Saturday 31 May 2014

सूर्य सबैका आत्मा, ईश्वर !

सूर्य सबैका आत्मा ईश्वर -

सूर्य सबैका माता पिता,
दाता धारण धर्म प्रधान
जन्मजन्मको पाप पखाली
न्यानो दिन्छन् शुभ-बिहान !

आत्मा जस्तै केही नगर्ने
सबकुछ् गर्ने सत्य महान
धर्ती मँगल चन्द्र उज्याला
रातकी ज्योति दिव्य-बिहान !

ईश्वर तिमी नै, साक्षी सबका
नाश नहुने ज्ञान सम्मान
स्वर्गै मण्डल धरधप बाली
पूर्णता भर, लग-अभिमान !


दानव देव र साधु-सन्तति
पाताल स्वर्ग अझ बलवान
रूख लहराई झुल्दछ सुखमा

प्राणी मस्तली, बन गुणगान

अहँकारको ऊष्ण निखारी
शितल गर हे दिव्य महान-
युगौँ युगको ज्योति, स्थिर जो
अचल सुक्ष्मको चेतन ज्ञान !

 
झरना दिन्छिन् अर्घ तिमीमै
हुरीले गर्छिन् दीप आह्वान,
गँगा बग्छीन् कलकल् स्वरमा

भजन गरी-मन खुसी बयान !

धर्ती मँगल बास्ना छर्छिन्
मगमग पुष्पित सब सुमधुर
ज्ञान प्रेरित गरदै सूर्य
ब्युँझी उठ्दछ पुनः नव-यूग !

No comments:

Post a Comment