Monday 15 September 2014

वेश्याको व्यथा, विवशता, धर्म र सँविधान !












वेश्याको विवशता, व्यथा, धर्म र सँविधान !

मेरो जवानी र रँग -  १

सौतेनीका दाज्यू मिली बैना सौदा गरे,
धर्म पाप बिर्सिएर - लूटीएछु भरे,
चौध बर्ष पुगेकि थेँ, बेचिएकी चेली,
किताबै पो बन्छ सुन, खण्ड-काव्य ठेली !

गाऊँ बाट लगे टाढा, खै काँ बिरानोमा,
चीसो छिँडी घाम छैन, रूँन्थे भक्कानोमा,
सडकमा उठीवास, ग्राहक हुन् डेरा,
घर्का ग्राह भन्दा भिन्दै नाता बस्यो मेरा !

मान बेच्छन् ईमान बेच्छन्, मैत्री बेचिदिन्छन्
देशै लूटी, गरीबको आस्था किनीदिन्छन्,
लूटेराले परिवार, सँस्कार् खोसीदिए,
मुटु बेच्छन्,फोक्सो बेच्छन्, मलाई बेचिदिए !

नदी खोला ताल हूँ म, ढल मिसाई दिए,
नपढेकी अल्लारेलाई लूटी फसाई दिए,
जवानी यो टिक्ने थियो, पहाडकै छेऊ,
सोच्न सक्ने बुद्धि थे न, माफी गरिदेउ !

कलिली थेँ विचारमा, विश्वास र माया,
हिमालका स्वच्छ हावा, पत्यारको छायाँ,
सुन्दरको सपनामा कुदृष्ट्रीले छोप्यो,
भर्खरकी छोरीलाई छूरै छूरा रोप्यो!

शरीर यो मासु मेरो, रक्त पिण्ड चाह ,
'ईश्वर छन् मेरा भित्र' सुनि-दिन्छन् राह !
सूर्योदय सँग पैले धूप बत्ती गर्छु,
जानी जानी होम्मिएर दिन रातै मर्छु !

नाताले नै झुक्काएर बेच्यो पसलमा,
यौटी दिदी छिमेककी रैछिन् असलमा,
सन्तानको ईच्छा रैछ, बाँझी तर भाग्य,
माया गर्थिन् मनै मन, मिजासकी योग्य!

गाली गर्छन् अरू मलाई विवशकी वेश्या,
ठाँट गाडी पठाऊछन् कति गर्छन् ईर्ष्या,
लुकाएर राखेकी छु वेवाऋषे छोरी,
'देखाउँला बाबा तिम्रा', भन्दै 'भोलि भोलि'!

अज्ञानी र व्यभिचारी, नशामा छन् व्यस्त,
बलत्कार गरी लूट्छन् जवानी भो ध्वस्त,
घरकी छाडी, 'राम्री पाएँ', धेरै कुरा गर्छन्,
जन्मन्छन् ती गल्ली भित्र कुक्कुर् सरी मर्छन्!

साँझ पर्छ अन्धकार अन्धाधून्ध आशा,
नेता पनि आऊछन् कोही फाल्तु बार्हैमासा,
लूटिएकी बेसहारा केही बाँकी छैन,
घरकी छोरी सम्झिएर कहीँ भागी गैन !

टाढा देशका आऊँदैनन्, शत्रू सरी मार्न,
कवितामा पोखीदिन्छु दुखः पीर टार्न !
हराएकी लूटीएकी, बिते वर्षौँ रोई,
स्वजन ती दर्शक हुन् खोज्ने छैन कोही,
'आशा' छोरी तिनै रैछिन् जीवनको कथा,
कति सुन्नु कति रूनु अभागीको व्यथा?
 ।।१।।

मेरा हितैषीहरू - २

हिन्दू अाउँछन् मूसल्मान ईसाई र जैन,
सँविधान सरी मेरा 'छ सय एक' ऐन,
मासू चूरोट रक्सी केही खान जान्दिन म,
छोरीलाई सम्झिएर मर्न चाँदिन म !

सीतामाता झुक्काएर, राक्षसले ताने,
राम थिए उन्को बरा! मेरो काँ छ जाने?
राम नाम लिन्छु कठै, शरीर यो पापी,
मलाई भो नछुनु है, दूर राख नापी !

टुहुरो म आमा बाबु द्वन्दले नै काट्यो,
दैवले नि टाढा राख्यो, जीवनको बाटो,
छैन मेरा साथी सँगी, ग्राहकको खोजी,
भिख माग्ने गरीबको - छैन रोटी रोजी ।

बलात्कार हटाउँदैछु, हातपात किन?
पैसा तिरी प्यास मेट, घरघर्को ऋण,
हाम्रा गुण उपकार, छैन भन्नेहरू,
भाग्यमानी रै छौ बरा,पठाईदेऊन अरू !

तिम्रै कृपा करूणामा छोरी ठूली हुन्छे,
भोलि पर्सी पढाउँदै कलेज जाने हुन्छे,
मेरो दुखबाट ऊस्लाई टाढाटाढा राख्छु,
'बचाईदेउ राक्षसबाट' यौटै भीख माग्छु !

जीऊ छिया छिया मेरा, कति टोके घाउ,
सबै दर्द पचाएर, पस्की हाउभाउ !
फसाऊँछु राक्षसझैँ, माया मोह डाली,
हँसिला ती मुहार छिन्, सम्झिन्छु म खाली !

छूवाछूत मान्दैनन् रे! शरीर् भरी चुन्छन्,
रक्तश्राव हुँदा पनि देहलाई दुन्छन् !
पशुबरू नियममा बस्छ पग्लीदैन,
राक्षस यी पापी दुष्ट, भन्न सकिँदैन !

कति घर बिग्रिसके आँशु धर धर,
रखौटी र नाठो खोज्ने ल है कठै बर
बरू आउ तिम्रा लागि म छु प्रेम भरे,
शरीर यो मर्ने रै छ , गन्हाउँछ मरे !

अन्ध बन गन्ध लग, समाज यो ध्वस्त,
एडस् तर नसरून् है सुरक्षित वस्त्र,
सँयमको पाठ पढुन् व्रत मेरो यही,
छोरीलाई थाहा दिन्न जस्तै रोई रोई!

खर्च निक्कै बढेका छन् लिप्स्टीक् पाउडरले
छाला रँग चाऊरिँदै छ, अँग भँग गर्दे !
कस्तो कथा कस्तो मर्का, त्यसै नघिनाऊ,
मान्छे बिग्रे -दूर्दसाले, सोच नबनाउ !

काम-रोग लाग्नेहरू, खर्च ज्यादा, दाम,
औषधी झैँ बनेकी छु, डाक्टरको काम!
एक दिन् त आफ्ना लागि घुम्छु आशा सँग,
मनकी मुटु आधार छ्यौ, कति खुसी दँग !
।।२।।

सुन्दर भविष्यका सपना- ४

अनुराधा दिलमाया सीतादेवी काँ छ्यौ?
मेरो हालत यो बुझ, छोरीलाई राख्छ्यौ?
भविष्य छ धन्य अब गाऊँ फर्की सकेँ,
नयाँ घर अवकाश, ऋण तिरी सकेँ !

आफ्नै जीउ छुन पनि कति घिँन मानेँ,
हुतिहारा सर्बाहारा पापी रैछु ठानेँ,
यौटै मुटु जोगाऊन आत्मालाई बेचेँ,
आफू भित्र फर्किएर बल्ल बुझेँ देखेँ !

बल्ल भयो छुटकारा, तिम्रो सेवा गर्छु,
धन्य आमा सराप यो श्रद्धा गरी मर्छु,
हिमालकी शुद्ध पानी खोलै खोला बगेँ,
धोका दियो जीन्दगीले, जत्ति सक्दो लगेँ

कसैसँग रीस छैन, रीस ऊठाऊँदिन,
अरूको वा! ऊनन्ती भो डाहा लिँदै लिन्न,
आफ्नो दोष हेर्नलाई ऐना राखेकी छु,
सेवा मेरो जीवन हो, काखी च्यापेकी छु!

सागरमा पुग्नु पर्ने शहरको अन्ध,
कताबाट ऊछिट्टिएँ, बग्न छाडेँ गन्ध,
ईश्वरले सुनिदेला पवित्र छन् कथा,
गँगा बन्ली छोरी मेरी - गनाउने व्यथा !

छोडी जाने शरीरमा हर्ष कति गर्न्ु?
प्राणी आत्मा रैछन् भने - शोक कीन भर्नु ?
साधुबाट सिक्दैनौ त वेश्याबाट सिक,
शरीर, मन् बुद्धि बाट नराम्रा छन् ? झिक !

एकएक गरी ऋण तिरेँ भागी आईन,
विदेशैमा भए पनि मागी खाईन !
'छिःटा' मेरो नामलाई सीता बनौँला,
पढाएमा छोरी बन्छन् फूल सुनौला !

यौटै प्रेमी राख्यौ तर दुख दिनु भन्दा
चारै वटी राख प्यारी कालो भित्र पर्दा !
रखौटी र नखौटीको खोट बुझ यति,
आफ्ना दर्द बोकी हिँड्छे, जान्दिन क्यै क्षति !

हाम्रा लागि कस्ले अब शास्त्र बनाऊँछन् ?
रोग लागे अस्पताल हेरचाह गर्छन्?
६०१ मात्रै हैनन्, छ हजार छ ,
एक एक लाई चिन्छु कस्ता को को र छ !

अभागीको जन्म रैछ जीवन यो चोला,
टुकुचा र नाल जस्तै गन्हाऊने खोला,
भित्र रोग कति होलान्, भत्किएको घर,
विना सर्त स्वार्थमा म छुन्न कोही तर !!

नाँगिएको पूर्व ईतिहास - ३

मेरा पनि तिमी जस्तै आमाबाबु थिए,
झगडा र यूद्धकाल, मिली बसेका थे,
भर्खरै कै थिएँ अरे, तीन मैना जति,
देशै डामाडोल थियो, दूर्दसा र क्षति!!

बाबुलाई देश द्रोही भनी कता लगे,
विचरीको सर्वनाश घर एक्लै परे,
दाई थियो आर्की आमा, दुखसुख गरी,
पाँच वर्ष सम्म बाँच्यौँ बाबा बाटो हेरी!!

सोर्ह बर्षे ऊमेरमा दाजै भारत लाग्यो,
बेला बखत् रोजी रोटी, खत् पठाउँथ्यो!
बम्बे भन्ने शहर रे! ठूला ठूला घर,
दुईचार जना चिनेका रे, छैन आफ्ना तर !!

दुनिँयाको सेवा गरिन् भोक प्यास पिऊँदै,
चूलो चाँजो भकारी र ढिकी मानो भर्दै,
जाँतो गाह्रो भारी बोकिन् दिन् रात् नभनेर,
दश बर्षे छोरीको त्यो दुख नदेखेर !

बाबु छुटी घर आए - झ्याल्खाना पो रैछन्
निर्दोषी नै ठहरिए, भगवान तै रैछन्,
परिवारै कैद बन्यौँ कति वर्ष सम्म,
टुक्र्याएको ऐनालाई सकिन्छ कि जोड्न?

वीरभद्र नाऊँ थियो, भद्र वीर थिए,
कुनै कुरा होहल्लामा कैले लाग्दैनथे,
सोझो रैछ बाहादूर नजिकैको माने,
सिपाहीँका रै छ साथी, क्यैले मावो ठाने !

सतीले नै सरापेको देश बल्ल बुझेँ,
आशुँले नै नुहाएर आशुँले नै पुछेँ,
दुखबाट सुरू भयो दर्दमा नै रूझेँ,
कस्तो लेला जीवनले गति मेरो बुझेँ !

बाबालाई नँग्याऊन यौटा हूल आयो,
अगेनाकी आमालाई, आँगनमा ल्यायो,
दश बर्षे छोरी मेरो, के हालत होला?
रूँदै रूँदै धोती च्यापी, सँझेँ शिव भोला!

कुरा गरे खुसुखुसु, आँखा भरी आँशु,
बाबा हेर्थ् कैले यता, छोरी मुटु साँचू,
छोडी दियो धम्की दियो मिलेमतो गरे,
माथीबाट आ का थिए, खोला तल झरे !

सास खुल्यो, रातैभरी आमा बाको गन्थन्,
गाऊँघर छिमेकीले को को रैछ सोध्छन् !
चूपचाप मौनीबाबा कूरा गरेनन् क्यै,
कुभलो ती नचिताई, 'थाहा छैन को खै'

कानून भन्दा माथि छु - ५

कुनै न्यायालय छैन, मेरो पक्ष दिने
तर पनि स्वतन्त्र छु, बाहिर आउने जाने
रोक्दैनन् क्यै घर थर, छैन जेल भित्र
चोर हैन, हत्यारा न, राख्दिन क्यै मित्र !

छाल हाड मासु हेर्छन् सभ्य सभ्यता यो?
दूर्भाग्य भो कठै मेरो, तिम्रो कता गयो ?
असूरको धर्म हुन्छ, नाईनास्ति छैन,
ईन्द्रीयले बलात्कार गर्यो देख्नु छैन ?

गरीबलाई नकूट है, सक्छौ मलाई लूट,
नारीलाई सम्मान द्यौ, कीन रीस, कूट?
नसक्नेलाई हातपात? अत्याचार कीन?
पैसा बोकी आऊ बरू - म छु तिम्री, चिन !

गोर्खालीको देश भन्छौ वीरताको गाथा
केटी हरू बेचिन्छन रे बुद्ध शिव सीता,
मेरा सामु नभन्नु है तिम्रा पूर्वज कुन्?
लाजै हुन्छ सँझदामै बिर्सीदेऊ झन् !

मावो वादी काँग्रेसी र एमाले र झाले
म पनि क्यै कम छैन, हैन दब्ने खाले !
हान गोली बोली सरी, दण्ड माफिक भो,
कुनै वाद भन्दा प्यारो दयालू छ प्रभो !!

तिमी जस्तो नाथे हैन, वकिल् मेरो मै हुँ
राज्यलाई पल्टाईदिन्छु, यदि मैले चाहुँ
'कलगर्ल' र 'प्रस' मेरा भिन्न भिन्न नाम,
कति बिहे, नर्तकी झैँ, रात भरीको काम !

एक्लै गर्छु वकालत,क्यै छ मुद्दा हाल्ने?
श्रीमति छे कचकचे?श्री मान छ पाल्ने!
मलाई छोई हेर,दण्ड? मैले जानेको छु
प्रमाण छ हजारौँको फोटो राखेकी छु!

न्यायाधिस प्रोफेसर नेताहरू सुन्छौ?
पुलिस या गुण्डाहरू,मलाई चिने को छौ?
मेरो पनि पहुँच छ, मान्छे दुईचार् वटा,
बैठकमा बस्यौ होला, म त भित्री कोठा !

आफ्नै मन बुद्धि तिम्रा,नाना कुरा सोच्छ
नमीठोले बोल्यौ भने तिम्लाई कति घोच्छ?
मेरो पनि हृदय छ, दुखः नदेउ है
सक्छौ भने दया गर, हेलाँ नगर है !

हिमालकी पानी हुँ म, पहाड् झरेकी छु,
मन्द मन्द सुस्त चाल नागबेली पर्छु,
भाग्यमानी धर्म साँची-सागरमा लुक्छु
गति रोके ढल बन्छु, बगे गँगा पुग्छु !

'छीटा' हूँ म टूकूचाकी, गल्ली हल्ली बग्छु,
बाँकी ढल सोहोरेर ? फोहोर ती लग्छु,
दूर्गन्ध र अव्यवस्था, स्वास्थलाई हानी,
श्रेय भन्ने धर्म बुझ, प्रेय मनमानी !

ईश्वर हे पानी पार, धोई पाप लग,
बगाई द्यौ शहर त्यो, ग्राम तीर्थ स्थल,
समुद्रको तुफान र आँधीव्याधी आवो,
नयाँ शास्त्र सँविधान नयाँ बस्ती ल्यावो !

नाच्न गाउन आउँछ मलाई,मस्ती जानेको छु,
महँगी छ व्यबहार, सस्ती धानेको छु!
सतित्व के बुझेकी छु, पति छैन मेरो,
ईश्वरमै सुम्पेकी छु, छैन मेरो तेरो !

-अनन्तगोपाल रिसाल

No comments:

Post a Comment