Monday 1 September 2014

सनातन धर्ममा ऊत्सव: तिथि योग पर्व चाड सँस्कार

सनातन धर्ममा ऊत्सव: तिथि योग पर्व चाड सँस्कार

सनातन धर्मको विषेशता भनेको यस भित्र रहेका ऊत्सव विधि, मौसम अनुसारको हर्षोल्लास, चिरकालिन महोत्सव र मँगलमय समारोिहक आध्यात्मिक योगका विभिदता हो! हरेक पललाई ईश्वरीय सँस्कारसँग जोडेर हर निमेष मँगलमय बनाऊनु, भोगमय भनि ठानिएको जगतलाई योग मय बनाउनु नै यसको मूल उद्देश्य हो ! सनातन धर्म अस्वस्थ वृक्ष हो ! यसको जरो यति वृहद छ कि यसमा सबै हाँगा अटाऊँछन् ! कुनै पनि हूरी बाढी आँधी या तूफानले हल्लाउन सक्दैन! यस मध्ये पनि यी सान्दर्भिक अनुष्ठान आदि त्योहारको व्यष्टि विशेष (१६ सँस्कारहरू गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म,
नामकरण, निष्क्रमण, अन्नप्राशन, चूड़ाकर्म विद्यारम्भ, कर्णवेध, यज्ञोपवीत, वेदारम्भ,
केशान्त, समावर्तन, पाणिग्रहण, अन्त्येष्टि) र समष्टि विशेषको प्राधान्यताका बारेमा कुरा त गर्नै पर्छ ! हरेक विशेष तिथि नै सनातन धर्मको प्रामाणिक ईश्वरसँग तादात्म्यता गर्ने विधि हुन् र तिनै परमात्मा परमेश्वरको श्री, योग र शास्वत दर्शन गराऊन हामी मानवका लागि सँस्कार र आस्थामा चिरस्थाई बनाऊन, सँझाऊन आधारशिला प्रतिकका रूपमा बिभिन्न ग्रह काल दशा र दिशा लिएर आऊँछन् ! विभिन्न देवतालाई पूजा रूपमा चढाईएको फल अन्तमा परमात्मामै जाने भएकाले सनातन सभ्यताको विशेष महिमा छ !

सनातन धर्ममा वर्ण, आश्रम, लिँगको जति वैशिश्ष्टता छ त्यति नै मन्दिर मूर्ति पूजा कर्म भजनको अधिकारी भेद अनुसार विधि, नियम, पालन र कर्तव्यको पनि ! जुनै वर्ण या वर्ण बाट बाहीर रहेर ईश्वरीय भाव सजिलै आर्जन गर्न सकिन्छ! जनै पूर्णिमा, दशैँ, लक्ष्मी पूजा, होली आदि वर्ण विशेष त्योहार हुन् भने - विभिन्न आश्रममा (विद्या,अर्थ,धर्म, मोक्ष आर्जन) रहेर या बाहिरै बसेर पनि भगवान सँग योग गर्न सहज छ । कुनै गुणद्वारा पनि प्रेमले प्रभुको पूजा गर्न सरल छ ! अझ ती गुण भन्दा पनि पर बसेर ईश्वरको अनुशासन भित्र रहेका जो सन्यासी, साधु, ऋषि, महात्मा, ज्ञानी पुरूषहरू छन् - ऊनीहरूको आचरण, लवाई खवाई, दिनचर्या कस्तो हुनु पर्छ भनेर शाष्त्रमा स्पष्ट सँग निर्देसित छ! कोहिपनि मनमानी चल्न नपाउने ट्राफिकको नियम जस्तै पारदर्शी र सबैलाई समान छ ! हैन, म नियम भन्दा बाहिर बस्छु र हृदयैमा आत्म भावले अहँकार समर्पण गर्छु भन्नेलाई त भगवान आफ्नो सबै भन्दा प्रिय दर्जा दिनुहुन्छ ।

सनातन धर्ममा मानवलाई मात्रै हैन - देवता दानव र पशु पन्छी कीरा कीताणु आदिलाई पनि यथा स्थान दिईएको छ! यौटा सानो कमिला कति टाढा बाटै सूँघ्न सक्छ भने यौटा साधारण चील सयौँ योजन सम्म देख्न सक्छ! त्यस्तै मूसा, भ्यागुतो, साँप, खरायो, मजूर, मृग, हात्ती, कुकुर, गाई जस्ता अनगिन्ती प्राणी छन् - जसलाई हामी जान्न खोजेर पनि पूर्ण रूपमा बुझ्न सक्दैनौँ र तिनको शक्ति, गति, वैशिष्ट्यताको प्रामाणिकताको खोज गर्न सक्दैनौँ!

यी व्रह्माण्डमा भएका अन्तरिक्षका देवता, ऋषिहरू - भूलोकका प्राणीहरू र अन्तरात्माका परमात्मालाई हार्दिक नमस्कार गर्ने परँपरा अनुसार सनातन धर्मले हुँदाहुँदा आकाश, वायू, अग्नि, जल र पृथ्वीका ढुँगा माटो बनस्पति सारालाई नमन र स्मरण गर्न सिकाऊँछ ! हरेक पल चाहाड र हरेक दिन तिथि हुने यस्तो धर्ममा कुनै कुराको कमि के होला त?

वैदिक धर्मले भन्छ - कुनै यस्तो स्थान छैन जहाँ प्रभू परमात्मा नरहोस्, यस्तो बस्तु छैन जहाँ परमात्माको चरण स्पर्श गर्न नसकियोस्, यस्तो रूप छैन जहाँ ईष्ट देव ईश्वरको दर्शन मिल्न नसकोस्, यस्तो भोजन छैन जुन भगवानलाई चढाएर प्रसाद बन्न नसकोस् , यस्तो बास्ना छैन जुन भगवानमा समर्पित गरेर सुगन्ध नदेवोस्, सनातन धर्म यति पावन छ कि - जहाँ यस्ता कूनै पाप गरेर तिनलाई शुद्ध र प्रायश्चित गर्न नसकियोस् ! कुनै यस्तो जप तप यज्ञ छैन जुनको प्रभावले समस्त पाप नडढोस् ! सनातन धर्मकी जय !!

-अनन्तगोपाल रिसाल

No comments:

Post a Comment