएर दर खान आईन्,
रातो,हर्यो पैँलो सारी - चूरा पोते लाईन्,
पार्बतीको हिमालय स्वर्ग-पहरामा,
जन्मघर ऊस्तै रैछन्,धर्ती नेपाल-मा !

देवताले दिएका छन्, पूण्य धाम देश,
सुख,मिली बसेका छन्,जस्तै परिवेश,
धर्म-पूर्ण व्यवस्था छ विश्व-सृँगारमा,
धन्य नेपालकी छोरी सभ्य सँस्कारमा!

लव-कुश मामाघर हिँडदै टुकुटुकु,
वाल्मिकीका बन हुँदै लागे लुरूलुरू,
टाढासम्म पुर्याऊन गाई बाच्छा आए,
साधुसन्त समाजले जय-जै-कार गाए !

थाके भने बिसाऊँछिन्,फलफूल बन,
जनकको ज्ञान भूमि, प्रसन्न छ मन !
रामलाई अयोध्यामै राखी माता आईन्,
जन्मभूमि नेपालको गुणगान गाईन् !!

बाटाभरी सयपत्री फूली झुलेकाछन्,
प्रकृतिले झर्ना मिली अर्घ दिएका छन्,
बादलले शित-लता मीठा बास्ना ल्याए
माता, बर्षा आतिथ्यमा सूर्य मुस्कुराए !

पृथ्वीकै छोरी तिमी पार्वती र राधा,
लक्ष्मी शक्ति नारायण श्रीरामको आधा,
जताजान्छौ बस्छौ तिमी मँगलै पो हुन्छ,
नेपाल झैँ धर्म भूमि ससारैमा कुन्छ?

सौभाग्यको चिन्ह लिदैँ जगदम्बा हिँडिन्
बनका नदीनाला अझै कीनारालाई छोडिन्,
देखिन् बाटा भरी नारी लिई नाम्लो डोको,
साँझ अघि माईत पुग्नु सब्को यौटै धोको !

लालाबाला दँग परे, दर्बारको धून,
आँगनमा पुगिहालिन् टहटह जून,
रमाएको देशै अहा - धन्य आमा तीज,
चाहाड यो सौभाग्यको, सँस्कारको विज!

-अनन्तगोपाल रिसाल

No comments:

Post a Comment